विकासन्युज

भाजपाका बरिष्ठ नेता बिजयजोलीद्वारा चन्द्रागिरि भ्रमण

काठमाडौं । भारतीय जनता पार्टीका बरिष्ठ नेता बीजयजोलीले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जोलीलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै जोलीले निर्माण कार्य शुरु गरेकै छोटो समयमा यस ऐतिहासिक स्थानमा स्थापित परियोजनाले पर्यटन प्रवद्र्धन गर्नुका साथै धार्मिक आस्था, शान्ति र सहिष्णुता कायम राख्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको जनाइएको छ ।

साधना लघुवित्तको साधारण सभा सम्पन्न, एक कित्ता बराबर एक कित्ता हकप्रद शेयर जारी गर्ने

काठमाडौं । गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो प्रथम वार्षिक साधारण सभा होटल गोरखा विसौनिमा सम्पन्न गरेको छ । उक्त साधारण सभाले एक कित्ता बरावर एक कित्ता (१ः१) हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । हकप्रद शेयर जारि पछि वित्तीय संस्थाको अधिकृत पूँजी रु १० करोड, चुक्तापूँजी रु ४ करोड ९० लाख र जारी पूँजी ७ करोड पुग्ने संस्थाले जानकारी गराएको छ । कृष्णबहादुर थापाको अध्यक्षतामा नँया सञ्चालक समिति त्यस्तै साधारण सभाले कृष्ण बहादुर थापाको अध्यक्षतामा नँया सञ्चालक समिति समेत र्निविरोध निर्वाचित गरेको छ । जसको सञ्चालकमा राधा कुष्ण भण्डारी, रमेश सापकोटा दिनेश थकाली रहेका छन् भने सोहि दिनको सञ्चालक समितीको बैठकले अर्जुनकुमार सिँहलाई संञ्चालकमा मनोनयन गरेको छ । साधारण सभामा वित्तीय संस्थाको अध्यक्ष थापाले संस्थालाई वित्तीय क्षेत्रमा नविनत्तम अवधारणाको विकास गरी नमुना लघुवित्तको रुपमा स्थापित गर्ने बताए । पछिल्लो समय वित्तीय संस्थाहरु नाफामुखि र बजार केन्द्रित भएको परिपे्रक्षमा यस वित्तीय संस्थाले गाम्रिण दुरदराजमा गइ वित्तीय कारोवारका साथै सामाजिक कार्य गर्दै आएको उनले जानकारी गराए । साधारण सभालाई सम्वोधन गर्दै नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापाले जोखिमन्यूनिकरण र शेयर धनिलाई सक्रिय हुन आग्रह गर्दै नाफाभन्दा वित्तीय पहुँच विस्तार गर्न अनुरोध गरे । उक्त संस्थाले गाम्रिण क्षेत्रमा विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्दै आएको जनाएको छ । हालसम्म वित्तीय संस्थाले १५ वटा शाखाकार्यालयमार्फत ६ हजार ५ सय भन्दा बढी सदस्यहरुलाई समुहमा आबद्द गराई ३ हजार ऋणी सदस्यबाट रु २८ करोड कर्जा लगानी गरेको र ३ करोड ५० लाख असुलिभएको जानकारी गराइएको छ ।

सिटिजन लाइफ इन्सोरेन्सले सार्वजनिक गर्याे नयाँ बीमा योजना-सिटिजन जीवन सारथी

काठमाडौं । ‘वाचुन्जेलको साथी, अब एउटैै बीमा काफी’ भन्ने नाराका साथ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सिटिजन जीवन सारथी बीमा’ नामक एक आकर्षक बीमा योजना सार्वजनिक गरेको छ । बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएको यस योजना कान्तिपथ स्थित कार्यलयमा एक कार्यक्रमार्फत सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र प्रमुख बजार व्यवस्थापन अधिकृत कवी फुयालले संयुक्त रुपमा योजना सार्वजनिक गरेका थिए । प्राय जीवन बीमा कम्पनीहरुमा मुत्यु लाभको सुविधा सम्बन्धि योजनाहरु सञ्चालनमा रहेकोमा बीमा बजारमा सोभन्दा नवीन तथा आकर्षक बीमा योजनाहरु ल्याइरहेको उक्त इन्स्योरेन्सले प्रस्तुत गरेको याे योजनमा बीमितको आफ्नै जीवनकालमा दुई गुणा बीमाङ्क तथा बोनस समेत भुक्तानी भै बीमितले बीमा रकमको अधिक उपयोग गर्ने गरी ल्याइएकाे जनाइएकाे छ । नेपालमै पहिलो पटक जीवन लाभको आकर्षक सुविधा प्रदान गरेको कम्पनीको भनाइ छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले सार्वजनिक गरेको योजनले ग्राहकको आर्थिक सुरक्षा र जीवनको सुनिश्चित भविष्यलाई विशेष ध्यानमा राखि वीवन बीमाको सबै सुविधा अफ्नै पालामा पाउने गरी योजना बजारमा ल्याएको जानकारी दिए ।

लक्ष्मी बैंकद्वरा पोखरा औद्योगीक क्षेत्रमा वृक्षारोपण

काठमाडौं । लक्ष्मी बैंकको पोखरा औधोगीक क्षेत्र शाखाले आफ्नो ११ वर्ष पुरा गरेको अवसरमा वृक्षारोपण कार्य सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त पोखरा औद्योगीक क्षेत्र परिसरमा वृक्षारोपण गरेको हो । उक्त कार्यमा पोखरा औधोगिक क्षेत्र उद्योग संगठन का अध्यक्ष लगाएत पदाधिकार वृक्षारोपण गरेको जनाइएको छ । लक्ष्मी बैंकको ४१ जिल्लामा ७८ शाखा सञ्जाल, ३ हस्पिटल सेवा काउन्टर, ९९ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् ४०० भन्दा बढि मोबाईल एजेन्टहरु रहेको जानकारी दिएको छ ।  

सामसङ इलेक्ट्रोनिक्स्को नयाँवर्ष अफरमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स् नेपालले नयाँवर्ष २०७५ को उत्साहलाई दोब्बर गर्दै ‘नयाँवर्षको उमङ्ग, सामसङसँग’ नामक अफर बजारमा ल्याएको छ । नयाँवर्षको उल्लासमय अवसरमा उत्कृष्ट योजनाहरुसँगै एक नौलो सुरुवात गर्न चाहने उपभोत्ताहरुलाई लक्षित गरी यस योजना नयाँ वर्षको उपहारको रूपमा प्रस्तुत गरिएको जनाइएको छ । उपभोक्ताले सामसङको टिभी तथा घरायसी उपकरणको खरिदमा १५ प्रतिशतसम्मको छुट दिने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार सामसङले वल्र्डलिंकसँग साझेदारी गर्दै आफ्नो स्मार्ट टिभीको विक्रीमा अनलिमिटेड इन्टरनेट नेट टिभी सेवाप्रदान गर्ने भएको छ । ३२ इन्चदेखि ४३ इन्चसम्मको सामसङ स्मार्ट टिभीको खरिदमा १२ प्रतिशत क्यासब्याक तथा ६ महिनाको लागि १० एमबीपीएस को अनलिमिटेड इन्टरनेट नेट टिभी सेवा उपलब्ध गराउने जानकारी दिएको छ । त्यसैगरी ४९ इन्चदेखि ५५ इन्चसम्मको फ्लाट स्मार्ट टिभीदेखि एसयुएचडी र क्यूएलइडीसम्मका टिभीहरुमा विभिन्न क्षमताको इन्टरनेट तथा नेट टिभी विभिन्न अवधिसम्म सञ्चालन गर्ने अवसर दिएको छ । एचडी र एफएचडी टिभीको खरिदमाभने अधिकतम खुद्रा मुल्यमा १५ प्रतिशत पक्का क्यास ब्याक पाउने व्यवस्था गरिएको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न रेफ्रिजेरेट, वासिङ मेसिन लगायतको प्रोडक्टमा पनि विभिन्न अफरहरु राखेको छ । नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा अधिकृत विक्रेतामा उपलब्ध उक्त अफर १३ मे २०१८ सम्म लागू गरिएको जानकारी दिएको छ ।

सरकारले दियो घिउ तेल, मोबाइलमा ३ अर्ब ३२ करोड ५५ लाख भ्याट फिर्ता

  काठमाडौं । सरकारले उपभोत्ताबाट उठाएको मूल्य अभिवृद्धि कर (भ्याट) उद्योगलाई छुट दिएको छ । १ वर्षमा सरकारले घिउतेल र मोवाइलमा ३ अर्ब ३२ करोड ५५ लाख बराबरको मूल्य अभिवृद्धि करको छुट गरेको छ । सरकारले घिउ तेल, मोबाइल र कुटनितिक नियोगलाई गरी सो रकमको कर छुट दिइएको हो । सबैभन्दा धेरै कर छुट घिउ तेलमा २ अर्ब ४२ करोड रुपैयाँ छुट दिएको छ भने मोबाइलमा ८९ करोड २७ लाख छुट दिएको छ । त्यसैगरी कुटनितिक नियोगलाई ८१ लाख मूल्य अभिवृद्धि कर छुट दिएको छ । महालेखा परिक्षकको अनुसार हाल इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी नब्बर लिनुपर्ने अवस्थामा पनि मोबाइलको मूल्य अभिवृद्धि कर फिर्ता दिने विषयमा पुनरावलोकन गर्नुपर्ने जनाएको छ ।    

तरलता संकटको बचाउ गर्दै अर्थमन्त्री खतिवडाले भनेः आन्तरिक निक्षेपले मात्र पुग्दैन, लगानी बढाउन विदेशबाट कर्जा ल्याउनुपर्छ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक निक्षेपले मात्र कर्जाको माग नधान्ने भन्दै विदेशबाट ऋण ल्याउनु पर्ने बताएका छन् । निक्षेप परिचालनको तुलनामा कर्जाको माग बढी भएकाले बैंकिङ प्रणालीमा तरलताको संकट देखिएको भन्दै उनले आन्तरिक निक्षेपले मात्र कर्जाको माग नधान्ने उनले स्पष्टपारेका छन् । “तरलताको समस्या बढेपछि ब्याजदर माथि गएको हो” उनले भने आन्तरिक वचतले मात्र अब पुग्दैन । अब बाहिरबाट ऋण ल्याउनुपर्छ ।” गत वर्षदेखि बाहिर आएको लगानीयोग्य पुँजीको समस्या यो वर्ष पनि दोहरिएपछि आन्तरिक वचतले मात्र बैंकलाई लगानी गर्न नपुग्ने निष्कर्षमा अर्थमन्त्री पुगेका हुन् । राष्ट्र बैंकले व्यवस्थापन गर्न नसक्दा बजारमा तरलताको संकट देखिएको आरोप गभर्नर डा. चिरन्जीवि नेपालमाथि लाग्दै आएको छ । नेपाल राष्ट्र बैंकले विदेशबाट कर्जा ल्याउन वाणिज्य बैंकले खुला गरिसकेको उनले जानकारी दिए । विदेशबाट लगानी ल्याउन अभैm १,२ वटा काम गर्न बाँकी रहेको उनले सुनाए । नेपाल उद्योग वाणिज्य महासंघको ५२ औ वार्षिक साधारणसभामा व्यवसायीको जिज्ञाशालाई मेट्दै उनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन सुझाए । “तपाईहरु जति छिटो बैदेशिक लगानी ल्याउनु हुन्छ त्यति नै सरकारले सहजीकरण गरिदिने छ” उनले भने । सरकार आन्तरिक ऋणले मात्र नपुग्ने भएपछि वैदेशिक ऋण बढी ल्याउने तयारीमा रहेको उनले जानकारी दिए । चालु आर्थिक वर्षको ७ महिनामा बैंकहरुले निक्षेप परिचालन भन्दा कर्जा लगानी १ खर्ब रुपैयाँ बढी गरेकाले आन्तरिक बचतले नपुग्ने देखिएको हो । निक्षेप सुस्त गतिमा र कर्जाको माग अधिक बढेकाले अहिले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव देखिएको हो । बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ हारहारीमा अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । अधिकाँश बैंकको प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७८ प्रतिशत रहेपछि लगानी गर्न सकेका छैनन् । एनएमबी बैंक र एनआईसी एसिया बैंकले विदेशबाट ऋण ल्याउनका लागि राष्ट्र बैंकमा निवेदन दिएका छन् ।गत फागुन मसान्तमा वार्षिक विन्दुगत आधारमा १३ प्रतिशतले विस्तार भएको निक्षेप भन्दा कर्जा वृद्धिदर १७.४ प्रतिशत रहेबाट वित्तीय स्थिति कसिलो रहेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

नवीकरणीय ऊर्जा प्रविधिमा दिइने अनुदानमा लक्षित लाभान्वित थपिँदै

काठमाडौं । नेपालमा नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धनका लागि नेपाल सरकारले नवीकरणीय ऊर्जा अनुदान नीतिअनुसार अनुदान उपलव्ध गराउदै आएको छ । २०७३ साल मंसिरमा परिमार्जित यस नीतिले लघु तथा साना जलविद्युत, सोलार, वायोग्यांस, फलामे सुधारीएको चुलो, वायु ऊर्जा, सुधारीएको पानी घट्टाका साथै सोलार मिनिग्रिड, सोलार र वायु मिश्रीत प्रणाली, जैविक फोहोरबाट ऊर्जा उत्पादनमा अनुदान दिने व्यवस्था गरेको बताइएको छ । नवीकरणीय ऊर्जाका प्रविधिहरुमा लक्षित लाभान्वित वर्ग जस्तै वालवालिका समेत पालन पोषण गर्नुपर्ने घरमुली महिला, भुकम्पबाट पिडित, लोपोन्मुख आदिवासी जनजाति तथा दलित लगायतका लागि समेत थप अनुदानको व्यवस्था गरिएको नेपाल सरकार ऊर्जा, जलस्रोत वैकल्पिक ऊर्जाले जानकारी दिएको छ ।