जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबीच सहकार्य
काठमाडौं । नेपालमा जैविक कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ जनता एग्रो एण्ड फरेष्ट्री र थाइल्यान्डको प्रमुख शैक्षिक संस्था कसेस्टार्ट विश्वविद्यालयबीच ऐतिहासिक सहकार्यको घोषणा भएको छ । अप्रिल २ मा सम्पन्न सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा। कृत वोन–इनल र जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन गोल्यानले हस्ताक्षर गरेका छन् । यस सहकार्यले नेपालको कृषि क्षेत्रमा नवीनतम जैविक प्रविधिहरू भित्र्याउने, कृषकहरूको क्षमता अभिवृद्धि गर्ने, र उत्पादन वृद्धिमा टेवा पुर्याउने लक्ष्य राखेको छ । जनता एग्रो एण्ड फरेष्ट्रीले नेपालमा गरीरहेको जैविक खेतीलाई अझ व्यवस्थित बनाउन कसेस्टार्ट विश्वविद्यालयको वैज्ञानिक अनुसन्धान, उन्नत प्रविधिहरू, तथा नवीनतम कृषि विधिहरूको उपयोग गर्नेछ । सहकार्यअन्तर्गत जैविक खेतीका अत्याधुनिक प्रविधिहरू, उन्नत जातका बिरुवाको व्यवस्थापन, फसल उत्पादन वृद्धि, गुणस्तर सुधार तथा नवप्रवर्तनका क्षेत्रमा गहन अध्ययन र तालिम कार्यक्रम सञ्चालन गरिनेछ । सम्झौतापछि जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन कुमार गोल्यानले भने, 'यो साझेदारी नेपालको कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउने महत्वपूर्ण कदम हो । विश्वविद्यालयको विशेषज्ञता प्रयोग गरी कृषकहरूलाई आवश्यक उपकरण, प्रविधि, तथा ज्ञान उपलब्ध गराइनेछ, जसले उत्पादन वृद्धिसँगै दीर्घकालीन कृषि सुधार सम्भव बनाउनेछ ।' यसैगरी, कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनले भने, 'हाम्रो मिशन दिगो कृषि ज्ञानको विस्तार गर्नु हो । जनता एग्रोसँगको यो सहकार्य जैविक कृषिमा नयाँ युगको सुरुवात हुनेछ, जसले नेपालमा कृषि उत्पादनलाई नविनतम प्रविधिहरूसँग जोड्नेछ ।' सहकार्यअनुसार कसेस्टार्ट विश्वविद्यालयले जनता एग्रोलाई माटो परीक्षण, जैविक कीट व्यवस्थापन, मूल्य अभिवृद्धि, र उत्पादकत्व सुधारका लागि आवश्यक प्रविधि तथा अनुसन्धान उपलब्ध गराउनेछ । साथै, दुवै संस्थाबीच तालिम, कार्यशाला, तथा अनुभव आदानप्रदान हुने गरी नियमित कार्यक्रमहरू सञ्चालन गरिनेछन् । जनता एग्रो एण्ड फरेष्ट्रीले नेपाली जैविक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। थाइल्याण्डका लगानीकर्तासँगको सहकार्यमा नेपाली कृषि उत्पादनलाई वैश्विक स्तरमा चिनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिंदै छन् । यो सहकार्यले नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँदै जैविक उत्पादन निर्यात वृद्धि गर्ने तथा विदेशी मुद्रा आर्जन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । साथै, कृषि प्रविधिमा नविनतम रूपान्तरणमार्फत नेपालका कृषकहरूको जीवनस्तर उकास्न यस सहकार्यले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।
राजावादीको आगजनी र तोडफोडबाट जडीबुटी कम्पनीमा २८ करोडको क्षति
काठमाडौं । राजावादीको आगजनी र तोडफोडबाट जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा २८ करोडको क्षति भएको छ । आगलागीका कारण कम्पनीलाई करिब २८ करोड रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार सञ्चालन भइरहेका दुईवटा भवन पूर्णरूपमा ध्वस्त भएका छन् । यस्तै, औषधी उत्पादनका लागि प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजात, प्याकेजिङ सामग्री जलेर नष्ट भएको उनले जानकारी दिइन् । उनले आगजनीपछि कम्पनीको उत्पादन पूर्ण रूपमा ठप्प भएको बताउँदै अस्थायी संरचना तयार गरेर भए पनि पुनः सञ्चालन गर्ने योजना रहेको जानकारी बताइन् । उनले सरकारलाई १० करोड रुपैयाँ सहयोगका लागि अनुरोध गरेको समेत बताइन् । उनले भनिन्, ‘कम्पनीको हालत भद्रगोल भएको छ । कम्पनीमा रहेका सबै समाग्री जलेर खरानी भएको छ । यसलाई पुनः निर्माण गर्नुपर्छ । यसमा सरकारले ध्यान दिनु आवश्यक छ ।’ कम्पनीले विभिन्न चुनौतीका बाबजुद प्रगति गरिरहेको र शाखा विस्तार गर्ने योजनामा रहेको बेला ठूलो आर्थिक क्षति बेहोर्नुपरेको महाप्रबन्धक यादवको भनाइ छ। सरकार र सम्बन्धित निकायबाट आवश्यक सहयोग प्राप्त भएमा अस्थायी टहरा निर्माण गरी छिट्टै उत्पादन पुनः सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
मीनबहादुरले सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख दिने
काठमाडौं । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले चैत १५ गतेको घटनामा मृत्यु भएका दुई जनाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । मंगलबार कोटेश्वरस्थित भाटभटेनीमा आयोजित कार्यक्रममा गुरुङले पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरे । उनले पत्रकार सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेका छन् । यसैगरी, राजा वादी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट रोक्न बहादुरी देखाउने सुरक्षागार्ड दुलप्रसाद पराजुली लगायत ५ जनालाई नगद सम्मान प्रदान गरिएको थियो । यो सहयोग र सम्मानले समाजमा सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।
भाटभटेनीको सम्पत्ति लुट्नेले भोलि अन्य व्यवसायीको सम्पत्ति लुट्न सक्छ : मीन गुरुङ
काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत्र १५ गते राजावादी आन्दोलनकारीले भाटभटेनी सुपरमार्केटसहित विभिन्न व्यवसायमा पुर्याएकाे क्षतिबारे खेद प्रकट गरेका छन् । बुधबार एक कार्यक्रमममा उनले उक्त घटनाप्रति खेद प्रकट गरेका हुन् । आन्दोलनकारीले अरूको व्यक्तिगत घर, सम्पत्ति र व्यवसायमाथि तोडफोड आगजनी गर्ने घटना गुरुङले जीवनमा पहिलोपटक भोगेको बताउँदै उक्त घटना साह्रै दुःखदायी भएको बताए । ‘विभिन्न कालखण्डमा विभिन्न घटना देखेको र भोगेको छु । तर कसैको व्यवसाय र सम्पत्तिमाथि तोडफोड गर्ने, व्यक्तिगत घरमा तोडफोड आगजानी गर्ने अनि त्यति मात्रै नभई फोटोपत्रकारलाई समेत जलाएर मार्नु आन्दोलन कहिल्यै देखिनँ,’ उनले भने । आज भटभटेनीमाथि आक्रमण गर्नेहरूले भोलि अन्य व्यवसायमाथि आक्रमण गर्न सक्ने अभिव्यक्ति दिँदै गुरुङले भने, ‘आज व्यक्तिगत घरमाथि आगलागी भयो, भोलि अन्य प्रतिष्ठानमा आगलागी हुन सक्छ । आज भाटभटेनीको सम्पत्ति लुटे, भोलि सबै व्यवसायीको सम्पत्ति लुट्न सक्छ । यस्तो लुटेराहरूले लिएको परिवर्तन हामीलाई चाहिएको हो ?’ देशलाई समृद्ध बनाउने सबै नेपालीको चाहना भएपनि सत्ताको प्राप्तिको लागि जुन घटना भयो त्यो निकै दुःखदायी भएको उनले बताए । आफ्नो व्यवसायमाथि तोडफोड हुँदा त्यसको जिम्मेवारी सरकाकारले लिनुपर्नेमा त्यस्तो नभएकोमा गुरुङले दुःख व्यक्त गरे । ‘हामीले आर्जन गरेको सम्पतिबाट सरकारलाई कर तिर्छौं । त्यो कर राज्यको विभिन्न अंगमा पुग्छ । तर खै हामीलाई सुरक्षा खै ? जनता, व्यवसाय र सम्पतिको सुरक्षाको जिम्मा सरकारको हो । व्यवसायीलाई भगाएर देश सम्पन्न बनाउन सम्भव छ ?’
वित्तीय स्थायीत्वतर्फ धेरै काम भएका छन्-महाप्रसाद अधिकारी
वित्तीय स्थायीत्वतर्फ धेरै काम भएका छन्-गभर्नर महाप्रसाद अधिकारी
जलविद्युत्, नेतृत्व र परिवारबारे गणेश कार्कीसँग विशेष कुराकानी
जलविद्युत्, नेतृत्व र परिवारबारे गणेश कार्कीसँग विशेष कुराकानी
जलविद्युत्, नेतृत्व र परिवारबारे गणेश कार्कीसँग विशेष कुराकानी
जलविद्युत्, नेतृत्व र परिवारबारे गणेश कार्कीसँग विशेष कुराकानी
जलविद्युत्, नेतृत्व र परिवारबारे गणेश कार्कीसँग विशेष कुराकानी
जलविद्युत्, नेतृत्व र परिवारबारे गणेश कार्कीसँग विशेष कुराकानी