कांग्रेसले विपद्जन्य घटनाका पीडितलाई राहतस्वरूप ५० लाख दिने
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले विपद्जन्य घटनाका पीडितलाई राहतस्वरूप ५० लाख दिने दिने भएकाे छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको केन्द्रीय सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि बोल्दै नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताए । उनले ५० लाखमा सहयोग गर्न कांग्रेस सांसदहरूले १५ दिनको तलव उपलब्ध गराउने पनि निर्णय भएको बताए । कांग्रेसले पार्टीको भ्रातृ, शुभेच्छुक संघटन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन निर्देशनसमेत दिएकाे छ । यसैगरी, बैठकले स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले राष्ट्रिय विपतीमा समग्र पार्टी, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुन पनि आह्वान गरेको छ ।
ह्वाइट फेदर्स ज्वेलरीको दशैं अफर सार्वजनिक, हीराको गहनामा ५० प्रतिशत छुट
काठमाडौं । काठमाडौंको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैंतिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ । याेजनाअन्तर्गत २४ क्यारेट सुनका गरहगना बनाउँदा ग्राहकहरूले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ । मंसिर ३ सम्म चल्ने यस योजनामा डायमण्डका गरगहनामा ५० प्रतिशत छुट दिइनेछ । यस्तै, चाँदीका भाडावर्तनमा प्रतितोला १२० रुपैयाँ ज्याला मात्रै लाग्ने छ । सामान्यतया, चाँदीका भाडावर्तनमा प्रतितोला २ सय रुपैयाँ ज्याला लाग्ने गर्दछ । २ महिने यस योजनामा बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली विजेताले आइफोन १६ जित्ने मौका पनि पाउनेछन् । यसका लागि २ महिनामा कम्तीमा २ पटक गरगहना खरिद गरेको हुनुपर्नेछ । २ महिनामा २ पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहकमध्येबाट लक्की ड्रमार्फत विजेता छनोट गरिने ज्वेलरीका संस्थापक स्किनर रसाइली बताउँछन् । यस्तै, प्रत्येक महिना १ जोडी (दम्पती)लाई लक्की ड्रमार्फत चितवन वा पोखराको टूर प्याकेज उपलब्ध गराइनेछ । यसअन्तर्गत २ महिनामा २ दम्पत्तिले यो अफर पाउनेछन् । यस्तै, प्रत्येक महिना १ दम्पत्तिलाई लक्की ड्रमार्फत नै पाँचतारे होटलमा ‘वान नाइट स्टे’समेत प्रदान गरिनेछ । २ महिनासम्म चल्ने यस अफर योजनाअन्तर्गत २ महिनामा २ दम्पत्तिले यो मौका पाउनेछन् । यसैगरी, प्रत्येक महिना प्रतिष्ठित नेपाली जुत्ता ब्राण्ड ‘योलो’को तर्फबाट २ जना सेवाग्राहीले आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् । ह्वाइट फेदर्स ज्वेलरीले हरेक हप्ता ग्राहकहरूले विभिन्न उपहार जित्ने स्किम पनि सँगसँगै ल्याएको छ । यसअन्तर्गत २ महिनासम्म हरेक हप्ता एक एक जनाले ‘गिगी मेकअप स्टुडियो’को तर्फबाट १० हजार बराबरको ‘हाइड्रो फेसीयल’ गर्न पाउनेछन् । यस्तै, प्रत्येक हप्ता एक जनाले स्कुटर ब्राण्ड भेष्पाको आधिकारिक विक्रेता डेल्टा अटोकर्पको तर्फबाट आकर्षक ‘गिफ्ट ह्याम्पर’ पाउनेछन् । साथै यसअन्तर्गत नै ह्वाइट फेदर्स ज्वेलरीबाट गरगहना किनेका ग्राहकहरूले भेष्पा स्कुटर खरिदमा आकर्षक छुट पनि प्राप्त गर्नेछन् । यी सबै उपहार योजना सबै खालका गरगहना खरिदमा लागू हुनेछन् । काठमाडौंको न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरी ७ वर्षदेखि ग्राहकहरूको सेवामा समर्पित छ ।
सानिमा बैंकले पायो आइटी सेवाका लागि आईएसओ प्रमाणपत्र
काठमाडौं । सानिमा बैंकले आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आइटी सेवाका लागि प्रतिष्ठित आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राख्दै आएकाले याे प्रमाणपत्र प्राप्त गरेकाे जनाएकाे छ । आईएसओ २७००१:२०२२ प्रमाणीकरण प्रक्रियाले बैंक सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) मा कति कडा छ भन्ने मूल्यांकन गरेकाे जनाइएकाे छ । मूल्यांकन एएमटीआईभीओ समूहले गरेकाे थियाे । बैंक यसको सूचना सुरक्षा मापदण्डहरू कायम राख्न र सुधार गर्न समर्पित रहने पनि बैंकले उल्लेख गरेकाे छ । सानिमा बैंकले ७ वटै प्रदेशमा १३३ कार्यालय र १२४ एटीएम सञ्जालबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
हेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्धार
काठमाडौं । गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आज बिहानसम्म काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । शनिबार नै त्यहाँ हेलिकप्टर पठाइए पनि उद्धार गर्न सकिएको थिएन ।काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार जारी राखेको छ । मन्त्रालयका अनुसार शनिबार काठमाडौंं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए । मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानबाट हालसम्म एक सय सात जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक यथाशीर्घ सञ्चालनमा ल्याउन तदारुकपताका साथ लाग्न निर्देशन दिइसकेका छन् ।
सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताएका छन् । चीन भ्रमण पूरा गरी आइतबार दिउँसो स्वदेश फर्केका उनले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे । उनी विमानस्थलमा ओर्लिएपछि सिधै मन्त्रालय पुगी छलफलमा जुटेका थिए । अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा यही असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
बीमा सुधारका लागि डा. शम्भु आचार्यको नेतृत्वमा सुझाव समिति गठन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेका हुन् । समितिमा विकास अर्थशास्त्री तथा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेसँगै वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा. भगवान कोइराला सदस्य छन् । यसैगरी, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहनेछन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत समितिको सदस्य तोकिएको छ । समितिलाई विद्यमान स्वास्थ्य बीमाको कानुनी अवस्था, सेवाप्रवाहलगायतका विषयका सबल र दुर्बल पक्षबारे विश्लेषणसहितको प्रतिवेदन दिन कार्यादेश दिइएको छ । यसैगरी, नेपालमा हाल कार्यान्वयनमा रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीबाट प्रवाह हुने गरी स्वास्थ्य बीमा कार्यक्रममार्फत लैजान सुझावसहितका उपाय सुझाउन पनि भनिएको छ । समितिले स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकको आबद्धता बनाउन सम्भाव्य उपायबारेसमेत सुझाव दिने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनको जेनेभास्थित रणनीति र सहयोग एकाइको महानिर्देशक रहिसकेका आचार्यसँग संगठनमा विभिन्न भूमिकामा तीन दशक बढी काम गरिसकेको अनुभव छ । उनी हालै मात्र नेपालका तर्फबाट विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा उम्मेदवार रहिसकेका छन् । जनस्वास्थ्य सुधारका लागि विभिन्न देशहरुलाई सुझाव प्रदान गरिसकेका आचार्यको अनुभव देशको स्वास्थ्य बीमा सुधारका लागि उपयोग गर्ने अपेक्षा गरिएको मन्त्री पौडेलले बताए । ‘स्वास्थ्य बीमामा सुधार गरेर आम नागरिकको पहुँचमा ल्याउने बनाउने हाम्रो प्रमुख उद्देश्य हो,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमामा सबै नागरिकलाई जोड्ने गरी समस्या समाधानसहितको सुझावलाई कार्यान्वयनमा लैजानेछौं ।’ मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य बीमाको रकम ५ लाखसम्म पुर्याउने घोषणा गरेका थिए । मन्त्री पौडेलले बीमा सुधारका स्रोत थप्न सकिने अवधारणा प्रस्तुत गरेका थिए । सोहीअनुसार विज्ञहरूको सुझाव लिन भन्दै मन्त्री पौडेलले समिति गठन गरेका हुन् । आइतबार समितिको पहिलो बैठक बसेको छ । आफूहरुले स्वास्थ्य बीमाका अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययनसँगै देशको अभ्यास र कठिनाइहरुबारे अध्ययन गरेर सुझाव दिने संयोजक आचार्यले बताए ।
भेटायोको दशैं अफर घोषणा, कम मूल्यमै सफा गर्नूहोस् घर
काठमाडौं । भेटायोले दशैंलक्षित अफर घोषणा गरेको छ । भेटायो एक–स्टप सेवा प्लेटफर्म हो जसले घर मर्मत गर्नेदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाइजस्ता काम गर्दै आएकाे छ । काठमाडौं उपत्यकाभित्र छिटो, भरपर्दो र झन्झटरहित सेवाहरू उपलब्ध गराउँदै आएकाे भेटायाेले दशैं लक्षित विभिन्न अफर सार्वजनिक गरेकाे छ । भेटायोले दशैंकाे अवसरमा घरको भान्सा एक हजार ३ सय रुपैयाँ र बाथरुम तीन हजार ३ सय ८० रुपैयाँमा मर्मत गर्ने जनाएकाे छ । यसैगरी, ८५ रुपैयाँ प्रति किलाेमा सामान्य लुगा धाेइने र डबल सिरक ४ सय रुपैयाँमा धाेइने छ । साथै ५ थान भन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था रहेकाे छ । तीन हजार रुपैयाँमा घर सफा गरिने पनि भेटायाेले जनाएकाे छ । १ हजार ५०० रुपैयाँमा (३ फिट सम्म) वा २ हजार ५०० रुपैयाँमा (३–५ फिट) मा चिम्नी सफा गरिनेछ । यसैगरी, टायल्स र मार्बल सफाइ १२ रुपैयाँ वर्ग फुट (न्यूनतम ५०० वर्ग फुटको ६ हजार रुपैयाँमा) गरिनेछ । साथै एउटा निःशुल्क बाथरूम सफाइ गरिनेछ ।
हेटौँडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
मकवानपुर । हेटौँडाबाट काठमाडौं जोड्ने सबै सडक बाढीपहिरोका कारण अवरुद्ध भएको छ । बिहीबारदेखि अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा बाढीपहिरो जाँदा हेटौँडा–काठमाडौं खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–काठमाडौं, कुलेखानी–मातातीर्थ–काठमाडौं र त्रिभुवन राजपथ अवरुद्ध भएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी ९सिडियो० तीर्थराज चिलुवालले त्रिभुवन राजपथ आज साँझसम्म सञ्चालनको तयारीअनुरुप काम भइरहेको बताए । उनका अनुसार त्रिभुवन राजपथबाहेक अन्य सडक भने सञ्चालनमा आउन केही समय लाग्नेछ । प्रहरीले पहिरो पन्छ्याउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको उनले बताए ।