विकासन्युज

शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्ने बताएका छन् । बालुवाटारमा बिहीबार भएको काठमाडौं विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।  उनले शिक्षामा आमुल परिवर्तन गर्न जरुरी रहेको बताए । उनले शिक्षामा भइरहेको असन्तुलित बजेट विनियोजनमा पुनः विचार गर्नुपर्ने बताए । मेडिकल स्वास्थ्यमा धेरै बजेट विनियोजना गर्ने र इन्जिनियर लगायत अरु विषयमा बजेट कम भइरहेको बारेमा पनि पुनःविचार गर्न जरुरी रहेको बताए । शिक्षालाई आम जनताको पहुँचमा पुर्याउन जरुरी रहेको जानकारी दिए ।  प्रधानमन्त्री ओलीले भने, ‘हामीले एजुकेसनको सन्दर्भमा आमुल परिवर्तन गर्नुपर्नेछ । केही केही धेरै नमिलेका कुराहरु छन् । एजुकेसनलाई मोर्डन टेक्नोलोजीयुक्त र जीवन उपयोगी बनाउनुपर्छ । बेरोजगार जन्माउने विगतको नहोस् । विगतको कुरालाई सच्याउनुपर्छ । अनुत्पादक र बेरोजगार खालको निकम्भा बनाउनु हुँदैन ।’ प्रधानमन्त्री ओलीले कुनै एउटा विषयमा मात्रै लगानी गरेर समाज चल्न नसक्ने जिकिर गरे ।   

मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो ।   नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो । बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतसम्म राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए ।   नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मुग्लिन र हलुका सवारीसाधनहरू कुरिनटारमा रोकिनेछन् । यसैगरी मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछन् । रोकिएका सवारीसाधनलाई बिहान ३ः०० बजेपछि मात्रै छोडिने उनले जानकारी दिए ।  

टेकअफको क्रममै हुन्छन् धेरै विमान दुर्घटना, ६ वर्षमा ८१३ दुर्घटना हुँदा १५०० भन्दा बढीको मृत्यु

काठमाडौं । भारतको गुजरात राज्यको अहमदाबादमा एयर इन्डियाको यात्रुबाहक विमान टेकअफ गर्ने क्रममा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान दुर्घटना हुँदा २ किलोमिटर टाढासम्म बाक्लो धुवाँ देखिएको थियो । लन्डन जानका लागि टेकअफ गर्ने क्रममा विमान नजिकको बस्ती क्षेत्रमा खसेको हो ।  विमानमा क्रू सदस्यसहित २४२ जना सवार थिए । मृत्यु हुनेको संख्या भने खुल्न सकेको छैन । भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनास्थलबाट ५० जनाको शव भने निकालिएको छ । एयर इन्डियाको उक्त जहाजले गुजरात राज्यको अहमदाबादस्थित सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो । २४२ जना यात्रुमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए । अनुमान गरिएको छ कि एयरपोर्टबाट टेकअफ गरेलगत्तै एयर इन्डियाको बोइङ  एआई- सेभेन्टीन वानको इन्जिन फेल भयो । पाइलटसँग निर्णय लिनको लागि मात्र १ मिनेट समय थियो, तर विमान अत्यधिक होचो उचाइमा हुँदा रुखमा ठोक्किएको थियो । विमानको पछाडिको भाग ठोक्किएपछि आगो लागेको अनुमान गरिएको छ । यद्यपि यसबारे जाँच भइरहेको छ । टेकअफको क्रममा सबैभन्दा धेरै विमान दुर्घटना हरेक वर्ष सयौं विमान दुर्घटना भए पनि हवाई यात्रा सबैभन्दा सुरक्षित मानिन्छ । पछिल्ला ७ वर्षमा औसतमा हरेक वर्ष २०० विमान दुर्घटनाहरू भएका छन् । एभीएसन सेफ्टीका अनुसार टेकअफ र ल्यान्डिङको क्रममा सबैभन्दा धेरै दुर्घटना हुने गर्छन् ।  २०२३ मा १०९ दुर्घटनामध्ये ३७ टेकअफ र ३० ल्यान्डिङको बेला भएका थिए । एयर इन्डियाको यो दुर्घटना पनि टेकअफको क्रममा नै भएको हो । वास्तवमा टेकअफ वा ल्यान्डिङकै बेला प्रायस् इन्जिन फेल हुने गर्छ । ६ वर्षमा ८१३ विमान दुर्घटना, १५०० भन्दा बढीको ज्यान गयो एविएसन सेफ्टी संस्थाको तथ्यांकअनुसार सन् २०१७ देखि २०२३ सम्म विश्वभर ८१३ विमान दुर्घटना भइसकेका छन्। तीमध्ये १,४७३ यात्रुले ज्यान गुमाएका थिए । सबैभन्दा धेरै दुर्घटना ल्यान्डिङको बेला हुने गरेका छन् । ती सात वर्षमा ल्यान्डिङको बेला २६१ दुर्घटना भएका थिए भने २१२ उडानको क्रममा । यस अवधिमा भारतमा १४ वटा विमान दुर्घटना भएका छन् । पाइलटको गल्ती- सबैभन्दा ठूलो कारण डब्ल्यूकेडब्ल्यू डटकममा प्रकाशित रिपोर्ट अनुसार पाइलटको गल्ती नै सबैभन्दा ठूलो दुर्घटनाको कारण हो । पाइलटले लामो तालिम, यान्त्रिक ज्ञान र हात-आँखाको तालमेलसहित सुरक्षित उडान सुनिश्चित गर्नुपर्ने हुन्छ । उडान योजना, मौसमको मूल्यांकन र सम्भावित परिवर्तनको अनुमान गर्नु पाइलटका लागि अनिवार्य हुन्छ । युरोपियन ट्रान्सपोर्ट सेफ्टी काउन्सिल अनुसार ९० प्रतिशत विमान दुर्घटना प्राविधिक समस्याका कारण हुन्छन् । खराब मौसममा पाइलट भ्रमित पाइलटले उडान योजना राम्रोसँग नगरेको, खराब मौसममा फसेको वा समस्याको अनुमान गर्न नसकेको अवस्थामा दुर्घटना हुन सक्छ । कहिलेकाहीं बादलमा उडान गर्दा पाइलट आईएफआरअन्तर्गत भ्रमित हुन सक्छन्, जसले विमानको नियन्त्रण गुमाउने सम्भावना बढाउँछ । क्रू सदस्यहरूको ककपिटमा हुने गल्ती ठूला विमानहरूमा ककपिट रिसोर्स म्यानेजमेन्ट अत्यन्तै महत्त्वपूर्ण हुन्छ । यो अन्तर्गत कामको विभाजन, सञ्चार र आत्मविश्वासपूर्ण निर्णय प्रक्रियाको तालमेल आवश्यक पर्छ। यदि ककपिट रिसोर्स म्यानेजमेन्ट कमजोर भयो भने दुर्घटना सम्भावना उच्च हुन्छ । एयर ट्राफिक कन्ट्रोलरको लापरबाही एयर ट्राफिक कन्ट्रोलरले हवाई यातायातको सुरक्षित सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् । यदि कन्ट्रोलरले गलत सूचना दिए वा उचाइको व्यवस्थापन नगरे, टक्कर हुनसक्छ । दुर्घटनापछि एटीसी डाटालाई छिटो संकलन गर्नु आवश्यक हुन्छ । मौसम पनि एउटा मुख्य कारण मौसम विमान दुर्घटनाको ठूलो कारक हो । मौसमको जानकारी पायलट र एयर ट्राफिक कन्ट्रोल दुबैको जिम्मेवारी हो। यदि गलत जानकारी वा योजना बिना उडान भयो भने दुर्घटना सम्भव हुन्छ । विमानको खराब मर्मतसम्भार विमानको मर्मतसम्भार कडाइका साथ गरिनुपर्छ । एफएआर अनुसार आवश्यक निरीक्षणको पालना आवश्यक हुन्छ । दुर्घटनापछि विमानमा यान्त्रिक समस्या थियो कि थिएन भन्ने बुझ्न जाँच अत्यावश्यक हुन्छ । डिजाइनमा समस्या विमानको इन्जिन, पंख, उपकरण आदि राम्रोसँग डिजाइन नभए दुर्घटना हुनसक्छ । यस्तो डिजाईन उत्पादनमा पठाउनु अगाडि परीक्षण गर्नु जरुरी हुन्छ । खराब डिजाइनले दुर्घटना निम्त्याउन सक्छ । आईएफआर र भीएफआर भनेको के हो ? भीएफआरमा पाइलटले बाह्य दृश्यको आधारमा उडान गर्छन्, जबकि आईएफआरमा ककटपिट उपकरणहरूमा निर्भर हुनुपर्छ ।  आईएफआर उडानका लागि पायलटले उपकरण जस्तै अल्टिमिटर, एअरस्पीड, हेडिङ इन्डिकेटर आदिको प्रयोग गर्छन् । यी बुझ्नाले दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुन्छ । जीपीएस पनि कारण हुनसक्ने बादल लागेको अवस्थामा ल्यान्डिङ गर्न आईएलएस वा जीपीएस अप्रोच आवश्यक हुन्छ । यदि ग्लाइड स्लोप पथ पालना भएन भने टक्करको सम्भावना हुन्छ । आईएफआर तालिमले यस जोखिमलाई कम गर्छ । बर्ड स्ट्राइकको असर ट्राभल राडरअनुसार विश्वभर दैनिक १५० बर्ड स्ट्राइकको औसत छ । अमेरिका मात्रैमा बर्सेनि १४ हजारजति बर्ड स्ट्राइक हुन्छन् । २०१६-२०२१ का बीच २ लाख ७३ हजार बर्ड स्ट्राइकको घटना रिपोर्ट भएका छन् । अनुमान गरिन्छ कि ८० प्रतिशत बर्ड स्ट्राइक रिपोर्ट नै हुँदैनन् ।

३.८ गुणा बढी आवेदनसहित ‘निफ्रा ग्रीन इनर्जी बोन्ड’ को बाँडफाँड सम्पन्न

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले जारी गरेको 'निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत -२०८८/८९' को बाँडफाँड कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको यो ऋणपत्रको बाँडफाँड जेठ २९ गते लाजिम्पाटस्थित एनआइएमबि एस क्यापिटल परिसरमा सम्पन्न गरिएको हो । ५ अर्ब रुपैयाँ बराबरको यो ऋणपत्रका लागि ३.८ गुणा बढी आवेदन प्राप्त भएको थियो । जसले नेपाली पूँजी बजारप्रति लगानीकर्ताहरूको विश्वास झल्काएको छ । ऋणपत्र निष्काशन २०८२ जेठ १८ देखि २५ गतेसम्म खुला गरिएको थियो, जसमा व्यक्तिकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत हिस्सा छुट्याइएको थियो। एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले यो पहिलो सार्वजनिक हरित ऊर्जा ऋणपत्र सफलतापूर्वक निष्काशन हुनु गौरवको विषय भएको बताउँदै भविष्यमा यस्ता नविन र दीर्घकालीन प्रभाव पार्ने परियोजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे । ७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । बाँडफाँड कार्यक्रमको अवसरमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, सेयर बजारका सरोकारवाला निकाय, अन्तर्राष्ट्रिय साझेदार संस्था तथा पत्रकार जगतलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गरिएको थियो ।

एयर इण्डिया जहाज दुर्घटना : १६९ भारतीय र ५३ जना ब्रिटिश, ५० जनाको शव निकालियो

काठमाडाैं । भारतमा बिहीबार दिउँसो एयर इण्डियाको जहाज दुर्घटना भएको छ । कुल २४२ जना यात्रु सवार जहाजमा मृत्यु हुनेको संख्या भने खुल्न सकेको छैन । भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनास्थलबाट ५० जनाको शव भने निकालिएको छ । एयर इन्डियाको उक्त जहाजले गुजरात राज्यको अहमदाबादस्थित सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो १ः३८ बजे बेलायतका लागि उडान भरेको थियो ।  एअर इन्डियाले एक्समा दिएको पछिल्लो जानकारी अनुसार दुर्घटनाग्रस्त ७८७-८ विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको र ती मध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए । भारतीय सञ्चार माध्यमले जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपणी सवार रहेको उल्लेख गरेका छन् । 

देशभर ५० आउटलेट विस्तार गर्ने तयारीमा ‘फलफ्रुट्स’, स्थानीय फलफुललाई प्राथमिकता

काठमाडौं । करिब २५ वर्षदेखि फलफुल व्यवसायमा सक्रिय कँडेल फ्रुट्सले ‘फलफ्रुट्स’ ब्राण्डमार्फत देशभर ५० वटा आउटलेट विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।  सोल्टीमोड चोकमा पहिलो आउटलेट सञ्चालनमा ल्याइसकेको कम्पनीले आगामी पाँच वर्षभित्र लक्ष्य पुरा गर्ने बताएको छ । कम्पनीका सञ्चालक अग्नि कँडेलका अनुसार आउटलेट विस्तारको योजना देशभर फलफुलको सहज आपूर्तिलाई व्यवस्थित गर्न गरिएको हो ।  'दैनिक खानपानमा फलफुलको भूमिका अत्यन्त महत्वपूर्ण छ। स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले हामीले फलफ्रुट्सको औपचारिक सेवा सुरु गरेका हौं,' कँडेलले भने । उनका अनुसार प्रत्येक आउटलेटको स्थापना लागत करिब १० लाख रुपैयाँ हुने अनुमान गरिएको छ, जहाँ ५ जनासम्मले रोजगारी पाउनेछन् ।  इच्छुक व्यक्ति वा समूहले आउटलेट सञ्चालन गर्न चाहेमा कम्पनी आफैंले व्यवस्थापन सहयोग उपलब्ध गराउनेछ । कँडेलका अनुसार फलफ्रुट्सले नेपालमै उत्पादन हुने सिजनल फलफुललाई विशेष प्राथमिकतामा राख्नेछ । 'हामीले देशका विभिन्न गाउँ र समुदायसँग सहकार्य गर्दै उत्पादनदेखि वितरणसम्मको सञ्जाल विस्तार गर्ने योजना बनाएका छौं,' उनले भने ।  यसका लागि कम्पनीले ग्रामीण क्षेत्रमा उत्पादन, व्यवस्थापन र बिक्री साक्षरतासमेतको अभियान सुरु गरिसकेको जानकारी पनि उनले दिए । नजिकिँदो भविष्यमा कम्पनीले इ(कमर्समार्फत उपभोक्ताको घरमै सेवा पुर्‍याउने योजना बनाएको छ । 'हालको सुरुआती यात्रा हामीले ट्रायलको रूपमा लिएका छौं । यसलाई निरन्तरता दिँदै निकट भविष्यमै ‘फ्रुट्स क्याफे’ सहितको आधुनिक आउटलेट सञ्चालनमा ल्याउने तयारीमा छौं,' सञ्चालक कँडेलले बताए । उनले विदेश पलायन नै अन्तिम विकल्प हो भन्ने मानसिकता तोड्ने उद्देश्यले पनि यो अभियान थालिएको उल्लेख गरे । '​​​​​​​स्वदेशमै केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश फैलाउने अभियानस्वरूप हामी अघि बढिरहेका छौं,' कँडेलले भने ।

ट्रम्पको धम्कीका बावजुद अमेरिकाभर विरोध प्रदर्शन फैलिँदै

काठमाडौं । कडा अध्यागमन रणनीतिका विरुद्ध संयुक्त राज्य अमेरिकाभर विरोध प्रदर्शन भड्किएको छ । यो लस एन्जलसमा दैनिक प्रदर्शनपछि आएको हो । क्यालिफोर्नियाले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको सेना तैनाथीका विरुद्ध कानूनी लडाइँको तयारी गरिरहेको छ । अमेरिकाको दोस्रो ठूलो सहर लस एन्जलसमा बुधबार छैटौँ दिनको विरोध प्रदर्शनका लागि एक हजारभन्दा बढी मानिस भेला भएका थिए । उनीहरू सडकमा मार्च गर्दा भिड शान्तिपूर्ण थियो । सहरका नेताहरूले पाँच सय वर्गमाइल (एक हजार तीन सय वर्गकिलोमिटर) महानगरका केही सहर ब्लकहरूलाई क्षति पुर्‍याउने अँध्यारो तोडफोड र लुटपाटलाई नियन्त्रण गर्ने प्रयास गर्दा दोस्रो रातको कर्फ्यू लगाइएको थियो । 'म भन्न सक्छु कि अधिकांश भागमा यहाँ ग्राउन्ड जिरोमा सबै कुरा ठीकै छ', ६६ वर्षीय सेवानिवृत्त स्कूल शिक्षक एवं प्रदर्शनकारी लिन स्टर्गिसले भने, 'हाम्रो सहरमा आगो लागेको छैन, यो जलिरहेको छैन, जसरीे हाम्रो भयानक नेताले तपाईंलाई भन्न खोजिरहेका छन् ।' देशमा अवैध रूपमा आप्रवासीहरूलाई समात्ने प्रयासमा अचानक वृद्धि भएपछि प्रायः शान्तिपूर्ण विरोध प्रदर्शनहरू भड्किए । सेल्फ ड्राइभिङ ट्याक्सीहरू जलाउने र प्रहरीमाथि ढुङ्गा फ्याँक्ने लगायतका हिंसाका घटनाहरू लस एन्जलस प्रहरी विभागका आठ हजार पाँच सय अधिकारीले पहिले सामना नगरेको केही पनि थिएन । वासिङ्टनको स्पोकेनमा प्रहरीले ३० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेपछि र भिडलाई तितरबितर गर्न मरिचका गोलीहरू प्रहार गरेपछि रातिको कर्फ्यू घोषणा गरिएको प्रहरी प्रमुख केभिन हलले पत्रकार सम्मेलनमा बताए । कागजातविहीन आप्रवासीहरूको ‘आक्रमण’ भएको दाबी गर्नेसँग लड्ने वाचा गरेर ट्रम्पले गत वर्ष आंशिक रूपमा चुनाव जितेका थिए । गभर्नर गेभिन न्युसमको आपत्तिका बावजुद क्यालिफोर्निया नेसनल गार्डलाई तैनाथ गर्न आदेश दिँदै ट्रम्पले अब राजनीतिक पूँजी बनाउने अवसर कब्जा गरिरहेका छन् । दशकौँमा पहिलो पटक अमेरिकी राष्ट्रपतिले लिएको पहिलो यस्तो कदम हो । 'हामीसँग सुरक्षित देश हुनेछ', उनले वासिङ्टनमा ‘लेस मिजरेबल्स’ को प्रदर्शनमा जाँदै गर्दा पत्रकारहरूलाई भने, 'लस एन्जलसमा के हुने थियो त्यो हुन दिनेछैनौँ । याद गर्नुहोस् यदि म त्यहाँ नभएको भए... लस एन्जलस जमिनमा जलिरहेको हुने थियो ।' ट्रम्पले तैनाथ गरेका चार हजार सात सय सैनिकमध्ये करिब एक हजार जना सक्रिय रूपमा सुविधाहरूको सुरक्षा गरिरहेको र आइसिई एजेन्टहरूसँग मिलेर काम गरिरहेको अपरेसनको नेतृत्व गरिरहेका आर्मी नर्थका डिप्टी कमान्डिङ जनरल स्कट शेरम्यानले बताए । बाँकी सात सय सक्रिय ड्युटी मरीन सहित भेला भएका वा नागरिक अशान्तिको सामना गर्न भेला भइरहेको वा प्रशिक्षण लिइरहेको उनले जानकारी दिए । पेन्टागनले यो तैनाथीले करदाताहरूलाई १३ करोड ४० लाख डलर खर्च हुने बताएको छ । सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि व्यापक रूपमा हेरिएका डेमोक्रेट गभर्नर न्युसमले ट्रम्पमाथि राजनीतिक लाभका लागि द्वन्द्व बढाउन खोजिरहेको आरोप लगाएका छन् । ‘लोकतन्त्र हाम्रो आँखामुनि आक्रमणमा परेको छ’ भन्दै उनले मङ्गलबार आफ्नो राज्यको सीमाभन्दा बाहिर अभूतपूर्व सैन्यीकरण सर्ने चेतावनी दिए । क्यालिफोर्नियाका वकिलहरू बिहीबार अदालतमा सैनिकहरूलाई अध्यागमन अधिकारीहरूसँग आप्रवासीहरूलाई गिरफ्तार गर्दा साथ दिनबाट रोक्न आदेश माग्ने अपेक्षा गरिएको थियो । ट्रम्प प्रशासनका वकिलहरूले यो आवेदनलाई ‘कच्चा राजनीतिक नाटक’ भनेका छन् । – राष्ट्रव्यापी विरोध बढ्दै – अन्य डेमोक्रेटिकद्वारा प्रशासित राज्यहरूमा नेसनल गार्ड तैनाथ गर्ने ट्रम्पको धम्कीका बावजुद प्रदर्शनकारीहरू निडर देखिन्थे । सेन्ट लुइस, रेले, म्यानहट्टन, इन्डियानापोलिस र डेनभरमा प्रदर्शनहरू भएको रिपोर्ट गरिएको थियो । सान एन्टोनियोमा सयौँले सिटी हल नजिकै मार्च गरे र नारा लगाए । त्यहाँ टेक्सासका रिपब्लिकन गभर्नर ग्रेग एबोटले राज्यको नेसनल गार्ड तैनाथ गरेका छन् । ट्रम्पले अमेरिकी राजधानीमा अत्यधिक असामान्य सैन्य परेडमा भाग लिने बेला शनिबार राष्ट्रव्यापी ‘नो किङ्ग्स’ आन्दोलनको अपेक्षा गरिएको थियो । युद्धक विमान र ट्याङ्कहरू सहितको यो परेड अमेरिकी सेनाको स्थापनाको दुई सय ५०औँ वार्षिकोत्सव मनाउन आयोजना गरिएको हो तर यो ट्रम्पको ७९औँ जन्मदिनको दिन पनि हो । – भड्किएको अवस्था – ट्रम्प प्रशासनले विरोध प्रदर्शनलाई राष्ट्रका लागि हिंसात्मक खतराका रूपमा चित्रण गरिरहेको छ । यसले नियमित अध्यागमन एजेन्ट र प्रहरीलाई समर्थन गर्न सैन्य बलको आवश्यकता पर्ने बताएको छ । तर लस एन्जलसका मेयर करेन बासले यो सङ्कट वासिङ्टनमा निर्मित भएको बताए । 'एक हप्ताअघि लस एन्जलस सहरमा सबै कुरा शान्तिपूर्ण थियो', उनले पत्रकारहरूलाई भने, 'शुक्रबार छापा मारिएपछि कुराहरू कठिन हुन थाले... यही नै समस्याको कारण हो । यो ह्वाइट हाउसद्वारा उक्साइएको थियो ।' नक्काबधारी र हतियारधारी पुरुषहरूद्वारा गिरफ्तारी बुधबार पनि जारी रह्यो । डाउनीको लस एन्जलसको उपनगरका एक पास्टरले राज्य बाहिर कार चलाउने पाँच सशस्त्र व्यक्तिले चर्चको पार्किङमा स्पेनिस भाषी व्यक्तिलाई समातेको बताए । जब उनले पुरुषहरूलाई चुनौती दिनुभयो र उनीहरूको ब्याज नम्बर र नाम सोध्नुभयो, तिनीहरूले अस्वीकार गरे ।  'उनीहरूले मलाई आफ्नो राइफल औँल्याए र भने, ‘तपाईंले फर्किनु आवश्यक छ', लोपेजले प्रसारणकर्ता केटीएलएलाई भने । रासस

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

चितवन । भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा गरिएको छ । यसअघि पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले बिहीबार भरतपुर महानगर सभाहलमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो । तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४ मा पूर्ण खोप घोषणा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले पूर्ण खोप घोषणा गर्ने कार्य भन्दा दिगोपन दिनु महत्त्वपूर्ण विषय भएको उल्लेख गरे । महानगरपालिकाले पूर्ण खोप अभियानलाई निरन्तरता दिन कुनै कसुर बाँकी नरहने प्रमुख दाहालले बताइन् । आधारभूत स्वास्थ्य सेवा स्थानीय जनताको घर दैलोमा पु¥याउने गरी यसअघि मेयर स्वास्थ्य कार्यक्रममार्फत १७ हजार ज्येष्ठ नागरिकको घरमै पुगी स्वास्थ्य जाँच गरिएको पनि उनले जानकारी दिइन् । गत वर्ष ६८ वर्षमाथिका ज्येष्ठ नागरिकको गरिएको र अब क्रमशः कम उमेरका नागरिकको स्वास्थ्य परीक्षण गरिने उल्लेख गरिन् । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा गराउन काम गर्ने सम्पूर्ण सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गरे । उनले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा सम्पूर्ण महानगरवासीको लागि हर्ष र खुसीको विषय भएको उल्लेख गरे । चितवनभन्दा बाहिरा बालबालिकाहरू छोटो समयका लागि भरतपुर बसोबास गर्न आउने जाने भएका कारण बालबालिका एकिन गर्न कठिनाइ भएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए। विशेष गरी भारत र तराई भेगका बालबालिकामा त्यस्तो समस्या पाइएको छ । यो हरेक वर्ष पूर्ण खोपलाई निरन्तरता दिन यो कार्य गर्ने गरिन्छ । भरतपुर महानगरपालिकामा ७६ वटा खोप केन्द्रहरूबाट हरेक महिनाको ९ गतेदेखि १३ गतेसम्म खोप सञ्चालन हुँदै आएको छ । जसमध्ये ४४ वटा खोप केन्द्रहरू समुदाय स्तरमा सञ्चालन हुँदै आएको छ । भरतपुर महानगरपालिकामा अन्तर्गत १ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १३ स्वास्थ्य चौकी, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, ३ वटा नगर स्वास्थ्य केन्द्र, १ वटा स्वास्थ्य क्लिनिक, १ वटा मातृ शिशु क्लिनिक, ६ वटा आयुर्वेद औषधालय र १ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । खोप वितरणका लागि ४ वटा कोल्ड चेन सहितको खोप वितरण केन्द्र रहेको छ । त्यसमध्ये एक वटा स्वास्थ्य शाखा, शारदानगर स्वास्थ्य चौकी, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र मेघौली स्वास्थ्य चौकी रहेका छन् ।