विकासन्युज

विद्युत् प्राधिकरणले भन्योः तिहारमा पनि लोडसेडिङ हुदैन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आउदो तिहारमा लोडसेडिङ नहुने जानकारी दिएको छ । वर्षकै सबैभन्दा बढी बिजुली माग हुने तिहारमा यसपाली पनि लोडसेडिङ हुन नदिन प्राधिकरण माग व्यवस्थापनको आन्तरिक काममा जुटेको छ । भारतबाट थप आयात, कुलेखानी र सबै आयोजना पुर्ण क्षमता सञ्चालन गरेर लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ । यस्तै तिहारभर हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र बिराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफयुल प्लाण्ट पनि सञ्चालन गर्ने प्राधिकरणको योजना छ । आउदो तिहारमा सकेसम्म लोडसेडिङ हुन नदिन आन्तरिक व्यवस्थापनको काम भइरहेको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए । आउदो बिहीबार लक्ष्मीपूजाको दिन बिजुलीको माग बढेर १ हजार ५५० मेगावट पुग्ने अनुमान गरिएको उनले जानकारी दिए । भारतबाट आयात र कुलेखानी आयोजना, डिजेल प्लाण्ट र मल्टिफयुल प्लाण्ट सञ्चालन गरेर १ हजार २१५ मेगावाट बिजुली आपूर्ति गर्ने प्राधिकरणको तयारी छ । यस्तै भारतबाट ४१५ मेगावाटसम्म बिजुली आयात गरिने श्रेष्ठले जानकारी दिए । हाल भारतबाट ३४५ मेगावाट हारहारीमा बिजुली आयात भइरहेको छ । यो वर्ष भारतबाट साढे ४ सय मेगावाट बिजुली आयात गर्ने तयारी प्राधिकरणको छ । साँझमा उद्योगको ३ सय मेगावाट बिजुली काटेपछि ४० देखि ५० मेगावाट जति बिजुली आपूर्ति अपुग हुने उनले जानकारी दिए । “काठमाडौं उपत्यकालगायत प्रमुख शहरमा लोडसेडिङ हुदैन” उनले भने “प्रसारणलाइन समस्याले गर्दा केही स्थानमा हुन सक्छ । सकेसम्म हामी लोडसेडिङ गर्दैनौ ।” गत वर्ष लक्ष्मीपुजाको दिन बिजुलीको माग १ हजार ४४४ मेगावाट थियो । गत वर्ष काठमाडाैं उपत्यकामा मात्रै लोडसेडिङ मुक्त भएकाे थियाे । यो वर्ष १ सय मेगावाट बिजुली माग थप हुने प्राधिकरणको प्रक्षेपण छ । हाल १ हजार ५० मेगावाट बिजुली आपूर्ति भइरहेको छ । माग १ हजार ३५० मेगावाट रहेको उनले बताए । प्रणालीमा ३ सय मेगावाट बिजुली आपूर्ति कम भएपनि प्राधिकरणले लोडसेडिङ गरेको छैन् । कलेखानी भरीन अझै साढे ८ मिटर बाँकी मुलुकको एकमात्र जलासययुक्त आयोजना कुलेखानीको जलासय १ हजार ५२१.६ मिटर भरिएको छ । यो वर्ष जलासय भरिएर १ हजार ५२४ मिटर पुग्ने अनुमान गरिएको श्रेष्ठले बताए । गत वर्ष जलसतह १ मिटर कम अर्थात १ हजार ५२३ मिटर थियो । हाल प्राधिकरणले कुुलेखानी आयोजना बन्द गरेको छ । आवश्यकताअनुसार कहिलेकाही मात्र सञ्चालन हुने उनले जानकारी दिए । कुलेखानी पहिलो र दोस्रो गरी ९२ हाल ९२ मेगावाट बिजुली उत्पादन हुन्छ । यस्तै १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । यो आयोजना सम्पन्न भएपछि कुलेखानीको जडित क्षमता १०६ मेगावाट पुग्ने छ ।

४० प्रतिशत हकप्रद पछि गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ४० प्रतिशत हकप्रद पछि सेयर मूल्य समायोजन भएको छ । सो मात्राको हकप्रद सेयर पछि शुक्रबार मात्रै नेप्सेले यस कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०६ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहको थियो ।

लघुवित्त वित्तीय संस्थाले २६ जनाको लागि रोजगारी खुलायो

काठमाडौं । आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थाले २६ जनालाइ रोजगारी दिने भएको छ । ग्रामीण क्षेत्रमा रहेका बिपन्न वर्गसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न इच्छुकले मात्र आवेदन दिन पाउने संस्थाले जनाएको छ । पदको हकमा जुनियर अधिकृतले वाणिज्य, तथ्यांकशास्त्र वा गणित विषय लिई स्नातक तह उतिर्ण गरि कम्तिमा २ वर्ष लघुवित्त वा बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव हुनुपर्नेछ । यस पदको लागि एक जना मागेको छ । शाखा प्रबन्धकको लागि १० जना मागको छ भने सहायकमा ५ जना मागेको छ । सहायकको लागि भने सोहि विषयमा १०+२ उत्तिर्ण गरी कम्तिमा १ वर्ष सोहि क्षेत्रको अनुभव हुनुपर्ने छ । त्यसैगरी, सहायक प्रशिक्षार्थी १० जना मागेको छ । जसमा १०+२ उत्तिर्ण हुनुपर्ने संस्थाले जानकारी दिएको छ । जुनियर अधिकृत पदको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अन्य पदका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर महिलाको हकमा उमेरको हद ४० वर्ष हुनेछ । साथै, यसको परिक्षा लिखित, प्रस्तुतिकरण र अन्तवार्ता हुने संस्थाले जनाएको छ ।  

पर्यटन मन्त्रीले मनाए म्ह: पुजा, तस्विर सहित

काठमाडौं । राजधानीको अन्नपूर्ण होटलमा  प्याभिलियन समूहले म्ह पुजा आयोजना गरेको छ । परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । प्याभिलियन समूहले आयोजना गरेको म्ह पुजा कार्यक्रममा विभिन्न मुलुकबाट राजदुत तथा प्रतिनिधीहरुको सहभागिता थियो । कार्यक्रममा पर्यटन मन्त्री जितेन्द्र नारायण देव र काठमाडौंका प्रमुख विद्या सुन्दर शाक्यको सहभागीता थियो । नेवारी भाषामा म्हः भनेको शरीर हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ । किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ । उपत्यकालगायत अन्य क्षेत्रमा बसोवास गर्ने नेवार समुदायले म्ह पुगा गर्छन् । साँझ घरमा परिवारका सबै व्यक्ति बसी म्ह पूजा अर्थात् आत्मपूजा गर्ने प्रचलन छ । म्ह पूजामा भाइटीकामा जस्तै विभिन्न रङ्गबाट मण्डप लेख्नुपर्ने र भाइटीकामा जस्तै विभिन्न प्रकारको फलफूल राखिनुपर्नेछ । घरको मूलीले सबै सदस्यलाई सगुन दिई टीका लगाई दिने गरिन्छ र पूजा सम्पन्न भइसकेपछि भोज खानुपर्ने प्रचलन रहेको छ । आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।

१० वर्षअघिको साधारणसभा गर्दे बीमा संस्थान, ४२ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय बीमा संस्थाले १० वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थानले कात्तिक १७ गते १ दशकअघिको ३० औं साधारणसभा गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष ०६३/०६४ देखि ०६५/०६६ सम्मको ३ वर्षको वार्षिक साधारणसभा एकै पटक गर्ने भएको हो । कम्पनीले आव ०५८/०५९ देखि ०६३/०६४ सम्म कायम रहेको चुक्तापुँजीको ४२.११ प्रतिशतका दरले हुन आउने ५ करोड १७ लाख २० हवजारबोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ । संस्थानले आव ०७१/०७२ देखिको लेखापरीक्षण गर्नका लागि परीक्षण नियुत्त गरेको छ । महालेखा परीक्षकको कार्यलयले कार्वाहीको चेतावनी दिएपछि संस्थानले लेखापरीक्षक नियुक्त गरेर काम अघि बढाएको छ ।  

माछापुच्छ्रे बैंकको १ लाख ६० हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । माछापुच्छ्रे बैंकको १ लाख ६० हजार ७४२ कित्ता सेयर लिलामीमा राखिएको छ । बैंकको संस्थापक सेयर २० हजार २ कित्ता र सर्बसाधारण समूहको १ लाख ४० हजार ७४० कित्ता सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको हो। बैंकले गत साउन ५ देखि भदौं ७ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरका लागि आवेदन नपरेको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । उक्त सेयर लिन कात्तिक ५ देखि १३ गतेसम्म आवेदन गर्न सकिने बैंककोसेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।  

केयुकेएल, खानेपानी बोर्ड र बीमा कम्पनीमा १४६ जनालाई जागिर खुल्यो, आवेदन दिने समय १ महिना

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरण सम्बन्धि र एक बीमा कम्पनीले गरी १४६ जनालाई रोजगारी दिने भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न तहका लागि शुक्रबार जागिर खुलाएका हुन् । केयुकेएलले उपप्रवन्धकदेखि सिनियर प्लम्बरसम्मका लागि ९१ र बोर्डले प्रशासकिय अधिकृतदेखि कानुन सहायकसम्म गरी १९ जनाका लागि शुक्रबार जागिरका लागि सुचना प्रकाशित गरेका छन् । सुचना प्रकाशित भएको मितिले ३० दिन अर्थात कात्तिक अन्तिमसम्म म्याद तोकिएको केयुकेएलले जनाएको छ । अधिकृत स्तरका लागि २१ वर्ष पुरा गरी ४५ वर्ष ननाघेको र सहायक स्तरका लागि १८ वर्ष पुराभई ४० वर्ष ननाघेको हुनु पर्ने व्यवसथा गरिएको छ । केयुकेएलले परीक्षा दस्तुर उपप्रवन्धक ९ औ तहका लागि १ हजार २ सय र सिनियर प्लम्बरका लागि ४ सय रुपैयाँ तोकेको छ । यस्तै बोर्डले पनि सुचना प्रकाशित भएको १ महिनाभित्र आवेदन दिन भनेको छ । पुरुषका हकमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिला आवेदक २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरेको छ । परिक्षा दस्तुर प्रशासकिय अधिकृत ७ औ तहकाका लागि १ हजार र कम्प्युटर सहायक ५ औं तहका लागि ८ सय रुपैयाँ तोकेको छ । यस्तै बीमा कम्पनीले मुख्य व्यवस्थापकदेखि सहायकसम्म गरी विभिन्न ३६ पदपूर्तिका लागि जागिर खुलाएको छ । १० तहका लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको र ४ तहका लागि १८ वर्षपुरा भई ३५ वर्ष ननाघेका हुनुपर्ने व्यवस्था गरेको छ । दरखास्त पेश गर्ने अन्तिम मिति कात्तिक २३ गते तोकेको कम्पनीले जनाएको छ ।

गौचनको हत्यारा पत्ता नलागेसम्म बोलपत्रमा भाग नलिन निर्माण व्यवसायी महासंघको निर्देशन

काठमाडौं । निर्माण व्यसायी शरदकुमार गौचनको हत्यारा पत्ता नलागेसम्म सरकारी बोलपत्रमा भाग नलिन नेपाल निर्माण व्यवासायी महासंघले सदस्य प्रतिष्ठानलाई निर्देशन दिएको छ । निर्देशन अवज्ञा गरी बोलपत्रमा भाग लिए कार्वाही गर्ने महासंघले सदस्य प्रतिष्ठानलाई चेतावनी समेत दिएको छ । गौचनको हत्यारा पत्ता लगाइ कडा कार्वाही गर्न महासंघले सरकारसंग माग गरेको छ । महासंघले व्यवसायी गौचनलाई सहिद घोषणा गर्न समेत माग गरेको छ । गत सोमबार महासंघका अध्यक्ष गौचनको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो । प्रहरीले अहिलेसम्म हत्यारा पहिचान गर्नं सकेको छैन् ।