विकासन्युज

सिप्रदीले शुरु गर्यो चालक प्रशिक्षण कार्यक्रम, १२०० जनालाई तालिम दिने

काठमाडौं । सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ्ग प्रा.लिको संयोजकत्वमा “सुरक्षित तथा इन्धनमित व्ययी चालक तालिम” संचालन हुन गइरहेको छ । उक्त राष्ट्रव्यापी चालक प्रशिक्षण कार्यक्रम यही कार्तिक १६ देखि २२ गते सम्म हुने भएकाे छ । सो कार्यक्रम सिप्रदी ट्रेडिङ्गको काठमाडौं लगायत सिप्रदीका अन्य शाखा कार्यालयहरु इटहरी, विरगंज, नेपालगञ्ज, पोखरा र बुटवलमा संचालन हुने छ । नेपाल मै पहिलो पटक हुन लागेको वृहत प्रशिक्षण कार्यक्रममा नेपाल भरिका १२०० जना चालकहरुलाई तालिम दिने योजना रहेको जानकारी सिप्रदी ट्रेडिङ्गले दिएको छ । बढ्दो सवारी साधनको चाप तथा सडक दूर्घटनालाई मध्यनजर गर्दै सिप्रदी ट्रेडिङ र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको हो । उक्त तालिम कार्यक्रममा परिर्वतित प्रविधिको बारेमा चालकहरुलाई प्रशिक्षित गरिनेछ । साथै उक्त तालिममा इन्धनको कम खपत, गाडीको क्षमता वृद्धिको बारेमा पनि चालकहरुलाई तालिम प्रदान गरिने सिप्रदीले जनाएको छ । यस प्रकारको सवारी चालक तालिमले सवारीको साधारण मर्मत र सवारी दूर्घटना न्यूनिकरण गर्न सहयोगी सिद्ध हुने व्यहोरा समेत अनुरोध गरिन्छ । सिप्रदीयन सहायता सस्ंथा, सिप्रदी ट्रेडिङ्गको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सन् २०१२ देखि सञ्चालित छ ।

डिभी चिट्ठा प्रणाली बन्द गर्नुपर्छ- राष्ट्रपति ट्रम्प

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डिभी चिट्ठामार्फत विदेशी नागरिकलाई अमेरिकी नागरिकता दिने गरेको हालको प्रचलन खारेज गर्नुपर्ने बताएका छन् । मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजना सर्वसाधारण नागरिकको ज्यान लिनेगरीे हमला गर्ने नागरिक यही प्रणालीबाट अमेरिका आएको पत्ता लागेकोले यस्तो प्रणाली नै खारेज गर्नुपर्ने उनले बताएका हुन् । राष्ट्रपति ट्रम्पले यसअघि पनि चिट्ठा मार्फत ग्रीन कार्ड प्रदान गरिने डाइभरसीटी भिसा (डीभी) सम्बन्धी प्रणाली नै खारेज गर्नुपर्ने आवाज उठाएका थिए । अमेरिकाले दिइ आएको यस्तो प्रवेशाज्ञा कार्यक्रममा पूर्ण रुपमा परिवर्तन गर्न आवश्यक रहेको र त्यसको पहिलो सुरुवात यो डिभी बन्द गरेर गर्नुपर्ने प्रस्ताव आफूले मन्त्रिपरिषदमा गरेको उनले बताए । उनले बुधबार ट्वीट गर्दै सो कुराको जानकारी दिएका हुन्। उनले यस नीतिका पक्षमा कामगर्न पनि अमेरिकी अधिकारीहरुलाई आह्वान गरेको बताएका पनि सो ट्वीटर अकाउन्टमार्फत सार्वजनिक गरेका हुन् । मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजनाको ज्यान जाने गरी गराइएको आतङ्ककारी हमलामा संलग्न नागरिक डिभीमार्फत अमेरिका पुगेको प्रमाणित भएको छ । अमेरिकी अधिकारीहरुले सो जानकारी बुधबारै सार्वजनिक गरेका हुन् । उनले यस्तो प्रणालीको सट्टामा बरु विदेशी नागरिक (आवेदक) को विशेषज्ञता, सिप र कुनै क्षेत्रमा उसको दक्षताको आधारमा अमेरिकी भिसा प्रवेशाज्ञा दिने प्रणाली लागु हुनुपर्नेमा आफ्नो प्राथमिकता रहेको पनि बताएका छन् । यस डिभी कार्यक्रम अन्तरगत हरेक वर्ष करिब ५० हजार विदेशी नागरिकलाई अमेरिकामा स्थायी बसोबासको अनुमति दिने गरिएको छ । यसैबीच हालै प्राप्त अर्को एक समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका छिर्न रोक लगाउने गरी घोषणा गरेका एक कानुनको कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ । राष्ट्रपति ट्रम्पले इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने एक नयाँ कानुनको गत महिना घोषणा गरेका थिए । उक्त प्रतिबन्धात्मक कानुन कार्यान्वयन नगर्न अमेरिकाको अदालतले हालै आदेश दिएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको पछिल्लो यात्रा प्रतिबन्ध लागू हुनु केहीअघि त्यसमाथि उक्त कानुन कार्यान्वयनमा रोक लगाइएको छ । ती देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेशमा गर्न नपाउने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको कानुनको घोषणालाई अदालतले अवैध भनी रोकिदिएको हो । अमेरिकाले यसअघि पनि अरु विभिन्न ६ वटा मुसलमान बाहुल्यता रहेका देशहरुमाथि यस्तै खालको प्रतिबन्ध लगाएको थियो । त्यसलाई पनि उतिबेलै अमेरिकाको सर्वोच्च अदालतले प्रश्न गरेको थियो । रासस/एएफपी

बाहिरी चक्रपथको प्रस्ताव मन्त्रिपरिषदमा, कहिले बन्छ नयाँ दरबारमार्ग ?

काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ सडकको जग्गा अधिग्रहण सम्बन्धी फाइल तयार भएको छ । शहरी विकास मन्त्रालयले बाहिरी चक्रपथको जग्गा अधिग्रहणको प्रस्ताव तयार पारेर सोमबारको मन्त्रिपरिषद बैठकमा पेश गर्ने तयारी गरेको हो । ‘बाहिरी चक्रपथको जग्गा अधिग्रहण सम्बन्धी प्रस्ताव तयार भएको छ, अब सोमबारको मन्त्रिपरिषदमा लैजाने तयारी छ’, शहरी विकास मन्त्रालयका अधिकृत ध्रुव प्रसाद सापकोटाले विकासन्युजसँग भने । कसरी जग्गा अधिग्रहण गर्ने, जग्गा एकिकरण कसरी गर्ने र नागरिकमा हस्तान्तरण कसरी गर्ने तथा बाटो निर्माणको योजना सो प्रस्तावमा समेटिएको छ । ‘कति समयमा के काम गर्ने भन्नेबारे मन्त्रीज्युबाट विस्तृत कार्ययोजना माग भएको थियो, सोही अनुसार हामीले २ बर्षभित्रै के के काम गर्ने भन्नेबारे योजना पेश गरेका थियौं, सोही अनुसार मन्त्रिपरिषदमा प्रस्ताव लगिने भएको छ’, आयोजनाका अधिकृत समेत रहेका सापकोटाले भने । आयोजनाले भदौ १५ गते विस्तृत कार्ययोजना मन्त्रालयलाई बुझाएको थियो । के छ कार्य योजनामा ? कार्ययोजना प्रस्ताव अनुसार जग्गा प्राप्तिको सूचना प्रकाशित गरेको ४५ दिनभित्रै उपभोक्ता समितिहरु गठन गरिसकेर शहरी विकास मन्त्रीद्धारा आयोजनाको उद्घाटन गराइनेछ । त्यस्तै चालु आवको असार मसान्तभित्र ६.६१८ को ट्रयाक खोलिसक्ने, ५० मिटर चौडाईको सडकमा दाँया बाँया वाल लगाईसक्ने योजनामा उल्लेख छ । चालु आव भित्रै गोकर्ण क्षेत्रको ६ दशमलब ६ किलोमिटरको बाँकी डिपिआर तयार पार्नुका साथै तयार भैसकेको डिपिआरलाई अद्यावधिक गरेर स्वीतृक समेत गरिसक्ने आयोजना अधिकृत सापकोटाले बताए । आगामी २ बर्षभित्रै अधिग्रहण गरिएको जमिन नागरिकलाई फिर्ता गराईसक्ने लक्ष्यसहितको कार्ययोजना तयार भएको छ । कति पर्छ लागत ? ६ अर्ब ५० करोड लागतमा आयोजनाले पाइलट प्रोजेक्ट अन्तर्गत चोभार–सतुंगल खण्डको निर्माण आरम्भ गर्न लागेको हो । सो खण्डमा ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गरिनेछ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो । गत बैशाख १३ गते सो खण्डको डिपिआर स्विकृत भएको थियो । सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण हुनेछ । नयाँ दरबार मार्ग ? काठमाडौंमा दरबारमार्गलाई सबै भन्दा सुबिधा सम्पन्न शहरी पुर्वाधार भएको क्षेत्र मानिन्छ । सडक तथा अन्य भौतिक पुर्वाधारका कारण दरबारमार्गको छुट्टै पहिचान छ । तर बाहिरी चक्रपथले नयाँ दरबारमार्गका रुपमा मान्यता पाउने बताइन्छ । फराकिला सडक, व्यवस्थित भवन, खेल मैदान, मनोरञ्जनस्थल, पार्किङ र हरियालीका कारण बाहिरी चक्रपथले दरबारमार्गको स्थान ओगट्न सक्ने सापकोटाले बताए । बाहिरी चक्रपथमा ५० मिटरको सुबिधा सम्पन्न सडक र बाँकी जमिनको व्यवस्थित शहरीकरणको योजना अनुसार बस्ती विकास गरिनेछ । ८० घर भत्काइने सो खण्डमा ८० वटा घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ । ती घरहरुको उचित मुआब्जा दिइनेछ ।

माओवादी केन्द्रका उम्मेदवारहरुको टुँगो लाग्यो 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रत्यक्षतर्फका उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ । माओवादी केन्द्रले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तय गरेका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । माओवादी केन्द्रका अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारहरुको नामावली यस प्रकार रहेको छः क्रसं जिल्ला उम्मेदवारको नाम १. भोजपुर सुदन किराँती २. सोलुखुम्बु हेमकुमार राई ३. उदयपुर–२ सुरेशकुमार राई ४. सुनसरी–२ डम्बर सुवेदी ५. झापा–१ सुरेन्द्रकुमार कार्की ६. मोरङ–४ अमनलाल मोदी ७. मोरङ–५ शिवकुमार मण्डल ८. सप्तरी–१ अशोककुमार मण्डल ९. सप्तरी–२ उमेशकुमार यादव १०. सिरहा–२ सुरेशचन्द्र दास ११. सिरहा–४ अजयशंकर नायक १२. धनुषा–१ मातृकाप्रसाद यादव १३. धनुषा–२ रामचन्द्र झा १४. धनुषा–३ रामसिंह यादव १५ महोत्तरी–१ गिरिराजमणि पोखरेल १६. महोत्तरी–४ रजी हैदर १७. सर्लाही–२ दिनेशराय यादव १८. सर्लाही–३ रामेश्वरराय यादव १९. सर्लाही–४ शिवपुजन यादव २०. रौतहट–१ सत्यनारायण भगत २१. रौतहट–३ प्रभु साह २२. बारा–२ शिवचन्द्र कुशवाहा २३. पर्सा–४ उर्मिला अर्याल २४. रामेछाप श्यामकुमार श्रेष्ठ २५. सिन्धुली–२ हरिबोल गजुरेल २६. सिन्धुपाल्चोक १ अग्निप्रसाद सापकोटा २७. काभ्रे–१ गंगाबहादुर तामाङ २८. भक्तपुर–१ मिलन सुवाल २९. नुवाकोट हितबहादुर तामाङ ३०. ललितपुर–३ पम्फा भुसाल ३१. चितवन–३ पुष्पकमल दाहाल ३२. काठमाडौँ–१ अनिल शर्मा ३३. काठमाडौँ–६ झक्कुप्रसाद सुवेदी ३४. काठमाडौँ–१० हितमान शाक्य ३५. लमजुङ देवप्रसाद गुरुङ ३६. गोरखा–१ हरिराज अधिकारी ३७. गोरखा–२ नारायणकाजी श्रेष्ठ ३८. बागलुङ–२ देवेन्द्र पौडेल ३९. नवलपुर–१ भविश्वर पराजुली ४०. अर्घाखाँची टोपबहादुर रायमाझी ४१. रोल्पा वर्षमान पुन ४२. रुकुम पूर्व कमला रोका ४३. नवलपरासी–२ घनश्याम यादव ४४. बर्दिया–२ सन्तकुमार थारु ४५. कपिलवस्तु–१ चक्रपाणि खनाल ४६. दाङ–२ कृष्णबहादुर महरा ४७. बाँके–१ महेश्वर गहतराज ४८. रुपन्देही–५ डिलाराम आचार्य ४९. जुम्ला गजेन्द्र महत ५०. कालीकोट दुर्गाबहादुर रावल ५१. हुम्ला छिमी लामा ५२. सल्यान टेकबहादुर बस्नेत ५३. जाजरकोट शक्तिबहादुर बस्नेत ५४. रुकुम पश्चिम जनार्दन शर्मा ५५. डडेल्धुरा खगराज भट्ट ५६. कञ्चनपुर–१ बिना मगर ५७. कैलाली–३ गौरीशंकर चौधरी ५८. कैलाली–४ लेखराज भट्ट माओवादी केन्द्रको प्रदेश सभातर्फको नामावली: १. ताप्लेजुङ (ख) टंक आङबुहाङ २. पाँचथर (ख) इन्द्र आङवो ३. संखुवासभा (क) पूर्णप्रसाद राई ४. ओखलढुंगा (ख) मोहन खड्का ५. खोटाङ (ख) रामकुमार राई ६. इलाम–२ (ख) धीरेन्द्र शर्मा ७. उदयपुर–१ (ख) रामबहादुर थापा ८. उदयपुर–२ (क) भेषकुमारी राउत ९. सुनसरी–४ (ख) मोहम्मद जाकिर हुसैन १०. झापा–३ (क) पूर्ण्सिंह राजवंशी ११. झापा–४ (क) झलकसिंह दर्लामी १२. मोरङ–१ (क) कुलप्रसाद साम्वा १३. मोरङ–२ (क) गणेशकुमार उप्रेती १४. मोरङ–३ (क) गीता तिमिल्सिना १५. मोरङ–५ (क) देवेन्द्रकुमार गुप्ता १६. मोरङ–६ (क) जीवन आचार्य १७. सप्तरी–१ (ख) मोहमदसकिल मिया १८. सप्तरी–२ (क) सरोजकुमार मण्डल १९. सप्तरी–२ (ख) महेन्द्रप्रसाद यादव २०. सप्तरी–४ (क) शशिप्रसाद यादव २१. सिरहा–२ (क) जीवछ यादव २२. सिरहा ३ (क) रामकुमार यादव २३. सिरहा–४ (क) दिलीप साह २४. धनुषा–१ (ख) रामचन्द्र मण्डल २५. महोत्तरी–१ (क) भरतप्रसाद साह २६. बारा–३ (क) ज्वालाकुमारी साह २७. दोलखा (क) विशाल खड्का २८. रसुवा (ख) इन्द्रप्रसाद गोतामे २९. सिन्धुली–१ (क) लेखनाथ दाहाल ३०. सिन्धुली–२ (ख) बुद्धिमान माझी ३१. सिन्धुपाल्चोक–२ (क) युवराज दुलाल ३२. सिन्धुपाल्चोक–२ (ख) दावा लामा ३३. काभ्रे–१ (क) रत्नप्रसाद ढकाल ३४. भक्तपुर–१ (क) देवीप्रसाद ढकाल ३५. मकवानपुर–१ (क) प्रेमबहादुर पुलामी ३६. मकवानपुर–२ (क) कुमारी मोक्तान ३७. नुवाकोट–१ (क) राधिका तामाङ ३८. नुवाकोट–२ (ख) हिरानाथ खतिवडा ३९. धादिङ–१ (ख) शालिकराम जमरकट्टेल ४०. धादिङ–२ (ख) जगत सिम्खडा ४१. ललितपुर–१ (क) लालकुमारी पुन ४२. ललितपुर–३ (क) राजकाजी महर्जन ४३. काठमाडौँ–३ (क) रुद्र बराइली ४४. काठमाडौँ १० (क) दिलीप महर्जन ४५. म्याग्दी (क) विनोद केसी ४६. पर्वत (क) नेत्रनाथ अधिकारी ४७. गोरखा–१ (क) लेखबहादुर थापा ४८. गोरखा–२ (क) कमला नहर्की ४९. गोरखा–२ (ख) अमरबहादुर गुरुङ ५०. तनहुँ–१ (ख) हरिबहादुर चुमान ५१. तनहुँ–२ (क) आशा कोइराला ५२. स्याङ्जा–१ (क) दीपक घर्तीमगर ५३. बागलुङ–१ (क) चन्द्रबहादुर बुढा ५४. नवलपुर–१ (क) सूर्य न्यौपाने ५५. कास्की–१ (क) दीपक कोइराला ५६. कास्की–२ (ख) राजकाजी गुरुङ ५७. कास्की–३ (क) रामजीप्रसाद बराल ५८. प्युठान (ख) कृष्णध्वज खड्का ५९. रोल्पा (क) कुलप्रसाद केसी ६०. रोल्पा (ख) दीपेन्द्रकुमार पुन ६१. रुकुम पूर्व (क) तेजबहादुर ओली ६२. रुकुम पूर्व (ख) पूर्णबहादुर घर्ती ६३. गुल्मी–१ (क) सुदर्शन बराल ६४. गुल्मी–२ (ख) दिनेश पन्थी ६५. पाल्पा–२ (ख) वसन्त घर्ती ६६. नवलपरासी–२ (ख) कन्हैया कहार ६७. बर्दिया–१ (क) तिलकराम शर्मा ६८. बर्दिया–२ (ख) दिनेश थारु ६९. कपिलवस्तु–३ (ख) जावेद आलम खान ७०. दाङ–१ (क) इन्द्रजित थारु ७१. दाङ–३ (क) जगप्रसाद शर्मा ७२. बाँके–१ (क) कृष्णा केसी ७३. बाँके–२ (क) कामता खटिक ७४. बाँके–३ (क) इन्द्रप्रसाद खरेल ७५. रुपन्देही–१ (ख) दयाराम न्यौपाने ७६. रुपन्देही–३ (क) विश्वास बराल ७७. रुपन्देही–४ (क) सहबुद्धिन देवान ७८. डोल्पा (ख) वीरबहादुर शाही ७९. जुम्ला (क) नरेश भण्डारी ८०. कालीकोट (ख) महेन्द्रबहादुर शाही ८१ हुम्ला (ख) विजय भण्डारी ८२. जाजरकोट (क) गणेश सिंह ८३. रुकुम पश्चिम (क) गोपाल शर्मा ८४. रुकुम पश्चिम (ख) रातो कामी ८५. सुर्खेत–१ (क) ठम्मरबहादुर विष्ट ८६. सुर्खेत–२ (ख) विन्दमान विष्ट ८७. दैलेख–१ (क) धर्मराज रेग्मी ८८. बझाङ (ख) देवकी मल्ल ८९. डोटी (ख) त्रिलोचन भट्ट ९०. बैतडी (क) प्रेमप्रकाश भट्ट ९१. दार्चुला (ख) मानबहादुर धामी ९२. अछाम–१ (ख) झपड बोहरा ९३. अछाम २ (क) अक्कल रावल ९४. कञ्चनपुर–३ (ख) मानबहादुर सुनार ९५. कैलाली–१ (ख) नेपबहादुर चौधरी ९६. कैलाली–२ (ख) नन्दबहादुर सावद ९७. कैलाली–३ (क) वीरमान चौधरी रासस

नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै

काठमाडौं । अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको सन्दर्भमा आगामी साता काठमाडौँमा नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिस्ट शक्तिहरुबीचको आपसी सहकार्य र माक्र्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डा महेश मास्केले बताए । आउँदो नोभेम्बर ८, ९ र १० मा हुने सम्मेलनमा तीनै देशका प्राध्यापक, बुद्धिजीवी, लेखक, विद्यार्थी नेतालगायत सहभागी हुनेछन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष मास्केले नेपालमा वाम गठबन्धनले निर्वाचन जितेर आफ्ना प्रतिबद्धता पूरा गरेमा समृद्धिको यात्रा तय हुने बताए । भारतबाट वाम बुद्धिजीवीहरु प्रख्यात पटना, सिपी चन्द्रशेखर, आनन्दस्वरुप वर्मा तथा चीनबाट चाइनिज एकेडेमी अफ सोसल साइन्सका प्रतिनिधि सहभागी हुनेछन् । सन् १९१७ नोभेम्बर ७ मा रुसमा तत्कालीन सत्ताको विरोधमा कम्युनिस्टहरुले चलाएको आन्दोलन सफल भएको दिनलाई अक्टोबर क्रान्तिका रुपमा स्मरण गरिन्छ । रासस

अनिल शाह सेञ्चुरी कमर्शियल बैंकको सीईओ हुने

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह हुने भएका छन् । हाल मेगा बैंकमा सीईओ रहेका शाहले अब छिट्ट सेञ्चुरीको जिम्मेबारी सम्हालने भएका छन् । मेगाको स्थापना कालदेखि सीईओ भएका शाहको कार्यकाल मंसिरमा सकिदै छ । सेञ्चुरीका सञ्चालक समिति र शाहबीच बिहीबार सहमति भएको छ ।बाफीयाअनतर्गत मेगामा २ कार्यकाल बस्न नमिल्ने भएकाले सेन्चुरी जाने शाहाले जानकारी दिए । उनले मेगासंग भएको सम्झौता सकिएपछि सेन्चुरी जाने स्पष्टपारे । बैंक तथा वित्तीय संस्था सम्बन्धि (वाफीया) ऐनमा एउटा बैंक तथा वित्तीय संस्थामा २ कार्यकाल भन्दा बढी सीईओ हुन नपाउने व्यवस्था छ । मेगामा सीईओ हुन नपाएपछि उनी सेञ्चुर जान लागेका हुन् । अनुजमणी तिमिल्सिनाले सीईओ पदबाट राजीनामा दिएपछि हाल सेञ्चुरीमा कामु सीईओको रुपमा जीवन भट्टराईले काम गरिरहेका छन् । शाह नेपाल बैंकर्स संघका अध्यक्ष पनि हुन् ।

चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्स बीच सम्झौता, टिकट खरिदमा छुट

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्धारा प्रवद्र्धन गरिएको चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सबीच टिकट खरिदमा छुट लिने दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रवन्धक अभिषेक विक्रम शाह र टर्किस एयरलाइन्सको तर्फबाट महाप्रवन्धक अब्दुल्हा तुन्सेर केसेचिले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार चन्द्रागिरि हिल्स लिमिटेड र टर्किस एयरलाइन्समा कार्यरत कर्मचारीहरु र यात्रु महानुभावहरुले दुवै तर्फको टिकट खरिदमा छुट पाउने व्यवस्था मिलाईएको कम्पनी ले जनाएको छ । छुट सम्बन्धी व्यवस्था सम्झौता पत्रको सेवा र शर्तहरुमा आधारित हुनेछ । कर्मचारीहरुको हकमा दुवै तर्फको टिकट खरिदमा कम्पनीले जारी गरेको परिचय–पत्र र यात्रुहरुको हकमा यात्रा अवधिको बोर्डिङ्ग पास र टिकट देखाउन अनिवार्य गरिएको छ । सन् १९३३ मा स्थापित टर्किस एयरलाइन्ससँग अहिले २५१ अन्तर्र्राष्ट्रिय र ४९ आन्तरिक उडान भर्ने जहाज छन् भने विश्वका ३०० गन्तव्यमा नियमित उडान भर्दै आएको छ ।

१७ हजारको मोबाइलले चढायो स्कुटर

काठमाडौं । दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका छन् । तण्डुकारले ताम्राकार कम्प्लेक्समा जारी लेनेभो मोटोरोला ताम्राकार मोबाइल महोत्सबको समयमा ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको पसलबाट मोबाइल खरिद गरेका थिए । ताम्राकार कै बम्पर उपहार योजना अन्तर्गतको पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए । ताम्राकारको दशैंतिहार उपहार योजना अन्तर्गत ५० जनाले मोबाइल, ६५ वटा पावर बैंक र ५० भन्दा बढी ब्लुतुथ बितरण गरिएको मोबाइल ब्यापार संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले जानकारी दिए । यो पटकको मेला सफल बनेको बताउँदै ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले मोबाइल पारखीहरुकाबीच ताम्राकार मोबाइल बजारले अझ विश्वास बढाएको विचार ब्यक्त गरे । आफ्नो परिवारमा आवश्यकपर्ने सबै मोबाइल ताम्राकार बाटै किनेको बताउने स्कुटर बिजेता तण्डुकारले ताम्राकार बजार नै सबैभन्दा बढी विश्वासिलो बजार भएको बताए । लेनेभो र मोटोरोलाले मुख्य प्रायोजन गरेको मोबाइल महोत्सबमा मोटोरोला मोबाइलले ऐतिहासिक कारोबार गरेको बताउँदै व्यापार संघका सचिब गुरुदत्त शर्माले मेला अबधीभरमा लेनेभोको र मोटोरोलाका २ हजारभन्दा धेरै सेटको कारोबार भएकोे जानकारी दिए ।