नेपाल बीमक संघको अध्यक्षमा क्षेत्री र महासचिवमा पन्त सर्वसम्मत
काठमाडौं । नेपाल बीमक संघमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । शुक्रबार संघको कार्यसमिति चयन सर्वसम्मत भएको हो । संघमा कार्यसमितिका लागि सबैको एक्लो उम्मेदवार परेसँगै सर्वसम्मत चयन भएको हो । अध्यक्षका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवार क्षेत्री र महासचिव पदमा एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्तको सर्वसम्मत चयन भएका हुन् । यसैगरी, उपाध्यक्षमा नेको इन्स्योरेन्सका सीईओ अशोककुमार खड्का, कोषाध्यक्षमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ युगेशभक्त बादे श्रेष्ठ चयन भएका हुन् । संघको कार्यसमितिमा नयाँ सदस्यमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ अन्जु श्रेष्ठ, द ओरिएन्टल इन्स्योरेन्सका सीईओ टोटन चक्रवर्ती र प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चयन भएका हुन् । संघको कार्यसमितिको कार्यकाल २ वर्षको हुने छ ।
विद्युतीय कारमा आफ्नो जादु देखाउँदै फक्सवागन, आगामी दुई वर्षमा सबैभन्दा सस्तो कार ल्याउने
काठमाडौं । जर्मन कार कम्पनी फक्सवागनले सबैभन्दा सस्तो विद्युतीय कार (ईभी) ल्याउने भएको छ । यसै क्रममा कम्पनीले आफ्नो प्रवेश-स्तरको (एन्ट्री-लेभल) ईभीको पहिलो झलक सार्वजनिक गरेको छ । यो कार सन् २०२७ भित्र बजारमा आउने जनाइएकाे छ । यसकाे प्रारम्भिक मूल्य २० हजार युरो (२९ लाख रुपैयाँ) हुने अनुमान गरिएको छ । कम्पनीका अनुसार यो कार युरोपमै उत्पादन गरिनेछ र मुख्य रूपमा युरोपेली ग्राहकलाई लक्षित गरिने जनाइएकाे छ । तर, आगामी वर्षहरूमा यसलाई एसियाका विभिन्न देशमा पनि लन्च गरिने सम्भावना छ । फक्सवागनको तीन-चरणीय योजना फक्सवागनले सन् २०३० सम्मको आफ्नो लक्ष्य पूरा गर्न तीन-चरणीय योजना सार्वजनिक गरेको छ । यसको मुख्य उद्देश्य विद्युतीय कार बजारमा अग्रणी बन्नु हो। योजनाअन्तर्गत क्याचअप, अट्याक र लिड चरण छन् । हालको विद्युतीय कार बजारमा प्रतिस्पर्धात्मक उपस्थिति कायम राख्ने, नयाँ प्रविधिहरू र मोडेलहरूसँग प्रतिस्पर्धा गर्दै कम्पनीको स्थिति बलियो बनाउने र विश्वकै उत्कृष्ट विद्युतीय सवारी कम्पनी बन्ने लक्ष्य छ। मार्च २०२५ मै लन्च गरिने मार्च २०२५ मा यो कारलाई पहिलो पटक सार्वजनिक गरिने जनाइएकाे छ । तर गाडी २०२८ भित्र बजारमा उपलब्ध हुनेछ । याे गाडीकाे मुख्य विशेषता नै किफायती मूल्य हाे, जसले विद्युतीय सवारीसाधन आम उपभोक्ताका लागि सहज बनाउनेछ । फक्सवागन आईडी टु अल र नयाँ इलेक्ट्रिक कार परिवार फक्सवागनको नयाँ प्रवेश-स्तरको विद्युतीय कारसँगै आईडी टु अल मोडेल पनि नयाँ इलेक्ट्रिक स्माल कार परिवारको हिस्सा हुनेछ। २०२६ भित्र लन्च हुने यो कारको अनुमानित मूल्य २५ हजार युरो (करिब ३६ लाख २८ हजार रुपैयाँ) हुनेछ । मोड्युलर इलेक्ट्रिक ड्राइभ (एमईबी) प्लेटफर्ममा आधारित यी गाडीहरू उच्च कार्यक्षमता र लामो रेन्ज प्रदान गर्न सक्षम हुने जनाइएकाे छ । फक्सवागनको विद्युतीय सवारीसाधन बजारमा दबदबा फक्सवागनले पहिले नै ईभी बजारमा बलियो पकड बनाइसकेको छ । २०१९ मा आईडी प्रडक्ट लाइन लन्च भएयता १३ लाख ३५ हजारभन्दा बढी आईडी सिरिजका गाडीहरू बिक्री भएका छन् । २०२३ मा मात्र ३ लाख ८३ हजार १०० विद्युतीय गाडीहरू बिक्री भएका छन् । आईडी थ्री मोडेलका ५ लाखभन्दा बढी युनिटहरू बिक्री भइसकेका छन् । फक्सवागनको नयाँ योजना विद्युतीय गाडीलाई आम उपभोक्तासम्म पुर्याउने महत्त्वपूर्ण कदम हुनेछ । किफायती मूल्य, लामो रेन्ज, र अत्याधुनिक प्रविधि सहितको यो नयाँ प्रवेश-स्तरको विद्युतीय कारले बजारमा क्रान्ति ल्याउन सक्छ । आफ्नो अस्तित्वको रक्षामा ‘निसान’, ६० अर्ब डलरको ‘मर्जर वार्ता’ रद्द गर्ने निर्णय विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी
गलत हल्लाको प्रतिवादमा उत्रिए बैंकर, अराजक गतिविधि गर्नेलाई कारवाहीको माग
काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न किसिमका भिडियो बनाएर बैंक डुब्दैछन् भन्ने हल्लाविरुद्द बैंकर एकजुट भएका छन् । लामो समयदेखि सामाजिक सञ्जालमा विभिन्न किसिमका भिडियो तथा स्टाटस राखेर बैंक तथा वित्तीय संस्थाको नाम नै किटान गरी बैंक डुब्दैछ भनेर हल्ला फैलाउने अराजक व्यक्तिविरुद्द बैंकर एकजुट भएका हुन् । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स (एनबीए), विकास बैंकहरुको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरेर अराजक तथा गलत हल्ला फैलाउने विरुद्द प्रतिवादमा उत्रिएका हुन् । गत माघ २१ गते विकासन्युजले बैंकिङ क्षेत्रमा भिडियो आक्रमण भइरहेको र सो विषयको खण्डन बैंक तथा वित्तीय संस्था, त्यसको छाता संस्थाहरु र नेपाल राष्ट्र बैंकले पनि नगरेको भन्दै बैंकिङ प्रणालीमाथि भिडियो आक्रमण र राष्ट्र बैंकको मौनता शिर्षकमा लेख प्रकाशित गरेको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेलले त्यस्तो अराजक गतिविधि नगर्न सचेत गराएका थिए भने शुक्रबार यी चार वटै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै गलत हल्ला नफैलाउन अराजक गतिविधि गर्नेहरुलाई सजग गराएका हुन् । चार वटै संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सूरक्षण कोष मार्फत् सुरक्षण गरिएको धारणा राखेका छन् । नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति/नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको धारणा बैंकरले राखेका छन् । अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तको व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको र नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको विषय विज्ञप्तिमा उल्लेख छ । बैंंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्यानाकर्षण भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । यस्तै, सामाजिक संजालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना÷समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन अनुरोध गरिएको छ । सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गरिएको छ । बैंकरले आफ्नो सेवा-सुविधाहरुलाई आगामी दिनहरुमा अझै बढी सुदृढ बनाउन प्रतिबद्ध रहेको विषय पनि जानकारी गराएका छन् । सम्बन्धित सामग्री : बैंकिङ प्रणालीमाथि भिडियो आक्रमण र राष्ट्र बैंकको मौनता पाथीभरा केबलकारको विषय बैंकसँग नजोडौं : गुरु पौडेल
रिडी-बल्कोट सडक एक महिना बन्द हुने
गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखराभिर क्षेत्रमा चट्टान फोरेर सडक चौडा बनाउने काम सुरु भएपछि उक्त सडकमा यातायात सञ्चालन बन्द गरिएको हो । मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक सूचना जारी गर्दै आजदेखि आगामी फागुन २० गतेसम्म सडक बन्द गरिएको जनाएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जोखिम हुनसक्ने भएकाले केही समय वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे । सडक बन्द भएपछि कार्यालयले वैकल्पिक मार्गका रुपमा सातमुरेदेखि–श्रृङ्गा बलेटक्सारहुँदै रिडी, सातमुरदेखि–सिजिको बाटोहुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि–ठाडो खोलाहुँदै रिडी सडक प्रयोगमा ल्याएको छ । कार्यालयले आवश्यक समन्वय र सहजीकरण गर्न गुल्मी र अर्घाखाँची जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, छत्रदेव गाउँपालिका, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी, उद्योग वाणिज्य सङ्घ र पश्चिम नेपाल बस व्यवसायी समितिलाई आग्रह गरेको छ ।
सुनको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच हुनेछ ।
सानिमा जीआईसी इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ७.८९ प्रतिशत लाभांशमा १५ करोड ७८ लाख रुपैयाँ बराबर वितरण हुने कम्पनीले जनाएको छ । यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
काठमाडौं । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छिन् । हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा राणाले गए राति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् । त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले जोशीको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेको छ । हमासको नियन्त्रणबाट जोशीलाई मुक्त गर्न सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा देउवाले अघिल्लो साता इजिप्टका विदेशमन्त्रीसँग पनि टेलीफोनवार्ता गरी जोशीको मुक्तिका निम्ति सहयोग गर्न आग्रह गरेकी थिइन् । इजरायल सरकार र हमासबीच युद्धविरामको प्रयास भएदेखि नै मन्त्री डा देउवाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छिन्। केही साताअघि मन्त्री डा देउवाले इजरायलका विदेशमन्त्रीसँग पनि यसै विषयमा टेलिफोनवार्ता गरेकी थिए । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायलका राष्ट्रपतिसँग फोनमा जोशीको मुक्तिका निम्ति आग्रह गरेका थिए । जोशीको रिहाइका लागि सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत जोशीको रिहाइका लागि कूटनीतिक प्रयास गरिरहेकी छिन् । रासस
१९ प्रतिशतले घट्यो सानिमा माई हाइड्रोपावरको खुद नाफा
काठमाडौं । सानिमा माई हाइड्रोपावरको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमाको कम्पनीको खुद नाफा १९.४३ प्रतिशतले घटेको हो । कम्पनीले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २६ करोड ९१ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा कम्पनीले ३३ करोड ४१ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीका अनुसार विद्युत विक्री आम्दानी घट्दा नाफा खस्किएको हो । विद्युत विक्री आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ४९ करोड ९२ लाख रपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ४० करोड ६३ लाख रुपैयाँ रहेको छ । बैंकको व्याज घट्दा वित्तीय लागत गत वर्षको दोस्रो त्रैमाससम्म ५ करोड रहेकोमा चालु आवको सोहि अवधिमा ४ करोडमा झरेको छ । प्रति सेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा रहेको छ । गत आवको सोहि अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ ८२ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन मुनाफामा समेत गिरावट आएको छ । गत आवको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा ३६ करोड ९५ लाख रुपैयाँ रहेको छ । चालु आवको सोही अवधिमा सञ्चालन मुनाफा २७ करोड ९ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्त्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।