पञ्चेश्वर परियोजनाको डीपीआर सम्पन्न गरी अगाडि बढाइने
काठमाडौं । सरकारले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न गरी आगामी चरणतर्फ अगाडि बढाउने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै परियोजनालाई अघि बढाउन आवश्यक तयारीको थालनी गरिने जानकारी दिएका हुन्।
शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड
काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का २ खर्ब ११ अर्ब बजेट विनियोजन गरिएको हो । त्यस्तै, सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुल ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ । अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का यस्ताे बजेट विनियोजन गरेका हुन् ।
पीडित सहकारी वचत कर्तालाई रकम फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने
काठमाडौं । सरकारले भूमि सम्बन्धी कानुनमा संशोधन गरी भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या स्थायी रुपमा समाधान गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । उनका अनुसार आागमी आर्थिक वर्षभित्र लागत संकलन र प्रमाणीकरण गरी ५ लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलब्ध गराइनेछ । यसका लागि श्रोत, साधन र जनशक्तिको अभाव हुन नदिने प्रतिवद्धता उनले जनाए । अर्थमन्त्री पौडेलले सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख अद्यावधिक गरिने पनि बताए । सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम विक्री गरी प्राप्त हुने रकम वचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापनाका लागि बीउ पुँजीको व्यवस्था गरिएको उनले जानकारी दिए । उनले सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गरिने बताउनु भयो । समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरुको सम्पत्ति एवं राहदानी रोक्का राख्ने बताए ।
मुसहर, डुम समुदायका विद्यार्थीलाई उत्प्रेरणा छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । तराईका मुसहर, डुम समुदायका विद्यार्थीलाई चिकित्सा तर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गरिने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । यसका लागि २ अर्ब ४४ करोड विनियोजन गरिएको छ ।
महिलाको नामको व्यवसायमा कुनै शुल्क नलाग्ने
काठमाडौं । सरकारले महिलाको नाममा रहेको व्यवसाय दर्ता र नवीकरण गर्दा कुनै शुल्क नलाग्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । पछिल्ला वर्षहरुमा सरकारले महिलाको आर्थिक स्तर वृद्धि र सम्पत्ति स्वामित्वमा महिलालाई प्रोत्साहित गर्ने गरी करका नीतिहरु बनाउदै लगेको छ ।
महिलाको नाममा उद्योग, व्यवसाय दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने
काठमाडौं । महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता तथा नवीकरण गर्दा शुल्क नलाग्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिए ।
तीन स्थानमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले देशका तीन स्थानमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै पाल्पा, सुनसरी र दाङ जिल्लामा पेट्रोलियम पदार्थ अन्वेषण गरिने जानकारी दिएका हुन्। यसअघि दैलेखमा गरिएको अन्वेषणको अन्तिम नतिजा आउन बाँकी रहेको मन्त्री पौडेलले उल्लेख गरे। त्यस्तै, सिलगुडी/चारआली पेट्रोलियम पाइपलाइन विस्तार गर्ने योजना समेत सरकारले बजेटमार्फत अघि सारेको छ।
स्वास्थ्य बीमा कार्यक्रमको लागि १० अर्ब विनियोजन
काठमाडाैं। सरकारले आगामी आव २०८२/८३ मा बजेटमार्फत १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । बिहीबार आगामी आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरेका हुन् । सरकारले आगामी आव मा बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने यससम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वय र दायरा विस्तार गरिने जनाएकाे छ। त्यस्तै बीमीतको सुविधा थैली क्रमश वृद्धि गर्दै लैजाने, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकिकृत गरिने, बीमितहरुलाई फरक फरक पोलिसी सुविधा उपलब्ध गराइने भएकाे छ । बीमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरपना हटाइने भएकाे छ । चुवावट नियन्त्रण र संस्थागत शुुसासन कायम गरिने, जेष्ठ नागरिक, अपंगता भएका व्यक्ति दलित, अतिविपन्न तथा अल्पसंख्याक समुदायको बीमा सुविधा निरन्तरता दिने पाैडेलले बताएका छन् ।