मोटोरोला र खल्तीद्वारा साझेदारी, नयाँ स्मार्टफोन किन्दा २ हजारसम्म खल्तीमा पैसा फिर्ता

<p>काठमाडौं । मोटोरोला नेपाल र खल्तीले नयाँ स्मार्टफोनका ग्राहकहरूकोबीच नेपालमा डिजिटल भुक्तानी बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । सम्झौताअनुसार खल्तीले चार मोडेलका मोटोरोला स्मार्टफोनहरुमा २ हजार रुपैयाँसम्म खल्तीमा पैसा फिर्ता दिने जनाइएको छ । अभियानको माध्यमद्वारा मोटोरोलाले नेपालमा स्मार्टफोन प्रयोगकर्ताहरुबीच डिजिटल माध्यमद्वारा पेमेन्ट गर्ने बानीलाई प्रोत्साहित गरिने बताइएको छ । ‘हामी केवल हार्डवेयर र [&hellip;]</p>

काठमाडौं । मोटोरोला नेपाल र खल्तीले नयाँ स्मार्टफोनका ग्राहकहरूकोबीच नेपालमा डिजिटल भुक्तानी बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।

सम्झौताअनुसार खल्तीले चार मोडेलका मोटोरोला स्मार्टफोनहरुमा २ हजार रुपैयाँसम्म खल्तीमा पैसा फिर्ता दिने जनाइएको छ । अभियानको माध्यमद्वारा मोटोरोलाले नेपालमा स्मार्टफोन प्रयोगकर्ताहरुबीच डिजिटल माध्यमद्वारा पेमेन्ट गर्ने बानीलाई प्रोत्साहित गरिने बताइएको छ । ‘हामी केवल हार्डवेयर र स्मार्टफोन मात्रै बिक्री गरिरहेका छैनौँ,’ नेपालका लागि मोटोरोलाको आधिकारीक बिक्रेता, लाईफकमका प्रवन्ध निर्देशक अमित अग्रवालले भने ‘आफ्ना दैनिक कार्यहरु सहज बनाउन स्मार्ट तरिकाले फोन प्रयोग गर्न पनि प्रोत्साहित गरीरहेका छौं ।

खल्तीसँग डिजिटल भुक्तानी बढाउन र स्मार्टफोन प्रयोगकर्ताहरूलाई अझ बढी स्मार्ट बनाउनका लागि हामीले सहकार्य सुरुवात गरेका हौं ।’ उनको अनुसार छिमेकी देशहरू भारत, चीन र बांग्लादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ । यो साझेदारीबाट नेपालमा मोबाइल भुक्तानीको प्रयोग बढ्ने अनुमान गर्न सकिन्छ ।

नयाँ स्मार्टफोन किन्ने योजना बनाइरहेका व्यक्तीका लागि यो एउटा आकर्षक अफर हो । अभियानले अहिलेसम्म मोबाइलबाट भुक्तानी गर्ने बानीको सुरुवात नगरेका व्यक्तिहरुका लागि बानी परिवर्तन गर्न र खल्तीको सजिलो मोबाइल भुक्तानीको मज्जा लिन प्रोत्साहित गर्नेछ ।

Share News