स्वास्थ्य बीमा कार्यक्रमको लागि १० अर्ब विनियोजन
काठमाडाैं। सरकारले आगामी आव २०८२/८३ मा बजेटमार्फत १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । बिहीबार आगामी आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरेका हुन् । सरकारले आगामी आव मा बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने यससम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वय र दायरा विस्तार गरिने जनाएकाे छ। त्यस्तै बीमीतको सुविधा थैली क्रमश वृद्धि गर्दै लैजाने, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकिकृत गरिने, बीमितहरुलाई फरक फरक पोलिसी सुविधा उपलब्ध गराइने भएकाे छ । बीमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरपना हटाइने भएकाे छ । चुवावट नियन्त्रण र संस्थागत शुुसासन कायम गरिने, जेष्ठ नागरिक, अपंगता भएका व्यक्ति दलित, अतिविपन्न तथा अल्पसंख्याक समुदायको बीमा सुविधा निरन्तरता दिने पाैडेलले बताएका छन् ।
दिवा खाजाको रकम बढाइयो
काठमाडौं । सरकारले दिवा खाजाको लागि रकम बढाएको छ । कक्षा ५ सम्मका विद्यार्थीलाई खुवाइने दिवा खाजा कार्यक्रमका लागि १० अर्ब १९ करोड विनियोजन गरेको छ । यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।
उद्योग मन्त्रालयका लागि १० अर्बभन्दा बढी बजेट विनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक क्षेत्रको प्रवर्द्धन, स्वरोजगार सृजना तथा उत्पादनमा आधारित अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिँदै मन्त्रालयका लागि उक्त बजेट व्यवस्था गरिएको जानकारी दिएका हुन्।
सरकारले रोजगार पोर्टल सञ्चालनमा ल्याउने
काठमाडौं । सरकारले रोजगार पोर्टल सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गदै रोजगारी र कामदारर खोज्न सहज हुने गरी पोर्टल सञ्चालनमा ल्याउने जनाएका हुन् । उनले आगामी आवमा सबै प्रदेशमा रोजगार मेला आयोजनाको समेत घोषणा गरे ।
डिलक्ससहितका पाँचतारे होटलको संख्या २१४, २९ क्यासिनो सञ्चालनमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्ममा देशभर डिलक्ससहितका पाँचतारे होटलको २१४ पुगेको छ । आर्थिक सर्वेक्षण २०८१ अनुसार फागुनसम्ममा उक्त संख्यामा डिलक्ससहितका पाँचतारे होटल रहेको पाइएको हो । त्यसैगरी, तारेस्तर बाहेकको डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको संख्या १ हजार ३६४ पुगेको छ । २०८० फागुनसम्ममा सो संख्या १ हजार २३४ रहेको थियो । आर्थिक सर्वेक्षणअनुसार रिसोर्ट तथा डिलक्ससहितका तारे होटलमा रहेका शैयाको सङ्ख्या चालु आर्थिक वर्षको फागुनसम्म २० हजार ३ सय ४३ पुगेको छ । यस्ता होटलबाहेक पर्यटक स्तरीय डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शैयाको सङ्ख्या चालु आर्थिक वर्षको फागुनसम्म पाँच हजार २ थप भई ४२ हजार २ सय ९९ पुगेको छ । २०८१ फागुनसम्म क्यासिनो ९ र आधुनिक मेशिन वा उपकरणको माध्यमवाट मात्र खेल खेलाउने क्यासिनो २० गरी २९ सञ्चालनमा रहेका छन् । २०८१ असारसम्म यस्तो सङ्ख्या २६ रहेको थियो । फागुनसम्म ट्राभल एजेन्सी ४ हजार ९६३, ट्रेकिङ एजेन्सी ३ हजार २५२ र रÞ्याफ्टिङ एजेन्सी ९७ दर्ता भएका छन् । त्यसैगरी, यस अवधिसम्म पर्यटक यातायात सेवा १५५, टुर गाईड ५.२६९, ट्रेकिङ्ग गाईड २७ हजार १ सय २८ र रिभर गाईड ४२५ दर्ता भएका छन् ।
स्वास्थ्य बीमाको बक्यौता रकम तेस्रो पक्षबाट असुल गरिने
काठमाडौं । सरकारले स्वास्थ्य बीमाको बक्यौता रकम तेस्रो पक्षबाट असुल गरिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तामा मात्रै १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा यस्तो घोषणा गरिएको हो । बजेटमा वृद्धभत्ता पाउने उमेर भने बढाएकाे छैन ।
सय वटा विद्यालयमा नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने
काठमाडौं । सरकारले सय वटा विद्यालय शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै प्रत्येक जिल्लामा कम्तीमा एक विद्यालय पर्ने गरी सय वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिने बताए । यस्ता विद्यालयले अन्य विद्यालयको नतिजा सुधारका लागि सहयोग गर्ने जनाइएको छ । यस कार्यक्रमका लागि प्रति विद्यालय २५ लाख विनियोजन गरिने भएको छ ।