सेयर बजारमा ६ अर्ब बढीको कारोबार

<p>काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ बिन्दुमा झरेको छ । सोमबार ५८ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३२२ कम्पनीको [&hellip;]</p>

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ बिन्दुमा झरेको छ ।

सोमबार ५८ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आज ३२२ कम्पनीको १ करोड ३८ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसभध्ये सबैभन्दा सेयर एनआरएन इन्फ्राइस्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ४५ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, न्यादी हाइड्रोपावरको २८ करोड २७ लाख र हिमालयन पावरको १५ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

सोमबार बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।

Share News