विकासन्युज

फाइनान्स कम्पनीहरूको खुद नाफा २३ करोड ४८ लाख, ५ वटा घाटामा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन)मा फाइनान्स कम्पनीहरूले २३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा १२ वटा फाइनान्स कम्पनीले खुद नाफा आर्जन गर्दा ५ कम्पनीले भने घाटा बेहाेरेका छन् । साउनमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने कम्पनीमा प्रोग्रेशिभ फाइनान्स रहेको छ । प्रोग्रेशिभले ८ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा आइसिएफसी फाइनान्सले २ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २ करोड ५९ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ७१ लाख, मन्जुश्री फाइनान्सले १ करोड ४५ लाख र गुडविल फाइनान्सले १ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । घाटा बेहाेर्ने कम्पनीको अग्र स्थानमा समृद्धि फाइनान्स रहेको छ । समृद्धिले साउनमा ८ करोड ६९ लाख घाटा बेहाेरेकाे छ । यसैगरी, पोखरा फाइनान्सलाई २६ लाख, वेस्ट फाइनान्सलाई १२ लाख, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र नेपाल सेयर मार्केट एण्ड फाइनान्सलाई समान ८, ८ लाख रुपैयाँ घाटा लागेको छ । कुन कम्पनीलाई खुद नाफा/घाटा कति ? : 

बर्सेनि किन हराउँछन् विदेशी पर्यटक ?

काठमाडौं । नेपालको पदयात्रा (ट्रेकिङ) र पर्वतारोहण संसारमै अद्वितीय मानिन्छन् । यहाँका विश्वप्रख्यात ट्रेकिङ रुट र सर्वोच्च शिखर सगरमाथासहित चुचुराबाट नलोभिएका पर्यटक छैनन् । सन् १९५३ को मे महिनामा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथामा पहिलो पटक सफल आरोहण गरेपछि नेपाल संसारका लागि खुलेको हो । हिलारी र शेर्पाको पदचाप पछ्याउँदै सर्वोच्च शिखर चुम्न बर्सेनि हजारौं साहसिक पर्वतारोही नेपाल आइपुग्छन् । त्यसैगरी, सगरमाथा आधार शिविर, अन्नपूर्ण राउन्ड सर्किट, घान्द्रुक, घोरेपानी, डोल्पा, मनाङ, मुस्ताङ, घलेगाउँ लगायत सयौं प्रसिद्ध ट्रेकिङ रुटले लाखौं विदेशी पर्यटकलाई अनवरत आकर्षित गरिरहेका छन् । नेपालमा ट्रेकिङ र पर्वतारोहण गर्न लाखौं पर्यटक आउने गर्छन् । तर, पछिल्ला तथ्यांक र घटनाक्रमले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन छविबारे नकारात्मक सन्देश जाने सम्भावना बढेको देखिन्छ । यस्तै घटनाको एउटा ताजा उदाहरण हेरौं । गत भदौ ९ गते आइतबार ‘अन्नपूर्ण राउन्ड सर्किट’ पदमार्गअन्तर्गतको पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा स्पेनका दुई पर्यटक बेपत्ता भए । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगेबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनी नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएका थिए । भुरुङ्दी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभरि खोजी गरे पनि अवस्था पत्ता लाग्न सकेन । मंगलबार प्रहरी, पर्यटक प्रहरी र सशस्त्र प्रहरीको गोताखोर समूहले खोजी गर्दा इरिक कासानोभास (पुरुष) लाई भुरुङ्दी खोलामा बालुवाले पुरेको अवस्थामा मृत फेला पार्‍याे। तर, स्पेनी महिला मोलास जुन्का मेसी अझै बेपत्ता छिन् । अहिलेसम्म पनि उनको खोजीकार्य जारी छ । माथिको जस्तो घटना अन्नपूर्ण क्षेत्रका लागि नौलो भने होइन । यसअघि पनि यस्ता घटना भएका उदाहरण प्रशस्त छन् । ट्रेकिङ र पर्वतारोहणमा जाने विदेशी पर्यटकहरू बिनागाइड, भरिया, आफूखुसी नक्सा प्रयोग र किताबका भरमा जाने हुनाले नै यो समस्या आउने गरेको यस क्षेत्रका जानकारहरू बताउँछन् । पर्यटक प्रहरीले उपलब्ध गराएको तथ्यांक हेर्दा पनि यस्ता घटना बर्सेनि बढिरहेको छ । तथ्यांकअनुसार २०७८/७९ मा विभिन्न देशबाट नेपाल घुम्न आएका ३० विदेशी पर्यटकको मृत्यु भएको थियो भने ४ जना बेपत्ता भएका थिए । त्यस्तै, २०७९/८० मा ७७ जनाको मृत्यु भएको थियो भने ५ जना बेपत्ता भएका थिए । यसैगरी, २०८०/८१ मा मृत्यु हुने पर्यटक संख्या ९२ छ भने र ३ जना बेपत्ता छन् । आर्थिक वर्ष २०८१/८२ को हालसम्म मृत्यु हुने पर्यटकको संख्या ४२ पुगेको छ । पर्यटक प्रहरीकाे याे तथ्यांकले बेपत्ता हुने पर्यटककाे संख्या बढ्दै गएकाे देखाउँछ । तीन वर्षकाे तथ्यांक केलाउँदा नेपाल घुम्न आएका १२ जना पर्यटक हराएका छन् । ७ हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । असाध्यै चलनचल्तीको ट्रेकिङ रुटमा आखिर किन विदेशी पर्यटक हराइरहेका छन् त ? ट्रेकिङ वा पर्वतारोहण क्रममा पर्यटकको मृत्युु र बेपत्ता संख्या बढ्दो रहेको पर्यटक प्रहरीको तथ्यांकले देखाउँछ । नेपाल घुम्न आएका पर्यटकको कालगतिबाहेक अन्य कारण मृत्यु हुनु र घुम्ने क्रममा बेपत्ता हुने घटना बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन छविमा बिस्तारै नकारात्मक धक्का लाग्न थालेको सरोकारवाला बताउँछन् । नेपालको ट्रेकिङ र पर्वतारोहण अन्तर्राष्ट्रिय बजारमा कहलिएको पर्यटन गतिविधिमा पर्छन् । यस्ता गतिविधिमा सहभागी हुन नेपाल आएका पर्यटकलाई सही सूचना दिनेदेखि सुरक्षित वातावरण कायम गराउने काम सरकारदेखि सम्बद्ध पर्यटन कम्पनीको जिम्मेवारी हो । डेढ दशकदेखि ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालमा ट्रेकिङ गर्न आउने पर्यटकका लागि ‘ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’ (टिम्स) कार्ड अनिवार्य लागू गर्दै आएको छ । टिम्स कार्ड नलिई पर्यटक ट्रेकिङमा जान पाउँदैनन् । टिम्स कार्डबाट पर्यटक कुन ट्रेकिङ रुटमा छ, कति दिनका लागि गएको हो, गाइड, भरिया र अन्य सहयोगी कति छन् लगायत यावत् विषयबारे सम्बद्ध निकायमा जानकारी हुने गर्छ । तर, यति हुँदाहुँदै पर्यटक किन हराइरहेका छन् त ? यस्ता घटना कसरी कम गर्न सकिन्छ ? नेपाल पर्यटकका लागि एकदमै सुरक्षित गन्तव्य हो भन्ने सन्देश अन्तर्राष्ट्रिय पर्यटन बजारमा कसरी पुर्‍याउन सकिन्छ ? सरोकारवाला भन्छन्- नीति-नियम कार्यान्वयन हुन सकेन टानका महासचिव सोनामग्याल्जेन शेर्पा सरकारी नीति-नियम बाझिएको र भएका नीति-नियम पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा पर्यटन क्षेत्रले विभिन्न किसिमका क्षति बेहोर्नुपरेको बताउँछन् । ‘सरकारले विदेशीहरूलाई एफआईटी (फ्रि इन्डिभिजुअल टुरिस्ट) बन्द गरेर बिनागाइड र बिनापोर्टर ट्रेकिङ नजानू भनेको भन्यै छ, त्यति भन्दाभन्दै पनि पश्चिमतिर सजिलो हुने भएकाले उनीहरू एक्लै हिँडिरहन्छन्,’ उनी भन्छन्, ‘नेपालको बाटोघाटो राम्रो छैन, भौगोलिक संरचना पनि त्यस्तै छ, समस्या भनेको आफूखुसी हिँडेर नै निम्तिएको हो ।’ महासचिव शेर्पाका अनुसार सरकारले नेपालभरि टिम्स कार्ड जारी गरेको थियो । यसमा एकद्वार प्रणालीबाट ग्रुप अथवा ट्रेकिङ कम्पनीबाट २ हजार रुपैयाँ तिरेर जानुपर्ने भन्ने व्यवस्था मिलाइएको थियो । केही पर्यटक पैसा जोगाउने उद्देश्यले टिम्स कार्ड नलिइकन जाने गरेकाहरू विभिन्न दुर्घटनाका शिकार हुने गरेका उनी बताउँछन् । ‘अहिले केही कार्यविधि स्थानीय सरकारसँग बाझिएको हुनाले नयाँ कार्यविधिका लागि ड्राफ्ट तयार भएको छ,’ महासचिव शेर्पा भन्छन्, ‘यसकै कारणले चेक प्वाइन्ट छैन, यसले पनि समस्या बढाएको छ, यो समस्या समाधानका लागि टान, नेपाल पर्यटन बोर्ड र स्थानीय सरकार बसेर छलफबाट नै सके दसैँ अगाडि नसके पछाडि नयाँ कार्यविधि ल्याउँछौं ।’ यसमा पनि पहिलाको कार्यविधि र स्थानीय सरकार आइसकेपछिको कार्यविधि मिल्दो नभएको हुँदा अहिले नयाँ कार्यविधि बनाउन लागिएको उनी बताउँछन् । ‘अहिले टिम्स कार्डको चेकिङ छैन, विदेशी पर्यटकको मृत्यु हुने मुख्य कारण भनेको नै एफआईटी नै हो,’ महासचिव शेर्पा भन्छन्, ‘ग्रुपमा गएको, कुनै कम्पनीबाट गएका पर्यटकहरू हराउने वा मृत्यु हुने गरेको रेकर्ड अहिलेसम्म छैन ।’ नेपालमा पर्यटकीय क्षेत्रमा पर्यटक मात्रै नभइ पोर्टर (भरिया) हरूको पनि मृत्यु हुने गरेको छ । यस क्षेत्रमा काम गर्ने कतिपय पोर्टरहरूको आम्दानी राम्रो छैन । आम्दानी राम्रो नभएका पोर्टरहरू राम्रो पर्यटक आए र उनीहरूको भारी बोक्न पाइयो भने टिप्स राम्रो आउँछ भनेर ‘हाई अल्टिच्युड’ (बढी उचाइ) मा जान नसक्ने पनि त्यहाँ जाने हुँदा मृत्यु हुने गरेको महासचिव शेर्पा बताउँछन् । ‘यसरी जाने सबै साथीहरूलाई कम्पनीले राम्रो इक्विपमेन्ट दिँदैन, हाई अल्टिच्युडमा जाँदा पहिलो कुरा लुगाफाटो र जुत्ता राम्रो हुँदैन, अर्को यसमा एक्सपेरियन्स नभएका पनि यसैमा होमिएर आउँदा कोही लेक लागेर मृत्यु हुने र कोही राम्रो खाना नपाएर मृत्यु हुने हुन्छ,’ उनी भन्छन् । कम्पनीबाट ट्रेकिङमा जाने पर्यटकलाई कम्पनीले नै गाइडसँग राखेर ट्रेकिङ, त्यहाँको स्थानीय वातावरणबारे, खानपान, बसोबास, स्वास्थ्य लगायत सबै विषयमा जानकारी गराएर नै लैजाने गर्छ । तर, बिनागाइड, नक्सा र सुनेका भरमा जाने पर्यटक नै दुर्घटनाको शिकार हुने उनी बताउँछन् । वरिष्ठ टुरिस्ट गाइड तथा टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) का पूर्वअध्यक्ष हरेराम बराल ट्रेकिङमा जाँदा गाइड (पथप्रदर्शक) लिएर जाँदा सुरक्षित भइने बताउँछन् । नयाँ र टाढाको गन्तव्यस्थलमा घुम्न निस्कँदा एक्लै जान नहुने उनको सुझाव छ । ‘पदयात्रा गर्दा पथप्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ,’ उनी भन्छन्, ‘पदयात्रामा जाँदा पथप्रदर्शक लिएर जानुपर्ने सरकारी नियम छ, सरकारको उक्त नीति कार्यान्वयन हुन सकेमा पदयात्रामा आउने जोखिम घटाउन सकिन्छ ।’ नेपालको हिमाली क्षेत्रमा झन्डै ६ हजार मिटरसम्मका उचाइ छिचोलेर ट्रेकिङ गर्नुपर्ने गन्तव्यहरू रहेका पूर्वअध्यक्ष बराल बताउँछन् । ‘यस्ता गन्तव्यहरूमा धेरै किसिमका सुरक्षा जोखिम हुन्छन्,’ उनी भन्छन्, ‘साथमा राम्रो गाइड भयो भने जस्तासुकै समस्या सहजै पार गर्न सकिन्छ ।’ ट्रेकिङमा जाँदा प्राथमिक उपचारका औषधी र सामग्री साथमा बोक्नुपर्ने पूर्वअध्यक्ष बराल सुझाउँछन् । कतिपयलाई ३ हजार मिटरदेखि नै ‘अल्टिच्युड सिकनेस’ को लक्षण देखिने हुँदा एकै दिन धेरै यात्रा गर्न नहुने पनि उनी बताउँछन् । उनका अनुसार लामो यात्रामा जाँदा विश्राम लिनुपर्छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने ट्रेकिङका लागि आउने पर्यटक हराउने वा दुर्घटनामा पर्ने जोखिम रहेकाले नै टिम्स कार्ड अनिवार्य गरेको बताउँछन् । निर्देशक लामिछानेका अनुसार भदौ ११ गते हराएका दुई स्पेनी पर्यटक पनि टिम्स कार्ड नलिई गएका थिए । ‘हामीले ट्रेकर्सहरू धेरै हराए भन्ने हिसाबले सन् २०२३ को अप्रिलबाट टिम्स कार्ड अनिवार्य लागु गर्‍याैं,’ उनी भन्छन्, ‘यसरी ट्रेकिङ जाँदा लाइसेन्स प्राप्त कम्पनीबाट जानुपर्छ वा गाइड लिएर जानुपर्छ ।  यसो गर्दा सुरक्षित पनि भइन्छ र जोखिम पनि कम हुन्छ, आफूखुसी जाने पर्यटक नै हराउने वा दुर्घटनामा पर्ने हुन् ।’ यसो हुनुमा भएको नीतिनियम पूर्णरूपमा कार्यान्वयन गर्न नसकिएको उनी निर्देशक लामिछाने बताउँछन् । ‘नेपाल घुम्न आएका पर्यटक यसरी बेपत्ता र मृत्यु हुँदा अन्तर्राष्ट्रिय बजारमा नराम्रो सन्देश जान्छ,’ उनी भन्छन्, ‘हामीले धेरै पर्यटक भित्र्याउने लक्ष्य राखिरहेका बेला यस्ता घटनाहरूले मार्केटिङमा पनि समस्या ल्याउँछ ।’ उनका अनुसार पहाडी तथा हिमाली क्षेत्र ‘जाेखिम क्षेत्र’ हुन् । ‘त्यस्ता ठाउँमा बाटोको ग्यारेन्टी हुँदैन, मौसमको ग्यारेन्टी हुँदैन,’ उनी भन्छन्, ‘पर्यटकहरू हराउने भनेको हामीले जारी गरेको नीति-नियम नमानेका कारण हो ।’ उनका अनुसार सरकारले पनि चेक प्वाइन्ट सबै ठाउँमा राख्न सकेको छैन । यसका लागि विभिन्न निकायहरूसँग सहकार्य गनुपर्नेमा त्यो हुन नसकेको उनको भनाइ छ ।

ई-सेवाको दशैं-तिहार अफर, जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने

  काठमाडौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले यसपालिको दशैंतिहार र छठ पर्वलक्षित गरेर ‘इसेवा महा-उत्सव: ईसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म ई-सेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् । आफ्नो आवश्यकताअनुरूप ई-सेवाका जुनसुकै सेवाको प्रयोग वा ई-सेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिने कम्पनीले जनाएकाे छ । यसका साथै एक सय रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आइफाे‍न १६ पनि जित्न सक्नेछन् । मात्र एक सय रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रूपमा नै फिर्ता पाउनेछन् । त्यसैगरी, दैनिक र साप्ताहिक रूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ । दैनिक अफरअन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रूपमा अफर आउने कम्पनीले जनाएकाे छ । उक्त सेलमा प्रयोगकर्ताहरूले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएकाे छ । साप्ताहिक रूपमा आउने अफरमा भने हरेक हप्ताको मंगलबार ई-सेवाका विभिन्न सेवाहरू: मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानीलगायतका सेवामा विशेष छुट तथा क्यासब्याक पाउन सकिनेछ । यी अफरहरूबारे थप जानकारीहरू ई-सेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिनेछ । ई-सेवा सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस ईसेवा लिमिटेडले उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरूबाट सेवा दिँदै आइरहेकाे छ । यस कम्पनीसँग १ करोड भन्दा बढी दर्ता भएका ग्राहकहरू, २ लाख ५० हजारभन्दा बढी एजेन्ट, ४९ बैंक, ४५ लघुवित्त, २ हजार २०० भन्दा बढी ई-सेवा क्यास पाेइन्ट तथा ३ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू आवद्ध रहेका छन् ।

गगनलाई रविको जवाफ : प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरे । यद्यपि समितिले तत्कालीन सञ्चालकको नाताले लामिछानेसहितका सञ्चालकहरुले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ । यस्तै, उनले आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोरखा मिडियातिर ध्यान केन्द्रित हुने बताए । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्नेकुरा थाहा भयो ? भन्दै प्रश्न समेत गरे । उनले प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको टिप्पणी गरे । ‘मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई’, उनले भने । सभापति लामिछानेले आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरु ननाङ्गिन आग्रह गरे । रास्वपा नसकिएको भन्दै अरुलाई रास्वपाले सक्काउने चेतावनी समेत दिए ।

खल्तीबाट वर्ल्डलिंकको भुक्तानी गर्दा नामीको इभी कार पाइने

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले खल्तीफुल दशैंको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजनाअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले वर्ल्डलिंकको बिल भुक्तानी गरी नामी ०१ इ ३ इभी कार जित्न सक्ने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार असोज ३० देखि पुष १० सम्म लागू हुने अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वर्ल्डलिंक इन्टरनेटको बिल भुक्तानी गरी नामी ०१ इ ३ इभी कार जित्न सक्नेछन् ।  प्रयोगकर्ताहरूले हरेक हप्ता सामसङको प्रडक्ट पनि जित्न सक्ने कम्पनीले जनाएकाे छ । साथै  बोटका प्रडक्टहरूमा ५३ प्रतिशतसम्म अनि सामसङका प्रडक्टहरूमा ३९ प्रतिशतसम्मको छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन् । ‘यो अफर नयाँ वर्ल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुबैका लागि लागु हुनेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस योजनाअन्तर्गत १ महिना देखि २४ महिनासम्मको इन्टरनेट प्याकेज भुक्तानीमा र्याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था गरिएको छ र सोही कुपनमार्फत प्रयोगकर्ताहरू लक्की ड्रका लागि छनोट हुनेछन् ।’ गत दशैंमा ‘खल्तीबाट वर्ल्डलिंकको भुक्तानी गरेर दुबई घुमौं रमेर’ अफरमार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यस पाली ‘गाडी चढौं सरर’ अफरमा इभी जित्ने मौका रहेको छ । खल्तीले आफ्नो ‘खल्ती फुल दशैं’ योजनाअन्तर्गत पहिलो च्याप्टरमा आन्तरिक फ्लाइट टिकट काट्दा थाइल्यान्ड घुम्ने अफर पनि घोषणा गरेको थियो । यसका साथै अझै धेरै आकर्षक खल्ती फुल च्याप्टरहरू आउन बाँकी रहेको खल्तीले जनाएको छ ।

स्थानीय तहमा मुद्दाका चाङ, आफ्ना मान्छे पोस्ने थलो बन्दै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा स्थानीय तहका सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् । आयोगले आइतबार सार्वजनिक गरेको चौंतीसौं वार्षिक प्रतिवेदनअनुसार गत आव २०८०/०८१ मा स्थानीय तहका सबैभन्दा धेरै मुद्दा दर्ता भएका हुन् । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति रामचन्द्र पौडेललाई आयाेगकाे प्रतिवेदन बुझाएका थिए  । आयोगका प्रमुख आयुक्तका अनुसार अख्तियारले गत आवमा २७ हजार ७१४ वटा उजुरी स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्स्याैट गरेको थियो । प्राप्त उजुरीमध्ये सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित देखिएका छन् । अख्तियारका अनुसार गत आवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित उजुरी ३८.९१ प्रतिशत रहेका छन् । स्थानीय तहलाई संघीय मामिला मन्त्रालयअन्तर्गत राखिएको छ । मन्त्रालयअन्तर्गत देखिएको ठूलो उजुरी स्थानीय तहको रहेको उनकाे भनाइ छ  । त्यस्तै, शिक्षा (स्थानीय तहसमेत)अन्तर्गत १५.७९, गैरकानुनी सम्पत्ति आर्जनका ६.९८, भूमि प्रशासनका ६.४९, नक्कली शैक्षिक प्रमाणपत्रका ४.७१, वन तथा वातावरणका ३.८२ र स्वास्थ्य तथा जनसंख्याअन्तर्गतका उजुरीको हिस्सा ३.६८ प्रतिशत रहेको प्रमुख आयुक्त राईले जानकारी दिए । आयोगका प्रवक्ता नरहरि घिमिरे भने स्थानीय तहको संख्या धेरै भएका कारण पनि मुद्दाको संख्या धेरै पर्ने बताउँछन् । ‘स्थानीय तहहरू ७५३ वटा छन्, त्यसैले संख्यामा धेर भएका कारण मुद्दाहरू पनि धेरै परेका हुन्,’ उनी भन्छन्, ‘रहेका स्थानीय तहमा केही न कही विकास निर्माणका वा अन्य किसिमका कार्यहरू पनि भइरहेका हुन्छन्, त्यसैले स्थानीय तहका मुद्दा धेरै भएका हुन् ।’ आयाेगका प्रवक्ता घिमिरेका अनुसार उजुरीको प्रकृति हेर्दा निर्माण कार्यमा अनियमिता गरेको, बढी भुक्तानी गरेको, लागत अनुमान नगरेको, प्रतिस्पर्धा सीमित गरेको, नीति नियम बनाउँदा केही सीमित व्यक्तिलाई फाइदा हुने किसिमले तयार गरेको, गुणस्तर कम गरेको लगायतका विषयहरू रहेका छन् । ‘नक्कली शैक्षिक प्रमाणपत्र, पाठ्यपुस्तक खरिदमा अनियमितता, दिवाखाजा कम गुणस्तरको खुवाएको जस्ता शिक्षासँग जोडिएका विषमा पनि मुद्दा परेका छन्,’ उनी भन्छन्, ‘त्यस्तैगरी, अकुत सम्पत्ति आर्जन, राजश्व चुहावट, घुस/रिसवतसँग सम्बन्धित जस्ता मुद्दाहरू पनि स्थानीय तहमा पर्ने गरेका छन् ।’ हरेक स्थानीय तहहरूमा प्रत्येक वर्ष उजुरीको संख्या बढ्दै गएको आयाेगका प्रवक्ता घिमिरे बताउँछन् । ‘सबै स्थानीय तहको  उजुरी २०७८/७९ को तुलनामा ०७९/८० मा र ०७९/८० को तुलनामा ०८०/८१ मा अझै बढेको देखिन्छ, ‘ उनले भने । गत आवमा फर्स्याैट गरेकामध्ये साढे १३ हजार उजुरीलाई तामेलीमा राख्ने निर्णय अख्तियारले गरेको आयाेगका प्रवक्ता घिमिरेले बताएका छन् । त्यस्तै, १२ हजार ७८६ उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको अख्तियारले जनाएको छ । गत आवमा ९३२ उजुरीउपर विस्तृत अनुसन्धान गरिएको र ४९६ उजुरीउपर सुझाव लिई तामेली गरिएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना पनि स्थानीय तहको संख्या धेरै भएका कारण उजुरी धेरै भएको बताउँछन् । ‘स्थानीय तहहरूको संख्या धेरै छ, त्यसैले पनि उजुरीको संख्या धेरै हुनु स्वाभाविक हो,’ उनी भन्छन्, ‘अहिले देखिएको तथ्यांक मुद्दाभन्दा पनि निवेदन मात्रै परेका होलान् भन्ने मेरो अनुमान छ, निवेदन पर्दा पनि मुद्दा भन्ने हाम्रो चलन छ तर निवेदन र उजुरी त फरक कुरा हुन् नि । स्थानीय तहले जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेको हुन्छ । लाखौं योजनाहरू गर्दैगर्दा कसलाई चित्त बुझ्दैन अनि मुद्दा हालिने गरिन्छ । यो प्रविधि बढेको छ । हामी चाहिं अदालतबाट निर्यण भएपछि मात्रै कुनै पनि कुरालाई विश्वास गर्छौं ।’ बेनामी उजुरी बढी हुने गरेको अध्यक्ष ढुंगाना बताउँछन् । ‘बेनामी उजुरी धेरै छन्, यदि किटानी जाहेरीसहितको उजुरी मात्रै हाल्न पाउने व्यवस्था हुने हो भने स्थानीय तहका मुद्दा ९० प्रतिशतले घट्छन्,’ उनी भन्छन्, ‘अहिले त कसैसँग रिस उठ्यो भने पनि मुद्दा हाल्दिने भए हुन्छ, नभए हुँदैन भन्ने सोंच छ ।’ स्थानीय तहमा मुद्दाहरू कम गर्नको लागि सम्बन्धित निकायहरूसँग समन्वयन गरेर अन्तर्क्रिया कार्यक्रमहरू गर्दै आएको अध्यक्ष ढुंगानाले बताए । आयाेगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आव २०८०/०८१ मा ८ अर्ब ४० करोड ६ लाख ४९ हजार रुपैयाँको बिगो माग दाबी गरिएकाे छ । आयोगले गत आवमा २०१ मुद्दा विशेष अदालतमा दायर गरेको थियो । ती मुद्दामा ८ अर्ब ४० करोड ६ लाख ४९ हजार रुपैयाँको कुल बिगो माग दाबी गरिएको हो । आव २०८०/८१ मा १०५० वटा फाइलहरूको विस्तृत अनुसन्धान सम्पन्‍न भइ आयोगसमक्ष पेश भएको थियो । जसमा कुल ८६ वटा बैंठक बसी २०१ वटा मुद्दा दायर गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । विशेष अदालतमा दर्ता भएका २०१ वटा आरोपपत्रमध्ये गैरकानुनी लाभ हानीसँग सम्बन्धित ५८ वटा, घुस/रिसवतसँग सम्बन्धित ४८ वटा, झुटा/नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ३४ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित ३३ वटा, राजस्व चुहावटसम्बन्धी १३ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११ वटा, र विविध विषयका ४ वटा रहेका छन । आरोपपत्रहरूबाट कुल १ हजार ५४५ जनालाई प्रतिवादी बनाइएको छ । आयोगको चौंतीसौं वार्षिक प्रतिवेदन पेश गर्दै आयोगका प्रमुख आयुक्त राईले आव २०८०/८१ मा आयोगले सम्पादन गरेका प्रमुख काम कारबाहीहरूको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार नेपालको संविधानले व्यवस्था गरेबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान गर्न तथा अनुसन्धानबाट भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्तिउपर कानुनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्ने कार्य गर्दै आइरहेको छ । उनले प्रस्तुत गरेको प्रतिवेदनअनुसार अख्तियारले कायम गरेका प्रतिवादीमध्ये ५२० जना राष्ट्रसेवक कर्मचारी, १०६ निर्वाचित जनप्रतिनिधि, १४८ मनोनीत पदाधिकारी, ३२ राजनीतिक नियुक्ति भएका व्यक्ति छन् । लेखापढी व्यवसायी, बिचौलिया, संघसंस्था र अन्य व्यक्तिसमेत ७३९ विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । त्यस्तै, राष्ट्रसेवक कर्मचारीमध्ये गत आवमा प्रतिवादी कायम गरिएकामा विशिष्ट श्रेणी अर्थात् सचिवसरहका ६ जना, सहसचिव वा सरहका ३०, उपसचिव वा सोसरहका ८२, शाखा अधिकृत वा सरहका २०२ र सहायकस्तरका २ सयजना रहेका छन् ।

भोलि राष्ट्रिय शिक्षा दिवस मनाइँदै, उत्कृष्ट विद्यालयलाई राष्ट्रिय शिक्षा पुरस्कार दिइने

काठमाडौं । नेपाल सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो। शिक्षा दिवसको मूल समारोह प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बाेधन गर्नेछन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समिति गठन भएको छ । दिवसलाई भव्य बनाउन राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी उपसमिति, कार्यक्रम व्यवस्थापन उपसमिति, शैक्षिक स्मारिका प्रकाशन उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, प्रचारप्रसार उपसमिति, समाज कल्याण शिक्षा पुरस्कार उपसमिति गठन भएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक (सामुदायिक) तथा निजी लगानीका विद्यालय¸ प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक संघसंस्थाहरूलाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको छ । २०८० सालको कक्षा १२ को नतिजा मूल्यांकनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालयलाई राष्ट्रिय शिक्षा पुरस्कार दिइनेछ । राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई राष्ट्रिय सिल्डसहित क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँ नगद पुरस्कार दिइने छ । साथै, प्रमाणपत्र पनि वितरण गरिनेछ । प्राविधिक शिक्षालयलाई पनि पुरस्कृत गरिने भएकाे छ । प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने शिक्षालयलाई पुरस्कृत गरिने भएकाे हाे । परिषद्‌ले गरेको मूल्याङ्‌कन तथा सिफारिसको आधारमा विभिन्न चारवटा प्राविधिक शिक्षालयहरूलाई राष्ट्रिय ध्वजा र १ लाख रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारतर्फ विश्वविद्यालयअन्तर्गत आङ्गिक¸ सम्बन्धनप्राप्त सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पस गरी तीनवटा क्याम्पसलाई २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने मन्त्रालयले जनाएकाे छ । त्यस्तै, उच्च शिक्षातर्फ नेपाल विद्याभूषण क २६४ जना, नेपाल विद्याभूषण ख ३५ जना, नेपाल विद्याभूषण ग २१ जना, नेपाल छात्रा विद्यापदक १५ जनालाई प्रदान गरिनेछ । यस वर्षको राष्ट्रिय शिक्षा दिवसमा शिक्षालाई ज्ञानमा आधारित, विज्ञानमैत्री, सिप विकासमा केन्द्रित, उद्यमशीलता प्रवर्द्धन गर्ने र मौलिकतालाई जोगाउनेतर्फ उन्मुख गर्ने, शिक्षा प्रणालीले शिक्षालाई समयानुकूल बनाउने र २१औं शताब्दीका चुनौतीहरूको सामना गर्न सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य राखेको जनाइएको छ ।

सुरु भयो दीपल एक्सचेन्ज कार्निभल, पहिलाे दिनमै उल्लेख्य सहभागिता

काठमाडौं । एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा दीपल एक्सचेन्ज कानिर्भल सुरु भएको छ । एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा एक्सचेन्ज कानिर्भलको सुरुवात गरेका हुन् । पहिलो दिनमा आफ्नो पुरानो गाडी साटेर दिपल इभीमा अपग्रेड हुन चाहनेहरूको उल्लेख्य सहभागिता रहेको कम्पनीले बताएको छ। कम्पनीका अनुसार दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य  ७१ लाख ९९ हजार रुपैयाँमा दीपल एस ०७ खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो पुरानो गाडीको मूल्यांकन नेपालकै टप ६ रिकन्डिसन हाउसबाट गराउन सक्नेछन् । कम्पनीले ग्राहकको सहजतालाई ध्यानमा राखेर अतिरिक्त एक्सचेन्ज बोनस, अनस्पट फाइनान्स र अन स्पट डेलिभरीकाे पनि व्यवस्था गरेकाे छ । कार्निभलको उद्घाटनमा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक अग्रवालले दीपलले आफ्नो डिजाइन, पर्फर्मेन्स र फिचरका कारण छोटो समयमै नेपाली प्रयोगकर्ताको मन जित्न सफल भएको बताए । ‘दीपलका ग्राहक दीपलदेखि सन्तुष्ट हुनुहुन्छ । हामी उहाँहरूको खुसीलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैनौं’, उनले भने । त्यसैगरी, एमएडब्लु अटोकर्पका सिकारियाले ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दीपलका इभीहरूको वनरसिपलाई सहज बनाउन यो विशेष कार्यक्रमको आयोजना गरेको बताए । नेपालमा दीपल एस ०७ र एल ०७ गरी दुई मोडेल बिक्री हुँदै आएको छ । यी इभीहरू एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् । दीपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिंग मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरू रहेकाे कम्पनीले जनाएकाे छ । एक्सचेन्ज कार्निभल आगामी बिहीबारसम्म जारी रहने छ ।