सूर्यज्योति लाइफको नाफा बढ्यो, जीवन बीमा कोषमा ३६ अर्ब बढी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २.५१ प्रतिशत बढी नाफा गरेको हो । असोज मसान्तसम्म कम्पनीले २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २३ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्म कम्पनीले २ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ खुद भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ रहेको छ भने ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड २१ लाख रुपैयाँ, महाविपत्ती कोषमा ३७ करोड ७९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब ३३ करोड २७ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष २२.२८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीको जीवन बीमा कोषमा २९ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ रहेको थियो । चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कोषमा ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ९.२० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १४३.५९ रुपैयाँ रहेको भने पीई रेसियो ५४.७५ गुणा रहेको छ ।
कुलमानले किन राखे आकस्मिक पत्रकार सम्मेलन ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आकस्मिक पत्रकार सम्मेलन राखेका छन् । डेडिकेडेट तथा ट्रंक लाइनको विद्युत बक्यौता विवाद चुलिरहेकाे बेला उनले पत्रकार सम्मेलन बाेलाएका हुन् । उनले बुधबार दिउँसाे २ बजेका लागि पत्रकार सम्मेलन बाेलाएका छन् । उद्योगीहरूसँग विद्युत् बक्यौता रकम उठाउने विषयमा विवाद सिर्जना भएपछि उनी बक्यौता नतिर्ने उद्योगको बिजुलीकाे लाइन काट्दै आएका छन्। सरकारले भने उद्योगहरूमा बिजुलीको लाइन नकाट्न निर्देशन दिँदै आएकाे छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमा लाइन जोड्जे निर्णय गरेको थियो । त्यसपछि पनि लाइन नजोडेका कुलमानलाई प्राधिकरणको मंगलबार बसेको बोर्डको बैठकले उद्योगमा लाइन जोड्न पनर्देशन दिइसकेको छ । प्राधिकरण बाेर्डले मंगलबार साे निर्णय गरेकाे दाेस्राे दिनमै उनले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । बोर्डको अध्यक्ष उर्जामन्त्री हुने व्यवस्था छ । उनको पत्रकार सम्मेलनको उद्देश्य भने खुलाइएकाे छैन । सकारले उनलाई हटाउने प्रयास गरिरहेको छ ।
खानेपानी आयोजनामा जर्मनीले डेढ करोड रुपैयाँ सहयोग गर्ने
काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ । जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत काठमाडौंस्थित जर्मनीको दूतावासले एक करोड ४५ लाख रुपैयाँ रकम सहयोग गर्ने नगरप्रमख अशोक ब्याञ्जूले बताए । हालै नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भएको भेटवार्तामा उनले खानेपानी आयोजनाको मर्मतसम्भारका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आगामी केही दिनमा सहयतासम्बन्धी द्विपक्षीय सम्झौतासँगै रकम निकासा हुने नगप्रमुख ब्याञ्जूले जानकारी दिए । उक्त आयोजना पुनर्निर्माण गर्न तीन करोड ५१ लाख रुपैयाँ खर्च हुने उनको अनुमान छ । जर्मनीबाट प्राप्त हुने रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ । गत महिनाको बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका छन् ।
मेटल उद्योगमा ५ अर्ब डलर लगानी गर्ने अडानीको योजनापछि भारतीय कर्पोरेट क्षेत्रमा हंगामा
काठमाडौं । भारतको दोस्रो धनी र अडानी ग्रुपका अध्यक्ष गौतम अडानी मेटल उद्योगमा ठूलो लगानी गर्न लागेका छन् । उनले मेटल उद्योगमा ५ अर्ब अमेरिकी डलर अर्थात ४२ हजार करोड रुपैयाँ भारतीय रुपैयाँ लगानी गर्न लागेका हुन् । उनको यो कदमले टाटा, बिड़ला र वेदांता जस्ता ठूला व्यावसायिक समूहहरूमा खलबली मच्चिएको छ । अडानीको यो मेटल व्यवसायमा खनिज उत्खनन, प्रशोधन तथा तामा, फलाम, इस्पात र आल्मुनियम उत्पादनमा केन्द्रित गरिने उल्लेख छ । यसका लागि अडानी ग्रुपले आगामी ३ देखि ५ वर्षभित्र यो क्षेत्रमा ५ अर्ब अमेरिकी डलर खर्च गर्नेछ । भारतीय सञ्चार माध्यमका अनुसार कुल लगानीमध्ये २ अर्ब अमेरिकी डलर तामामा खर्च हुनेछ । अडानी ग्रुपको यो लगानीले वेदांता, आदित्य बिड़ला समूहको हिंडाल्को र टाटाजस्ता भारतीय ठूला व्यावसायिक घरानालाई ठूलो चुनौती हुने बताइएको छ । अडानी ग्रपले गत मार्चमा ५०० केटीपीए (किलोटन प्रति वर्ष) क्षमता भएको स्मेल्टरसहित आफ्नो तामा उत्पादनको उद्योग सञ्चालन गरिसकेको छ । अडानी ग्रुपले अन्य मेटलहरू आल्मुनियम र स्टिल लगायतमा लगानी बढाउने योजना बनाएको छ । यो समूहले ओडिशाको रायगढमा एउटा आल्मुनियम रिफाइनरी र एउटा कैप्टिभ पावर प्लान्ट निर्माणको अनुमति पाइसकेको छ । अब छिट्टै काम सुरु गर्ने यो समुहको तयारी छ । यसअघि अडानी ग्रुपले आफ्नो सहायक कम्पनी मुन्द्रा आल्मुनियम लिमिटेडअन्तर्गत एउटा आल्मुनियम. रिफाइनरी स्थापना गर्ने योजना पनि बनाएको छ । भारतको वेदांता ग्रुप आल्मुनियम, जस्ता र फलाम लगातय मेटल उद्योगमा परिचित नाम हो । हिंडाल्को पनि तामा र आल्मुनियममा प्रख्यात उद्योग हो । टाटा ग्रुप स्टील र जेएसडब्लू स्टील फलाम र इस्पात क्षेत्रमा अगाडि छ । यी सबै व्यावसायिक समूह अडानीको प्रवेशले त्रसित छन् । अडानीको लक्ष्य के हो ? अडानीको लक्ष्य मेटल उद्योगमा लगानी बढाउने हो । यो क्षेत्रमा यो व्यावसायिक ग्रुपले लगानी गरेको छैन । केही समयअघि मात्र यस ग्रुपले अम्बुजा सिमेन्ट्स लिमिटेड र एसीसी लिमिटेडको अधिग्रहण गरेर सिमेन्ट क्षेत्रमा प्रवेश गरेको थियो । मेटल क्षेत्रमा गरिएको नयाँ लगानी अडानीको रणनीतिक योजनाको रुपमा हेरिएको छ । यसले समूहका हरित ऊर्जा र आधारभूत पूर्वाधार परियोजनाहरूका लागि आन्तरिक खपत सुनिश्चित गर्न सहयोग पु¥याउने उल्लेख गरिएको छ । भारतीय सञ्चार माध्यमको सहयोगमा ।
सूर्यज्योति लाइफको सञ्चालकमा अग्रवाल
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् । कार्तिक २७ गते बसेको संस्था सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । ‘यस कम्पनीका संस्थापक सेयरधनी पुजा इन्टरनेशनल नेपालका प्रतिनिधी आशिष कुमार अग्रवाललाई कार्तिक २७ गते देखि लागु हुने गरी सञ्चालकमा नियुक्त गरेका छौं’, नेप्सेको सूचनामा उल्लेख गरिएको छ ।
डोनाल्ड ट्रम्पले मस्कलाई ‘ग्रेट एलन मस्क’ भन्दै दिए महत्वपूर्ण पद उपहार, सरकारी खर्च कटौतीमा सहयोग गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् । आफूलाई चुनावमा ठूलो सहयोग गरेका मस्कलाई उनले सो पद उपहार दिएका हुन् । उनले अब ट्रम्प नेतृत्वको सरकारलाई सरकारी खर्च कटौती र दक्षता सुधार गर्नमा सहयोग गर्नेछन् । विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ को उपमा दिएका छन् । मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई)मा भारतीय मुलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन् । ट्रम्प खर्च कटौतीका लागि अनावश्यक सरकारी विभाग र एजेन्सीहरुलाई बन्द गर्नुपर्ने र अप्रासंगिक नियमकानुन संशोधनको तयारीमा छन् । त्यसलाई ट्रम्पले ‘सेभ अमेरिका’ नाम दिएर अभियान चलाउने छन् । ट्रम्पको यही अभियानलाई अब एलन मस्क र विवेक रामास्वामीले सघाउने छन् । यस्तो छ विज्ञप्ति म यो कुरा घोषणा गर्न पाउँदा खुसी छु । ग्रेट एलन मस्क र अमेरिकी राष्ट्रप्रेमी विवेक रामास्वामी मिलेर सरकारी दक्षता विभागको नेतृत्व गर्नुहुनेछ । यी दुई अमेरिकनहरूले मेरो प्रशासनलाई सरकारी प्रशासनिक जटिलता हटाउन, अनावश्यक नियमहरू घटाउन, फजुल खर्च कटौती गर्न, र संघीय एजेन्सीहरूको पुनर्संरचना गर्न मार्गदर्शन गर्नेछन् । यो हाम्रो समयको सम्भावित ‘म्यानह्याटन प्रोजेक्ट’ बन्नेछ । रिपब्लिकन राजनीतिज्ञहरूले लामो समयदेखि डीओडीजीईका उद्देश्यहरूको सपना देख्दै आएका छन् । यस किसिमको ठूलो परिवर्तन गर्न, सरकारी दक्षता विभागले सरकारी प्रणालीबाहिरबाट सुझाव र मार्गदर्शन दिनेछ, र ह्वाइट हाउस तथा व्यवस्थापन र बजेट कार्यालयसँग मिलेर ठूला संरचनात्मक सुधारहरू ल्याउन र सरकारमा एउटा नयाँ उद्यमशील दृष्टिकोण स्थापित गर्न साझेदारी गर्नेछ । म एलन र विवेकलाई संघीय प्रशासनमा दक्षता ल्याउन र सबै अमेरिकनहरूको जीवनलाई राम्रो बनाउन सहयोग गर्ने आशा गर्छु । मुख्य रूपमा हामी वार्षिक ६.५ ट्रिलियन डलरको सरकारी खर्चमा रहेको ठूलो फजुल खर्च र भ्रष्टाचार हटाउन दृढ छौं । यी दुई जना मिलेर हाम्रो अर्थतन्त्रलाई एउटा दिहा दिनेछन् । उनीहरूको कार्यकाल ४ जुलाई २०२६ सम्म रहनेछ । एउटा सानो र दक्ष सरकार, कम प्रशासनिक जटिलता सहित, स्वतन्त्रता घोषणाको २५०औं वार्षिकोत्सवमा अमेरिकालाई उत्तम उपहार हुनेछ । मलाई विश्वास छ, उनीहरू सफल हुनेछन् ।
साइबेरियाका चरा कैलाली-कञ्चनपुरमा
कञ्चनपुर । उत्तरी धु्रवमा चिसो बढेसँगै कञ्चनपुर-कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ । साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) का सदस्य हिरुलाल डगौराले बताए । कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुछ्रे हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, चखेवालगायत चरा सिमसारमा आएका उनले बताए । विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजानलगायत क्षेत्रबाट आगन्तुक चरा चिसो छल्नका पुग्ने गरेको चराबारे जानकारी भएका डगौराले बताए । आगन्तुक चरा कैलालीको घोडाघोडी ताल, कर्णाली नदी क्षेत्र, कञ्चनपुरको पुरैनी ताल, कालिकिच सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका सलगौडी ताल, रानीताल, सिकारीताल, महाकाली, चौधर नदी क्षेत्रमा पुगेका उनले बताए ।
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
काठमाडौं । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो । दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२÷२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता तथा सुशासनको लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ । साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ । साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो ।