विकासन्युज

सरकारी कार्यालयकाे बेरुजू वृद्धि भई ५ खर्ब ८ अर्ब पुग्यो, १ वर्षमा बढ्यो साढे ९४ अर्ब बेरुजु

काठमाडौं । गत वर्ष बेरुजु २६.२० प्रतिशत बढेर ५ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवमा रहेको बेरुजु ३ खर्ब ९६ अर्ब २५ करोड रुपैयाँबाट ९४ अर्ब ८१ करोड रुपैयाँ बढेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखा परिक्षकले बिहीबार सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा सरकारी कार्यालयको वेरुजु बढ्दै गएको देखाएको छ । १० सरकारी कार्यालयहरुको बेरुजु रकमको हिस्ता ८३.५८ प्रतिशत रहेको छ । बेरुजूमध्ये सबैभन्दा धेरै भौतिक यातायात मन्त्रालयको २२.४३ प्रतिशत रहेको छ । अर्थ मन्त्रालयको १७.५ प्रतिशत, संघीय मामिला तथा स्थानीय विकासको १२ प्रतिशत, शिक्षाको ११.३८ प्रतिशत, रक्षाको ७ प्रतिशत रहेको छ । त्यसैगरी खानेपानी तथा सरसफाई मन्त्रालयको ६.६ प्रतिशत, शहरी विकासको ५.४० प्रतिशत, स्वास्थ्य तथा जनसंख्याको २.७९ प्रतिशत, सिंचाईको २.४४ प्रतिशत, गृहको २.४४ प्रतिशत र अन्यको ११.६ प्रतिशत रकम बेरुजू रहेको छ । असुल गर्नुपर्ने बेरुजूमध्ये अर्थमन्त्रालयको ९ अर्ब ३९ करोड ७५ लाख रहेको छ । पुर्वाधार अर्थमन्त्रालयको ९ अर्ब ३९ करोड ७५ लाख रहेको छ ।

१२ बुँदे नयाँ निर्देशिका ल्याएर धितोपत्र बोर्डले सेयर कारोबारमा गर्यो कडाई, यस्ता छन् निर्देशिका

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब सेयर कारोबारमा कडाई गर्ने भएको छ । बोर्डले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय निवारण लगानी निर्देशिका परिमार्जन गरी लगानीमा कडाइ गर्ने भएको हो । यो निर्देशिका ०७५ बैशाख १ गतेदेखि लागु हुने बोर्डले जनाएको छ । सुचक संस्थाले कारोबार गरिरहेका ग्राहक र गर्नेलाई पहिचान सम्बन्धित विवरण राख्नुपर्ने व्यवस्था गरेको छ । यस्तै सुचक संस्थाले सेयर कारोबारका लागि काल्पनिक वा वेनामी खाता खोल्न र वित्तीय कारोबार गराउन बन्देज लगाएको छ । यदी यस्तो भेटिएमा अनुसन्धान गरेर खाता बन्द गर्न लगाउने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ । ग्राहकको पहिचान जोखिममा आधारित भएर गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । संकास्द कारोबार भएको पाइएकामा वित्तीय इकाइमा जानकारी दिनुपर्ने छ । निर्देशिका हेर्न यहाँ क्लिक गर्नुहोस  एक दिनमा १० लाख रुपैयाँभन्दा बढीको सेयर किन्ने व्यक्तिको विवरण वित्तीय इकामा दिनुपर्ने व्यवस्था गरिएको छ । एक दिनमा एक पटक वा पटकपटक गरेर सेयर खरिद गर्नेको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय इकाईमा जानकारी गराउनु पर्ने छ । बोर्डले १२ सार्वजनिक गरेको १२ बुँदे निर्देशिकामा ग्राहकको पहिचान र कारोबारको अनुसन्धानमा जोड दिएको छ । सम्पत्ति शुद्धिकरण ऐन परिमार्जन भएपछि सोही आधारमा निर्देशिका सुधार गरिएको बोर्डका प्रवत्ता निरज गिरीले बताए ।

विभिन्न जातजातीको झल्को दिने क्यालेण्डर एनसीसी बैंकद्वारा जार्वजनिक

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)ले २०७५ को क्यालेण्डर सार्वजनिक गरेको छ । विगत वर्षहरु जस्तै यो सालको क्यालेण्डरका तस्वीरहरु पनि पेन्सील स्केचद्वारा तयार पारिएका बैंकको भनाइ छ । बैंकको अनुसार क्यालेण्डरको थीम नेपाली नृत्यहरु राखिएको छ । उक्त क्यालेण्डरमा नेपालको पूर्वदेखि सुदूर पश्चिम र हिमाल देखि तराई भूभागका विभिन्न जात जातीहरुको मौलिकता झल्कीने नृत्यहरु प्रस्तुत गरिएको बताइएको छ ।

सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील्सको भेटघाट कार्यक्रम

काठमाडौं । सर्वोत्तमसिमेन्ट प्रालि र लक्ष्मी स्टील्स प्रालिले बुटवल, सुनवल र भैरहवामा चैत्र २६,२७ र २८ गते भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी भेटघाट कार्यक्रम गरेको छ । उक्तकार्यक्रममा घर बनाउने क्रममा सिमेन्ट र डण्डीको प्रयोग भूकम्प प्रतिरोधात्मक हुने गरि गर्ने विभिन्न तरिकाको बारेमा जानकारी गराइएको बताइएको छ । उक्त भेटमा बुटवलमा १२५ जना, सुनवलमा २२० जना र भैरहवा १२० जना ठेकेदारहरु सहभागी भएको जनाइएको छ । कम्पनीले अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको ग्रिन सर्वाेत्तमओपिसि र श्री ग्रिनपिएससि नामक ब्राण्डका सिमेन्टहरु उपलब्ध छ ।

स्याङ्योङको नयाँ वर्ष अफर, ४ लाखसम्म नगद छुटदेखि हात खाली नजाने सामसुङको स्मार्टफोन प्रदान

काठमाडौं । स्याङ्योङ मोटर्स नेपालको लागि एकमात्र आधिकारिक बिक्रेता र नेपालको सन्दर्भमा नेतृत्वदायी संस्था आईएमएस् ग्रुप हो । सो ग्रुपले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्ष २०७५ अफर’ बजारमा ल्याएको छ । नयाँ वर्ष २०७५ को सन्दर्भमा स्याङ्योङले विशेष अफर ग्राहक सामु ल्याएको जनाएको हाे । कम्पनीको अनुसार अफर अन्तरगत नगद रु ४ लाख सम्म छुट र हातखाली नहुने उपहारमा सामसुङ ग्यालेक्सी एस् ९ प्लस र सामसुङ ग्यालेक्सी एस्. ९ राखिएको छ । उक्त स्मार्टफोनहरु स्याङ्योङको विभिन्न मोडलको गाडी खरिदकर्ताहरुले हातखाली नजाने गरी प्राप्त गर्नेछन् । यसबाहेक कोरियन लक्जरी आरामदायी एसयुभी गाडी खरीदकर्तालाई स्याङ्योङले विभिन्न किसिमको अफरहरु उपलब्ध गराएको छ । जसमा गाडी जुनसुकै ठाउँमा सट्टापट्टा गर्न सकिने, सरल फाइनान्स सुविधा, एक आअर्थिक वर्षको लागि सडक कर छूट, ३ वर्षे वा ६० हजार किमी वारेन्टी सुविधा, ३ वर्षे फ्रि सर्भिसिङ, हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर लगायत छन् । कम्पनीले उक्त नयाँ वर्ष अफर चैत्र ३० देखि २०७५ बैशाख १७ गतेसम्म लागू गर्ने जानकारी दिएको छ । कोरियन गाडी निर्माता कम्पनी स्याङ्योङ आरामदायी गाडी निर्माता कम्पनी एसयुभी ब्राण्ड हो । सो कम्पनी दक्षिण कोरियाको चौथो ठूलो मोटर उत्पादक संस्था रहेको जनाइएको छ । कम्पनीले उच्च गुणस्तरीय इन्जिनियरिङद्वारा उत्पादित आधुनिक, आरामदायी तथा उच्च कार्यक्षमताका साथ सन् १९५४ देखि प्रोडक्टहरु बजारमा उपलब्ध गराएका छन् । स्याङ्योङको विश्व सञ्जालमा १ हजार ६५८ सोरुमहरु १२६ देशहरूमा विस्तारित छ ।  

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंककोे प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा शर्मा नियुक्त भएका छन् । चैत २८ गते बसेको बैंक संचालक समितिको बैंठकले शर्मालाई आगामी चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो । २१ वर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग क्षेत्रमा काम शुरु गरेको थिए । पछि शर्माले एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदैं शर्मा यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा कार्यरत थिए । उनले माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा व्यवस्थापकीय नेतृत्व गरिसकेका छन् । बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मालाई कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्या भुषण (२०५४), महेन्द्र विद्या भुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।

आयात र विदेशी लगानीको लाभांश भुक्तानीले मुलुक २४ अर्ब ७३ करोड घाटामा

काठमाडौं । आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण मुलक झण्डै २५ अर्ब रुपैयाँ घाटामा गएको छ । अघिल्लो वर्षको ८ महिनामा चालु खाता ६ अर्ब ३१ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा भारी विस्तार भई १ खर्ब ५३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आयात र लाभांशले गर्दा अघिल्लो वर्षको ८ महिनामा ५० अर्ब २ करोड रुपैयाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा २४ अर्ब ७३ करोड रुपैयाँ घाटामा रहेको छ । चालु आवमा विभिन्न एक दजर्न विदेशी लगानीमा सञ्चालित कम्पनीले ३३ अर्ब रुपैयाँ बढी लाभांश विदेश लगेका छन् । सबैभन्दा बढी लाभांश विदेश लैजानेमा मोवाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेड रहेको छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह झण्डै दोब्बर बढेर १४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ८ अर्ब ३५ करोड रुपैयाँ थियो । विदेशी विनिमय सञ्चिति पनि घट्यो गत असार मसान्तको तुलनमा फागुनमा विदेशी विनिमय संचिति पनि २.८ प्रतिशत कमी आएको छ । गत असारमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा कमी आई १० खर्ब ४९ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ । आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.१ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

टंगालमा सञ्चालन आयो प्रभु बैंकको नयाँ शाखा

काठमाडौं । बिहीबार काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.५ टंगालमा प्रभु बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ । बैंकको टंगाल शाखा कार्यालय बैंकका संचालक अम्बिका शर्मा लामिछानेद्वरा एक समारोहकाबीच उद्घाटन गरिएको हो । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको बैंकको भनाइ छ । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भइ नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल र सहजरुपमा आधुनिक बैंकिङ सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बताइएको छ ।