अब महालक्ष्मी विकास बैंकको मोबाइल एपबाटै रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सेवा सुरु गरेको छ । डिजिटल बैंकिङलाई अझ प्रविधिमैत्री र सहज बनाउने लक्ष्यसहित बैंकले यो सुविधा औपचारिक रूपमा सुरु गरेको हो । अब विदेशबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट तथा मनी ट्रान्सफर कन्ट्रोल नम्बर मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा प्रविष्ट गरेपछि रकम सिधै खातामा जम्मा हुनेछ । यसमार्फत १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरुमार्फत पठाइएको रकम सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । नयाँ सेवाको सुरुआतसँगै अब ग्राहकले रेमिट्यान्स रकम लिन काउन्टर वा एजेन्टकोमा पुग्नुपर्ने झन्झट अन्त्य हुने, लाइनमा बस्नुनपर्ने र समयको समेत बचत हुने बैंकको विश्वास छ । डिजिटल नवप्रवर्द्धनको क्षेत्रमा अग्रणी मानिने महालक्ष्मी विकास बैंक मोबाइल एपमै यस्तो सेवा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज सेवा दिने नीतिअनुसार मोबाइल एप्लिकेसनलाई निरन्तर परिष्कृत गर्दै लैजाने बैंकको प्रतिबद्धता छ ।
इरानमाथि अमेरिकी आक्रमणपछि अब इजरायलले के गर्छ ?
काठमाडौं । इजरायलका राष्ट्रपति इसहाक हर्जोगले इरानका आणविक भट्टीमाथि अमेरिकी आक्रमणलाई ‘ऐतिहासिक र साहसी’ निर्णय भएको बताएका छन् । बीबीसी संवाददाता लौरा कुन्सबर्गले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग पछिल्लो परिस्थितिबारे कुराकानी गरेकी थिइन् । उनले इरानको आणविक क्षमता पूर्ण रूपमा समाप्त भइसकेको छ ? भन्ने प्रश्न गर्दा राष्ट्रपतिले आफूलाई यसबारे सम्पूर्ण जानकारी नभएको बताए । उनले भने, ‘तर मलाई स्पष्ट लाग्छ कि इरानको आणविक कार्यक्रमलाई ठूलो क्षति पुगेको छ ।’ राष्ट्रपतिलाई अर्को प्रश्न पनि सोधिएको थियो- के इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिधै इरानमाथि हमला गर्न अनुरोध गरेको थियो ? उत्तरमा उनले भने, ‘हामीले यो निर्णय अमेरिकामाथि छोड्ने निर्णय गरेका थियौं । कुन्सबर्गले पुनः सोधिन्- के अब इजरायलले इरानमाथि हमला गर्न बन्द गर्नेछ ? यस प्रश्नमा राष्ट्रपति इसहाक हर्जोगले सीधा उत्तर नदिई यति मात्रै भने, ‘इरानले इजरायली क्षेत्रमा मिसाइल प्रहार गरिरहेको छ र हामीलाई ती मिसाइलबाट जोगिन जे गर्नुपर्ने हो त्यो गर्नै पर्छ ।’ उनले थपे, ‘यस समस्याबाट जोगिने सही उपाय भनेको अन्तर्राष्ट्रिय स्तरमा यसको समाधान गर्नु हो र यो सुनिश्चित गर्नु हो कि यसबाट निस्किने एउटा स्पष्ट रणनीति बनोस् ।’ इरान-इजरायल युद्धमा अमेरिकाको सीधा हस्तक्षेप, मध्यपूर्वमा संकट गहिरिँदै
सांग्रिला डेभलपमेन्ट बैंकले मुस्ताङको स्वास्थ्य केन्द्रलाई दियो अक्सिजन कन्सेन्ट्रेटर
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ । जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्वास्थ्य केन्द्रकी अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकालीलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै शाखा प्रबन्धक थकालीले सांग्रिला बैंकले हरेक वर्ष विभिन्न संघ–संस्थामा स्वास्थ्य तथा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण गर्दै आएको र यो क्रम भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । अनमी परियारले अक्सिजन कन्सेन्ट्रेटर विशेषगरी दम र निमोनिया जस्ता श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै बैंकलाई धन्यवाद दिइन् । त्यसैगरी वडा सदस्य थकालीले स्याङ स्वास्थ्य केन्द्रको आवश्यकता पहिचान गरी स्वास्थ्य सामग्री प्रदान गरेर सांग्रिला बैंकले नागरिकको स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेको बताए । हाल सांग्रिला डेभलपमेन्ट बैंकले १०९ शाखा र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र उत्कृष्ट आन्तरिक प्रणालीलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा समुदाय–मैत्री सेवाहरू विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
ओसाका विश्व प्रदर्शनीमा नेपाल मण्डप अधुरो, ४० करोड माटोमा मिल्ने खतरा
काठमाडौं । जापानको ओसाकामा जारी वर्ल्ड युनिभर्सल एक्स्पो (विश्व प्रदर्शनी)मा निर्माणाधीन नेपाल प्याभिलियन ९नेपाल मण्डप० अलपत्र पर्दा मुलुककै बेइज्जत भएको छ । अर्कातिर ३८ करोड रुपैयाँ हाराहारी लगानी बालुवामा पानी हुने देखिएको छ । नेपाल प्याभिलियन एक्स्पो सुरु हुनुअघि नै तयार भइ सक्नुपर्थ्यो । तर प्रदर्शनी सुरु भएको दुई महिना बितिसक्दा पनि तयार भएको छैन । एनएचके टिभी, आसाइ सिम्बुन, स्मार्ट न्यूजजस्ता जापानी मिडियाले ओसाकामा जारी विश्व प्रदर्शनीमा सहभागी सबै देशका प्याभिलियनहरू सञ्चालन भइसक्दा पनि नेपाल मण्डपमा ताल्चा लागेको विवरण र तस्बिहरू बाहिर ल्याइरहेका छन् । ६ महिना चल्ने ओसाका एक्स्पो २०८१ चैत ३१ गते सुरु भएको हो । नेपालको उक्त प्याभिलियन २०८१ चैत ३१ अघि नै तयार भइ सक्नुपर्थ्यो । प्रदर्शनीमा विश्वका १५८ देश/क्षेत्र सहभागी भएका थिए । स्रोतका अनुसार नेपाल मण्डपको काम सकिएको छैन । बाँकी काम नहुँदा प्रदर्शनी अवलोकनकर्ताले नेपालको कला, संस्कृति र नेपाली वस्तु देख्न पाएका छैनन् । अन्य देशका प्याभिलियनहरू गुलजार हुँदा नेपाल प्याभिलियनमा ताला झुन्डिएको छ । यो ४५ करोड रुपैयाँ लागतको परियोजना हो । सोमध्ये करिब ३८ करोड रुपैयाँ ठेकेदारलाई भुक्तानी भइसकेको छ । ओसाका विश्व प्रदर्शनीका निम्ति नेपालका तर्फबाट उपायुक्त एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाका अनुसार नेपाल मण्डपको निर्माण ९० प्रतिशत सकिएको छ । करिब ४५ करोड रुपैयाँमा प्याभिलियन निर्माण गर्ने सम्झौता भएकोमा अब ६/७ करोड रुपैयाँ मात्रै भुक्तानी हुन बाँकी छ । नेपाली र जापानी ठेकेदार कम्पनीको विवादले निर्माण कार्य रोकिएको उनी बताउँछन् । नेपाल मण्डपको बाँकी निर्माण कार्य छिटो सुरु गरी सञ्चालनमा ल्याउने प्रयास भइरहेको पनि उनले जानकारी दिए। ओसाका विश्व प्रदर्शनीमा नेपाल प्याभिलियन निर्माणको जिम्मा विध म्यानेजमेन्ट प्राइभेट लिमिटेडरललित मण्डप आर्ट एन्ड आर्किटेक्ट प्राइभेट लिमिटेट जेभीले पाएको थियो । उक्त जेभीले प्याभिलियन निर्माण कार्यको जिम्मा जापानी ठेकेदार कम्पनी, स्याङ्कोलाई दियो । स्याङ्कोले २०२४ अगस्तमा प्याभिलियन निर्माण सुरु गरेको थियो । नेपाली कम्पनीसँगको विवादका कारण स्याङ्कोले काम रोकेको बताइएको छ । यो विषयमा जानकार स्रोतका अनुसार अनुभवहीन कम्पनीले प्याभिलियन निर्माण तथा सञ्चालनको जिम्मेवारी पाउँदा काम अलपत्र परेको हो । यसो हुनुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रद्वारा जारी विश्व प्रदर्शनीमा सहभागिता तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०६२ नै मुख्य रूपले जिम्मेवार देखिन्छ । यस कार्यविधिका अनुसार प्राविधिक तर्फ कम अङ्क प्राप्त गरे तापनि बढी रोयल्टी रकम कबोलरप्रस्ताव गर्ने कम्पनीसँग सार्वजनिक खरिद कार्यको सम्झौता गर्नुपर्ने व्यवस्था भएका कारण अनुभवी एवं विगतमा विश्वका विभिन्न देशमा आयोजना गरेका विश्व प्रदर्शनीहरूमा नेपाल प्याभिलियन निर्माण गरी देशको नाम, साख र इज्जत राख्न सफल रहेको कम्पनीले यस पटक ठेक्का पाएन र नयाँ कम्पनीले कामको जिम्मेवारी पाउँदा समयमै सम्पन्न गर्न सकेन । सार्वजनिक खरिद ऐनको कार्यविधि अनुसार ८० प्रतिशत प्राविधिक र २० प्रतिशत वित्तीय प्रस्तावलाई दिनुपर्ने प्रावधान भएतापनि विश्व प्रदर्शनीमा सहभागिता तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०६२ द्वारा जसले बढी रोयल्टी तिर्छु भन्यो उसैले काम पाउने वातावरण बन्यो । विगतमा पुरस्कार पाउने गरी काम गरेको कम्पनी यस पालि प्रतिस्पर्धामा समेत भाग लिएन । विश्व प्रदर्शनी हरेक पाँच वर्षमा फरक(फरक मुलुकमा आयोजना हुने प्रदर्शनी हो । फ्रान्समा मुख्यालय रहेको अन्तर(सरकारी संस्था ब्युरो अफ इन्टरनेसनल एक्सपोजिसन (बीआईआई)ले हरेक पाँच वर्षमा फरक(फरक देशमा विश्व प्रदर्शनी आयोजना गर्छ । नेपालसमेत विश्वका १८४ देश/क्षेत्र बीआईआईमा सदस्य छन् । सदस्य राष्ट्रहरूको मतदानका आधारमा प्रदर्शनी आयोजना हुने मुलुक छनोट गर्ने चलन छ । बीआईआईले आयोजना गर्ने विश्व प्रदर्शनीको आगामी संस्करण २०३० मा साउदी अरेवियाको रियादमा हुनेछ । यो एक्स्पो ट्रेड फेयर जस्तो होइन, ६ महिनासम्म चल्छ । एउटा विषयवस्तुमा प्रतिस्पर्धा गरेर कुनै एक सदस्य मुलुकले आयोजनाको जिम्मेवारी पाउँछ । सदस्य मुलुकहरूले आफ्नो संस्कृति, पर्यटन, सम्पदा, देशको छवि र वस्तु विश्व सामु प्रस्तुत गर्न एक्स्पोमा भाग लिन्छन् । ‘फेरि पनि सरकार टेन्डर प्रक्रियामा गएर प्याभिलियन निर्माणकर्ता छनोट गर्नेतर्फ गयो भने साउदीमा हुने विश्व प्रदर्शनीमा पनि नेपालको हालत यस्तै हुने जोखिम छ,’ स्रोत भन्छ, ‘यो छोटो समयमा हुने काम पनि होइन । त्यसैले कार्यविधि नै संशोधन गर्नुपर्छ ।’ परम्परागत नेपाली कला र संस्कृति झल्किने संरचना बनाउनुपर्ने हुँदा प्याभिलियन निर्माणले लामो समय लिने हुँदा टेन्डरबाट जाँदा समयमै काम सम्पन्न गर्न जोसुकैलाई पनि कठिन हुने जानकार बताउँछन् । नेपाल प्याभिलियन तयार भएको भए आगन्तुकले नेपाली कला, संस्कृति, सम्पदा, प्राकृतिक सौन्दर्य र नेपाली वस्तु अवलोकन गर्न पाउथे । त्यसता वस्तुको बजार विस्तार हुन्थ्यो । प्याभिलियन तयार नहुँदा यो कार्य सम्भव भएको छैन । नेपाल मण्डप ९०० वर्गमिटरमा निर्माण भइरहेको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार ठेकेदार कम्पनीले सम्पूर्ण रकम भुक्तानी नगरेसम्म रोकिएको काम सुरु नगर्ने बताएको छ । नेपाली पक्ष सम्झौतापत्रमा जे उल्लेख छ, सोहीअनुसार भुक्तानी गर्ने अडानमा छ । यसले गर्दा दुई पक्ष बीच कुरा मिल्न नसकेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि भुक्तानी विवादका कारण नेपाल मण्डप निर्माण कार्य रोकिएको बताएको छ । मन्त्रालयको द्विपक्षीय एवं क्षेत्रीय व्यापार महाशाखाका सहसचिव तथा ओसाका प्रदर्शनीका निम्ति नेपालका कमिसनर जनरल विपीन आचार्य भुक्तानी विवादले काम रोकिएको बताउँछन् । जापानका निम्ति नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले पनि भुक्तानी विवादका कारण नेपाल मण्डपको काम रोकिएको बताए । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँग ओसाका विश्व प्रदर्शनी आयोजना गर्ने विध म्यानेजमेन्ट प्राइभेट लिमिटेडरललित मण्डप आर्ट एन्ड आर्किटेक्ट प्राइभेट लिमिटेट जेभीसँगको लिखित सम्झौता अनुसार समयमा नेपाल मण्डप तयार गरी सञ्चालन गर्न नसकेमा सो आयोजनालाई नेपाल सरकारले कालो सूचीमा राखी कारबाही गर्नु पर्ने भएतापनि आजसम्म पनि नेपाल सरकारले केही पनि नगरेकोमा सम्बन्धित क्षेत्रले आश्चर्य व्यक्त गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ अन्जु श्रेष्ठ सम्मानित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । महिला पत्रिका ‘द भ्वाइस अफ दी वुमन’ले रणनीतिक नेतृत्वतर्फको सर्वश्रेष्ठ महिला प्रमुख कार्यकारी अधिकृतको रूपमा सम्मान गरेको हो । उक्त विशिष्ट अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै श्रेष्ठले भनिन्, 'यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि मात्र नभई यो समग्र नेपाली बीमा उद्योगको उपलब्धी हो र यसमा सक्रिय सम्पूर्ण महिलाको सामूहिक पहिचान पनि हो ।' उनले आफ्नो टिमको निरन्तर साथ, परिश्रम र प्रतिबद्धतालाई पनि यस सफलताको मूल आधार मानेकी छन् । बेलायतमा मुख्यालय रहेको महिला पत्रिका एक अन्तर्राष्ट्रिय सञ्चार संस्था हो, जसले व्यवसाय, नेतृत्व र उद्यमशीलता क्षेत्रमा विशिष्ट योगदान दिने महिलाहरूको पहिचान र सम्मान गर्दै आएको छ । हरेक वर्ष विश्वभरका प्रेरणादायी महिलाहरूलाई विविध विधामा सम्मान गर्नेक्रममा यसवर्ष श्रेष्ठले बीमा क्षेत्रतर्फको सर्वोच्च नेतृत्व अवार्ड हात पार्न सफल भएकी हुन् । महिला पत्रिकाका व्यवसाय विकास प्रबन्धक ड्यानियल डी’कोस्टाले भने, 'महिलाहरूले व्यवसाय र नेतृत्वमा पुर्याएको योगदान अद्वितीय छ । हाम्रो प्रयास उनीहरूको मेहनत र उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु हो ।' श्रेष्ठको नेतृत्वमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा क्षेत्रमा नवीनता, पारदर्शिता र ग्राहकमुखी सेवामा उल्लेखनीय सुधार ल्याएको छ । रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन, डिजिटल प्रविधिको प्रयोग र संस्थागत सुशासनमार्फत कम्पनीले पछिल्ला वर्षहरूमा निरन्तर प्रगति हासिल गर्दै आएको छ । उक्त सम्मान श्रेष्ठको रणनीतिक सोच, दूरदृष्टि र नेतृत्व क्षमताको विश्वव्यापी मान्यता मात्र नभई नेपाली बीमा क्षेत्रको समग्र प्रगतिको सन्देश पनि हो ।
तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन पुल आइतबार दिउँसो भाँचिएको हो । यसअघि निर्माणाधीन अवस्थामा पुल सम्पन्न गर्ने उद्देश्यले तीव्रता पाइरहेको अवस्थामा बीच भागको एउटा स्पान दुई महिना अगाडि भाँचिएको थियो । उक्त स्पानलाई प्राविधिकले मर्मत गरेर प्रयोगमा ल्याउन सकिने प्रतिवेदनमा उल्लेख गरिएपछि निर्माण कम्पनीले स्पानको मर्मत गरिरहेको थियो । मर्मत भइरहेको अवस्थामा आज दिउँसो पुलको स्पान एक्कासी पूरै भाँचिएको स्थानीय लेखनाथ ढुङ्गेलले बताए । गुणस्तरहीन सामग्री प्रयोग गरेर वा अन्य कारणले यसरी पटकपटक स्पान भाँचिएकाबारे खोजी हुनेपर्नेमा उनले जोड दिए । भाँचिएको स्पान पूर्ण रूपमा पिल्लरबाट भत्किएर भुइँमा झरेको मन्थली–७ का पूर्ववडाध्यक्ष सुदर्शन प्रसाईंले जानकारी दिए । पुल भत्किएको थाहा पाउनासाथ उक्त ठाउँमा स्थानीय घुइँचो लागेको थियो । आगामी भदौ मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नेगरी तीव्र गतिमा काम भइरहेको थियो । निर्माणाधीन उक्त पुल भत्केपछि लामो प्रतीक्षामा रहेका स्थानीय बासिन्दा चिन्तित छन् । सडक विभागले आर्थिक वर्ष २०७७/७८ मा कूल २२ करोड ५५ लाख चार हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । चार वटा स्पानसहित कूल दुई सय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडाइको थियो । कूल सम्झौता रकमको झण्डै ६० प्रतिशतभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिइसकेका छन् । पुल सञ्चालनमा आएपछि मन्थली–खुर्कोट सडकखण्डभन्दा पकरबास गोगनपानीबाट सित्खा हुँदै सिन्धुलीको सुनकोसी गाउँपालिकाको मुल्कोट निस्केर छोटो दूरीमा काठमाडौं आवतजावत गर्न सकिनेछ । सदरमुकाम मन्थलीबाट जिल्लाका तीन वटा पालिका जोड्ने वैकल्पिक मार्गका रूपमा यसलाई लिइएको थियो । रासस
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता
काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंकको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने छ ।
भरतपुर महानगरको आगामी आवको लागि ५ अर्ब १९ करोड बजेट विनियोजन
भरतपुर । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । आइतबार महानगरका प्रमुख रेणु दाहालले नगरसभामा पेश गरेको नीति तथा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक पर्ने अनुमानित बजेट उपप्रमुख चित्रसेन अधिकारीले प्रस्ताव गरेको हुन् । आगामी आवको लागि प्रस्ताव गरेको बजेट चालु आव २०८१/८२ को तुलनामा कम हो । चालु आवको लागि भरतपुर महानगरले ५ अर्ब ४६ करोडको बजेट ल्याएको थियो । महानगरले आन्तरिक आयतर्फ १ अर्ब ८० करोड (घरजग्गा रजिस्ट्रेसन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँटबाट प्राप्त समेत) विनियोन गरेको छ । त्यस्तै, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी जम्मा ४५ करोड ९५ लाख ४१ हजार, जनसहभागिता/श्रमदानबाट ५ करोड बैंक मौज्दात ७० करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने महानगरको प्रक्षेपण छ । त्यस्तै, सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब ३५ करोड रहने प्रक्षेपण गरेको छ । महानगरले शिक्षा तर्फ १० करोड ५० लाख रुपैयाँ, कृषि तर्फ ९ करोड रुपैयाँ, स्वास्थ्य सेवातर्फ ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।