र्याली अफ हिमालयजको चौंथो संस्करणमा दीपक साहले नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौं । राइडर दीपककुमार साहले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर – ६ अक्टोबर) भारतमा आयोजना हुने र्याली अफ हिमालयजको चौंथो संस्करणमा भाग लिने भएका छन् । उनले रोयल इन्फिल्ड हिमालयन चलाएर नेपालको प्रतिनिधित्व गर्न लागेकाे रोयल इन्फिल्ड नेपालले जनाएकाे छ । यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट प्रतियाेगिता चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ। र्याली अफ हिमालयजमा राइडर साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाउनेछन् । र्याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय प्रतियाेगिता हो, जसले संसारभरका शीर्ष राइडरहरूलाई आकर्षित गर्दै आइरहेकाे छ ।प्रतियाेगिताले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण गर्ने रोयल इन्फिल्ड नेपालले जनाएकाे छ । दीपक साहले नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस गरेको बताए। साहले सन् २०१७ र २०१८ मा समेत रेड द हिमालयाजमा भाग लिएका थिए । त्यसैगरी, २०२२ मा र्याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड द हिमालयाज र र्याली अफ चाम्बाको विजयीसमेत बनेका थिए । रोयल इन्फिल्ड निरन्तर उत्पादनमा रहेको संसारको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो । हिमालयन ४११ सबै प्रकारका भू–भागका लागि उपयुक्त सवारी हो ।
रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै
रसुवा । जिल्लास्थित हिमाली दृष्य अवलोकनका लागि आन्तरिक एवं बाह्रय पर्यटकको आगमन वृद्धि हुँदै गएको छ । काठमाडौं उत्तर रसुवा जिल्लास्थित हिमाली भेगमा दैनिक २०–२५ बाह्य पर्यटकको आगमन हुन थालेको र यो सङ्ख्या वृद्धि हुँदै गएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । यसरी पर्यटन बढ्न थालेसँगै हिमाली भेगका स्थानीय पर्यटन तथा होटल व्यवसायीले आवश्यक खाद्यन्न ढुवानीको काम सुरू गर्नुको साथै होटल तथा लजको सुदृढीकरण गर्न थालेका छन् । | मध्यवर्षाको बावजुद् गत साउन–भदौ महिनामा करिब दस हजार ५०० आन्तरिक एवं बाह्य पर्यटकको जिल्लामा आगमन भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत बरालले जानकारी दिए । तीमध्ये १० हजार चार सय ४० आन्तरिक तथा तीनसय ६० बाह्य पर्यटकभएको निकुन्जले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार अघिल्ला वर्षहरूमा जस्तै गत भदौ महिनामा पनि धार्मिक तथा सांस्कृतिक महत्वको पवित्रस्थलका रुपमा परिचित ‘गोसाइँकुण्ड’ मेला भर्न जाने तीर्थयात्रीका कारण आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यसरी उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा ठूलो मेला लाग्ने तथा सोही अवसरमा स्नान तथा पूजाआजा गर्ने हजारौँ भक्तजन निलाद्री पर्वतसम्म पुग्नेगरेका कारण वर्षायाम भए पनि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको पाइन्छ । निलाद्री पर्वतमा भगवान शिव विराजमान रहेको पवित्र तीर्थ गोसाइँकुण्ड, हिमालयकी पुत्री पार्वती माता विराजमान रहेको गतलाङ क्षेत्र, लाङ्टाङ एवं गणेश हिमाल, ऐतिहासिक रसुवागढी, उकाली, ओराली झर्ना, पाहाड, तामाङ सम्पदा मार्ग अन्तरगत स्थानीय संस्कृतिमा आधारित तामाङ वेषभूषा, नाचगान , हिमाली वनस्पति, पार्टी–भञ्ज्याङ –चौतारी, चीज उत्पादन केन्द्र, देशकै नमूनाका रूपमा निर्मित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् गृहलगायतका महत्वपूर्ण सम्पदाको अवलोकन गर्न सकिने होटल व्यवसायी संघका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए । यसैगरी तामाङ सम्पदा मार्गअन्तरगत गोल्जुङ् ,गतलाङ, नाकथली, बृद्विम समेतका क्षेत्रमा पाइने स्थानीय परिकारका खानाले समेत आगन्तुक पर्यटक लोभिने गरेको अध्यक्ष गजुरेलले जानकारी दिए । हिमाली प्रकृतिमा रमाउन काठमाडौंको गोंँगबु–बालाजुदेखि टोखा, छहरे, थान्सिङ, ढिकुरे, गँगटे, बटृार, ढुङ्ग्रे, बेत्रावती, कालिकास्थानहुँदै सदरमुकाम धुञ्चेसम्मको सडकमार्ग राम्रो भएकाले जम्मा पाँच घण्टामा सवारी साधनबाट सदरमुकामसम्म पुग्न सकिन्छ । रसुवाको हिमाली पदयात्रामा जादाँ हुनसक्ने सम्भावित उच्श्रृंखल एवं आपाराधिक गतिविधिको अन्त गर्न बर्दीधारीसहित सादा पोसाकका प्रहरीलाई नियमित गस्तीमा खटाइने गरेकाले निर्धक्क भई यात्रा गर्न र कुनै समस्या आइपरे जिल्ला प्रशासन कार्यालय वा स्थानीय सुरक्षा निकायमा तत्काल जानकारी गराइ दिनुहुन सम्बद्ध सबैसँग अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि घिमिरेले जानकारी दिए । तामाङ सम्पदामार्ग बाहेक अन्य हिमाली पदयात्राको भूभाग लाङ्टाङ राष्ट्रिय निकुन्जको आधार इलाकामा पर्ने भएकाले निकुञ्जको नीति नियमको पूर्ण पालना गरी हिमाली जैविक विविधताको संरक्षणमा यात्रुहरूबाट सहयोग मिल्नेमा निकुञ्ज परिवार आशावादी रहेको निकुन्जका वरिष्ठ संरक्षण अधिकृत बरालले बताए । रासस
सहकारी छानबिनसम्बन्धी १ हजार १२४ पृष्ठको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । १ हजार १२४ पेज रहेको प्रतिवेदन संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो । गत भदौ ३१ गते समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभासमक्ष प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई कारबाहीको लागि सिफारिस गरेको छ । प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ । [pdf id=511325] याे पनि: सहकारीमा नक्कली डिभोर्स गरेर अर्बौं ठग्ने सुधीरदेखि धनराजसम्म
माछापुच्छ्रे बैंकको २४ औं वार्षिकोत्सवमा अफरैअफर
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २४ औं वार्षिकोत्सव तथा आउँदै गरेका दशैंतिहार र छठलाई लक्षित गरी विशेष याेजना सार्वजनिक गरेकाे छ । बैंक असोज १७ गते बाट २४ औं वर्ष पार गरी २५ औं वर्षमा प्रवेश गर्दैछ । बैंकले वार्षिकाेत्सवकाे अवसरमा डिजिटल सेवाहरूमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफर ल्याएको हाे । बैंककाे मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्डमार्फत विभिन्न अफरहरू लिन सकिने माछापुच्छ्रे बैंकले जनाएकाे छ । असोज १ देखि ३० गतेसम्मको अवधिमा यस बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना छ । बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिने बैंकले जनाएकाे छ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट रु.२,४०० मात्रमा प्रदान गर्नेछ । साथै बैंकले मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५०% सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४% सम्मको छुट प्रदान गर्नेछ । बैंकको २४ औं वार्षिकोत्सवलक्षित योजनाअन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विभिन्न व्यापारीहरूबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले असोज १ देखि १८ गते सम्मका लागि डिजिटल कारोबारको प्रोत्साहन र प्रवर्द्धनकाे लागि बैंकको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत ग्राहकको लागि क्विज कार्यक्रम सञ्चालन पनि गर्नेछ । उक्त क्विज कार्यक्रममा सही उत्तर दिने सहभागीहरूले आर्कषक उपहार पाउन सक्ने बैंकले जनाएकाे छ । बैंकबाट जारी डिजिटल माध्यमहरूबाट कारोबार गर्ने ग्राहकहरू र डिजिटल भुक्तानी लिने व्यापारीहरूका लागि बैंकले टिभी, मोबाइल फोन, ट्याब, स्मार्टवाच, रिचार्ज कार्ड तथा आकर्षक गिफ्ट भौचरहरू पनि प्रदान गर्नेछ ।
नेशनल लाईफको ‘मिट द सीइओ’ कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीइओ’ सम्पन्न गरेको छ । मधेश प्रदेशबााट योग्य भएका करिब ३० जना अभिकर्ताहरू, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले सहभागी सबै अभिकर्ताहरूलाई उनीहरूको लगन परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गरेका छन् भने स्किममा व्यवस्था भएअनुरूप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रप्रसाद खत्रीले यस कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा मधेश प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए । सीईओ खत्रीले अभिकर्ताहरूको हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीइओ स्किम ल्याइएको र नेपालभरबाट ३०० भन्दा बढी अभिकर्ताहरू छनौट भएको जानकारी दिए । उनले मधेश प्रदेशबाट मात्रै ३० जना अभकिर्ताहरू छनौट हुन सफल भएकोले यो योजना अत्यन्तै सफल भएको जानकारी दिए । कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूका बारेमा विस्तृत रूपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र सीइओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्तर्क्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव सहभागीहरूले दिएका थिए ।
बिआईएसको औपचारिक सुरुवात, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा प्रयोग गरिने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरूको डाटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिने महासंघले जनाएकाे छ । यस प्रणालीमा महासंघका सदस्यहरूले समेत प्रयोग गर्न सक्नेगरी सम्पूर्ण सदस्यहरूको जानकारी राखिनेछ । महासंघमा अप्रत्यक्ष-प्रत्यक्ष गरी करिब ६ लाख व्यवसाय आवद्ध छन् । ती सदस्यहरूको विवरण यस प्रणालीमा रहनेछ । यसैगरी, नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकताअनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने महासंघले जनाएकाे छ । नलेज प्ल्याटफर्मका रूपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकाशन यस प्रणालीमा राखिनेछ, जुन सर्वसाधारणको पहुँचमा रहनेछ । यो प्रणालीको उद्घाटन गर्दै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताए । सो बीआईएस पोर्टल नेपाल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो । राष्ट्रिय वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व महत्वपूर्ण रहेको बताए । उनले वित्तीय संघीयता अन्तर्गत राजस्व बाँडफाँड, वित्तीय समानीकरण अनुदान, आन्तरिक ऋणको सीमा, तीनै तहको सरकारको खर्च जिम्मेवारी पूरा गर्ने तथा राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिस गर्ने लगायतका जिम्मेवारी अनुरुप आयोगले थप व्यवस्थित, सुदृढ र प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।
दशैंमा इन्टरनेट जोड्नेले पाउनेछन् कार, यस्ता छन् इन्टरनेट कम्पनीका अफर
काठमाडौं । नेपालीहरूको महान चाड दशैंतिहार तथा छठ पर्वको अवसरमा विभिन्न कम्पनीहरूले धमाधम नयाँ याेजना सार्वजनिक गरिरहेका छन् । हाल सञ्चालनमा रहेका इन्टरनेट कम्पनीहरूले पनि ग्राहकलाई आकर्षित गर्न दशैंतिहारलाई लक्षित गरी विभिन्न याेजनाहरू सार्वजनिक गरिरहेका छन् । इन्टरनेट कम्पनीहरूले सार्वजनिक गरेका याेजनामा गिफ्ट ह्याम्परदेखि कारसम्म जित्न सकिने व्यवस्था गरेका छन् । इन्टरनेट खरिद गर्दा वा नवीकरण गर्दा कम्पनीले ग्राहकलाई नयाँनयाँ अफर दिएका हुन् । हेरौं कम्पनीकाे अफर : डिशहोम : स्थापनाको छोटो अवधिमै साढे तीन लाखभन्दा बढी ग्राहकलाई इन्टरनेट सेवा दिइरहेको डिशहोमले दशैं योजना सार्वजनिक गरेको छ । यो वर्षको चाडमा डिशहोमको इन्टरनेट जोड्ने ग्राहकहरूका लागि ‘खुसीको सेलिब्रेसन’ योजना सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत डिशहोमले २ सय र ३ सय एमबीपीएसको वार्षिक रिचार्ज र नयाँ कनेक्सन गर्दा ग्राहकहरूलाई थप ३ महिना बोनस दिनेछ । अर्थात् १२ महिनाको इन्टरनेट जडान गर्दा १५ महिनासम्म उपलब्ध हुनेछ । कम्पनीको उक्त योजना खरिद गर्नका लागि डिशहोम डिलरमा सम्पर्क गर्नुपर्नेछ । वर्ल्डलिंक : वर्ल्डलिंकले डिजिटल वालेट ‘खल्ती’सँग सहकार्य गरेकाे छ । सहकार्यअन्तर्गत खल्ती प्रयोग गरी ग्राहकहरूले वर्ल्डलिंकको बिल भुक्तानी गर्दा इलेक्ट्रिकल भेइकल (ईभी) कार जित्न सक्नेछन् । गत वर्षको दशैंमा ‘खल्तीबाट वर्ल्डलिंकको भुक्तानी गरेर दुबई घुमौं रमेर अफरमार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यसपटक ‘गाडी चढौं सरर’ अफरमा इभी जित्ने मौका ल्याएको हो । कम्पनीका अनुसार असोज ३० गतेदेखि पुष १० गतेसम्म लागू हुने यसु योजनामा प्रयोगकर्ताहरूले खल्तीबाट वर्ल्डलिंक इन्टरनेटको बिल भुक्तानी गरेमा नामी ०१ ई ३ इभी कार जित्न सक्ने कम्पनीको भनाइ छ । सोही अफरमा हरेक हप्ता सामसुङको प्रडक्ट पनि जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै, बोटका प्रडक्टहरूमा ५३ प्रतिशत र सामसुङका प्रडक्टहरूमा ३९ प्रतिशतसम्म छुट भौचरहरू प्राप्त गर्न सकिनेछ । यो अफर नयाँ वर्ल्डलिंक सब्सक्रिप्सन साथै नवीकरण दुबैका लागि लागु हुनेछ । यस योजनाअन्तर्गत १ महिनादेखि २४ महिनासम्मको इन्टरनेट प्याकेज भुक्तानीमा र्याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था छ । सोही कुपनमार्फत प्रयोगकर्ताहरू लक्की ड्रका लागि छनोट हुनेछन् । क्लासिक टेक : क्लासिक टेकले दशैंका लागि ‘तिमीलाई पनि मलाई पनि’ अफर सार्वजनिक गरेको छ । क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफरमार्फत इन्टरनेट आइपी टिभी जडान गर्ने दुवै जनाको हात खाली नहुने भएको हो । अर्थात दुवैको एकाउन्टमा बोनस थपिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेट आइपी टिभी र रिफरमार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिनासम्मको इन्टरनेट आइपी टिभी बोनस पाउनेछन् । साथै वाइफाइ ६ भएको डुवल ब्याड राउटरसमेत निःशुल्क पाउने कम्पनीले बताएको छ । रिफर अफर १२५ एमबीपीएसदेखि ३ सय एमबीपीएससम्मको १ वर्षको इन्टरनेट आइपी टिभी जडान गर्दा लागू हुनेछ । १२५ एमबीपीएस जडान गर्दा प्रतिमहिना ३०३ रूपैयाँ र २ सय एमबीपीएस जडानमा प्रति महिना ५९१ रूपैयाँ लाग्नेछ । आफन्त र छिमेकी साथीभाइहरूलाई क्लासिक टेक मोबाइल एपबाट सजिलै रिफर गर्न सकिने कम्पनीले बताएको छ । सुविसु : केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटले ग्राहकहरूका लागि रिफर योजना ल्याएको छ । रिफर अफर अफरअन्तर्गत इन्टरनेट जडान गर्ने र रिफर गर्ने दुवैले एक महिना निःशुल्क प्रयोग गर्न पाउनेछन् । साथै एक महिनाको इन्टरनेट तथा क्लियर टिभी दुवै निःशुल्क दिइएको कम्पनीले जनाएको छ । वेबसर्फर नेपाल कम्युनिकेसन्स : वेबसर्फर नेपाल कम्युनिकेसन्सले दशैं तिहारका फाइबर नेट र आईपीटीभी विशेष अफर ल्याएको छ । अफरअन्तर्गत कम्पनीले मासिक ५३० रुपैयाँमा ७० एमबीपीएस फाइबर नेट उपलब्ध गराउनेछ । साथै यस अफरमा २ वर्ष सब्क्रिसन र आईपीटीभी फ्री रहेको छ । यस्तै, ५५५ रुपैयाँमा ७० एमबीपीएस फाइबर नेट खरिद गर्दा एक वर्ष सब्क्रिसन र आईपीटीभी फ्री रहेको छ । यस्तै, मासिक ६२० रुपैयाँमा ८० एमबीपीएस, मासिक ७७७ रुपैयाँमा १ सय एमबीपीएस, ८८८ रुपैयाँमा २ सय एमबीपीएस र ९९९ रुपैयाँमा ३ सय एमबीपीएस फाइबर नेट खरिद गर्न सकिने कम्पनीको भनाइ छ । सीजी नेट : सीजी नेटले ‘ल है आयो दशैं, हातै खाली नरहने अफरको बहार’ योजना ल्याएको छ । यस योजनामा सीजी नेटले स्कुटर, हरेक महिना वासिङ मेसिन र माइक्रो वेभ र हरेक हप्ता हजारौं उपहार उपलब्ध गराउनेछ । साथै असीमित छुटका भौचर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ जडान र नवीकरणमा ३ महिना बोनस, १ हजार ५ सय रुपैयाँसम्म छुट र क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । यस्तै इन्टरनेट जडान गर्दा कम्पनीले निशुल्क सीसीटीभी क्यामेरा दिनेछ । यो अफर १५०, २५०, ३५० र ६५० एमबीपीएसमा लागू हुनेछ । वाईफाइ नेपाल : दशैंका लागि खल्तीबाट वाइफाइ नेपालको इन्टरनेट शुल्क भुक्तानी गर्दा १ जना भाग्यशालीले सुजुकी स्कुटर जित्न सक्ने अफर ल्याएको छ । साथै हरेक हप्ता १ जनाले स्मार्ट टीभी पाउनेछ भने गिफ्ट ह्याम्परमा फिल्म टिकेट, खल्ती सुरक्षा, खल्ती प्रो, एक महिनाको इन्टरनेट बोनस र थप अरु गिफुट रहेका छन् । यो अफर असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।