विकासन्युज

अनुदानबाट गोरखामा २,६६४ घर बन्यो

गोरखा । सरकारले दिएको अनुदान लिएर गोरखामा दुई हजार ६६४ वटा भूकम्प प्रतिरोधी घरको निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिव पौडेलका अनुसार ६१ हजार लाभग्राहीमध्ये ५४ हजार ६२७ जनाले पहिलो किस्ता अनुदान बुझिसकेका छन् । यस्तै, नौ हजार ६९३ जनाले दोस्रो किस्ता रकम तथा दुई हजार ६६४ जनाले तेस्रो किस्ता रकम बुझेका छन् । अनुदान बैंकमार्फत वितरण गरिएको हो । पौडेलका अनुसार भूकम्पले क्षति पुगेका घर मर्मत गर्न दुई हजार १९ जनाको नाम आएको छ । प्रबलीकरणका लागि एक लाख रुपैयाँका दरले भूकम्पपीडितले अनुदान रकम पाउँछन् । यस्तै, दश हजार जनालाई दोस्रो किस्ता रकम उपलब्ध गराउने तयारी भएको छ भने दुई हजार ३३८ जनालाई तेस्रो किस्ता दिन सिफारिश गरिसकिएको छ । गैरसरकारी संस्थाले पनि गोरखाका जौवारी, पन्द्रुङलगायत गाउँमा घर बनाउन अनुदान दिएका छन् । पुनःनिर्माण प्राधिकरणले आज गोरखामा आयोजना गरेको गुनासो व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै पौडेलले छ हजार ४१० जना डकर्मी उत्पादन गर्ने लक्ष्य लिइएकामा अहिलेसम्म पाँच हजार १०३ जना दक्ष डकर्मी उत्पादन भएको जानकारी दिए । यिनीहरुलाई सात दिनको तालीम दिइएको थियो । पचास दिने तालीम दिएर चार हजार ५५१ जना कामदार उत्पादन गर्ने भनिए पनि अहिलेसम्म दुई हजार ९४ जनालाई मात्रै तालीम दिइएको छ । साथै एघार वटा स्थानीय तहमा ३९५ वटा नमूना भूकम्प प्रतिरोधी घर बनाउने भनिएकामा अहिलेसम्म जम्मा ९४ वटा मात्रै घर बनेका छन् । गोरखा जिल्लाभर एघार हजार ४२४ जनाले आफ्नो घर भत्किए पनि अनुदान नपाएको गुनासो गरेका थिए । उनीहरुको घर भत्किएको हो वा होइन यकिन गर्न इञ्जिनियरको टोली गाउँमा परिचालन गरिएको छ । सात हजार ४२४ जनाको घर पुनः सर्वेक्षण गरिसकिएको प्राधिकरणले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतहरु सहभागी छन् । रासस

तिहारका लागि भित्रियो साढे ४८ करोड बढी मूल्य बराबरको ‘भाइ मसला’, कुनको मूल्य कति ?

काठमाडौं । यो वर्षको तिहारका लागि साढे ४८ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको सुख्खा फलफुल (ड्राइ फ्रुट) नेपाल भित्रिएका छन् । तिहारमा भाइ मसलाको रूपमा प्रयोग हुने सुक्खा फलफूल अर्थात् ड्राइ फुड सबैभन्दा बढी उपभोग हुने गर्छ । भन्सार विभागको दुई महिने तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना साउनदेखि भदौसम्म ४८ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको ड्राई फुड आयात भएको छ । तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सगुनस्वरुप दिने विशेष मसला परिकारको निकै खपत हुन्छ । वर्षभर आयात हुने ड्राई फुडको सबैभन्दा धेरै परिणाम तिहारअघि हुने गर्छ । तिहारमा प्रयोग हुने ड्राइ फुडमा विशेषगरी ओखर, काजु, पेस्ता, नरिवल, सुपारी, बदाम, खजुर, छोकडा लगायत पर्दछन् । तिहारमा सबैभन्दा बढी खपत भए पनि नेपालमा उत्पादन नहुने ड्राई फुड पूर्णतः आयातमा निर्भर रहने गरेको छ । यी मसला भारत, चीन, बेलायत, भियतनाम, इन्डोनेसिया, इटाली, संयुक्त अरब इमिरेट्स, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिकालगायतका मुलुकबाट आयात हुने गरेका छन् । नेपालमा चीन र भारतबाट नरिवल, बेलायत, इटाली, भारत र इटालीबाट काजु, भारत, अमेरिका, यूएई, चीनबाट हाडे बदाम, भारतबाट कटुस, अमेरिका, बेलायत र भारतबाट ओखर, भारत र चीनबाट पेस्ता, इन्डोनेसिया, थाइल्यान्ड र भारतबाट सुपारी, मलेसिया, भियतनाम र भारतबाट बदाम, पाकिस्तान, कतार र भारतबाट खजुर, भारतबाटै किसमिस र सुकेको खुर्पाने, थाइल्यान्ड र बेलायतबाट सुकेको आरुबखडा नेपाल भित्रिएको भन्सारको तथ्यांकमा उल्लेख छ । भाई मसलाको मूल्य खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार बजारमा अहिले सुख्खा नरिवलको मूल्य खुद्रामा पाउको ६५ रुपैयाँ देखि ७५ रुपैयाँसम्म पर्छ । मिश्रीका गुणस्तर अनुसार फरक-फरक मूल्य छन् । काजु पाउकै तीन सय ४० रुपैयाँ पर्छ । किसमिसको मूल्य गुणस्तर अनुसार पाउको १०० रुपैयाँ छ । यस्तै, देशी बदामको मूल्य खुद्रामा पाउको २७० रुपैयाँसम्म रहेको छ । तिहारमा बढी बिक्ने पेस्ताको मूल्य ३ सय १० रुपैयाँ रहेको छ । छोकडापनि गुणस्तर अनुसार पाउको ६० देखि ८० रुपैयाँ सम्म रहेको छ ।

माटोरहित पट फ्लावरको कारोबार शुरु, ५ सयदेखि ५ हजार रुपैयाँसम्म पर्ने

काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा माटोरहित पट फ्लावरको कारोबार शुरु गरिएको छ । अबलोकनकर्ताको मुख्य आकर्षण बनेको बागमती फ्लोराको स्टलमा रोज, कार्नेशन, हाइबिसकस, भर्बेना, पिटुनिया, इम्पपेसन्स लगायतका फूलहरु पट फ्लावरमा उपलब्ध छन् । बागमती फ्लोराले बजारमा ल्याएको पट फ्लावरमा माटोको सट्टा नरिवलको जट्टा प्रयोग गरिएको छ । गिफ्टको रुपमा हेरिने माटोरहित पट फ्लावर इन्डोर र सदाबहार प्लान्टको रुपमा प्रयोगमा आउने गरेको छ । अफिस, बैंक, लिभिङ रुम, बाथरुम लगायत घरको जुनसुकै सानो स्थानमा पनि राख्न मिल्ने यो पट फ्लावर नेदरल्याण्डबाट आयातित प्रबिधी भएको ग्लोबल फ्लोरा प्रालिका प्रबन्ध निर्देशक संजिब कार्कीले बताए । हल्याण्डको पम भन्ने संस्थासँगको प्रबिधिक सहयोग सहित आयातित गरिएका बिरुवाहरु बजारमा ल्याएको कार्कीले बताए । उपहार दिने परिपाटीलाई आत्मसाथ गर्दै बजारमा ल्याइएको यो पट फ्लावर साइज र बिरुवा हेरी ५ सय देखि ५ हजार रुपैयाँ सम्म पर्ने बागमती फ्लोराले जनाएको छ । उपत्यकाका मुख्य फ्लावर सप र गिफ्ट पसलहरुमा उपलब्ध रहेको पट फ्लावर जावलाखेलमा जारी पुष्प मेलामा समेत राखिएको छ । जारी मेलामा मुख्य आकर्षण बनेको पट फ्लावरको स्टलमा सर्बसाधारण अबलोकनकर्ताको बाक्लो उपस्थिती रहेको छ । हलुका र माटो रहित भएका कारण यसमा रोग लाग्ने संभाबना कम भएको दाबी बागमती फ्लोराको छ ।

सुजुकीद्धारा अरुण ईन्टरकण्टिनेन्टल उत्कृष्ट वितरक घोषित, आठ विधामा सर्वोत्कृष्ट

काठमाडौं । सीजी होल्डिङ्स अन्तर्गको अटोमोटिभ डिभिजन अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई उत्कृष्ट वितरक (एक्सिलेन्ट डिस्ट्रिब्यूटर) उपाधीद्धारा सम्मानित गरिएको छ । अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई दिल्लीमा आयोजित एनुअल सुजुकी रिजनल डिस्ट्रिब्यूट कन्फरेन्स- अफ्रिका, मिडल ईष्ट एण्ड साउथ एसियामा उक्त उपाधीद्धारा सम्मानित गरिएको हो । सेप्टेम्बर २५ देखि २७ सम्म आयोजित उक्त सम्मेलन मार्फत गत आर्थिक बर्षमा कम्पनीद्धारा गरिएको उत्कृष्ट कार्य प्रदर्शनीका लागि सो सम्मान प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । विक्रि, सेवा तथा पार्ट्स पर्फरमेन्सका लागि सम्मेलनकै सर्वाधिक उपाधी हातपार्न सफल कम्पनीका रुपमा अरुण ईन्टरकण्टिनेन्टलले ८ भिन्न विद्यामा उपाधी हात पारेको थियो । कम्पनीले ‘एक्सिलेन्ट डिस्ट्रिब्यूटर अवार्ड’, ‘हाइयस्ट सेल्स ईन २०१६’,‘हाइयस्ट रिपेयर अर्डर ग्रोथ २०१६’, ‘हाइयस्ट पार्ट सेल्स पर यूआईओ ईन २०१६’, ‘हाइयस्ट सेल्स ग्रोथ ईन २०१६’, ‘हाइयस्ट एक्सेसरिज सेल्स पर भेहिकल ईन २०१६’, ‘हाइयस्ट सर्भिस मार्केट सेयर ईन २०१६’ र ‘च्याम्पियन्स अफ च्याम्पियन्स एवार्ड’ हात पारेको हो । वैश्विक मञ्च मैयी उपाधी पाउँदा निकै गौरवको महशुस भएको बताउँदै समग्र समुह तथा वितरकले गरेको निरन्तर मिहेनतको पहिचान तथा सम्मानका रुपमा यसलाई लिएको सिजी मोटोक्रोप र सिजी एनएक्सटिजिइएनका कार्यकारी निर्देशक करण चौधरीले बताए । ‘यो सफलताका लागि हामी हाम्रा आदर्णीय उपभोक्ता तथा समस्त सरोकारवालाप्रति कृतज्ञ छौँ’ साथै ‘यसले आफू लगायत कम्पनीलाई नै नेपाली अटो उद्योगमा सुजुकीका सवारी साधनलाई थप उचाईमा लाने हौसला समेत प्राप्त भएको छ’ उनले भने । अल्टो, अल्टो के१०, वेगनआर, सिलेरो, स्विफ्ट, ईग्निस, बलेनो, डिजायर, ब्रेजा, एसक्रस, सियाज, ओम्नी भ्यान, ओम्नी कार्गो, र्ईको र सुपर क्यारी लगायत मोडलका साथ नेपाली बजारमै सर्वाधिक फराकिलो पोर्टफोलियो भएको कम्पनीका रुपमा नेपालकै अग्रणी कार विक्रेता भएको कम्पनीको दावी छ ।

सेयर बजारमा ४० करोडको कारोबार, सबैभन्दा बढी चिलिमे हाइड्रोको

काठमाडौं । बिहीबारको सेयर बजारमा ४० करोड ४८ लाख रुपैयाँ बराबरको  कारोबार भएको छ । बजारमा १५४ कम्पनीको ८ लाख ९९ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी चिलिमे हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ७ करोड २० लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीले हालै आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार कम्पनीको सेयर कारोबारमा वृद्धि भएको बुझिन्छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८३८ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुमारी बैंक, स्ट्याण्डार्ड चार्टर्ड बैंक र नेपाल बैंकको पनि एक करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ४ अंकले बढेर १५१० अंकमा पुगेको छ । बजारमा तीन समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ५ कम्पनीको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा अन्य समूहको परिसूचक ३० अंकले उकालो लागेको छ । त्यस्तै, बीमा समूहको परिसूचक २१ अंकले ओरालो लागेको छ ।

मञ्जुश्री फाइनान्सको बिक्री प्रबन्धकमा एस क्यापिटल नियुक्त

काठमाडौं । मञ्जुश्री फाइनान्सको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एस क्यापिटल नियुक्त भएको छ । मञ्जुश्री फाइनान्सले रु.१०० अंकित दरको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्न लागेको छ । कम्पनीको असोज २५ गते सम्पन्न विशेष साधारण सभाले साविक सर्वसाधारण सेयरधनीहरुलाई सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखाबाट कारोबार शुरु

काठमाडौं । गण्डकी विकास बैंकले झापाको विर्तामोड र मोरडको विराटनगर शाखावाट कारोबार शुरु गरेको छ । यस दुई शाखा सहित बैकको हाल ५७ वटा शाखा कार्यालय भएका छन् । बैंकका सबै शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एएसबिए, एटिएम, एसएमएस मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । बैंकले आ.व. २०७३/७४ मा संचालन मुनाफा ८५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । सोही अवधीसम्म निक्षेप १८ अर्ब ३३ करोड रुपैयाँ, कर्जा तर्फ १६ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ ।  

सुजल फूड्सद्धारा ‘चोकोफन बाल-बाटिका’ उद्घाटन, बालबालिकालाई खुशी र मुस्कान बाँड्ने

काठमाडौं । सुजल फूड्स प्रा.लिले बाल संरक्षण गृह काठमाडौंको सिफलमा एक समारोहकाबीच “चोकोफनबाल–बाटिका” नामक खेल मैदान उद्घाटन गरेको छ । यस “चोकोफनबाल-बाटिका” द्धारा यस कम्पनीकोबाल संरक्षण गृहमा आश्रित बाल-बालिकाहरुलाई खुशी र मुस्कान बाँड्ने कम्पनीले जनाएको छ । “चोकोफनबाल-बाटिका”बाल संरक्षण गृहहाताभित्र सुन्दर ढङ्गले निर्माण गरिएको छ । यसक्रममा खेल सामाग्रीहरुः चिप्लेटी, ढिकी-च्याउ र पिङ् खेल मैदानमा जडान गरिएको छ । त्यस्तै मैदानसँगै जोडिएको पर्खालमा बाल-बालिकाहरु खेलमैदानमा रमाइरहेका आकर्षक चित्र पेन्ट गरिएको छ । खेल मैदानमा बाल-बालिकाहरुको सुरक्षाको मध्यनजर गर्दै र मैदानलाई प्राकृतिक स्वरुप दिन उच्च गुणस्तरको दुबो रोपिएको छ । खेल तथा अन्य निमार्ण सामाग्रीहरु छनौट गर्दा पनिबाल-बालिकाहरुको सुरक्षा मैत्रीहोस् भनेर विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ । खेलकुद बाल-बालिकाहरुको शारिरिक तथा मानसिक विकासको लागि अपरिहार्य छ । यस खेल मैदानबाट बाल संरक्षण गृहमा आश्रित बाल-बालिकाहरुले सिधै लाभ लिनुका साथै उनीहरुको विकासमा फाइदा जनक हुन्छ भनेर विश्वास गर्न सकिन्छ । चोकोफनबाल-बालिकाहरु माझ सबैभन्दा लोकप्रिय छ । यसर्थ, चोकोफनको संस्थागत सामाजिक उत्तरदायित्व बाल-बालिकाहरुको विकासप्रति केन्द्रित छ । कम्पनीले  निकट भविष्यमा यस्तो खेलमैदानको निर्माण बालमन्दिरका अन्य शाखामा पनि विस्तार गर्ने लक्ष्य लिएका छ । साथै , कम्पनीले गर्ने सामाजिक कार्यहरु दीर्घकालीन र स्थायी हुनुपर्छ भन्ने विश्वास लिएको छ । त्यसैगरी, कम्पनीले  हाम्रो संस्थागत सामाजिक उत्तरदायित्वबालबालिका सम्बन्धित क्षेत्रहरु जस्तै बाल-शिक्षा, बाल-स्वास्थ्य, बाल-पोषण र वातावरणमा पनि विस्तार गर्ने लक्ष्य लिएको बताएको छ । सुजल फूड्सको उत्कृष्ट उत्पादन चोकोफनले वर्षौ देखि नेपालीहरुको मन जित्दै आएको छ । यसलाई सन् १९९९ मा पहिलो पटक बजारमा ल्याइएको हो । लक्ष्मी ग्रुप अन्तर्गतको भातृ संस्था सुजल फू्ड्सले विगत चार दशकदेखि उच्च गुणस्तरको चकलेटहरुको उत्पादन गर्दै आएकोले यस कम्पनि देशकै नं. १ कन्फेक्स्नरी कम्पनी बन्न सफल भएको छ । यस कम्पनीले अन्तराष्ट्रिय स्तरको वेफर, टफी, बबलगम्तथा स्टिक गम्उत्पादन गर्दै आएको छ । यस कम्पनीको स्वामित्वमा रहेको प्रतिष्ठित ब्राण्डहरुः चोकोफन, क्रेभ, रसिलो कयान्डी, फ्रेसो, क्यान्डीम्यान, आदिले लाखौंको मन जित्दै आएको कम्पनीले जनाएको छ ।