विकासन्युज

लगानीकर्तालाई तान्यो नविल बैंकको संस्थापक सेयरले : बिहीबार सबैभन्दा बढी कारोबार, यस्तो छ कारण

काठमाडौं । सेयर बजार उतारचढाव आइरहेका बेला लगानीकतालाई नविल बैंकको संस्थापक सेयरले तानेको छ ।बिहीबार नविल बैंकको संस्थापक सेयर सबैभन्दा बढी कारोबार भएको छ । नविलको सेयर प्रतिकित्ता ८०४ रुपैयाँमा ३१ हजार २०८ कित्ता सेयर किनबेच भएको छ । बिहीबार नविलको मात्रै २ करोड ४६ लाख ६० हजार रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । बुधबारको तुलनमा बिहीबार नविलको संस्थापक सेयर प्रतिकित्ता १४ रुपैयाँ बढेको छ । बुधबार नविलको संस्थापक सेयर प्रतिकित्ता ७९० रुपैयाँमा किनबेच भएको थियो । बुधबार नविलको ३ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको थियो । नविलको सेयर सस्तो भएपछि सबैभन्दा खरिद भएको हो । नविलको वित्तीय अवस्था राम्रो भएको र प्रतिफल पनि आर्कष हुने देखिएपछि लगानीकर्ताको आँखा संस्थापक सेयरमा गएको हो । यस्तै ओम डेभलपमेन्टको सेयर सस्तो भएपछि बढी सेयर खरिद भएको छ । बिहीबार ओमको प्रतिकित्ता १८३ रुपैयाँमा कारोबार भएको छ । बजार ४ अंक बढ्यो बिहीबार सेयर बजार ४ अंकले बढेर नेप्से परिसुचक १ हजार २७७ अंकमा पुगेको छ । बिहीबार कारोबारमा सुधार आई ४४ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार २८ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बहीबार बैंक र वित्तको सेयर मूल्य घटेको छ ।

नक्शा मिलाइदिने भन्दै ५० हजार लिने अधिकृत श्यामबाबु शाह सरकारी निवासबाटै समातिए

काठमाडौं । नापी कार्यालय, उदयपुरका प्रमुख नापी अधिकृत श्यामबाबु प्रसाद साह भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उदयपुर जिल्ला गाईघाटस्थित रहेको जग्गाको नक्शा सुधार संसोधन गरिदिने भन्दै घुस रकम माग गरिरहेको अवथामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाइ पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता दीर्घराज मैनालीका अनुसार शाह पचास हजार घुस सहित पक्राउ परेका हुन् । उनलाई नापी कार्यालय उदयपुरको सरकारी निवासवाटै नियन्त्रणमा लिइएको हो । शाहमाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

मेलम्चीमा ३६ अर्ब सकियाे, राजधानीका थप १३ लाख जनताले पानी खाना पाउने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौंका थप १३ लाख जनसंख्याले खानेपानी पाउने भएका छन् । मेलम्चीको पानीबाट १ लाख ५८ हजार ५४९ परिवारलाई उच्च गुणस्तरीय खानेपानी आपूर्ति सहितका फाइदा लिने भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटिडेको अहिलेको खानेपानी आपूर्ति सरदरमा प्रतिदिन करिब १० करोड लिटर छ । यसमा पनि करिब ४० प्रतिशत चुहिएर जाने गरेको अनुमान गरिएको छ । सन् २०१८ को अन्त्यसम्म काठमाडौं उपत्यका खानेपानीका उपभोक्तासमक्ष वितरणका लागि दैनिक थप १७ करोड लिटर खानेपानी उपलब्ध हुनेछ । नयाँ प्रणाली सञ्चालनमा आएपछि लिमिटेडका उपभोक्ताका लागि दैनिक कम्तीमा २ देखि ४ घण्टासम्म खानेपानी आपूर्ति हुने ऋण लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले जनाएको छ । “यस्तो राष्ट्रिय महत्वको आयोजनाको हिस्सेदार बन्न पाउँदा एडीबी गौरवान्वित छ”, राष्ट्रिय निर्देशक मुख्तोर हामुद्खानोभले भने । उनकाअनुसार मेलम्चीमा ३५ करोड ५४ लाख अमेरिकी डलर (३६ अर्ब रुपैयाँ) लगानी भएको छ । यसमा एडीबीले १४ करोड ५० लाख डलर ऋण उपलब्ध गराएको छ । सुरुङका साथै २९ किलोमिटर पहुँचमार्ग निर्माणका लागि सन् २००० देखि सरकारका साथ काम गरिरहेको छ । मेलम्ची आयोजनाअन्तर्गत सुन्दरीजलको खानेपानी प्रशोधन प्लान्टको केही हिस्सामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी रहेको छ । यसैसँग सम्बन्धित अर्को आयोजनामा एडीबीले सुन्दरीजल खानेपानी प्रशोधन प्लान्टको विस्तार गर्न, वितरण प्रणालीको आधुनिकीकरण गर्न, विद्यमान पूर्वाधारको पुनस्र्थापना गर्न र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सुदृढीकरण गर्न काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना मार्फत नेपाललाई १७ करोड डलर प्रदान गरेको छ । एडीबीबाट ८ करोड डलर ऋण लगानी गरिएको काठमाडौं उपत्यका ढल व्यवस्थापन आयोजना मार्फत ढल प्रशोधन प्लान्ट निर्माण गर्ने र ढलको सञ्जालको सुधार गर्ने लक्ष्य राखिएको छ । एडीबीकाअनुसा आउदो जुलाईको सुरुसम्म सबै काम सम्पन्न गर्नेछ । मेलम्चीको पानी सुन्दरीजल खानेपानी प्रशोधन प्लान्टमा जुलाईमा पठाउन र काठमाडौं उपत्यकामा नयाँ प्रसारण र वितरण प्रणालीको परीक्षण अगस्टमा सुरु हुनेछ ।

प्रदेश न ३ को मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक सम्बन्धी कार्यविधि पारित

काठमाडौं । प्रदेश नम्बर ३ को मन्त्री, मुख्यमन्त्रीको तलब तथा सेवा सुविधा सम्बन्धी कार्यविधि पारित गरेको छ । बिहिबार बसेको प्रदेश सभाको बैठकले सेवा सुविधा सम्बन्धी कार्यविधि पारित गरेको हो । सेवासुविधा सम्बन्धी कार्यविधि पास गर्नका लागि प्रदेश गृहमन्त्री शालिकग्राम जमकट्ेलले सभा समक्ष पेस गरेका थिए । सभमा कुनै पनि विरोध नभएपछि कार्यविधि पास भएको हो । सभाले अर्को सूचना जारी नभएसम्म प्रदेश सभाको बैठक स्थगित गरेको छ ।

७६२ मेगावाटको जलासययुक्त तमोर निर्माण गर्न ग्लोबल टेण्डर खुला, १ खर्ब ५० अर्ब लागत अनुमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७६२ मेगावाटको तमोर जलासययुक्त आयोजनाको काम अघि बढाएको छ । प्राधिकरणले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारीका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । प्राधिकरणले बिहीबार ग्लोबल टेण्डर गरी विदेशी परामर्शदातासंग आशयपत्र मागेको छ । आशयपत्रबाट छनौट हुने कम्पनी विस्तृत अध्ययनको कामका लागि बोलपत्रमा भाग लिन पाउने छन् । संभाव्यता अध्ययनका लागि एसियाली विकास बैंक (एडीबी) ले सहयोग गरेको छ । आयोजना अघि बढाउन प्राधिकरणले तमोर पावर कम्पनी लिमिटेड स्थापना गरेको छ । बोलपत्रबाट छनौट हुने परामर्शदाताले आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन प्रारुपका साथै सिभिल निर्माणका लागि बोलपत्र कागजात पनि तयार पर्नेपर्ने छ । बोलपत्रमा भाग लिने परामर्शदाताको व्यवस्थापन ३०, प्राविधिक ६० र भौगर्भिक १० प्रतिशत रहने आयोजनाले जनाएको छ । आयोजनाको डीपीआर काम सक्न ६६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । काम सुरु भएको डेढ वर्षमा डीपीआर सकेर सिभिल निर्माण थाल्ने आयोजना प्रवन्धक प्रेमचन्द्र गुप्ताले बताए । उनले काम सुरु गरेको ७ वर्षमा आयोजना सम्पन्न हुने जानकारी दिए । आयोजना प्रस्तावित १ हजार २ सय मेगावाटको बुढीगण्डकी भन्दा पनि सस्तो रहेको उनको भनाई छ । प्रारम्भिक अध्ययनअनुसार आयोजना बनाउ १ खर्ब ५० अर्ब रुपैयाँ अर्थात १ अर्ब २० करोड अमेरिकी डलर लाग्ने देखिएको छ । आयोजनाबाट १४५ घर मात्र विस्थापन हुने छन् । यस्तै जग्गाको मुआब्जा पनि कम लाग्ने भएकाले यसमा कम लगानी भए पुग्ने देखिएको छ । प्रारम्भीक अध्ययनअनुसार आयोजनाबाट वार्षिक ३ अर्ब ३० करोड युनिट बिजुली उत्पादन हुनेछ । जसअनुसार सुख्खायाममा १ अर्ब १० करोड युनिट उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको गुप्ताले जानकारी दिए । डीपीआर तयारपछि लागत र उत्पादन हुने ऊर्जाको बारेमा जानकारी प्राप्त हुने छ । आयोजना पुर्वि नेपालको तेह्रथुम र पाँचथर जिल्लमा पर्छ । आयोजनाबाट हाल निर्माणधिन ३७ मेगावाटको कावेली ए र २१ मेगावाटको हेवाखोला आयोजना डुब्ने बताइएको छ ।

९ कम्पनीको ३ करोड १० लाख कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, अब कारोबार हुने

काठमाडौं । विभिन्न ९ कम्पनीको बोनस र हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । ९ कम्पनीको ३ अर्ब १० करोड ४४ लाख रुपैयाँ बराबरको ३ करोड १० लाख ४४ हजार २२९ कित्ता रुपैयाँ बराबरको हकप्रद सेयर सुचिकृत भएको हो । जसअनुसार सनराइज बैंकको १ करोड ६ लाख ३३ हजार ७६८, जानकी फाइनान्स कम्पनी लिमिटेडको ६ लाख १५ हजार ३४६, अपी पावर कम्पनी लिमिटेडको ८ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । यस्तै तिनाउ डेभलपमेन्ट बैंकको ४ लाख ६० हजार ८४९, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १० लाख, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २० हजार ३०४ कित्ता हकप्रद, नागवेली लघुवित्त विकास बैंकको २ लाख ४० हजार, प्राइम कमर्शियल बैंकको १ करोड ७० लाख ७८ हजार ६६६ र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड ४७ हजार २५० कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

बुटबल–लुम्बिनी १३२ केभी प्रसारणलाइन बनाउने ठेक्का मुडभरीजोशी र टीबीएले पाए

काठमाडौं । बुटबलदेखि लुम्बिनीसम्म १३२ केभी प्रसारणलाइन निर्माणको ठेक्का नेपाली र चिनियाँ संयुक्त कम्पनीले पाएका छन् । नेपालको मुडभरी एन्ड जोशी कन्ष्ट्रक्सन कम्पनी र चीनको टीबीए स्याङडोङ लुनिङ ताइसेन केवल कम्पनी लमिटेडले ५६ करोड ८२ लाखमा ठेक्का पाएका हुन् । यो रकम भ्याट बाहेकको हो । जोगीकुटीदेखि मैहया सवस्टेशनसम्मका लागि संयुक्त कम्पनीले सर्वे, डिजाइन, आपूर्ति र जडानको काम गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकास गर्ने शिक्षामा जोड दिएका छौं-मनोजकुमार थापा मगर

आर्थिक रुपमा कमजोर परिवारमा जन्मनु भएका मनोजकुमार थापा मगर प्रिप्राइमरी स्कूल पढ्दै गर्दा उहाँको आमा बित्नुभयो । त्यो अवस्थामा कहिले मामाघरमा बसेर, कहिले घरमा बसेर स्कूल तहको अध्ययन गर्नु भएका थापाको कलेज जीवन पनि संघर्षमा नै बित्यो । स्कूलमा पढाउदै, कलेज पढ्दै गरेर उहाँले शंकरदेव कलेजबाट एमबीएस, एपेक्स कलेजबाट एमबीए गर्नुभयो । मनोजकुमार थापा मगर, कार्यकारी निर्देशक/प्राचार्य- नेपालय एजुकेशन फाउण्डेशन शिक्षण पेशा अगाल्दै गर्दा उहाँले स्कूल तथा कलेजमा ठूलो लगानी गरिसक्नु भएको छ । हाल उहाँ नेपालय एजुकेशन फाउन्डेशनको कार्यकारी निर्देशक तथा नेपालय उच्च माविको प्राचार्य हुनुहुन्छ । नेपालय एजुकेशन फाउन्डेशन अन्तरगत नेपालय उच्च मावि र हेण्ड्री फोर्ड कलेज सञ्चालन भईरहेका छन । प्रस्तुत छ नेपालयलाई एउटा विश्वविद्यायलको रुपमा विकास गर्ने सोच बोक्नु भएका मनोज थापा मगरसँग विकासन्युज प्रतिनिधिले गरेको विकास वहस । विद्यार्थी र अभिभावकले नेपालय उच्च माविलाई किन रोज्ने ? २० वर्षअघि अमरज्योतिको नामबाट सञ्चालनमा रहेको स्कूललाई हामीले नाम परिवर्तन गरेर नेपालय उच्च मावि बनाएका हौं । हामीले स्कूलको नाम परिवर्तन गरेको होइनौं, साधन र साध्य पनि परिवर्तन गरेका छौं । शिक्षण विधि र अभ्यासमा परिवर्तन गरेका छौं । हामीले हिजो जे गरि आएका थियौं । त्यसलाई फरक ढङ्गबाट गर्नुलाई साध्यको रुपमा लिएका छौं । हाम्रो विद्यार्थीलाई एउटा घरको पूरै असल छोराछोरी बनाउने हाम्रो उद्देश्य हो । अभिभावकले जुन सपना बोकेर हामीलाई आफ्नो बच्चा हस्तान्तरण गर्नुहुन्छ । उहाँहरुले हामीलाई जिम्मेवारी हस्तान्तरण गर्नु भएको हुन्छ । उक्त जिम्मेवारीलाई निभाउँदै बच्चा पूर्ण सक्षम बनाएर अभिभावकलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । बच्चामा विभिन्न ज्ञान, शिप, अनुशासन, आचरण गुणले सम्पन्न गराएर फेरी अभिभाकलाई बच्चा हस्तान्तरण गर्ने कार्यलाई साध्यको रुपमा लिएका छौं । त्यसको लागि स्कूलले गत वर्षबाटै तल्लो कक्षादेखि जग बलियो बनाउन भनेर नर्सरीदेखि १ क्लाससम्म पूर्ण रुपमा मन्टेश्वरीवेस पढाउन थालिसकेका छौं । सम्भवतः अर्को वर्ष ५ कक्षासम्म मन्टेश्वरी मोडलमा जाने तयारीमा छौं । शिक्षामा नयाँ–नयाँ विधि र प्रक्रिया आइराखेका हुन्छन् । प्रविधियुक्त नयाँ विधिले धेरै विषय सिक्न र सिकाउन सजिलो भएको छ । प्रविधियुक्त नयाँ शिक्षण विधिलाई हामीले प्रयोग गरिरहेका छौं । नेपालयले पूर्वाधार निर्माण र विकासतर्फ धेरै काम गरिसकेको छ । खेलमैदान, कम्प्यूटर प्रयोगशाला, साइन्स प्रयोगशाला, लाईब्रेरी, कन्फरेन्स हल लगायत पूर्वाधार बनेका छन् । टिमवर्कमा काम गर्न सिकाउन, सामाजिक काम गर्न प्रेरित गर्न स्काउट शुरु गरेको छौं । प्रतिस्पर्धी क्षमताको विकास गर्नको लागि चाइनिज ल्याङग्वजको कक्षा चलाएका छौं । प्रयोगात्मक शिक्षा, शैक्षिक भ्रमण, खेलकुद, नाचगान, क्षमता विकासका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु गर्दै आएका छौं । नेतृत्व र व्यक्तित्व विकासका लागि नियमित मोटिभेशन कक्षा सञ्चालन गर्दैछौं । मोटिभेशनल कार्यक्रमको पनि निश्चित कोर्ष तयार गर्ने र विभिन्न क्षेत्रका सफल व्यक्तिहरुलाई मोटिभेटरको रुपमा आमन्त्रित गर्ने गरी क्यालेण्डर नै बनाएर अगाडि बढिरहेका छौं । कलेजमा नयाँ कार्यक्रमहरु थप्दै लगेका छौं । हामीले नेपालयलाई एउटा विश्वविद्यालय कै रुपमा विकास गर्न चाहिरहेका छौं । सरकारीभन्दा निजी स्कूलले दिने बढ्ता सेवा सुविधा के के हुन् ? सरकारी स्कूलहरु पूर्वाधार, मानव संसाधनमा सम्पन्न हुन्छन् । आयोग पास गरेका शिक्षक स्थायी शिक्षकहरु राखेका हुन्छन् । विभिन्न तालिमको व्यवस्था हुन्छ । केही सामुदायिक स्कूलहरुले उदाहरणीय रुपमा काम गरेका छन् । ती स्कूलमा भर्ना हुन समेत प्रतिस्पर्धा हुने गरेको छ । जुन–जुन विद्यालयहरुले गुणात्मक तथा प्रतिस्पर्धात्मक शिक्षा दिएका छन् । त्यसलार्ई हामी प्रोत्साहित गर्नुपर्छ, हामी प्रशंसा गर्छौ । तर धेरै सार्वजनिक विद्यालयहरु स्रोत साधान सम्पन्न भएर पनि गुणस्तरीय शिक्षा दिन सकेका छैनन् । त्यो ग्याबलाई निजी विद्यालयहरुले पूरा गर्ने काम गरेका छन् । पछिल्लो समय समग्रमा नेपालको शिक्षालाई प्रतिस्पर्धात्मक तथा गुणात्मक रुपमा विकास गराउनमा वोर्डिङ स्कूलको महत्वपूर्ण भूमिका रहेको छ । विगतमा गाँस, वास, कपासलाई मात्रै आधारभूत आवश्यकता मानिन्थ्यो । अहिले आएर शिक्षा, स्वास्थ्यलाई पनि मान्ने गरिएको छ । हरेक अभिभावकहरु शिक्षा र स्वास्थ्यमा खेलबाड गर्न चाहँदैनन् । सबैले नसक्लान तर धेरै बोर्डिङ स्कूलहरुले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइरहेका छन् । निजी स्कूलहरुले संस्कार, शिक्षा, व्यक्तित्व विकास, अनुशासन, रिजल्ट राम्रो ल्याइरहेका छ । इतिहास हेर्न सकिन्छ । त्यस्तै, नेपालय मध्यम किसिमको स्कुल हो । मध्यम आयस्तर भएको र बच्चाको भविश्यको लागि केही गर्ने सोच छ भने हाम्रो जस्तो विद्यालयलाई छनौट गर्ने गरेका छन् । हामी केटाकेटीलाई संस्कार कसरी दिने भन्नेमा जोड दिन्छौं । अहिले घर, परिवार, समाज जताततै अनुशासनको कमी देखिएको छ । त्यसैले हामीले अनुशासनलाई जोड दिएका छौं । दोस्रो गुणात्मक शिक्षा बच्चाहरुको जग(बेस) कसरी बलियो बनाउने, भोलि जुनसुकै परिवर्तन आउदा पनि भिड्न सकोस् भन्ने आधारले हामी अघि बढेका हौं । निजी क्षेत्रले विद्यार्थीमा हुनु पर्ने गुणात्मक, अनुशासन, व्यक्तित्व विकास, संस्कार, प्रतिस्पर्धा जस्ता ग्याबलाई भर्ने काम गरेको छ । कहिले निजी विद्यालयहरुलाई दमन गर्ने, तर्साउने किसिमको वातावरण सृजना हुन्छ । सो कारण वोर्डिङ स्कूलमा लगानी गर्न खोज्ने, लगानी गर्ने लगानीकर्ताहरुलाई समेत लगानीको सुरक्षा नहुने डर छ । खुलेर काम गर्न पाएका छैनौं । निजी क्षेत्रका स्कूलहरुको कमी कमजोरी के के देख्नुहुन्छ ? निजी स्कूलहरुलाई पनि जिल्ला शिक्षा कार्यालयले वर्गिकरण गरेको छ । हामीले पनि त्यसलाई स्वीकार गरेका छौं । विभिन्न दायराको आधारमा ए, बी, सी गरेर श्रेणी छुट्याएको छ । शिक्षा नीतिले विभिन्न पूर्वाधार, संरचना, नीति नियम भए, नभएको आधारमा वर्गिकरण गरेर ग्रेड छुट्याएको छ । मुलुकको सम्पूर्ण बोर्डिङ स्कूल मध्ये ५/७ प्रतिशत अत्यन्तै सम्पन्न, पूर्वाधारको दृष्टिकोणले पनि अत्यन्तै ठूलो लगानी, मानव संसाधनको पनि त्यही किसिमको तयारी, सम्पूर्ण संसाधले पूर्ण अवस्थामा छन् । त्यो वाहेकका धेरै बोर्डिङ स्कूलहरुमा पूर्वाधारको समस्या देखिन्छ । धेरै बोर्डिङ स्कूलहरुले शिक्षा ऐनले निर्देशित गरे अनुसार पूर्वाधार विकास गर्न सकेका छैनन् । दोस्रो चुनौति मध्ययम वोर्डिङ स्कूलमा पढाउनका लागि शिक्षक, शिक्षिकाहरुको आकर्षण विगतभन्दा कम देखिएको छ । उनीहरुले जिन्दगीको वृद्धि विकासको सम्भावना कम देखेको देखिन्छ । विदेशमा जाने, सरकारी जागिर खाने, बैंक वा ठूलो कर्पोरट हाउसमा जागिर खानेतर्फ जति आकर्षण स्कूल कलेजमा टिचिङ गर्नेमा छैन । अहिले वैदेशिक रोजगारी, काम दिगो नहुनु लगायतको कारणले सोचे जस्तो दक्ष जनशक्ति प्राप्त गर्न गाह्रोे परेको छ । करारमा राखेर शिक्षक शिक्षिकाहरुलाई विभिन्न तालिम, प्रशिक्षण लागायको व्यवस्था गरेर त्यसको पूर्ति गरिरहेको अवस्था छ । अन्य क्षेत्रले जस्तो पेन्सन, उपदान दिने वातावरण अझै बन्न सकेको छैन । तेस्रो चुनौति बोर्डिङ स्कूलहरुको लागि ऐन समस्याको रुपमा आएको छ । कहिले निजी विद्यालयहरुलाई दमन गर्ने, तर्साउने किसिमको वातावरण सृजना हुन्छ । सो कारण वोर्डिङ स्कूलमा लगानी गर्न खोज्ने, लगानी गर्ने लगानीकर्ताहरुलाई समेत लगानीको सुरक्षा नहुने डर छ । खुलेर काम गर्न पाएका छैनौं । एक डेढ हप्ताअघि मात्रै पनि शिक्षा क्षेत्रको विज्ञहरुले सबै बोर्डिङ बन्द गर्नुपर्छ भन्ने धारणा राखेका थिए । त्यसले हलचल नै मचाइदियो । सम्बन्धित मन्त्रालयहरुबाटै पनि कन्ट्रोभर्सरी स्टेटमेन्टहरु आउने गरेको छ । ठूला–ठूला पूर्वाधार बनाए बसेको निजी स्कूलहरुलाई भने त्यसले असर पार्दैन । जो मध्यम वर्गको विद्यालयहरु जो आफ्नै शैलीमा चलेका छन् । त्यस्तालाई डरको वातावरण सृजना हुन्छ । शिक्षामा निजी क्षेत्रको लगानीको ग्यारेन्टी हुने हो भने खुलेर पूर्वाधार, जनशक्तिको विकास गर्ने अवस्था हुन्थ्यो । समग्रमा शिक्षा क्षेत्रको विकास कसरी हुनुपर्छ ? अहिले शिक्षा क्षेत्रका जुन ऐन बनिरहेका छन् । नीति नियम निर्माण भइरहेको छ । उक्त नियमले देशको शैक्षिक जागरणमा निजी क्षेत्रको पनि उत्तिकै महत्व हुने भएकोले प्राथमिकतामा राखेर अघि बढोस् भन्ने हाम्रो अपेक्षा हो । निजी विद्यालयहरुलाई पनि उत्प्रेरित गर्नुपर्छ । हामीलाई के थाहा छ भने नर्सरी, एलकेजी हुँदै एउटा वच्चा १३ वर्षसम्म स्कूलमा रहन्छ बन्छ । ऊ समाजको नेतृत्व गर्ने नागरिक हुन्छ । यो पुस्ताको हातमा हुन्छ भोलिको समाज । हाम्रो उद्देश्य स्कूल चलाउने, स्कूलबाट केटाकेटीलाई पास गराउदै जाने मात्रै होइन, समाजलाई रुपान्तरण गर्ने हो । एउटा आदर्श, सम्पन्न समाज बनाउने हो । हरेक दृष्टिकोणबाट बालबालिकालार्इ सक्षम बनाउने हो । हाम्रो उद्देश्य स्कूल चलाउने, स्कूलबाट केटाकेटीलाई पास गराउदै जाने मात्रै होइन । हाम्रो उद्देश्य भनेको समाजलाई रुपान्तरण गर्ने हो । हिजो जस्तो थियो त्यो समाजलाई परिमार्जन गर्ने हो । एउटा आदर्श, सम्पन्न समाज बनाउने हो । हरेक दृष्टिकोणबाट सक्षम बनाउने हो । अहिले सरकारले सामाजमा प्राविधिक विषयमा जोड दिइरहेको छ । सिभिल, कम्प्यूटर इञ्जिनियरीङ लागायत सरकारले अघि सारेको शिक्षा निजी बोर्डिङ स्कूलले पनि पाउनु पर्नेमा हाम्रो जोड हो । हामीले विद्यार्थीहरुलाई सैद्धान्तिक विषय मात्र रटाउने होइन विद्यार्थीलाई व्यवहारिक, जनशक्ति निर्माण गर्ने, शिपमा आधारित शिक्षा दिँदै जाने हो । हाम्रो बच्चाहरु जुन सुकै वातावरण परिवर्तनलाई सामना गर्न सक्ने, घर अफिस मात्र होइन आवश्यक परेको खण्डमा देशको जुनसुकै क्षेत्रमा नेतृत्व गर्न सक्षम बनाउने हो । आज वडा अध्यक्षदेखि गाउँपालिका, नगरपारिकाल, प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म सक्षम नेतृत्वको अभाव देखिएको छ । हामी समाजको नेतृत्व लिन सक्ने, कम्पनीको नेतृत्व लिन सक्ने, सरकारको नेतृत्व लिन सक्ने व्यक्ति निर्माण गर्न सक्छौं । विद्यालय, शिक्षालय भनेको असल नागरिक उत्पादन गर्ने कारखाना हो । त्यहाँबाट असल नागरिक उत्पादन हुनुपर्छ । त्यसतर्फ सबैले आ–आफ्ना क्षेत्रबाट सकारात्मक भूमिका खेल्नुपर्छ नेपालय एजुकेशन फाउण्डेशनको भावी योजना के छन् ? देश अहिले संघीयतामा गएको छ । भोलि संघीय सरकारले शिक्षालाई युनिभर्सीटीको कन्सेप्टमा लैजाला । त्यसको लागि एउटा टिम बनाएका छौं । परिआएको अवस्थामा युनिभर्सीटीको कन्सेप्टमा जान सकौं । स्कूलदेखि मास्टरसम्मका धेरै कार्यक्रमहरु ल्याउन पर्ने हुन्छ । हामी आफै कोर्षहरु डिजाइन गर्ने क्रममा छौं । निजी स्कूलहरुलाई पूर्वधारको समस्या हुँदाहुँदै पनि हामीसँग खेलमैदान, कक्षा कोठा, विज्ञानको प्रयोगात्मक, कम्प्युटरको प्रयोगशाला, सेमिनार हल, मोटिभेसन क्लास सबै छ । सम्पूर्ण कुराले सम्पन्न छौं । यी सबै तयार गर्न सकेकोमा हामी खुसी नै छौं ।