विकासन्युज

मुस्ताङ-काठमाडौं रात्रिकालीन बस सेवा सञ्चालन, २४ सयमा मुस्ताङ घुम्न सकिने

काठमाडौं । मुस्ताङ-काठमाडौं रात्रिकालीन ‘डिलक्स एसी’ बस सेवा सञ्चालनमा आएको छ । मुस्ताङ-मुक्तिनाथ सेवा प्रालिले बिहीबारदेखि मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकका लागि मुक्तिनाथदेखि काठमाडौंका लागि उक्त बस सेवा सञ्चालनमा ल्याएको हो । मुस्ताङ मुक्तिनाथ प्रालिले यसअघि डिलक्स बस, जिप र इलेक्ट्रोनिक भ्यान (इभी) सञ्चालनमा ल्याइसकेको छ । जाडो तथा गर्मीमा आरामदायी यात्रा गर्न सकिनेगरी सञ्चालनमा ल्याएको ‘डिलक्स एसी’ रात्रिकालीन बस सेवाको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुक्तिनाथमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे । यात्रुमैत्री सेवा विस्तार भएमात्रै मुस्ताङको धार्मिक पर्यटनमा योगदान पुग्ने उनले बताए । यातायात व्यवसायीले समयसापेक्ष आफूलाई रुपान्तरित गर्नुपर्नेमा प्रजिअ भुसालले जोड दिए । बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका उपाध्यक्ष क्रमशः डिकी गुरुङ र जमुना थकालीले एसी बस सेवा विस्तारले मात्रै नभएर यात्रुमैत्री सेवामासमेत ध्यान पुर्याउनुपर्नेमा जोड दिए । मुस्ताङ-मुक्तिनाथ यातायात प्रालिले आगामी चैत १ गतेदेखि लोमान्थाङ-कोरलासम्म यातायात सेवा सञ्चालन गर्ने तयारी गरेको प्रालिका अध्यक्ष विनोद विसीले जानकारी दिए । यो सँगै एसी बस सेवामा यात्रा गर्ने यात्रुले २ हजार ४ सय रुपैयाँमा मुस्ताङ-काठमाडौं यात्रा गर्न पाउने भएका छन् ।

मापदण्डविपरीत ३ खानी क्रसर उद्योग बन्द, विपद्पछि ८ खानी र ५ क्रसर उद्योग खुले

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका क्षेत्रमा सञ्चालित ३ वटा खानी तथा क्रसर उद्योग बन्द गराएको छ । नगरको वडा नं २ र १२ मा मापदण्डविपरीत नवीकरण नगरी सञ्चालन भएका ३ खानी तथा क्रसर उद्योग बन्द गरिएको हो । वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रालि, वडा नं १२ को भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि र दीपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्मका बन्द गरिएको छ । नगरप्रमुख रामशरण भण्डारीका अनुसार खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अविध समाप्त भइसकेको र पटकपटक ताकेता गर्दासमेत बिनाइजाजत सञ्चालन गरेको देखिएकाले अर्को निर्णय र आदेश नभएसम्मका लागि ती उद्योग गराइएको हो । नगरले बिहीबार बिहान ती उद्योग अनुगमन गरी बन्द गर्ने निर्णय गरेको थियो । नगरप्रमुख भण्डारी, नगरउपप्रमुख गीता बन्जारा, सम्बन्धित वडाध्यक्ष तथा इलाका प्रहरी कार्यालय बनेपाका सुरक्षाकर्मीको टोलीले अनुगमन गरी तीन उद्योग बन्द गराएको हो । गत माघ ९ गते जिल्लास्तरीय अनुगमन समितिको बैठकले नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता नै बाढीपहिरोको मुख्य कारण रहेको निष्कर्ष निकाल्दै गैरकानुनी रूपमा सञ्चालित ढुङ्गा तथा क्रसरबाट ठूलो धनजनको क्षति भएको जनगुनासो आएकाले नियमविपरीत सञ्चालित उद्योग बन्द गराउने निर्णय गरेको थियो । पनौतीमा १४ वटा क्रसर तथा खानीमध्ये विपद्पछि ८ खानी र ५ क्रसर उद्योग खुलेका छन् । त्यसमध्ये तीन खानी तथा क्रसर उद्योग बन्द गरिएको हो । समितिले गत माघ ३ गते जिल्लाका सबै स्थानीय तहलाई गैरकानुनी रूपमा सञ्चालित ढुङ्गाखानी र क्रसर बन्द गर्न पत्राचार गरिए पनि कार्यान्वयन नभएपछि ९ गते नियमविपरीतका उद्योग बन्द गराउने निर्णय गरेको हो । सोहीअनुसार पनौतीले अनुगमन गरेर आज तीन उद्योग बन्द गराएको जनाइएको छ । यसैबीच समितिको निर्णयलाई कार्यान्वयन नगरी अन्य स्थानीय तहमा रहेका खानी तथा क्रसर उद्योग सञ्चालन भइरहेको पाइएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोपछि खोलाको बहावले धार परिवर्तन गरेको, बस्ती जोखिममा परेको, वरिपरिका भूभागसमेत भत्किएको र बगाएको तथा पहिरो गएको, डस्ट ९धुलो० र गेग्य्रानले खोलाको सतह बढेको उल्लेख गर्दै हालको अवस्थामा बस्ती, खानी, खोला वन क्षेत्र भौगर्भिक अवस्थालगायत सरोकार राख्ने सबै पक्षमा गम्भीर एवं विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अध्ययनका लागि समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गरेको थियो । विशेषगरी बाढी प्रभावित रहेका स्थानीय तह पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बढी क्रसर तथा खानी छन् । विपद्अघि जिल्लाका १३ स्थानीय तहमध्ये पनौतीमा १४, रोशीमा पाँच, नमोबुद्ध र भुम्लुमा चार, बेथानचोकमा तीन, मण्डनमा दुई, बनेपा, तेमाल र चौरीमा ११ खानी तथा क्रसर सञ्चालनमा थिए ।

मागभन्दा बढी आवेदन परेपछि एभरेष्ट बैंकको ऋणपत्र आजै बन्द हुने, १.६५ अर्बको आवेदन

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि बिक्री आज फागुन २३ गते अन्तिम दिन रहेको छ । फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिनेछ । सिडिएस एण्ड क्लियरिङका अनुसार बिहीबार ५ बजेसम्म बैंकको ऋणपत्रमा ८ हजार ८३४ आवेदकले १६ लाख ५८ हजार ५३७ कित्ता ऋणपत्र खरिदका लागि १ अर्ब ६५ करोड ८५ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बैंकले ३ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र २०९१’ डिबेञ्चर बिक्री गरेको हो । ७.५० प्रतिशत ब्याजदर रहेको बैंकको ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख ऋणपत्रमध्ये ६० प्रतिशत १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरेको हो । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानीकोषलाई छुट्याएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६र६ महिनाको अवधिमा हुने बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत बैंकको ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी आइआर डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले बैंकको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

पूरै दिनको यात्राअवधि ४ घण्टामा छोटियो, बाटोमै ज्यान गुमाउने बाध्यताको अन्त्य

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पूरै दिन पैदलयात्रा गर्थे । पालिकाको केन्द्रमा आएर काम सकेर फर्कँदा कम्तीमा ३ दिन लाग्दथ्यो । धवलागिरिका प्रअहरूको बिहीबार भएको नियमित बैठकमा सहभागी हुन छन्त्याल घरबाट हिँडेको ४ घण्टामै मुना पुगे । ‘लुलाङ–गुर्जा सडकअन्तर्गत देउरालीसम्म गाडी चल्न थालेपछि पूरै दिनको यात्राअवधि ४ घण्टामा छोटिएको छ । दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सहज भएको छ,’ उनले भने । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जावासीको यात्राअवधि छोटिएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । लत्रवाङसम्म सडक पुगे पनि हिउँ थुप्रिएकाले ३ हजार ३ सय मिटर उचाइको देउराली धुरीसम्म जिप, ट्रयाक्टर, मोटरसाइकल चल्न थालेका छन् । हिउँ पग्लिएपछि देउरालीबाट लत्रवाङसम्मको करिब थप ५ किलोमिटर सडकमा पनि सवारीसाधन सञ्चालन गर्न सकिन्छ । लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा ३ देखि ४ घण्टा हिँड्नुपर्ने यात्राअवधि सडक निर्माण भएपछि ३० मिनेटमा छोटिएको देउरालीका बासिन्दा मोदीमान श्रीर्पालीले बताए । ‘गुर्जाका मानिस बिरामी भएर अस्पताल पुर्याउन डोकामा बोकेर ल्याउँथे । समयमै अस्पताल पुग्न नसकेर कतिले बाटोमै ज्यान गुमाएका छन्,’ उनले भने । गुर्जासम्म सडक नपुगेपनि बीच बाटोसम्म गाडी चल्न थालेपछि गुर्जावासीको आधाभन्दा बढी बाटो पैदलयात्रा गर्नुपर्ने बाटो छोटिएको श्रीपालीले बताए । गुर्जासम्म सडक पुर्‍याउन थप करिब १० किलोमिटर मार्ग निर्माण गर्नुपर्छ । गत वर्ष भएको ठेक्का सम्झौतामार्फत लुलाङबाट देउराली हुँदै लत्रवाङ नजिकसम्म ९.५ किलोमिटर मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । ‘गत आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले २/२ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले ३ करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । गाउँपालिकाले कार्यान्वयन गरेको तीनै तहका बजेटको उक्त योजनाको काम हालै सकिएको हो,’ उनले भने । योजनामार्फत सडकको मार्ग खोल्नुका साथै विभिन्न ठाउँमा ग्यावियन, मेसिनरी र पलम पर्खाल पनि निर्माण भएको छ । यसअघि गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नं २ लुलाङसम्म सडक पुगिसकेको थियो । आर्थिक वर्ष २०७९र८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै ४ किलोमिटर ४ सय मिटर सडकको मार्ग निर्माण भएको थियो । धवलागिरिका प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलका अनुसार मुनाबाट लत्रवाङसम्मको सडकको दूरी २५ किलोमिटर छ । लत्रवाङबाट गुर्जातर्फ सडक निर्माणका लागि सङ्घीय सरकार र गाउँपालिकाको साझेदारीमा विनियोजन भएको ७० लाख रुपैयाँ बजेट भएको योजना ठेक्का सम्झौताको प्रक्रियामा रहेको रावलले बताउनुभयो । प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँको बजेटबाट पूर्वाधार विकास कार्यायलले लुलाङ–देउराली खण्डमा स्तरोन्नतिको काम सुरू भएको छ । सङ्घीय सरकारले सडक डिभिजन कार्यालय बागलुङमार्फत विनियोजन गरेको १ करोड रुपैयाँ बजेटमार्फत बाङखोलामा पर्खाल, ग्रेड सुधार र महतलाको भिरमा ढलानको काम सुरू भएको छ । अर्को शीर्षकमा विनियोजन भएको १ करोड रुपैयाँ बजेटको योजनामार्फत लमसुङ–स्थानीय पूर्वाधार विकास आयोजना पोखराबाट ठेक्का आह्वान भएको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । एउटै बस्ती एकै वडामा समेटिएको ६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या १ हजार ५०५ जना छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ । सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्छ । सडक यातायातको सुविधा भएपछि गुर्जाका बासिन्दालाई सहज हुनुका साथै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।

बुद्ध एयरको पाँग्रा जनकपुरमा जहाज काठमाडौंमा, कम्पनी भन्छ : खसेको थाहै भएन

काठमाडौं । बुद्ध एयरको जहाजको पाँग्रा खसेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । जनकपुरबाट काठमाडौं आएको जहाजको अगाडिको दुईमध्ये एउटा पाँग्रा खसेको विषय बाहिरिएपछि यसले सामाजिक सञ्जालमा बहस विषय बनेको छ । जनकपुबारबाट काठमाडौं आएको उक्त जहाजमा उडानको क्रममा पाँग्रा खसेपनि चालक दलका सदस्यले भने कुनै जानकारी नै पाएनन् । तर, जहाज भने काठमाडौंमा सुरक्षितका साथ अवतरण भयो । जाहाज अवतरणपछि मात्रै चालक दलका सदस्यले पाँग्रा नभएको जानकारी पाए । त्यसपछि जनकपुर विमानस्थलमा खबर गर्दा धावनमार्गमै पाँग्रा भेटिएको हो । उक्त जहाजमा ६२ जना यात्रु सवार थिए । यस विषयमा बुध्द एयरका प्रवक्ता तथा सेल्स हेड रुपेश जोशीले उडानको क्रममा पाँग्रा खसेको चालक दलका सदस्यलाई जानकारी नै नहुने तर्क दिए । उनले दुई मध्ये एउटा मात्र पाँग्रा खस्दा अवतरणमा समस्या नभएको जानकारी दिए । ‘पाँग्रा निस्केको थाहै भएन, यस्तो हुनु हुँदैन, हामीले पाँग्रा पाइसकेका छौं, यसले अवतरणमा कुनै समस्या नभएपनि स–साना गलित हुनु राम्रो भने होइन,’ उनले भने । बुध्द एयर जनकपुर विमानस्थलका सूचना अधिकारी गणेश कुमार यादवले अहिले यस विषयमा सूचना लिने काम भइरहेको जानकारी दिए । ‘पाँग्रा फुस्केको थाहा पायौं, सुरक्षित अवतरण पनि भइसकेको छ, यस विषयमा हामी थप अध्ययन गरिरहेका छौं, उनले भने । हवाइ उडानमा विभिन्न किसिमका स-साना समस्या बारम्बार दोहोरिने गरेका छन् । कहिले चरासँग ठोक्किने, कहिले चिप्लिेन त पाँग्रा नै खस्ने गरेका कमजोरीहर नेपाली हवाइ उडानमा हुने गरेका छन् ।  

सङ्घीय महत्त्वका आयोजनामा केन्द्रित हुन अर्थमन्त्री पौडेलले गरे आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय महत्त्वका आयोजना मात्र सङ्घले गर्ने भएकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि आयोजना प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलका क्रममा अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारको जिम्मेवारी तथा भूमिकालाई दृष्टिगत गर्दै ठूला आयोजनामा केन्द्रित हुन आग्रह गरेका हुन् । उनले सङ्घीयतामा प्रदेश र स्थानीय तहले गर्ने काम सङ्घले गर्न जरुरी नरहेको उल्लेख गरे । अर्थमन्त्री पौडेलले प्रदेश तथा स्थानीय तहमा अधिकार र जिम्मेवारी हस्तान्तरण गरेर अघि बढ्दा मात्र सङ्घीयताको अभ्यास बलियो हुने बताए । त्यस्तै, तयारी अवस्थामा रहेका आयोजनाको कार्यान्वयन र आगामी दिनमा आवश्यक पर्ने महत्त्वपूर्ण आयोजनाको तयारीमा ध्यान पु¥याउन पनि उनले अनुरोध गरे । अहिलेको संसदबाट योभन्दा बलियो सरकार बन्ने सम्भावना नहरेको उल्लेख गर्दै अर्थमन्त्री पौडेले यो सरकारले सबै पक्षसँग परामर्श गरी देशको आवश्यकता र जनताको चाहनाअनुसार नयाँ बजेट बनाउने बताए ।

राष्ट्रियसभाबाट पाँच अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको बिहीबारको बैठकले पाँचवटा अध्यादेश स्वीकृत गरेको छ । प्रतिनिधिसभाबाट बुधबार पारित भएका सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ तथा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई राष्ट्रियसभाले बहुमतबाट स्वीकृत गरेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ माथि सांसदहरू डा वेदुराम भुषाल, मायाप्रसाद शर्मा, नरबहादुर विष्ट र सुरेशकुमार आले मगरले अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। यस्तै सांसदहरु मदनकुमारी शाह ‘गरिमा’ र झक्कुप्रसाद सुवेदीले निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ अस्वीकार गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा पेश गरेका थिए । उक्त प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको छ । आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ माथि गङ्गाकुमारी बेलवासे, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा र घनश्याम रिजालले अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्ताव पनि अस्वीकृत भएको छ । त्यसैगरी, सांसदद्वय जगप्रसाद शर्मा र राजेन्द्रलक्ष्मी गैरेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भनी प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको छ । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २३ गते शुक्रबार दिउँसो १ः १५ बजे बस्ने छ ।

पाठेघरमा हल्का दुखाइ हुँदैछ ? तुरुन्तै अपनाउनूस् यो काम नत्र खतरा हुनसक्छ

काठमाडौ । पाठेघरमा हल्का दुखाइ महिनावारीसँग सम्बन्धित सामान्य लक्षण हुन सक्छ । तर जब पेटको दुखाइ पेट र खुट्टामा महसुस हुन्छ यस्तो अवस्थामा यो खतरा हुन जान्छ । धेरैजस्तो महिलाले यस्तो बेला पेनकिलर लिने गर्छन् । कहिलेकाहीं यस्तो समस्या हुँदा हटब्यागले सेक्दा पनि दुखाइ कम गर्छ । तर, यति गर्दा पनि दुखाइ कम भएन भने यो एक गम्भीर समस्या हुन सक्छ । धेरै रगत बग्ने र ज्वरो पनि आउने अवस्था भयो भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । किनभने यस्तो दुखाइ इन्डोमेटिओसिस, गर्भाशय फाइब्रोइड वा योनिमा सुन्निने कारणले पनि हुन सक्छ । पाठेघर दुख्नुको धेरै कारण हुन सक्छन् । यो ठाउँ हो जहाँ भ्रुणको विकास हुन्छ । अण्डाशयले अण्डा उत्पादन गर्छ, जुन फलोपियन ट्यूबको माध्यमबाट पाठेघरमा जोडिएको हुन्छ । महिलाको पाठेघरमा समस्या भएमा बच्चा जन्माउन समस्या हुन्छ ।  गर्भाशयको सुजन पाठेघरको सुजन ब्याक्टेरियल संक्रमणको कारण हुन्छ । यस्तो अवस्थामा महिलाको पेट दुख्ने, ज्वरो आउने वा योनिश्राव पनि हुन सक्छ । यस्ता समस्यालाई बेवास्ता गर्नुहुँदैन । पाठेघरमा पोलिप्स महिलामा पाठेघरको पोलिप पाठेघरको पर्खालमा देखिने समस्या हो । यस अवस्थामा महिनावारी समयमा आउँदैन । पेट दुख्ने, कुनै कारण बिना थकान वा योनिश्रावको समस्या हुन सक्छ । फाइब्रोइड यो पाठेघरसँग सम्बन्धित रोग हो । जसमा पाठेघर भित्र वा बाहिर गाँठो बन्ने गर्छ । यिनीहरूलाई ट्युमर भनिन्छ । यसबाट पीडित महिलाको महिनावारी प्रभावित हुन सक्छ र एनिमिया अर्थात् रगतको कमी हुन सक्छ ।  यदि यस्तो हो भने तपाईंले बाँझोपनको सामना पनि गर्नुपर्ने हुन सक्छ । यो समस्यालाई बेवास्ता गर्नु महँगो साबित हुन सक्छ । इन्डोमेट्रिओसिस  यो रोगको पाठेघरसँग सम्बन्धित अस्तरलाई एन्डोमेट्रियम भनिन्छ । यो महिनावारीको समयमा रक्तश्रावको रूपमा शरीरबाट बाहिर निस्कन्छ । जब इन्डोमेट्रिओसिस हुन्छ, इन्डोमेट्रिअम ठाउँहरूमा बढ्छ जहाँ यो बढ्नु हुँदैन । यसमा रगत बाहिर निस्किनुको सट्टा नलीभित्र जम्मा हुन थाल्छ । जसका कारण गर्भावस्थामा समस्या आउन थाल्छ । धेरै अध्ययनहरूले पत्ता लगाएका छन् कि विश्वमा प्रत्येक १० मध्ये एक महिलालाई यो समस्या छ। यसले बाँझोपन जस्ता समस्या निम्त्याउन सक्छ । यदि तपाईंलाई पनि यी माथिका कुनै समस्या देखिएका छन् भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । यदि हामीले समयमै वास्ता गरेनौं भने यसले भोलि जोखिम अवस्था निम्त्याउन सक्छ ।