विकासन्युज

आक्रामक बन्दै अख्तियार, भ्रष्ट्राचार गरेको आरोपमा २६० जना पक्राउ, १० अर्ब ४६ करोड भ्रष्ट्राचार गरेको ठहर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो ९ महिनामा विभिन्न क्षेत्रमा कार्यरत २६० जना सरकारी कर्मचारीलाई भ्रष्ट्राचारको आरोपमा प्रक्राउ गरेको छ । भ्रष्टाचार गर्नेहरुमा कर्मचारीहरुमा खरिदारदेखि नायाब सुब्बा, अधिकृत, उपसचिव, सचिवसम्म रहेको अख्तियारले जनाएको छ । पक्राउ परेका २६० जना मध्ये अधिकांश निजामति कर्मचारी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताए । ‘अख्तियारले आफ्नो मिसनलाई सुरो बनाएर अघि बढाएको छ, प्रक्राउ गरिएका व्यक्तिहरु ९० प्रतिशत भन्दा बढी निजामति कर्मचारी रहेका छन्, उपसचिवदेखी कार्यालय सहयोगी समेत घुस रकम लिदादिदैं पक्राउ परेका छन्, नजिकबाट यिनीहरुको गतिविधि नियालिरहेका छौं,’ मैनालीले विकासन्युजसँग भने । पक्राउ परेका व्यक्तिहरु मध्येबाट १० अर्ब ४६ करोड बिगो माग अख्तियारले उनी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायार गरेको छ । पक्राउ पर्ने कुनै पनि व्यक्ति उम्कन नसक्ने प्रवक्ता मैनालीले बताए । गत चैत २६ गते बुढानिलकण्ठ नगरपालिका कार्यलय, काठमाडौंका उपसचिव प्रमुख प्रशासकिय अधिकृत लिला अधिकारी र इन्जिनियर विरेन्द्र श्रेष्ठ ५ लाख घुस सहित पक्राउ परे । गोप्य स्रोतका अनुसार उनीहरु पहिलेदेखि नै भ्रष्टाचार गर्दै आएको र पछिल्लो समय नगरपालिका वडा नं २ बाँडेपाखामा रिजर्भ वायर पानी ट्याङकी निर्माण कार्य सम्पन्न गरे पश्चात कार्य अनुभव पत्र दिलाइदिने भन्दै निर्माणकर्तासँग घुस मागिरहेका थिए । उनीहरु घुस लिनको लागि काठमाडौं वडा नं ३ मा निर्माणकर्तालाई बोलाएका थिए । यसरी रकम लिदाँलिदै उनीहरु पक्राउ परे । यो एउटा उदाहरण घटना मात्र हो तर यस्ता घटना दिनहु हुने गरेको अख्तियारका एक अधिकृत बताउछन् । पक्राउ पर्नेमा नेपाल प्रहरीका जवानदेखि प्रहरी निरीक्षक समेत रहेका छन् । सीमावर्ती क्षेत्रमा भारतीय गाडी छुटाइदिने भन्दै २५ हजार घुस लिदाँलिदै सुनसरीमा कार्यरत शसस्त्र प्रहरी निरीक्षक काले बम्जन लामा सहित ठाकुर खत्री र नविन खड्का पक्राउ परे । यस्तैगरी यातायात व्यवस्था कार्यलय सुकेधाराका कार्यलय प्रमुख उपसचिव सुन्दर भट्टराई शाखा अधिकृत यामलाल ढकाल र नायब सुब्बा यादव पौडेल विरुद्ध चैत ६ गते भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ । उनीहरु बिरुद्ध ८५५ जनाको विदेशी सवारी चालक अनुमति पत्र नेपालीकरण गरेको अभियोग लगाइएको छ । उनीहरु विरुद्ध ५ लाख बराबरको बिगो दाबी सहित कैदको माग गरी मुद्दा दायार गरिएको छ । त्यस्तै, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, विभिन्न संस्थान तथा नगरपालिकाका कर्मचारी समेत भ्रष्ट्राचारमा तानिएका छन् । अख्तियारको आखाँ अब स्थानीय तहमा अख्तियारले ७ सय ५३ नै वटा स्थानीय तहमा कर्मचारी खटाइसकेको जनाएको छ । नेपालको संविधान २०७२ को भाग २१ को धारा २३८ देखि २३९ सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कतव्र्य र अधिकारबारे उल्लेख गरिएको छ । संघीयतामा अख्तियार केन्द्रबाटै सञ्चालन हुनेछ । संविधानको धारा २३९ को उपधारा ६ अनुसार अधिकृत सरह खटिएको कर्मचारीलाई अधिकार प्रत्यायोजन गरी कुनै क्षेत्रमा खटाउन सक्छ । स्थानीय तहमा हुन सक्ने भ्रष्टाचार रोक्न अख्तियारले सम्पूर्ण तयारी गरिसकेको प्रवक्ता मैनालीले बताए । सन् २०१७ को ट्रान्फरेन्सी इन्टरनेश्नल भ्रष्ट्राचारको सूचिमा नेपाल ३१ अंक प्राप्त गर्दै १२२ औं स्थानमा रहेको छ । यो विगतको वर्ष भन्दा ९ स्थान सुधार हो । दक्षिण एसियामा भुटान सबैभन्दा कम भ्रष्ट्राचार हुने मुलुक हो भने अफगानस्थान सबैभन्दा धेरै भ्रष्ट्राचार हुने देश हो ।  

शिक्षामा प्रविधिको प्रयोग र यसले दिने लाभ

काठमाडौं । गुरुकुल शिक्षा प्रणाली हुदै विकास भएको नेपाली शिक्षा प्रणाली २१ औं शताब्दीमा प्रवेश गर्दा अपेक्षिकृत परिवर्तन हुन सकेको छैन । त्यसमा पनि सूचना प्रविधिको प्रयोग कम छ । अझै पनि अधिकांश सरकारी तथा निजी विद्यालयहरुले सूचना र प्रविधिको प्रयोग कम गरिरहेका छन् । त्यसो त विकसित प्रविधिको प्रयोग गरेर नेपाली विद्यार्थी र अभिभावकलाई आकर्षित गर्न सफल सार्वजनिक तथा निजी विद्यालयलहरु पनि प्रशस्त छन् । कस्तो प्रविधि विश्वको प्राय देशमा बाल मनोविज्ञान सुस्म रुपमा बुझेर उनीहरुलाई रमाईलो बातावरणमा शिक्षा प्रदान गर्ने अभ्यास भईरहेको छ । आधुनिक शिक्षण विधिमा कम्प्युटर, मल्टिबोर्ड, प्रोजेक्टरबाट पठन पाठन सुरु भैसकेको छ । साथै, एप तथा सफ्टवेयरको प्रयोगबाट अध्ययान अध्यायपन गर्ने अभ्यास पनि बढ्दै गएको छ । प्रविधिको प्रयोगले शिक्षक शिक्षिकालाई बढाउन सजिलो भएकै छ । साथै, पढाईमा विद्यार्थीको रुचि पनि बढेको हुन्छ । विद्यार्थीको प्रस्तुतीलाई सजिलो बनाएको हुन्छ । कितावी विषयबस्तु बाहेकका विषयमा अध्ययन गर्न, पढाईको क्रममा शिक्षक/शिक्षिकाले गरेको सिर्जना, विद्यार्थीहरुले गरेको सिर्जनालाई सुरक्षित राख्नु, पुन प्रयोगमा ल्याउन, अरुलाई सिकाउन सजिलो बनाएको छ । ‘कम्प्यूटर, माल्टिबोर्ड, प्रोजेक्टर जस्ता प्रविधिमा आधारित साधनहरुको प्रयोगले पढाई र बुझाईलाई मात्र सहज गरेको छैन, सिर्जनात्मक क्षमता विकास र सशक्त प्रस्तुतिलाई धेरै सहयोग गरेको छ’ सौगान मन्टेश्वरीका प्रिन्सिपल राज्यलक्ष्मी बैदार भन्छिन्–‘विश्वजगतमा भईरहेको नयाँ विकासको खोज, नयाँ शिक्षण विधिको प्रयोग, प्रभावकारी शिक्षा प्रदान गर्नको लागि प्रविधिको प्रयोग अनिवार्य भएको छ ।’ विद्यालय वा विश्वविद्यालयका शिक्षण विधिको साथै शिक्षण संस्थाका सबै किसिमका गतिविधिलाई सूचना प्रविधिको प्रयोगले सजिलो बनाएको छ । विद्यार्थी, शिक्षक÷शिक्षिका, स्कूल व्यवस्थापनका कर्मचारी, अभिभावक सबैको लागि प्रविधिको प्रयोगले अनिवार्य बन्दै गएको छ । शैक्षिक संस्थाहरुलाई लक्षित सफ्टवेयर निर्माण गर्दै आएको भारतको ‘इ–शिक्षा’ कम्पनीसँगको सहकार्यमा प्रभु म्यानेजमेन्ट कम्पनीले प्रदान गर्दै आएको सफ्टवेयर एउटा उदाहरण हो । यो सफ्टवेयर प्रयोगपछि स्कूलका सबै गतिविधिको रेकर्ड, अनुगमन, हिसाव तथा भुक्तानी अनलाईन सहज हुन्छ । ‘सफ्टवेयरको प्रयोगपछि स्कूलका सबै गतिविधि डिजिटलाईजेशन हुनेछन्’ प्रभु म्यानेजमेन्टका कार्यकारी अध्यक्ष कुशुम लामाले भनिन्–‘संस्थाको आयव्याय, विद्यार्थी, शिक्षक, कर्मचारीको हाजिर, विद्यार्थीको गृहकार्य, उनीहरुका गतिविधि सबै शैक्षिक संस्थाको कार्यकारी प्रमुखले अनलाईन तथा मोवाईल एप्सबाट हेर्न र अनुगमन गर्न सक्छन् ।’ विद्यालयले लिने परीक्षा, परीक्षाको नतिजा, प्रमाणपत्र वितरण तथा शैक्षिक सामाग्री वितरणको जनाकारी एप्सबाटै हेर्न सकिने छ । ‘छोरा छोरी कहाँ छन्, स्कूलको बस कहाँ छ भनेर अभिभावकले मोवाईबाटै जानकारी लिन सक्छन्, स्कूलमा तिर्नु पर्ने फि अनलाईनबाटै भुक्तानी गर्न सकिन्छ’ लामाले भनिन्–‘विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी सबैलाई यो सफ्टवेयर लाभदायक छ ।’ ई शिक्षाले शिक्षक, विद्यार्थी, अभिवावक र विद्यालय व्यवस्थापनलाई एउटै दायरामा समेट्छ । जुनसुकै विद्यार्थी शिक्षकको अवस्था एउटा मोबाइलबाटै सजिलै हेर्न सकिन्छ । कुन विद्यार्थीका ग्रेड कति हो ? उसको व्यक्तिगत विवरणदेखि शैक्षिक विवरण सजिलै पत्ता लगाउन सकिन्छ । एउटा अभिवावकले आफ्नो छोराछोरी विद्यालयमा छन् या बाटोमा छन् । कुन दिनमा विद्यालय गयो, कुन दिन विद्यालय गएन्, कुन शिक्षक विद्यालय आयो, कुन आएनन्, छोराछोरीले दिनमा कति विषय अध्ययन गरे यी सबै कुराको जानकारी ई शिक्षाले दिने बताउँछन् प्रभु म्यानेजमेन्टका प्रबन्धक गणेश घिमिरे । उनका अनुसार इशिक्षाबाट निम्न लाभ लिन सकिन्छ । विद्यार्थी म्यानेजमेन्ट विद्यालयमा कति सेक्सन छन् । विद्यार्थीलाई म्यानेजमेन्ट कसरी गर्ने भन्ने विषयमा जानकारी प्रदान यस एप्सले गर्दछ । कुन विद्यार्थीको ग्रेड कुन हो । कति कक्षामा अध्ययन गर्दैछ । रोल नम्बर कति हो । कुन ठाउँदेखि विद्यालय अध्ययन गर्न आउँछ । अभिभावकको नाम थर ठेगाना इत्यादी सजिलै थाहा पाउन सकिन्छ । विद्यार्थी अभिवावक र शिक्षक यस एप्स शिक्षक विद्यार्थी र अभिभावकले आफूलाई चाहिने जानकारी लिन सक्छन् । एउटा अभिभावकले आफ्नो बालबालिको लागि कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरा यसमा समेटिएको हुन्छ । यसैको प्रयोगबाट शिक्षक विद्यार्थी र अभिभावको सम्बन्धलाई सन्तुलित राख्न मद्धत गर्छ । ह्युमर रिसोर्स एच आर विद्यालयमा कति जनशक्ति रहेका छन् । कति जना शिक्षक कतिजना सुरक्षा गार्ड, कति जना लाइब्रेरियन इत्यादी सबै पक्षको जानकारी समेटिएको हन्छ । ई हाजिरी यसबाट विद्यालयमा शिक्षक र विद्यार्थीको हाजिरीबारे सजिलै थाहा पाउन सक्नेछ । यसको प्रयोग शिक्षक तथा व्यवस्थापन समितीले प्रयोग गर्न सक्दछ । यो प्रणाली बेलबारी नगरपालिका मोरङका विद्यालयहरुले सुरु गरिसकेका छन् । लाइब्रेरी विद्यालयमा पुस्तक कति छन् । पुस्तकालयको प्रयोग विद्यार्थीले कसरी गरिरहेका छन् । कुन विद्यार्थीले कुन मितिमा पुस्तक लगेको र कुन मितीमा फिर्ता गर्नुपर्ने हो ? या फिर्ता गर्यो गरेन यी सबै कुराको अवस्थाको बारेमा जानकारी लिन सकिन्छ । सर्कुलर पाठ्यक्रमको बारे जानकारी दिन यस एप्सको प्रयोग गरिन्छ । भोलि कुन विषयमा कति पढाई हन्छ । विद्यार्थीले तयारी कति गर्ने भन्ने विषयमा जानकारी दिन यसको प्रयोग गरिन्छ । विद्यार्थीलाई गृहकार्य दिनको लागि पनि यो उपयुक्त रहेको हुन्छ । अनलाइन रिर्पोट एण्ड एकाउन्टिङ प्रत्येक अभिावकले आफ्नो छोराछोरीको शैक्षिक शुल्क यसको प्रयोगबाट थाहा पाउन सक्छन् । साथै ई मोबाइल बैकिङ सेवाबाट सजिलै विद्यालयको बिल तिर्न सक्छन् । यसको लागि विद्यालय गैराख्नु पर्ने झन्जटबाट सबै अभिवावक मुक्त हुन्छन् । होस्टल होस्टलमा बस्ने विद्यार्थीले खाना प्रणाली बारेमा यस एप्सको प्रयोग गरिन्छ । आजको खाना के हो, आज खाना कतिबजे खाने लगायत होस्टलको विविध पक्षबारे चर्चा गरिएको हुन्छ । साथै अभिवावकले पनि बालबालिकाले कस्तो खाना खाइरहेको छ भन्ने कुरा यसै एप्सबाट जानकारी लिन सक्छन् । यातायात एउटा अभिभावक पोखरामा बसेर काठमाडौंमा अध्ययन गरिहेका बालबालिकाको कुन स्थानमा रहेको छ । गाडी कुन स्थानमा आइपुग्यो, कति बेला विद्यालयबाट छुट्यो र कतिबेला घरमा आइपुग्यो भनेर सजिलै लिन सक्छ । शुल्क विद्यालयले कुन शिर्षक कति महसुल निर्धारण गरेको त्यसको विवरण प्राप्त गर्न यस एप्सको प्रयोग गरिन्छ । विशेषगरी अभिवावकहरुले यसैमार्फत विद्यादयको शुल्कबारे जानकारी लिन सक्नेछन् । बालबालिकाको फि कहिलेसम्म तिर्ने र कति तिर्ने भन्नेबारे यसबाट जानकारी लिन सकिन्छ । ग्यालरी विद्यालयमा हुने वार्षिक उत्सव, सास्कृतिक कार्यक्रम लगायत सम्पुर्ण क्रियाकलापको फोटो यसबाट हेर्न सकिन्छ । विद्यालय भवन कति तले रहेको छ । भवनको अवस्थादेखि लिएर सम्पुर्ण किसिमको भौतिक पुर्वाधारको दृष्य यस एप्सको प्रयोग गरी हेर्न सकिन्छ । अहिले ई शिक्षा १० वटा सरकारी विद्यालयहरुले प्रयोग गरिरहेको प्रभु म्यानेजमेन्टका म्यानेजर गणेश घिमिरेले जानकारी दिए । ई शिक्षा प्रयोग गर्नेहरुमा दाङको रजना माध्यमिक विद्यालय, काठमाडौंको निस्ट लोयर, अपर, बुढानिलकण्ठ लगायत रहेका छन् । हाम्रो विशेष लक्ष्य भनेको सरकारी विद्यालय हो, निजी विद्यालयले पनि यसको प्रयोग गर्न सके अझै शिक्षा क्षेत्रमा आधुनिकरण हनेछ, घिमिरेले भने यसो हुन सकेमा सरकारले पनि यसबाट लाभ लिन सक्छ । यस ईशिक्षाबाट सरकारले शिक्षा क्षेत्रमा लागू गरेको मापदण्ड कार्यन्वयन हुने देखिन्छ । कुन विद्यालयले कति शुल्क लिइरहेका छन् । त्यसको पनि यसले मनिटरिङको काम गर्छ । मनपरी शुल्क लिने विद्यालयहरुलाई यस शिक्षाले नियन्त्रण गर्नुको साथै शिक्षालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सकिन्छ । स्कूल तथा कलेजहरुको आर्थिक कारोबार तथा डिजिटल भुक्तानीका लागि प्रभु म्यानेजमेन्टको कम्पनीले प्रभु बैंकलाई बैकिङ पार्टनर बनाएको छ । प्रभु बैंकमा बैकिङ कारोबार गर्ने शैक्षिक संस्थालाई सफ्टवेयर निःशुल्क दिदै आएको छ । बैंकले नाफा गर्न नभई सामाजिक उत्तरदाहित्वको रुपमा इशिक्षा सेवा सञ्चालन गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । ‘यो सेवाले समय र लागत दुबै बचत हुन्छ । प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्न, प्रविधि प्रयोगको बानी विकास गराउन पनि सहयोग गर्छ । त्यसैले नाफालाई कम प्राथमिकता दिएर स्कूलहरुलाई न्यूनतम शुल्कमा यो सेवा दिनेछौं’ शेरचनले भने ।

२०७५ सालदेखि फेसबुक बन्द, मन्त्रीको नाम र सरकारको छाप नै नक्कली

२०७५ वैशाख १ गतेदेखि फेसबुक बन्द गर्ने निर्णय नेपाल सरकारले गरेको जनाइएको छ । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको नाममा जारी गरिएको उक्त सूचनामा नेपाल सरकारको लोगो र छाप प्रयोग भएको छ । तर उक्त विज्ञप्तिमा सञ्चारमन्त्री माधव पौडेलको नाम राखिएको र उनको हस्ताक्षर प्रयोग भएको छ । सूचनामा भनिएको छ ‘सम्पूर्ण सर्वसाधारण जनताप्रति नेपाल सरकार यो अवगत गराउन चाहन्छ कि यहि आउदो वर्ष २०७५बाट सामाजिक सञ्जल फेसबुक पुर्ण रुपमा बन्द गरिनेछ । फेसबुकमार्फत राजनैतिक नेताप्रति गरिएको अभद्र र आपत्तिजनक फोटोहरु पोष्ट गरिएको हुनाले नेपाल सरकार सामाजिक सञ्जाल फेसबुक बन्द गर्न बाध्य भएको जानकारी गर्दछ ।’ उक्त विज्ञप्तिमा लेखिएको माधव पौडेल पूर्व सूचना तथा सञ्चारमन्त्री हुन् । विज्ञप्ति पूर्ण रुपमा नक्कली भएको देखिन्छ । विज्ञप्ति गएको शनिबार (चैत २४, २०७४) जारी भएको हो । हालको मन्त्रिपरिषदमा सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद वास्कोटा छन्, मन्त्री छैनन् । सरकारको नाममा जारी गरिएको सो नक्कली सूचना सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ ।

एनसेलको नयाँ डेटा प्याक, अलटाइम डेटा प्याकभन्दा १० गुणा बढी डेटा प्राप्तदेखि निःशुल्क भिडियो स्ट्रिमिङसम्म

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूलयोर फन’ योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ । यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घण्टा ईन्टरनेटमा पहुँचका साथै बोनस स्वरुप दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा लिन सकिने जनाएको छ । ‘सही’ डेटा प्याक बिहीबार देखि लागु हुने जनाएको छ । यो डेटा योजनाअन्तर्गत एनसेलका ग्राहकले आधा जिबिदेखि १५ जिबिसम्मको १ दिन देखि ३० दिनसम्मको समयावधिका चौबिसै घण्टा चलाउन सकिने अल टाइम डेटा प्याकहरु रु ३९ देखि रु ७९९ सम्ममा सुचारु गर्न सक्ने जनाइएको छ । ग्राहकले १ दिन समयावधि रहेको आधाजिबिको सही डेटा प्याक कर सहितमात्र रु ३९ मा सुचारु गर्न सक्नेछन्, भने तिनदिन समयावधि रहेको १.५ जिबि डेटा कर सहित रु ९९, सातदिन समयावधि रहेको ३.५ जिबि डेटा कर सहित रु १९९ र तीस दिन समयावधि रहेको १५ जिबि डेटा कर सहित रु ७९९ मा सुचारु गर्न सक्नेछन् । कम्पनीको अनुसार सही प्याक लिएका ग्राहकले आफूले लिएको प्याक अवधिभर दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन् । योजनाअन्तर्गतको निःशुल्क भिडियो स्ट्रिमिङमा आईफ्लिक्स, युट्युब ,युट्युबगो तथा एनसेलको अरु भिडियो प्लेटफर्म (नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) मा रहेका भिडियो कन्टेन्ट हेर्न सक्नेछन् । ग्राहकले गुगलको सेवा जस्तै प्ले स्टोर, म्याप लगायततका लागि निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाको प्रयोग गर्न सक्नेछन् । ‘सही’ डेटा प्याक एनसेलको टुजी, थ्रिजी तथा फोरजी सबै नेटवर्कका लागि मान्य हुने बताइएको छ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी ‘६’ छनोट गरेर आफ्नो आवश्यकता बमोजिमको सही डेटा प्याक लिइ अफरको लाभ लिन सक्ने जनाइएको छ । त्यस्तै ग्राहकहरुले एसएमएसबाट तथा एनसेल एपबाट पनि यो सेवा सुचारु गर्न सक्नेछन् । मोबाइल डेटाको बढ्दो मागलाई सहज बनाउन आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा अल टाइम डेटा प्याक ल्याउन पाउँदा एनसेल हर्षित भएको जनाइएको छ । एनसेलको सबै नेटवर्कमा चलाउन सकिने डेटा प्याकसँगै एक घण्टाको निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ । सही डेटा प्याकको भोलुम सकिएपछि प्याकको समयावधि भर ‘पे एज यु गो ’ दरअनुसार कर सहित प्रतिएमबि रु १.१३ लाग्ने कम्पनीले जनाएको छ । यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ ।

जोन प्लेयर्स नव वर्ष २०७५ उत्सव अफर

काठमाडौं । जोन प्लेयर्सले नयाँ वर्ष २०७५ का लागि ‘स्क्राच गर्नुहोस् र उपहार जित्नुहोस्’ अफर ल्याएको छ । अफरअन्तर्गत, जोन प्लेयर्सले एस्क्लुसिव ब्रान्डेड आउटलेटबाट जोनप्लयेर्स पहिरनको खरिदमा तत्काल छुट प्रदान गर्ने घोषणा गरेको छ । जोन प्लेयर्स, नेपालको निजि क्षेत्रको एउटा ठूलो प्रतिष्ठान सूर्य नेपाल प्रालिद्वारा आयातित तथा उत्पादित पुरुष पहिरनको प्रिमियम ब्राण्ड हो । नयाँ वर्ष २०७५ सालको को उपलक्ष्यमा, कम्पनीले यसका महत्वपूर्ण ग्राहकहरुमाझ उत्साहपूर्ण अफरको घोषणा गरेको छ । ग्राहकहरुले जोन प्लेयर्सको उत्पानदहरु प्रत्येक रु. २ हजार ७५ को खरिद सँगै स्क्राच कार्ड प्राप्त गर्न सकिने जनाइएको छ । उक्त छुट तत्काल प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । योजन चैत्र २३ गतेदेखि वैशाख २० गते सम्म लागू हुने कम्पनीको भनाइ छ । बजारमा जोन प्लेयर्सका सर्ट, टि(सर्ट, ट्राउजर्स लगायतका पहिरनहरु उपलब्ध छन् ।

सिटिजन्सद्वारा कमल निमाविलाई साढे २ लाख सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कमल निम्न माध्यमिक विद्यालयलाई रू २ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको बैंकको भनाइ छ । त्यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्य तालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ । एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा सो रकम बराबरको चेक विद्यालयका प्राचार्य एमबि खड्काललाई बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले हस्तान्तरण गरेको जानकारी दिएको छ । आउने दिनमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायत सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने बै‌कले जानकारी गराएको छ ।  

जोशी र शुभम् हाईड्रोपावरले पाए ५ करोड ७१ लाखको आईपीओ निष्कासन गर्न अनुमति, कहिले आउछ ? हेर्नुस

काठमाडौं । दुई जलविद्युत कम्पनीले ५ करोड ७१ लाख रुपैयाँको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले बुधबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशतका दरले आईपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृती पाएका हुन् । यस्तै शुभम् पावर कम्पनी लिमिटेडलाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता निष्कासनका लागि अनुमति दिएको हो । जोशीको सिद्धार्थ क्यापिटल लिमिटेड र शुभम्को सीबीआईएल क्यापिटल लिमिटेडले आईपीओ निष्कासन गर्नेछन् । हालसम्म १५ कम्पनीले आईपीओ र थप निष्कासन (एफपीओ) गरी १५ कम्पनीले २ अर्ब ६६ करोड ९० लाख रुपैयाँको अनुमति पाएका छन् ।  

कुपन्डोलमा महिन्द्रा विद्युतीय गाडीको अत्याधुनिक सर्भिस स्टेसन

काठमाडौं । भारतको महिन्द्रा ग्रुप तथा विद्युतीय सवारी साधन निर्माणमा अग्रणी कम्पनीको एक हिस्सेदार संस्था महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको विद्युतीय गाडी तथा जेनेरेटरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्ना विद्युतीय गाडीहरुको लागि ललितपुरको कुपन्डोलमा सर्भिस स्टेसनको प्रारम्भ गरेको छ । सर्भिस स्टेशनले सोमबारदेखिनै आफ्नो सेवा प्रारम्भ गरेको बताएको छ । उक्त स्टेसनको समुद्घाटन नेपाली टाइम्सका संस्थापक सम्पादक कुन्ददिक्षितले गरका थिए । कुपन्डोलमा स्थापना गरिएको स्टेसनबाट विद्युतीय गाडीहरुको सर्भिस, पिडिआई (प्रि डेलिभरी इन्स्पेक्शन) गरिने छ । साथै सेन्टरबाट विद्युतीय गाडीको स्पेयर पार्ट बिक्री तथा सर्भिसिङ नर्गे लगायतका सेवा प्रदान गरिने कम्पनीकाे भनाइ छ । कम्पनीको अनुसार सेन्टरबाट केभिन इन्भर्टर, कन्स्ट्यान्ट व्याट्रि तथा महिन्द्रा पावरवल जेनेरेटरको सर्भिस तथा त्यससँग सम्बन्धित स्पेयर पार्टहरु समेत सुलभ मूल्यमा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।