२० प्रतिशत बोनस सेयर पछि प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । शुक्रबार प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११९० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९६२ रुपैयाँ रहेको थियो ।
आरएसडिसी लघुवित्तको कात्तिक २४ गते बुक क्लोज
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको आगामी कात्तिक २४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरको हो । संस्थाको वार्षिक साधारणसभा आगामी मंसिर ८ गते हुने भएको छ । उक्त सभामा संस्थाले आफ्ना सेयरधनीलाई गत वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदै छ । साथै, कम्पनीले कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त पूँजीमा १३ प्रतिशत अर्थात एक करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी करिब १३ करोड रुपैयाँ कायम हुने छ ।
एसियन लाइफ इन्स्योरेन्सको पाल्पा र घोराही उपशाखा शाखामा परिणत
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाल्पा र घोराहीको उपशाखालाई स्तरोन्नती गरी शाखा कार्यलयको रुपमा सञ्चालनमा ल्याएको छ । पाल्पा उपशाखा शाखा कार्यालयको रुपमा बुधबारदेखि संचालनमा ल्याएको एसियनले जनाएको छ । दाङ्गको घोराहीको उपशाखालाई स्तरोन्नती गरी शुक्रबारदेखि संचालनमा ल्याएको छ ।पाल्पा तथा घोराही शाखा कार्यालयको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेशकुमार श्रेष्ठले उद्घाटन गरेका छन् । कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरु गरी ९५ वटा शाखा तथा उपशाखा मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै जाने सीईओ श्रेष्ठले जानकारी दिए । कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमंग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पनी सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक गरी १५ वटा बीमा योजना ल्याएको छ । गत असारसम्म जीवन बीमाकोष १० अर्ब ९ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा ९ अर्ब ५४ करोड रुपैयाँ लगानी भएको छ । चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । निकट भविष्यमा चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रकृयामा रहेको छ । शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
सेयर बजारलाई विश्वास गरौं, सकरात्मक सोचौं, सुनौलो दिन आउदै छन्
एक समयको कुरा हो सुमन र निरोज एकदम मिल्ने साथि थिए । दुबै जना असाध्यै बहादुर, दुःखीलाई सहयोग गर्ने र घुमफिर गर्न मन पराउथे । एक दिन गर्मिको समयमा दुबै जना माछा खान दोलालघाट पुगे । माछा खादै दुबै जना सुनकोसो नदी किनारमा रमाइरहेका मानिसहरु लाई हेरिरहेका थिए । निरोजले अचानक सुमनलाई भन्यो ओहो यस्तो गर्मिमा पौडि खेल्नु पर्छ जाउ हिड । दुबै पौडि खेल्न थाले तर नदि दुबैजनाले अपेक्षा गरे भन्दा धेरै गहिरो थियो । यतिकैमा निरोज पौडि खेल्दै अलि पर पुगिसकेको थियो । अकस्मात उसलाई नदीले अलि तल गहिरो स्थानमा पुर्यो । निरोज अतालिसकेको थियो । सुजबुझ गुमाइ सकेको निरोज डुव्नै लागिसकेको थियो । आफनो साथी डुब्दै गरेको देखने बित्तिकै सुमन अतालिदै बाहिर निस्कन्छ र छेवैमा रहेको सुकेको काठको मोटो हागो निरोज तिर तेर्साउदै धकेल्छ । दुरभाग्य निरोज काठको हागो समाउन सकिरहेको थिएन । सुमनले काठको हागो निरोज भएतिर फालिदियो । किनारमा रमाइरहेका सबै मानिस आइपुगे र भन्न थाले अब यो बाच्दैन नदिले बगायो यसलाई । सुमनको मनमा पनि यस्तै भावना आइसकेको थियो कि अब निरोज बाच्दैन नदिले बगाउने भो । यस्तो बहाव भएको नदिमा बाच्न संम्भव छैन भन्दै सबै शोकमग्न अवस्थामा थिए । निरोजको शोकमा सबै जना किनारमा बसिरहेका थिए यतिकैमा अलि तल तिरबाट सुनिलको साथमा कोही माथि तिर आउदै गरेको देखियो । अलि नजिक आएपछि थाहा भयो सुनिलको साथमा आएको मानिस अरु कोही नभएर निरोज नै रहेछ । सबै जना खुसीले चकित हुदै निरोजलाई प्रश्न गर्छन यसरी बगेको मानिस कसरी बाचिस् । तिमीहरुको यो प्रश्नको जवाफ म दिन्छु भन्दै सुनिलले भन्यो यति तेज बहाव भएको नदिले बगाउदा पनि निरोज किन बाचो ? भने तेतिबेला उसलाई अब त बाच्दैनस, तलाई नदीले बगायो भन्ने वाला कोही थिएन । निरास गर्ने वाला कोही थिएन । अत्ताउने वाला कोही थिएन । नत अब त मरिस भन्ने वाला कोही थियो । निरोजको सामुने थियो त केवल काठको हागो र बाच्ने आशा । यही आशा र आत्मविश्वासले गर्दा निरोज नदिको किनार लागेर बाच्न सक्यो । मित्र हाम्रो जीवनमा पनि यस्तै हुन्छ जब अरु मानिसहरु कुनै काम असम्भव भन्छन बस हामी हात उठाइ दिन्छौ र भन्ने गर्छौ की यो असम्भव नै छ । हामी आफनो क्षमताको मापन पनि अरुले भने अनुसार गर्ने गर्छौ । झन शेयर बजारमा यस्तो कुराको उदाहरण अझ देख्न पाइन्छ । बजार घट्ने भो वा बढ्ने भो भनेर कसैले भनिदियो भने हामी तत्कालै बेच्न र किन्न तयार भई दिन्छौं । तपाई हामीले चिने जानेका ठुला लगानीकर्ताले शेयरमा नोक्सान व्यहोरेको देखेर त झन हामी हतोसाही हुने गर्छौ र मनमनै भन्ने गर्छौ । ओहो उसलाई त नोक्सान व्यहोनु परो झन मेरो अवस्था के होला ? बजारले उसलाई त साथ दिएन झन मलाई के साथ देला ? ठुलाले त बेचिरहेका छन् म किन नबेच्ने ? जानकार भनाउदाहरुले त झन बजार नकरात्मक हुन्छ भनिरहेका छन् ।बजार हामी जस्तो साना लगानीकर्ताको बसमा छैन, ब्रोकर र ठुलालेमात्र चलखेल गर्दा रहेछन् बेकारमा लगानी गरिएछ यो त मेरो क्षमता भन्दा बाहिरको विषय रहेछ आदि इत्यादि । यस्ता प्रकारका बिचारहरु मनन गर्दा र सुन्दै गर्दा हामी आफनै बुद्घि र बिवेकको प्रयोग गर्न सक्दैनौ र अन्तमा हार स्वीकार गर्न थाल्छौ । तसर्थ अरुले भनेको भरमा आफुलाई कमजोर नठानौं । हरेक व्यक्तिको आ आफनै क्षमता हुन्छ । जस्तो कि निरोजलाई बारम्वार अरुले अब त बाच्दैनस, डुविस, नदिले बगायो त निस्कनै सक्दैनस भनेर भनिरहेको भए नत उसले आफनो विवेकको प्रयोग गर्न सक्थ्योे । नत उ बचेर आउन नै सक्थो । तसर्थ विश्वास र विवेक कायम राखौ । आफनो लगानी र आफनो बजारप्रति विश्वास गरौ । मजवुद र निरन्तर प्रतिफल दिइरहेका कम्पनीहरु छनौट गरौ । आफैलाई विश्वास गरौं, आफनो पसिनाको कमाई प्रति विश्वस्त होऔं , आफुले गरेको लगानीलाई पुर्ण विश्वास गरौं, बजारलाई विश्वास गरौं, सकरात्मक सोचौं । कसैलाई आरोप लगाउदैमा आफु आरोप मुक्त भइदैन । सुनौलो दिन आउदै छ । शुभ समय गरौ लगानी शुभ जिन्दगी ।
अनिल शाह पुस १७ देखि सेञ्चुरीकाे सीईओ बन्ने
काठमाडौं । अनिल शाहले पुस १७ गतेदेखि सेन्चुरी कमर्शियल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेबार सम्हाल्ने भएका छन् । हाल मेगाको सीईओ रहेका शाहले त्यहाँ दुई कार्यकाल सकिएपछि सेञ्चुरीमा जान लागेका हुन् । सेञ्चुरीको बिहीबार बसेको सञ्चालक समिति बैठकले शाहलाई सीईओ बनाउने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा एउटा बैंकमा दुई कार्यकाल भन्दा बढी सीईओ हुन नपाउने व्यवस्था भएपछि शाहले मेगाबाट अनिवार्य अवकास पाउन लागेका हुन् ।
आइतबार ६ अर्बको विकास ऋणपत्र आउदै, ७ वर्षमा फिर्ता हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आउदो आईतबार ५ अर्ब रुपैयाँको “विकास ऋणपत्र २०८१ “ख” निष्कासन गर्न लागेको छ । सरकारको विकास आयोजनाका लागि राष्ट्र बैंकले ऋणपत्र निष्कासन गर्न लागेको हो । केन्द्रीय बैंकले कात्तिक १९ गते ७ वर्ष अवधिको बोलकबोल मार्फत ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्रको सावाँ भुक्तानी ०८१ कात्तिक २० गते हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । ऋणपत्र धितो राखी कर्जा लिन पाइने छ । सरकारले चालु आर्थिक वर्षमा १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये विकास ऋणपत्र औजारबाट मात्र ७४ अर्ब रुपैयाँ उठाउने तयारी छ ।
मंसिर १ गतेदेखि हस्ताकला व्यापार मेला सुरु हुँदै, १ हजार भन्दा बढीले भाग लिने अनुमान
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा १५ औं हस्तकला व्यापार मेला आयोजना गर्ने भएको छ । आगामी मंसिरदेखि सुरु हुने मेलामा ९ वटा प्याभिलियन सहित करिब २०० स्टल रहनेछन् । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया आदि प्रर्दशनी तथा बिक्रीका लागि राखिनेछन् । १५ औं हस्तकला व्यापार मेला यही मंसिर १ गतेदेखी ५ गतेसम्म चल्नेछ । नेपाल एकिकृत व्यापार रणनीति भित्र समावेश हस्तकलासँगका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछन् । सम्पन्न गर्ने कार्यक्रम राखिएको छ उक्त अवसरमा विभागिय मन्त्रीज्यूहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु निजी क्षेत्रका छाता संगठन, वस्तुगत संघ तथा अन्य विभिन्न व्यापारिक संघ संस्थाहरुका बिशिष्ट ब्यक्तिहरु गरी १००० भन्दा बढीको समारोहमा उपस्थिति रहने अपेक्षा राखिएको छ । नेपाल हस्तकला महासंघले हस्तकला उद्यमीहरुबाट उत्पादित सामाग्रीहरुको बजार बिकास तथा निर्यात प्रबद्र्धनमा समेत सहयोग पुर्याउने उद्देश्यबाट २०४८ साल देखि ब्यापार मेला आयोजना गरीरहेको छ । नेपाल हस्तकला महासंघको आयोजना र नेपाल सरकार वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा वार्षिक क्यालेन्डर इभेन्टको रुपमा प्रत्येक वर्ष प्राय मंसिर महिना भित्र महासंघले व्यापार मेला आयोजना गर्दे आई रहेको छ । नेपालको निर्यात ब्यापारको साथै आन्तरिक बजारमा पनि हस्तकला क्षेत्रको महत्वपूर्ण स्थान रहेको महासंघले जानकारी दिएको छ । हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु जर्मनी, फ्रान्स, बेलायत, नेदरल्याण्डका साथै एसियाली मुलुकहरु जापान, चीन, भारत लगायत झण्डै ८० मुलुकहरुमा ५० भन्दा बढि विभिन्न थरिका हस्तकला बस्तुहरुको १० को हाराहारीमा निर्यात रहेको छ । यसको अतिरिक्त आन्तरिक उपभोग पनि करिब १० अर्ब बराबरको रहेको महासंघको अनुमान छ । यस क्षेत्रमा झण्डै ११ लाख भन्दा वढि ब्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् । हस्तकला क्षेत्रले रोजगारी सिर्जनाको साथै दर घटाई गरिवी न्यूनिकरणमा पनि महत्वपूर्ण योगदान पुर्याईरहेको छ । आयात र निर्यात वीचको दूरी दिन प्रति दिन फराकिलो हुदै गई व्यापारघाटा दिन प्रति दिन चुलिदै गएको अवस्थामा हस्तकला जस्ता निर्यात मूलक उद्योग ब्यबसायको विकास र विस्तार हुन सकेको खण्डमा ब्यापार घाटा न्यूनिकरणमा पनि ठूलो सहयोग पुग्न जाने महासंघले बताएको छ । हस्तकलाका वस्तुहरुले देशको कला र संस्कृतिको मात्र प्रतिनिधित्व नगरि अन्तराष्ट्रिय जगतमा मुलुकको पहिचान र राष्ट्रिय गौरवलाई पनि उच्च तुल्याएका छन् । कृषिजन्य उद्योग ब्यवसाय पछि हस्तकला उद्योग ब्यबसायबाट नेपाली यूवा पिढीलाइ स्वरोजगार हुने प्रसस्त अबसर सिर्जना गर्न सकिन्छ । देशभित्र रोजगारीको प्रचुरता बढाई भविष्यका कर्णधार र आशाका दीप उर्जाशील यूवाहरु बिदेशी भूमिमा गएर श्रम र पसिना बगाउनु पर्ने अवस्थालाई निरुत्साहित गर्न सक्ने उद्योग क्षेत्रको रुपमा हस्तकला उद्योग व्यवसायलाई बिकास गर्न सकिने ठूलो संभाबना पनि रहेको महासंघले बताएको छ । व्यापार मेलामा नेपाल भित्रबाट महासंघका जिल्ला हस्तकला संघहरु,बस्तुगत संघहरुको साथै ती संघमा आवद्ध र नेपाल सरकारको गरिबी निवारण कोष समेतको सहयोगितामा करिव २५ वटा जिल्लाका उद्यमी ब्यवसायीहरु, काठमाडौं उपत्यका लगायत देशको विभिन्न भौगोलिक क्षेत्रको जाति जनजातिको प्रतिनिधित्व गर्ने स्थानीय हस्तकला सामाग्रीहरुलाई पनि उच्च प्राथमिकता दिई प्रदर्शनी तथा बिक्रीको लागि राखिने महासंघले जानकारी दिएको छ ।
बामपन्थी सपनाः पाँच बर्षभित्रै २३५० किलोमिटर विद्युतिय रेलमार्ग
काठमाडौं । बामपन्थी गठबन्धनले आफ्नो घोषणा पत्र मार्फत पाँच बर्षभित्रै २३५० किलोमिटर भन्दा लामो रेल मार्ग निर्माण सम्पन्न् गरेर सञ्चालन गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । नेकपा(एमाले) र माओवादी केन्द्रले तयार पारेको संयुक्त घोषणा पत्रमा पाँच बर्षभित्र रसुवागढी–काठमाडौं–बिरगञ्ज रेलमार्ग, पुर्वपश्चिम रेलमार्ग र मध्यपहाडी लोकमार्गमा तिब्रगतिको विद्युतिय रेलमार्ग निर्माण गर्ने घोषणा गरेका हुन् । ‘आगामी ५ बर्षमा पुर्व पश्चिम राजमार्ग, पुर्व पश्चिम औद्योगीक करिडोर राजमार्ग, मध्यपहाडी लोकमार्गहरुका समानान्तरमा तिब्र गतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ । त्यसै गरि यसै अवधीमा रसुवागढी–काठमाडौं–बिरगञ्जमा तिब्रगतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ’, बामपन्थी घोषणा पत्रमा भनिएको छ । बम गठबन्धनले घोषणा गरेको रेलमार्गको लम्बाई करिब २३४५ किलोमिटर हुन आउँछ । हाल धमाधम काम भैरहेको पुर्वपश्चिम रेलमार्गको लम्बाई ९४५ किलोमिटर रहेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको लम्बार्ई १७७६ किलोमिटर छ । यसमा रेल मार्ग निर्माण गर्दा करिब १२०० किलोमिरटको हुन सक्ने रेल विभागका सिडिई प्रकाशभक्त उपाध्यायले बताए । रसुवागढी–काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको लम्बाई २०० किलोमिटर हुने पनि उनले बताए । तराईमा निर्माण हुने रेलमार्गका औषत लागत प्रति किलोमिटर ४० करोड लाग्छ । पहाडमा पुलमा बनाईने रेलमार्गको निर्माण लागत तराईको भन्दा तीन गुणा बढि अर्थात करिब १ अर्ब २० करोड पर्ने अनुमान गरिएको छ । त्यस्तै, सुरुङ मार्फत निर्माण हुने रेलमार्गको लागत पुलको भन्दा तीन गुणा बढि अर्थात प्रति किलोमिटर ३ अर्ब ६० करोडसम्म पर्छ । त्यसबाहेक बाम गठबन्धनले आगामी पाँच बर्षभित्रै राजधानी उपत्यकाका चक्रपथहरुमा आवश्यक गतिका रेल सञ्चालन गर्ने, काठमाडौं उपत्यका लगायत प्रमुख शहरहरुमा सम्भाव्यता अनुसार मेट्रो, मोनोरेल, ट्राम तथा अन्य अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने पनि बामपन्थी घोषणा पत्रमा उल्लेख गरिएको छ । के के भयो रेलको काम ? रेल विभागका सिडिई उपाध्यायका अनुसार आगामी पाँच बर्षमा पुर्व पश्चिम रेलमार्गको केहि खण्डमा रेल सञ्चालन गर्न सकिन्छ । त्यस बाहेकका मध्यपहाडी लोकमार्ग र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणका लागि नेपाल र चीन सरकारबिच भएको सम्झौता अनुसार नेपालसँग छलफल गर्न चिनियाँ टोली नोभेम्बर ६ तारिखका दिन नेपाल आउँदैछ । काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरिसकिएको छ । काठमाडौैं उपत्यकामा मेट्रो रेल निर्माणका लागि लगानी बोर्ड र राष्ट्रिय योजना आयोगको संयुक्त कार्यदलको अध्ययन प्रतिवेदन तयार पारिसकेको छ । सम्भव छ त लगानी जुटाउन ? उपाध्यायका अनुसार वर्तमान विश्वमा लगानीका लागि श्रोतको अभाव हुन्न अभाव हुन्छ त केबल नीति र नेतृत्वको । ‘लगानी ठुलो कुरा होइन, नीति र नेतृत्व राम्रो भयो भने पैसा सहजै जुट्छ’, उपाध्यायले भने । राजनीतिज्ञले सपना देख्नु उचित भएपनि केहि हदसम्म महत्वकांक्षी देखिएको उनले बताए ।