विकासन्युज

जनता बैंकद्धारा पार्किन्सन डिजीज एसोशिएसनलाई ब्यायम मेसिन हस्तान्तरण

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई ब्यायम मेसिन हस्तान्तरण गरिएको छ । पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाईं बिरामीहरुको ब्यायम सुविधाको लागि उक्त मेशिन हस्तान्तरण गरिएको हो । बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्ष रत्नराजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरेका थिए । मेशिन हस्तान्तरणको अवसरमा संस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंग भएकोले उनीहरुलाई उचित परामर्श दिन सकेमा उनीहरुले पनि समाजको लागि कार्य गर्न सक्ने हुँदा जनता बैंकको यस सहयोगले सामाजिक कार्यमा अझ हौसला मिलेको बताएका छन् । स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्य गर्दै जाने बैंकको योजना रहेको छ ।

नयाँ धरहराको फाइनल डिजाइन(भिडियोसहित)

काठमाडौं । भूकम्पले भत्काएको तीन बर्षपछि आधुनिक धरहराको डिजाइन तयार भएको छ । पुरातत्व विभाग र राष्ट्रिय पुननिर्माण प्राधिकरणको सुपरिवेक्षणमा केज कन्सल्टले नयाँ धरहराको डिजाइन तयार पारेका हुन् । धरहरा कसले बनाउने, कस्तो डिजाइनमा बनाउने र कसरी सञ्चालन गर्ने भन्ने लामो विवाद छिचोल्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणले निर्माण गर्ने टुंगो लागेको छ । नयाँ डिजाइन अनुसार धरहराको लागत ४ अर्ब २७ करोड(भ्याट र १० प्रतिशत मूल्य वृद्धि)सहित हुनेछ । जसमा धरहराको मुल भाग निर्माणका लागि १ अर्ब १२ करोड लाग्नेछ भने हुलाकी सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड हुनेछ । बाँकी लागत भने वाटर फाउण्टेन, म्युजियम, गार्डेनको निर्माणमा लाग्नेछ । ४२ रोपनी जमिनमा निर्माण हुने धराहराको निर्माण ठेक्का लागेको मितिले २ बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले जानकारी दिए । बाहिरबाट २२ तल्लाको देखिने धरहरा १४५ फिट अग्लो हुनेछ । धरहरामा २ वटा लिफ्न राखिएका हुनेछन् । एउटा लिफ्टले ८ जनालाई धरहरा चढाउने छ भने अर्काेले ८ जनालाई ओराल्ने छ । त्यसका अलवा धरहरामा भर्याङ समेत निर्माण हुनेछ । पुननिर्माण प्राधिकरणको सम्पदा संरक्षण विभागका प्रमुख राजुमान मानन्धरका अनुसार आगामी एक साताभित्रै धरहराको टेण्डर निकालिनेछ । आगामी २ महिनाभित्र धराहरा निर्माणका लागि ठेकेदार परिचालन गरिसक्ने योजनासहित प्राधिकरणले काम अघि बढाईरहेको उनले जानकारी दिए । पुरातत्व विभागका इञ्जिनियर पोखरेलका अनुसार हाल धरहरा निर्माण हुने स्थलको माटो परिक्षणको काम अघि अन्तिम चरणमा पुगेको छ । धरहरा निर्माणका लागि नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत एक अर्ब रुपैंयाँ दिने प्रतिवद्धता जनाईसकेको छ भने मै बनाउँछु मेरो धरहरा अभियानमा २४ करोड रुपैंयाँ संकलन भएको छ ।

लेखनाथ र कुष्मामा मेगा बैंक, थप ६ वटा शाखा विस्तार गर्दै

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुष्मामा नयाँ शाखा विस्तार गरेको छ । लेखनाथ शाखाको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र मेगा बैंक संचालक समितिका सदस्य मदन आचार्यले संयुक्त रुपमा गरेका हुन् । बैंकका कम्पनी सचिव तुलसीराम पोखरेलले बैंकले यस क्षेत्रमा आंशिक सेवा (सफ्ट लञ्च) प्रारम्भ गरि ११ सय बैङ्क खाता खोल्न सफल भइसकेको बताएका छन् । यसैगरी, कुष्मा शाखाको मेगा बैंक संचालक समितिका सदस्य इन्द्रबहादुरमल्ल ठकुरी र कुष्मा उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् । साथै, २०७४ जेठ १४ गतेबाट सफ्ट लञ्च भई सेवा प्रारम्भ गरेको यस शाखाले यो अवधिमा २ हजार ४४ वटा खाता खोल्न सफल भइसकेको छ । लेखनाथ र कुष्मामा शाखा विस्तार भएसँगै मेगा बैंकका ३ वटा एक्टेन्शन काउन्टरसहित ४७ वटा शाखा पुगेको छ । अब ६ वटा शाखाको औपचारिक उद्घाटन हुन बाँकी छ । यस बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।

महंगो र सस्तो ब्याजको प्रतिस्पर्धामा निजीलाई सरकारी बैंकको चुनौती

काठमाडौं । सबैभन्दा सस्तो र महंगो कर्जा दिनेमा सरकार स्वामित्वका बैंक रहेका छन् ।  कुल २८ वाणिज्य बैंक मध्ये सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य सबैभन्दा सस्तो ब्याजमा कर्जा दिने बैंक भएको छ । राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ६.२ प्रतिशत मात्र रहेकाले सस्तो कर्जा दिने बैंक भएको हो । आधार ब्याजदर सस्तो भएकाले राष्ट्रिय वाणिज्यको कर्जाको ब्याजदर अन्य बैंकको भन्दा सस्तो देखिएको छ । ५ प्रतिशत प्रिमियम जोड्दा पनि वाणिज्य बैंकको ब्याजदर अन्य बैंकको भन्दा सस्तो हुने देखिएको हो । सबैभन्दा महंगो ब्याजदर हुनेमा सरकार स्वामित्वकै कृषि विकास बैंक रहेको छ । कृषि विकासको आधार ब्याजदर सबैभन्दा बढी १२.७२ प्रतिशत बढी छ । यो आधार दर राष्ट्रिय वाणिज्यको भन्दा दोब्बर बढी छ । कृषि विकासले ५ प्रतिशत प्रिमियम जोड्दा उसको ब्याजदर १८ प्रतिशत पुग्ने देखिन्छ । राष्ट्रिय वाणिज्यपछि कम आधार ब्याजदर हुनेमा सरकार स्वामित्वकै नेपाल बैंक रहेको छ । नेपाल बैंकको ७.११ प्रतिशत छ । यसपछि स्ट्याण्डर्ड चाटर्ड बैंकको ७.२० प्रतिशत छ । अघिल्लो ३ महिनामा सबैभन्दा सस्तो ब्याज स्ट्याण्डर्ड चाटर्डको थियो । स्ट्याडर्ड चाटर्डको आधारदर ५ प्रतिशत तल रहेकोमा बढेर ७ प्रतिशत कटेको छ । अघिल्लो त्रैमाशमा बैंकको आधारदर ५.८ प्रतिशत मात्र थियो । यस्तै नविल बैंकको आधार दर ७.३३ र नेपाल इन्भेष्टमेन्ट बैंकको ९.१२ प्रतिशत छ । अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत माथि रहेको हालै सार्वजनिक गरिएको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा उल्लेख छ । महंगोमा निक्षेप उठाएपछि लागत बढ्न गई आधार ब्याजदर महंगो हुन गएको हो । गत फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.९६ र निक्षेपको ६.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । बढी आधार ब्याजदर हुनेमा कृषि विकासपछि निजी क्षेत्रको सिभिल बैंक भएको छ । सिभिलको आधारदर १२.३६ प्रतिशत छ । १२ प्रतिशत भन्दा बढी आधार ब्याजदर हुनेमा सेञ्चुरी कमर्शियल बैंकको १२.६ र नेपाल क्रेडिट एन्ड कमर्श बैंकको १२.३ प्रतिशत रहेको वित्तीय विवरणले देखाएको छ । पछिल्लो समयमा बैंकर्सले मुद्धति निक्षेपमा ११ र साधारणमा ८ प्रतिशत ब्याज लिने आन्तरिक सहमति जनाएका छन् । तरलतामा हुने तलमाथिले गर्दा नेपालमा २/३ वर्षको अवधिमा मुद्रा ब्याजदरको अस्वभाविक रुपमा ब्याजदरको उतारचढाव भएको छ । कहिले धेरै तरलता हुने र ब्याजदर न्युन विन्दुमा पुग्ने र कहिले तरलता कम भएर ब्याजदर धेरै माथि जाने गरेको छ । यी दुबै अवस्था अर्थतन्त्रका लागि राम्रो भने हैन् । धेरै कम वचत र कर्जाको ब्याजदर माथि हुनु दुबै अर्थतन्त्रका लागि राम्रो नभएको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङाना बताउछन् । “पछिल्लो समयमा वित्तीय क्षेत्रमा साइकिलिङ टाइपको समस्या पुनरावृत्ति हुने देखिएको छ” उनले भने ब्याजदर स्थायी हुनुपर्छ ।” सरकारी खर्च समयमा नहुने, रेमिट्यान्स घट्दो , इलेक्ट्रोनिक भन्दा क्यासवेस बैंकिङ कारोबार र घरघरमा नगद राख्दा बजारमा तरलतामा तलमाथि हुने गरेको उनको भनाई छ । बैंकहरुले पनि निक्षेप परिचालन कम भयो भनेर अनावश्यक रुपमा कर्जाको ब्याजदर बढाउन तर्फ लाग्न नहुने ढुङानाको सुझाव छ । ब्याजदर वृद्धिले लागत बढाउछ र अन्तत उत्पादन महंगो हुन गई नेपाली उद्योगको प्रतिस्पर्धा क्षमतामा कमी आउने ढुङानाको तर्क छ । “निक्षेपको वृद्धि कम र कर्जाको वृद्धि बढी भएपछि घर्षण भएको हो” उनले भने “पछिल्लो समयमा हामीले कर्जा लगानीलाई कम गरेका छौ ।” कुन बैंकको आधार ब्याजदर कति ? (प्रतिशतमा) बैंक अफ काठमाण्डु ११.७८ जनता बैंक ११.६६ एनएमबी बैंक १०.९२, स्ट्याण्डर्ड चाटर्ड बैंक ७.२० नेपाल इन्भेष्टमेन्ट बैंक ९.१२ हिमालयन बैंक ९.४२ लक्ष्मी बैंक ११.३५ नेपाल एसबीआई बैंक ९.८९ ग्लोबल आईएमई बैंक ११.६८ नेपाल बैंक ७.११ सनराइज बैंक ११.३४ सानिमा बैंक १०.६३ सिटिजन्स बैंक ११.१५ एभरेष्ट बैंक ८.१८ सिद्धार्थ बैंक ११.३० प्रभु बैंक १०.१७ कृषि विकास बैंक १२.७२ कुमारी बैंक ११.६२ नविल बैंक ७.३३ माछापुच्छ्रे बैंक ११.१० नेपाल बंगलादेश बैंक ११.६० सिभिल बैंक १२.३६ राष्ट्रिय वाणिज्य बैंक ६.२ सेन्चुरी कर्मर्शियल बैंक १२.६ प्राइम कमर्शियल बैंक ११.१० एनआईसी एसिया बैंक ११.५० मेगा बैंक ११ नेपाल क्रेडिट एन्ड कमर्श बैंक १२.३

प्रभु बैंकको थप दुई शाखा सिरहा र कपिलवस्तुमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आइतबार(आज)देखि थप दुई शाखा सिरहाको बरियारपट्टी र कपिलवस्तुकाे विजयनगरमा सञ्चालनमा ल्याएको छ । उक्त बरियारपट्टी शाखाको उद्घाटन बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतो र विजयनगर शाखाको बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरले गरेका हुन् । आजदेखि सञ्चालनमा आएका बैंकका बरियारपट्टी र विजयनगर शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सक्नेछन् । साथै, उक्त सेवाबाट दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

एनसीसी बैंक पुग्यो म्याग्दीको बेनीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले म्याग्दी जिल्लाको बेनी बजारमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले गरेका हुन् । अध्यक्ष न्यौपानेले यस शाखा मार्फत बैकिङ्ग सेवा विस्तार गरी यस क्षेत्रको आर्थिक प्रगतिको लागि बैंक सहायक हुने बताएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा ५९ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सोही अवधिमा बैंकको खूद नाफा ५४ करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सो अवधिको खूद नाफा १६ करोड ७६ लाख रुपैयाँ मात्र रहेको बैंकले जनाएको छ ।

लुम्बिनी इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठबीच उक्त सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट कम्पनीको बीमा सम्बन्धी सम्पूर्ण सेवा लिन सकिने बैंकले जानकारी दिएको छ । कम्पनीको बीमा योजना बिक्री गर्ने एवं बीमीतहरुलाई छिटो छरितो तथा भरपर्दो सेवा पुर्याउने उद्देश्यले सो सम्झौता भएको कम्पनीले जनाएको छ ।  

मोबाइलबाटै राजस्व तिर्नसक्ने क्लियरिङ्ग हाउसको ब्यवस्था, कसरी गर्ने कर भुक्तानी ?

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अनलाइनबाट राजश्व लिने प्रणालीको सुरुवात गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर तिर्ने प्रणालीलाई अनलाईन मार्फत लगेपछि हाउसले १ लाख रुपैयाँसम्म ई-पेमेन्ट प्रणाली शुरु गरेको हो । विद्युतीय राजस्व भुक्तानी प्रणालीलाई सबैभन्दा पहिले ठमेल करसेवा दाता कार्यालबाट शुरु गरिएको छ । हाउसका व्यवसाय तथा विकास अधिकृत विवेक गिरीका अनुसार यस प्रणालीबाट राजस्व मात्र नभएर फिल्मको टिकट, अनलाईन सपिङ, जहाजको टिकट इत्यादी सामाग्रीहरु समेत खरिद गर्न सकिनेछ । अहिले क्लियरिङ हाउसमा ७३ वटा बैंक तथा वित्तिय संस्थाहरु अाबद्ध छन् । यसरी गर्ने कर भुक्तानी  सरकारको वेवसाइटमा गएर सम्बन्धित मेनुमा गई आवश्यक विवरणहरु भरी नयाँ भौचर बनाउने र भुक्तानी विकल्पहरु मध्ये कोनेसटल्पस भुक्तानी विकल्प छनोट गर्ने युजरनेम र पासवर्ड प्रयोग गरी कनेक्ट आइपिएसमा लगइिन गर्ने भुक्तानी विवरणलाई रुजु गरी भुक्तानी गर्न बैंक खाता छनोट गर्ने आफ्नो मोबाइल नम्बर वा इमेलमा प्राप्त ओटीपी प्रयोग गरी समिट गर्ने राजस्वको वेभसाइटमा भुक्तानीको कारोबारको सूचना प्राप्त गर्ने हाउसमा आवद्ध भएका सबै संस्थाहरुको सजिलै सेवा लिन सकिनेछ । अहिले हाउसले ग्राहकलाई अन्य सेवा प्रदान गर्नका लागि थप व्यापारमुखी तथा सेवामुखी संस्थाहरुसँग परामर्श गरिरहेको छ । यस प्रणालीमा नेपाल राष्ट्र बैंक लगायत क ख ग तीनै वर्गका बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी गर्न सकिनेछ । कनेक्ट आइपीएस प्रणाली कसरी शुरु गर्ने ? कनेक्ट आइपीएस प्रणाली शुरु गर्न सबैभन्दा पहिले डब्ल्युडब्ल्यु डट कनेक्टि पस डट कम मा व्यक्तिगत तथा संस्थागत विवरण भर्नुपर्छ । त्यसपछि प्रयोग गर्ने व्यक्ति वा संस्थाको नाम, मोबाइल नम्बर र इमेल राख्ने । व्यक्तिको कुन बैंकको कतिवटा खाता प्रयोग गर्ने हो सो को विवरण खुलाउनु पर्छ । यसरी विवरण भरेको फारम डाउनलोड गरी बैंकमा आफुले बनाएको डकुमेन्टको मिले नमिलेको जाँच गर्नुपर्छ ।