प्रभु बैंकको थप दुई शाखा सिरहा र कपिलवस्तुमा

<p>काठमाडौं । प्रभु बैंक लिमिटेडले आइतबार(आज)देखि थप दुई शाखा सिरहाको बरियारपट्टी र कपिलवस्तुकाे विजयनगरमा सञ्चालनमा ल्याएको छ । उक्त बरियारपट्टी शाखाको उद्घाटन बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतो र विजयनगर शाखाको बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरले गरेका हुन् । आजदेखि सञ्चालनमा आएका बैंकका बरियारपट्टी र विजयनगर शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी [&hellip;]</p>

काठमाडौं । प्रभु बैंक लिमिटेडले आइतबार(आज)देखि थप दुई शाखा सिरहाको बरियारपट्टी र कपिलवस्तुकाे विजयनगरमा सञ्चालनमा ल्याएको छ । उक्त बरियारपट्टी शाखाको उद्घाटन बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतो र विजयनगर शाखाको बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरले गरेका हुन् ।

आजदेखि सञ्चालनमा आएका बैंकका बरियारपट्टी र विजयनगर शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सक्नेछन् । साथै, उक्त सेवाबाट दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Share News