एभरेष्ट बैंकद्धारा लाजिम्पाटदेखी महाराजगञ्जसम्म वृक्षारोपण
काठमाडौं । एभरेष्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा लाजिम्पाटदेखी महाराजगञ्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बैंकका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठले संयुक्त रुपमा वृक्षरोपण गरेका थिए । वातावरण जोगाउँ हरियाली बनाऔं बन्ने मुल नाराका साथ भएको वृक्षरोपण कार्यक्रममा काठमाडौं महानगरपालिका वाड नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वाड नं ३ का अध्यक्ष दिपक केसी तथा एभरेष्ट बैंकका अधिकृत तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत वढ्दो वातावरण प्रदुर्षण न्युनिकरण गर्न तथा हलियाली कायम राख्न वृक्षरोपण गरेको जनाएको छ । हाल बैंकले ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
युनिभर्सल पावर कम्पनीले २१ करोडको आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित यूनिभर्सल पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन हुनेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । यूनिभर्सलले आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकका लागि सिद्घार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । प्रथम चरणमा जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लाका स्थानिय बासिन्दाका लागि २१ करोड रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता सेयर निष्कासन गर्नेछ । यसैगरी दोस्रो चरणमा सर्वसाधारणका लागि ७५ करोड रुपैयाँ बराबरको ७५ लाख ६१ हजार ३६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । कम्पनीले १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लावासी र ३० प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्नेछ । युनिभर्सलमा ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थापक सेयर हुने गरी लगानी संरचना तयार पारिएको छ । युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । सीईडीबी माउ कम्पनी हो । सीईडीबीले पनि साढे २२ करोड रुपैयाँ बराबरको २२ लाख कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ
सिटिजन्स बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा बैंकले आफ्नो प्राङ्गणमा वृक्षारोपण कार्यक्रम संचालन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा बैंकका कर्मचारीहरुले वृक्षारोपण गरेका छन् । नेपाल सरकारले अवलम्बन गरेको “एक कर्मचारी एक फलफूलको विरुवा” नीति अनुसार कम्पनीले बैंकको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो । बैंकले हाल ७४ वटा शाखा, ६९ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कुमारी बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न, वातावरण संरक्षण गर्ने उद्देश्य
काठमाडौं । कुमारी बैंक लिमिटेडले विश्व वातावरण दिवस, २०७५को अवसर पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । बैंकले हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रम बैंकको नक्सालस्थित कार्यालय तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित बाबा आश्रममा आयोजना गरिएको थियाे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत बैंकका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंकले यस वर्षको विश्व वातावरण दिवसका अवसरमा “एक कर्मचारी एक फलफूल विरुवा” अन्तर्गत सबै वित्तीय संघसंस्थाहरुलाई वृक्षारोपण गर्न आह्वान गरेको थियो । साथै, कुमारी बैंकले यस वर्षको विश्व वातावरण दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखा कार्यालय परिसरहरुमा पनि फलफूलको बिरुवा रोपेको छ ।
मोटोरोला र खल्तीद्वारा साझेदारी, नयाँ स्मार्टफोन किन्दा २ हजारसम्म खल्तीमा पैसा फिर्ता
काठमाडौं । मोटोरोला नेपाल र खल्तीले नयाँ स्मार्टफोनका ग्राहकहरूकोबीच नेपालमा डिजिटल भुक्तानी बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । सम्झौताअनुसार खल्तीले चार मोडेलका मोटोरोला स्मार्टफोनहरुमा २ हजार रुपैयाँसम्म खल्तीमा पैसा फिर्ता दिने जनाइएको छ । अभियानको माध्यमद्वारा मोटोरोलाले नेपालमा स्मार्टफोन प्रयोगकर्ताहरुबीच डिजिटल माध्यमद्वारा पेमेन्ट गर्ने बानीलाई प्रोत्साहित गरिने बताइएको छ । ‘हामी केवल हार्डवेयर र स्मार्टफोन मात्रै बिक्री गरिरहेका छैनौँ,’ नेपालका लागि मोटोरोलाको आधिकारीक बिक्रेता, लाईफकमका प्रवन्ध निर्देशक अमित अग्रवालले भने ‘आफ्ना दैनिक कार्यहरु सहज बनाउन स्मार्ट तरिकाले फोन प्रयोग गर्न पनि प्रोत्साहित गरीरहेका छौं । खल्तीसँग डिजिटल भुक्तानी बढाउन र स्मार्टफोन प्रयोगकर्ताहरूलाई अझ बढी स्मार्ट बनाउनका लागि हामीले सहकार्य सुरुवात गरेका हौं ।’ उनको अनुसार छिमेकी देशहरू भारत, चीन र बांग्लादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ । यो साझेदारीबाट नेपालमा मोबाइल भुक्तानीको प्रयोग बढ्ने अनुमान गर्न सकिन्छ । नयाँ स्मार्टफोन किन्ने योजना बनाइरहेका व्यक्तीका लागि यो एउटा आकर्षक अफर हो । अभियानले अहिलेसम्म मोबाइलबाट भुक्तानी गर्ने बानीको सुरुवात नगरेका व्यक्तिहरुका लागि बानी परिवर्तन गर्न र खल्तीको सजिलो मोबाइल भुक्तानीको मज्जा लिन प्रोत्साहित गर्नेछ ।
वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्धारा प्रभातफेरि आयोजना
काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा “काठमाडौं हरियाली, मेरो जिम्मेबारी, नगरबासीमा खुसियाली” नारा सहितको प्रभात फेरि कार्यक्रमको आयोजना गरेको छ । बैंकले महानगरिय प्रहरी वृत्त, दरवारमार्गको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । साथै, बैंकले काठमाडौलाई सफा, स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत् कान्तिपथ, दरवारमार्ग, रत्नपार्क, जमल र असनको ज्याठा लगायतविभिन्न स्थानहरुमा सरसफाइतथा वृक्षारोपण कार्यक्रम समेत गरेको थियो । वातावरणको संरक्षण गर्नु सबै नागरिक तथा संस्थाहरुको सामाजिक उत्तरदायित्व हो भन्ने जनचेतना फैलाउने उद्देश्यले बैंकले सो कार्यक्रममा सहभागिता जनाएको हो । आगामी दिनहरुमा पनि यस्तै प्रकारका विभिन्न संस्थागत सामाजिक कार्यहरुलाई अझ बढी सुदृढ बनाउँदै लैजाने बैंकले जनाएको छ ।
प्राइम लाइफ इन्स्योरेन्स ११ वर्षमा प्रवेश, बीमा साक्षरताकालागि प्रभात फेरी आयोजना
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कारोवार शुरु गरेको १० वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको छ । उक्त उपलक्ष्यमा बैंकले मंगलबार बीमा साक्षरता तथा सचेतनाको लागी प्रभात फेरी कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा कम्पनीको प्रधान कार्यालय काठमाण्डौं उपत्यकाका शाखा तथा उपशाखाका कर्मचारहरुको सहभागिता रहेको थियो । हाल कम्पनीको चूक्ता पुँजी १ अर्ब ७८ करोर्ड रुपैयाँ रहेको छ । त्यस्तै, कुल बीमाशुल्क ११ अर्ब ६२ करोड रुपैयाँ, बीमालेख १६ लाख भन्दा बढी, जीवन बीमा कोष ६ अर्ब २० करोड तथा दावी भुक्तानी रु. २४ करोड ८१ लाख रुपैयाँ पुगेको छ । कम्पनीले देशभरमा विभिन्न १२५ भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराई आएको र आगामीबर्ष कम्तिमा १३५ स्थानबाट सेवादिने लक्ष्यलिएको जनाएको छ । कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवनबीमा क्षेत्रमा गरेकोउपलब्धी र आगामी बर्षहरुमा सेयरधनीहरुलाई उल्लेख्य प्रतिफलदिन र बीमितहरुको सर्वोपरी हितको लागि कार्य गर्ने समेत जानकारी गराएको छ ।
वीर अस्पतालका अधिकृत कृष्णप्रसाद तिमिल्सिना र सचिव लक्ष्मणप्रसाद अर्यालमाथि मुद्दा दायर
काठमाडौं । वीर अस्पताल काठमाडौंमा सातौं तहमा रेडियोग्राफर अधिकृतका रुपमा कार्यरत कृष्णप्रसाद तिमिल्सिना र सोही अस्पतालमा सेवा आयोगको सचिव पदमा कार्यरत लक्ष्मणप्रसाद अर्यालमाथि मुद्दा दायर भएको छ । उनीहरुमाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरुले जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादी उद्बवप्रसाद नेपाललाई उक्त मुद्दाबाट छुटाउन करणी उद्योग गर्ने मितिमा उपचार गराएको देखिने नक्कली किर्ते कागजातहरु तयार गरेको प्रमाणित भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । नक्कली कागजातका लागि उनीहरुले ५० हजार लिएको खुल्न आएपछि उनीहरु विरुद्ध भ्रष्ट्राचारको अभियोगमा मुद्दा दायर भएको हो । उनीहरुले जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादी उद्बवप्रसाद नेपालका ससुरा केदारनाथ पराजुलीसँग ५० हजार लेनदेन गरी उद्बवप्रसाद नेपाल चिकित्सा विज्ञान,वीर अस्पतालमा उपचारार्थ रहेको गलत लिखत तयार गरेका थिए ।