विकासन्युज

कृषि भूमिलाई घडेरी बनाउन बन्देज

काठमाडौं । संचित तथा कृषि भूमिलाई घर घडेरीमा परिणत गर्न नपाइने व्यवस्था गरिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै भने,‘सिंचित तथा कृषि भूमिलाई घर घडेरीमा परिणत गर्न नपाइने व्यवस्था गरिनेछ ।’ उनको अनुसार त्यसको लागि जमिनको वैज्ञानिक वर्गिकरण र व्यवस्थित उपयोग गर्न भूउपयोग संवन्धि कानूनको विधेयक संसदको उक्त अधिवेशनमा पेश गर्ने बताए । यसबाट कृषि क्षेत्रको उत्पादन बढ्ने उनको भनाइ छ ।

शिक्षा र स्वास्थ्यमा भ्याट खारेज

काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । यस्तै अस्पताल सेवामा लाग्दै आएको भ्याट पनि खारेज भएको छ ।

मदिरा, बियर र सुर्तिजन्य उद्योगमा कडाइ, तोकिएको स्थानमा मात्रै खुल्ने

काठमाडौं । मदिरा, बियर र सुर्तिजन्य पदार्थको उद्योगहरु सरकारले तोकेको स्थानमा मात्रै खोल्न पाइने भएको छ । मंगलबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मदिरा, बियर र सुर्तिजन्य पदार्थको उद्योगहरु सरकारले तोकेको स्थानमा मात्रै खोल्न दिने बताए । गएका पर्षहरुमा निजी क्षेत्रले आफूले मनपराएको स्थानमा खोले पनि अब त्यस्तो नहुने उनको भनाइ छ ।

सिन्डिकेट तोड्न अर्थमन्त्री खतिवडाको पनि साथ, छुट्याए १ अर्ब ४३ करोड

काठमाडौं । यातायात क्षेत्रको सिन्डिकेट तोड्न अर्थमन्त्री युवराज खतिवाडाले साथ दिएका छन् ।  उनले यातायात व्यवस्थापन गर्नका लागि १ अर्ब ४३ करोड बजेट विनियोजन गरिएकका छन् ।

८ प्रतिशतको आर्थिक वृद्धिदर, ६.५ प्रतिशत मुद्रास्फिति लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गरेको छ । सरकारले मुद्रास्फितिलाई ५ प्रतिशतमा सिमित गरेर ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य अघि सारेको हो । सरकारले चालु आर्थिक बर्षमा ५.८९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण पनि बजेट मार्फत गरेको छ ।

कमैयामुक्तीको लागि ३ अर्ब

काठमाडौं । आगामी वर्ष हली, कमैयामुक्तको लागि ३ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष हली, कमैयामुक्त गर्ने भन्दै ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।

आयातमा भ्याट अनुदान खारेज

काठमाडौं । सरकारले सामान पैठारीमा दिदै आएको भ्याट फिर्ता खारेज गरेको छ ।

कर्मचारीको महंगी भत्ता २ हजार, पोशाक भत्ता १० हजार

काठमाडौं । सरकारले निजामति कर्मचारीहरुको महंगी भत्ता मासिक २ हजार पुर्याएको छ । निजामति कर्मचारीहरुले आगामी साउन १ गतेदेखि लागु हुने गरि मासिक २ हजार महंगी भत्ता पाउनेछन् । त्यस्तै, निजामति, स्वास्थ्य सेवा र शिक्षाकहरुको पोशाक भत्ता पनि वृद्धि गरेर १० हजार पुर्याएको छ । त्यस्तै, कर्मचारीको तलब पुनरावलोकनका लागि उच्चस्तरिय आयोग गठन गर्ने निर्णय समेत गरेको छ ।