विकासन्युज

राजावादीलाई प्रचण्डले भने – इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्नू

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तीनकुनेमा राजावादी समूहले आयोजना गरेको सभालाई अराजकताहरुको संज्ञा दिएका छन् । शुक्रबार समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा काठमाडौंमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै अध्यक्ष दाहालले तीनकुनेलाई प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतीकजस्तो बनेको टिप्पणी गरे। उनले तीनकुनेमा भएको घटनाप्रति आपत्ति जनाउँदै राजावादी शक्तिहरूले हिंसा मच्चाएर आतंक सिर्जना गर्न खोजेको आरोप लगाए । ‘घरमा आगो लगाउने, प्रहरीमाथि ढुंगा हान्ने, एक-दुई जनाको ज्यान लिएर देशभर आतंक फैलाउने योजनामा उनीहरू छन् । यो नै राजावादीहरूको चरित्र हो,’ अध्यक्ष दाहालले भने । अध्यक्ष दाहालले गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बताउँदै इतिहासलाई उल्ट्याउने कुनै पनि प्रयास सफल नहुने चेतावनी दिए । ‘गणतन्त्र समर्थक लाखौं नागरिक सडकमा छन् । गणतन्त्रवादी र राजावादीहरूको चरित्र नेपाली जनताले आजै देखे,’ उनले भने । उनले तीनकुने घटनालाई ‘मण्डले अराजकताको पराकाष्ठा’ भन्दै यसलाई गणतन्त्रविरोधी शक्तिहरूको नियोजित प्रयासका रूपमा चित्रण गरे ।

तीनकुनेमा राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । राजावादीहरुको तीनकुनेमा प्रदर्शन गरेका छन् ।  राजावादीको प्रदर्शनले तनावग्रस्त बनेको छ ।    

राजावादीको प्रदर्शन उग्र भएपछि तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौं । राजावादीको प्रदर्शन उग्र भएपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको हो । करिब साढे चार बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो । गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँ बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको हाे । यस क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ । राजावादीहरूले कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेका छन् । प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले भाटभटेनीमा तोडफोड गरेको हो । तीनकुनेको प्रदर्शन र सभा बिथोलिएपछि उनीहरू तितरबितर भएका हुन् । यसैगरी, राजावादीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा तोडफोड गरेका छन् । काठमाडौंको तीनकुनेस्थित शान्तिनगरमा रहेको उक्त पार्टीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेका हुन् । उनीहरूले पार्टी कार्यालय अगाडि आगजनी र ढुंगा प्रहार गरेका छन् । यसैगरी, राजावादीहरूले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका छन् । यस्तै, उनीहरूले पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् । त्यस्तै, उनीहरूले तीनकुनेको एक घरमा आगलागी गरेका छन् । त्यस्तै, प्रदर्शनकारीले कान्तिपुर टीभी र अन्नपूर्ण मिडिया हाउसमा पनि ढुङ्गामुढा गरेका छन् । अन्नपूर्णमा लगाएको आगो भने अहिले नियन्त्रणमा आएको छ । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससहित हवाई फायरसमेत गरेको थियो ।

कोटेश्वरको भाटभटेनीमा राजावादीले गरे तोडफोड

फाइल तस्बिर । काठमाडौं । राजावादीहरूले कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेका छन् । प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले भाटभटेनीमा तोडफोड गरेको हो । उनीहरूले लुटपाट पनि गरेका छन् । तीनकुनेको प्रदर्शन र सभा बिथोलिएपछि उनीहरू तितरबितर भएका हुन् । यसैगरी, राजावादीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा तोडफोड गरेका छन् । काठमाडौंको तीनकुनेस्थित शान्तिनगरमा रहेको उक्त पार्टीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेका हुन् । उनीहरूले पार्टी कार्यालय अगाडि आगजनी र ढुंगा प्रहार गरेका छन् । यसैगरी, राजावादीहरूले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका छन् । यस्तै, उनीहरूले पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

नेकपा एसको कार्यालयमा तोडफोड, माओवादी केन्द्रको कार्यालयमा छिर्ने प्रयास

काठमाडौं । राजावादीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा तोडफोड गरेका छन् । काठमाडौंको तीनकुनेस्थित शान्तिनगरमा रहेको उक्त पार्टीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेका हुन् । उनीहरूले पार्टी कार्यालय अगाडि आगजनी र ढुंगा प्रहार गरेका छन् । यसैगरी, राजावादीहरूले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका छन् । यस्तै, उनीहरूले पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् । तीनकुनेको प्रदर्शन र सभा बिथोलिए पछि उनीहरू त्यसतर्फ लागेका हुन् ।

सरकारले १५ वर्षमुनिका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने

काठमाडौं । सरकारले आर्थिक रूपमा विपन्न परिवारका १५ वर्षमुनिका बालबालिकाको मुटु सम्बन्धी रोगको निःशुल्क उपचार गर्ने भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सो जानकारी दिएका हुन् । उनका अनुसार शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘आर्थिक कठिनाइका कारण कुनै पनि बालबालिका मुटु उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो,’ प्रवक्ता बुढाथोकीले भने । स्वास्थ्य मन्त्रालयले ५०० बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका २ लाख ५० हजार रुपैयाँ सहायता उपलब्ध गराउनेछ । नेपालमा प्रत्येक १,००० बालबालिकामध्ये ८ देखि १० जनामा मुटु सम्बन्धी समस्या देखिने विभिन्न अध्ययनहरूले देखाएका छन् । त्यस्तै, मन्त्रालयले मस्कुलर डिस्टोफी रोगको पहिचान, रोकथाम, उपचार तथा पुनःस्थापनाका लागि नीति तथा कार्ययोजना बनाउन प्राध्यापक डा. जगदिशप्रसाद अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन गरेको छ । मस्कुलर डिस्टोफी एक प्रकारको अनुवंशिक रोग हो, जसले मांसपेशी कमजोर बनाउँदै शरीरलाई गतिहीन बनाउने गर्छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी जानकारी लिन, सेवा प्रवाहमा गुनासो गर्न र सुझाव दिन ‘हेलो स्वास्थ्य’ कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गर्न सकिने व्यवस्था मिलाएको छ ।

विशेषज्ञको सुझाव : ठूलो बजेटभन्दा प्रभावकारी खर्च व्यवस्थापनमा जोड दिनुहोस्

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ मन्त्रालय बजेट तयारीमा जुटिरहेका बेला अर्थविद्हरूले ठूलो आकारको बजेट ल्याउन सरकारलाई सचेत गराएका छन् । उनीहरूले राजस्व संकलन कम भएको र वैदेशिक स्रोत पनि खस्किँदै गएकाले बजेटमा मितव्ययिता अपनाउनुपर्ने सुझाव दिएका छन् । नेपाल जनप्रशासन संघले आयोजना गरेको ‘सरकारको नीति, बजेट र आर्थिक सुधार : अपेक्षा र सम्भावना’ विषयक कार्यक्रममा विज्ञहरूले बजेटको आकार यथार्थपरक बनाउनुपर्नेमा जोड दिए । अर्थविद् डा. पोषराज पाण्डेले पछिल्ला वर्षहरूमा आम्दानीको अवस्था कमजोर भएकाले सरकारको खर्च योजनालाई व्यावहारिक बनाउनु आवश्यक रहेको बताए । उनका अनुसार, आगामी वर्ष करिब साढे १२ खर्ब राजस्व उठ्न सक्ने अनुमान गरिएको छ । उनले राज्यको प्रशासनिक क्षमता अभिवृद्धि नगरी बजेट प्रभावकारी बन्न नसक्ने चेतावनी दिए । पूर्वमुख्यसचिव डा. विमल कोईरालाले मुलुकको आर्थिक विस्तार नभएसम्म समग्र विकास सम्भव नरहेको उल्लेख गर्दै बजारमा माग र कर्जा प्रवाह दुवै न्यून रहेको बताए । साथै, मुलुक ग्रेलिस्टमा परेपछि वैदेशिक लगानी घट्ने र आर्थिक अस्थिरता थपिने चिन्ता व्यक्त गरे । पूर्वअर्थसचिव कृष्णहरी बाँस्कोटाले सरकारको राजस्व लक्ष्य अघिल्लो वर्षभन्दा महत्त्वाकांक्षी राखिए पनि प्राप्ति न्यून भएकाले बजेटको आकार नियन्त्रण गर्नुपर्ने बताए । उनका अनुसार, झन्डै ४०५ आर्थिक गतिविधि अनौपचारिक क्षेत्रमा रहँदा कर संकलन प्रभावित भइरहेको छ, जसलाई औपचारिक अर्थतन्त्रमा ल्याउनु आवश्यक छ । पूर्वसचिव विद्याधर मल्लिकले हालको कर नीति र सहुलियतहरू ठूला उद्योगपति र व्यवसायी केन्द्रित भएकाले गरिब र मध्यम वर्गलाई प्रत्यक्ष लाभ पुग्ने नीति आवश्यक रहेको बताए । उनले आर्थिक समानता कायम गर्न गरिबमुखी कार्यक्रमहरू पुनःसञ्चालन गर्नुपर्नेमा जोड दिए । पूर्वअर्थसचिव मधुकुमार मरासिनीले पुँजीगत खर्चको दुरुपयोग रोक्न आवश्यक रहेको बताए । उनका अनुसार, उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा भौतिक संरचनाहरू, जस्तै भवन, गेट र भ्युटावर निर्माणमा बजेट खेर गएको छ । मरासिनीले सरकारको वित्त नीति र मौद्रिक नीति बीच समन्वयको अभाव रहेको उल्लेख गर्दै नीति सुधार गर्नुपर्ने बताए । साथै, संघीय सरकारका अनुदान प्रणालीमा सुधार आवश्यक रहेको र अनावश्यक सशर्त अनुदान कटौती गर्नुपर्ने धारणा राखे । विज्ञहरूले सरकारलाई बजेटको आकारभन्दा पनि प्रभावकारी कार्यान्वयन, समावेशी विकास, आर्थिक स्थायित्व, र गरिबी न्यूनीकरणमा केन्द्रित हुन सुझाव दिएका छन् ।

राजावादीको प्रदर्शनमा दुई तोलाको सिक्री लुटिएपछि…

काठमाडौं । राजावादीको प्रदर्शनमा एक जना प्रदर्शनकारीले दुई तोलाको सिक्री हराएको बन्दै बिलौना गरेका छन् । जुलुसतर्फ अघि बढ्दा आफूलाई पछाडिबाट थिच्दै घाँटीमा लगाइराखिएको सुनको सिक्री लुटिएको उनले बिलौना गरेका हुन् । अहिले उनी रुँदै बिलौना गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । प्रदर्शनमा सहभागी हुने क्रममा तीन लाखभन्दा बढी मूल्यको सुनको सिक्री लुटिएपछि रूनुबाहेक आफूसँग विकल्प नभएको उनल गुनासो गरेका छन् । ‘साढे दुई तोलाको सिक्री थियो, अब मैले कहाँबाट ल्याउने ? घर कसरी जानु ,’ उनले रुँदै बिलौना गरे ।