सरकार र पार्टीले छानबिन गरोस्, दोषी देखिए सबै पद त्याग्छु : पर्यटनमन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो इमान र निष्ठामाथि धावा बोल्ने काम भएको भन्दै कानूनी लडाईं लड्ने बताएका छन् । नेपाली काँग्रेसका सह महामन्त्री समेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि काँग्रेसकै सांसद राजैन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका थिए । सोहीबारेमा स्पष्टीकरण दिँदै मन्त्री पाण्डेले केही मानिसहरुले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताए । उनले नाजायज लाभबाट आफ्नो व्यक्तित्व विकास गर्न खोज्नेहरुले आरोप लगाएको बताए । इमान, निष्ठा, इज्जत र प्रतिष्ठा नभएकाहरुले आफ्नो इमान्दार प्रयासलाई मान मर्दन गर्नेगरी मनोबल गिराउन आरोप लगाएको जानकारी दिए । पर्यटन क्षेत्रलाई फेरि हिलो पानीमा माछा मार्ने क्षेत्रकै रुपमा राखिराख्न र त्यसमा आफू सफल हुन तथा नाजायज फाइदा लिन यस किसिको आरोप लगाइएको बताए । यसबारेमा आफूले सरकार, पार्टीलाई पनि जानकारी गराउने र कानूनी लडाईं पनि लड्ने बताए । इमान्दार मान्छेहरुले नैतिकताको बाटोबाटै संघर्ष र प्रतिवाद गर्नसक्ने उनको भनाइ छ । सरकार र पार्टीलाई केही नराम्रो गरेको छ भन्ने लागेको भए आफूमाथि छानबिन गर्न पनि आग्रह गरे । आफूबाट जानेर/नजानेर कुनैपनि खालको कमजोरी भएको भए सरकार पार्टीबाट बाहिरिने घोषणा गरे । मन्त्री पाण्डेले आकाशलाई सुरक्षित गर्न, जिडिपी बढाउन र पर्यटन प्रवद्र्धनका लागि आफूले सक्दो पहल गरिरहेको जानकारी दिए । उनले भने, ‘हाम्रो आकाशलाई पनि सुरक्षित गरौँ, आकाशलाई सुचारु र गतिशिल गरौँ, नेपालको जिडिपीलाई बढोत्तरी गर्न पर्यटन क्षेत्रलाई अघि बढाऔँ भनेर मैले उहाँहरुको पनि साथ लिइरहेको छु ।’ मन्त्री पाण्डेले आफू स्वच्छ राजनीतिक चरित्रबाट अहिलेसम्म अघि बढिरहेको बताए । उनले गलत कामहरु हुन नदिने र राम्रा कामहरु रोक्न नहुने पक्षमा आफू रहेको बताए । देशले अहिले भोग्नुपरेको सुशासनको समस्या समाधानका लागि वर्तमान सरकार र आफूले काम गरिरहेको जानकारी दिए । उनले आफूसँग निष्ठा र इमान बाहेक अन्य राजनीतिक सम्पती नरहेको बताए । निष्ठाको तागतलाई बलियो बनाउने ध्येयका साथ आफूले काम गरिरहेको जानकारी दिए । मन्त्री पाण्डेले देशलाई विकास र समृद्धितिर अघि बढाउन खोज्दा मान मर्दन गर्नेहरु सल्बलाएको बताए । देशलाई, मन्त्रालयलाई र पर्यटन क्षेत्रलाई घाटा पुर्याउने कुनैपनि आवरणका विचौलियाहरुबाट सुरक्षित राख्ने जिम्मेवारी आफूलाई रहेको जानकारी दिए ।
९ महिनामा इजिप्टको खाद्य उद्योगको निर्यात ४.६ बिलियन डलर
काठमाडौं । इजिप्टको खाद्य उद्योगको निर्यात ९ महिनामा ४.६ बिलियन डलर पुगेको छ । सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म इजिप्टको खाद्यान्न निर्यात ४.६ बिलियन अमेरिकी डलर पुगेको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेको छ । इजिप्टको खाद्य निर्यात काउन्सिलले मङ्गलवार गरेको एक प्रतिवेदनले यी तथ्याङ्कहरूले निर्यात मूल्य र वृद्धि दरका लागि नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको बताएको छ ।
जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व संकलनमा असर
तनहुँ । यहाँको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व संकलनमा असर परेको छ । गत साउनदेखि जग्गा वर्गीकरणको काम रोकिँदा राजस्व संकलनमा कमी आएको हो । कृषिको जग्गालाई कृषिमा र आवासीय जग्गालाई आवसीयमा राख्ने गरी वर्गीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । ‘यसअघि कृषियोग्य र आवासीय जमिनको लिखित अभिलेख थिएन्’, उनले भने, ‘कार्यपालिका बैठकले आगामी मङ्ङिसरभित्र वगीृकरण टुङ्ग्यिाउने योजना बनाएको छ ।’ नगरपालिकामा जग्गा वर्गीकरण सम्पन्न नहुँदा किनबेच कार्य प्रभावित भएको भन्दै मालपोत कार्यालयमा राजस्व संकलनमा कमी आएको गैरेले बताए । दश पालिका रहेको जिल्लामा अन्य पालिकाको तुलनामा व्यासमा जग्गाको कारोबार बढी हुने गरेको मालपोत अधिकृत केशवराज सुवेदीले जानकारी दिए । ‘धितो बन्धक र राजीनामा गरी दिनमा ३० वटासम्म काम हुने गरेको छ’, उनले भने, ‘जग्गा वर्गीकरण गरी खुला गरेको अवस्थामा दिनमा ४५ वटासम्म काम गर्न सकिनेछ ।’ कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असोजसम्म आठ करोड ७८ लाख ९६ हजार सात सय १४ रुपैयाँ राजस्व संकललन भएकामा चालु आवको सोही अवधिमा छ करोड २८ लाख ६८ हजार पाँच सय ४९ रुपैयाँ गरेको छ । गत आवको तुलनामा चालु आवमा दुई करोड ५० लाख २८ हजार एक सय ६५ रुपैयाँ राजस्व संकलनमा कमी आएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।
यु-१९ महिला टि-२० विश्वकपमा बुधबार अन्तिम खेल खेल्दै नेपाल
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको अजमानस्थित द सेभेन रङ्गशालामा नेपाली समयानुसार आज दिउँसो ३ः१५ बजे नेपालले घरेलु टोली युएईको सामना गर्दैछ । यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो छैठौँ अर्थात् अन्तिम खेल हो । एसिया छनोटअन्तर्गत नेपालले पाँच खेल खेलिसकेको छ । पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । आइतबार भएको चौँथो खेलमा नेपालले थाइल्याण्डलाई एक सय छ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । हालसम्म पाँच खेल खेलेको युएईले पाँचै खेल जितेको छ । युएई १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, नेपाल आठ अङ्कसहित तालिकाको दोस्रो स्थानमा, थाइल्याण्ड दुई अङ्कसहित तेस्रो र कुवेत शून्य अङ्कसहित तालिकाको अन्तिममा छ । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । नेपाल विश्वकपमा छनोट हुन आजको खेलमा युएईलाई जित्नसका साथै रनरेटमा पनि पछाडि पार्नुपर्ने हुन्छ ।
प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि द्विदलीय संयन्त्र गठन
विराटनगर । प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले द्विदलीय संयन्त्र गठन गरेका छन् । संयन्त्रको मंगलबारको बैठकका निर्णय बुधबार यहाँ सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटिका इन्चार्ज शेरधन राईले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न दुई दलीय संयन्त्र गठन भएको बताएका छन् । उनले सबै प्रकारका अनियमितता रोक्न तथा विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्न संयन्त्रले खबरदारी गर्नका साथै जनताका निराशालाई आशामा बदल्ने बताए । संयन्त्रले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, जनमुखी, सुशासन प्रवद्र्धन तथा प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने सम्बन्धमा कोशी प्रदेश सरकारका मन्त्रीहरुसँग आगामी मङ्सिर १४ गते बृहद् छलफल गर्ने निर्णय भएको जनकारी संयन्त्रका सदस्य राईले दिए । त्यसैगरी, दुई दलीय संयन्त्रको मर्मअनुसार प्रदेशका १४ वटै जिल्लाका संयन्त्रका सदस्यहरुको संयुक्त बैठक मङ्सिर २९ गते संयन्त्रका अर्का सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयन्त्रबाट सरकारलाई काम गर्न थप ऊर्जा मिल्ने बताए । त्यसैगरी, संयन्त्रका अर्का सदस्य नेपाली कांग्रेस कोशी प्रदेशका सहयोगी हुने विश्वास व्यक्त गरे । दुई दलीय संयन्त्रमा नेकपा (एमाले)बाट पूर्वमुख्यमन्त्री राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र सो पार्टीका अध्यक्ष घनश्याम खतिवडा तथा नेपाली कांग्रेसबाट सो पार्टीका कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापा रहेका छन् ।
सूर्यज्योति लाइफको नाफा बढ्यो, जीवन बीमा कोषमा ३६ अर्ब बढी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २.५१ प्रतिशत बढी नाफा गरेको हो । असोज मसान्तसम्म कम्पनीले २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २३ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्म कम्पनीले २ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ खुद भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ रहेको छ भने ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड २१ लाख रुपैयाँ, महाविपत्ती कोषमा ३७ करोड ७९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब ३३ करोड २७ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष २२.२८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीको जीवन बीमा कोषमा २९ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ रहेको थियो । चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कोषमा ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ९.२० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १४३.५९ रुपैयाँ रहेको भने पीई रेसियो ५४.७५ गुणा रहेको छ ।
कुलमानले किन राखे आकस्मिक पत्रकार सम्मेलन ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आकस्मिक पत्रकार सम्मेलन राखेका छन् । डेडिकेडेट तथा ट्रंक लाइनको विद्युत बक्यौता विवाद चुलिरहेकाे बेला उनले पत्रकार सम्मेलन बाेलाएका हुन् । उनले बुधबार दिउँसाे २ बजेका लागि पत्रकार सम्मेलन बाेलाएका छन् । उद्योगीहरूसँग विद्युत् बक्यौता रकम उठाउने विषयमा विवाद सिर्जना भएपछि उनी बक्यौता नतिर्ने उद्योगको बिजुलीकाे लाइन काट्दै आएका छन्। सरकारले भने उद्योगहरूमा बिजुलीको लाइन नकाट्न निर्देशन दिँदै आएकाे छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमा लाइन जोड्जे निर्णय गरेको थियो । त्यसपछि पनि लाइन नजोडेका कुलमानलाई प्राधिकरणको मंगलबार बसेको बोर्डको बैठकले उद्योगमा लाइन जोड्न पनर्देशन दिइसकेको छ । प्राधिकरण बाेर्डले मंगलबार साे निर्णय गरेकाे दाेस्राे दिनमै उनले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । बोर्डको अध्यक्ष उर्जामन्त्री हुने व्यवस्था छ । उनको पत्रकार सम्मेलनको उद्देश्य भने खुलाइएकाे छैन । सकारले उनलाई हटाउने प्रयास गरिरहेको छ ।
खानेपानी आयोजनामा जर्मनीले डेढ करोड रुपैयाँ सहयोग गर्ने
काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ । जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत काठमाडौंस्थित जर्मनीको दूतावासले एक करोड ४५ लाख रुपैयाँ रकम सहयोग गर्ने नगरप्रमख अशोक ब्याञ्जूले बताए । हालै नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भएको भेटवार्तामा उनले खानेपानी आयोजनाको मर्मतसम्भारका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आगामी केही दिनमा सहयतासम्बन्धी द्विपक्षीय सम्झौतासँगै रकम निकासा हुने नगप्रमुख ब्याञ्जूले जानकारी दिए । उक्त आयोजना पुनर्निर्माण गर्न तीन करोड ५१ लाख रुपैयाँ खर्च हुने उनको अनुमान छ । जर्मनीबाट प्राप्त हुने रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ । गत महिनाको बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका छन् ।