बालबालिकाको सहयोगको लागि ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने
काठमाडौं । क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने भएको छ । फेशन शोबाट उठेको रकम बालबालिकाको सहयोगमा खर्च हुनेछ । यो फेशन शोमा चर्चित नायिका सञ्चिता लुईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा रहने छन् । एक दर्जन भन्दा बढि चर्चित मोडलहरु र्याम्पमा उत्रने छन् । डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा मोडलहरु र्याम्प शोमा उत्रने छन् । यस शोमा नेपालका चर्चित कलाकारहरुको सांगितिक प्रस्तुति पनि रहेने छ । फेशन शो गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न हुने छ । शो ललितपुरको इन्द्रणी ब्याक्वेटमा हुने छ । भण्डारीले देश तथा विदेशमा सफल रुपमा कार्यक्रम आयोजना गरिसकेकी छिन् । अभिनय, गायन र इभेन्ट आयोजनामा सक्रिय रहेकी भण्डारी रशलाईट मिडियाकी अध्यक्ष पनि हुन । सामाजिक काममा सहयोग गर्न पाउँदा सबै पीडा भुल्ने रशलाईट मिडियाकी अध्यक्ष तथा क्यान एजुकेशनकी कार्यक्रम संयोजक भण्डारी बताउँछिन् । शो सफल बनाउनका लागि कुनै पनि कसुर बाँकी नराख्ने जोजोलोप्पा कलेक्सनका सञ्चालक सुमन मर्हजन प्रतिबद्धता जनाए । उक्त फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट वञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाउण्डेशनका अध्यक्ष रत्न राईले बताए । क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको फाउण्डेशनकी कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन् ।
समाजवादमा निःशुल्क शिक्षा दिन्छौंः गृहमन्त्री थापा
चितवन । गृहमन्त्री राम बहादुर थापाले समाजवादमा निःशुल्क शिक्षा प्राप्त हुने बताएका छन् । चितवनमा आयोजीत एक कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले समाजवादमा शिक्षा निःशुल्क हुने र सरकार त्यसको तयारीमा जुटिसकेको बताएका हुन् । शिक्षामा अहिले अल्पसंख्यक पुजीबादीको हावी छ उनले भनेबहुसंख्यक अझै बाहिर छन्, त्यो हुनु हुदैन्, शिक्षा समाजवाद उन्मुख हुन जरुरी छ । सरकारले शिक्षामा निजि र सिन्डीकेटको अन्त्य गर्दै निशुल्क समाजवाद उन्मुख शिक्षालाई जोड दिएको बताउदै शिक्षमा पुजीपतिको हावी अन्त्य गराएरै छाड्ने प्रतिवद्धता जनाए । उनले विदेशमा नेपाली पढ्न जादाँ समेत नेपाली पुजी बाहिरीएकै भन्दै यसको लागि नेपालमा सर्वसुलभ रुपमा गुणस्तरी शिक्षा कसरी दिने भन्ने बारेमा सरकार गम्भीर रुपमामा छलफलमा रहेको समेत बताए । शिक्षा एकाधिकारीको अन्त्यका लागि आफुहरु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी सगठंनले आयोजना गरेको सम्मान ग्रहण गर्दै थापाले सो कुरा बताएका हुन् । तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका थापा राज्यको सुरक्षा व्यवस्थाको प्रमुख निकायमा पुग्नु चितवनसगैँ समग्र मुलुकै लागि गौरवको विषय भएको उनीहरुले सम्मान गरेको हुन् । कृषि शिक्षा सर्वसधारणको पहुँचमा पुराउन, निजि क्षेत्रलाई दिने सम्बन्धन, कृषि परिषद् गठन र कृषि शिक्षा ऐन, निति निर्माणका लागि पहल गर्न समेत प्राध्यापक र विद्यार्थीहरुले सो अवसरमा माग राखेको कृषि विश्व विद्यालयका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिए ।
गृहमन्त्री बादललाई चितवनमा सम्मान, समाजवाद निशुल्क शिक्षामा जोड
चितवन । गृह जिल्ला चितवनमा गृह मन्त्री रामबहादुर थापा(बादल)लाई सम्मान गरिएको छ । रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी सगठंनले संयुक्त रुपमा एक भव्य समारोहका विच सम्मान गरेका हुन् । तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका थापा राज्यको सुरक्षा व्यवस्थाको प्रमुख निकायमा पुग्नु चितवनसगैँ समग्र मुलुककै लागि गौरवको विषय भएको उनीहरुले सम्मान गरेको हुन् । कृषि शिक्षा सर्वसाधारणको पहुँचमा पुराउन, निजि क्षेत्रलाई दिने सम्बन्धन, कृषि परिषद् गठन र कृषि शिक्षा ऐन, निति निर्माणका लागि पहल गर्न समेत प्राध्यापक र विद्यार्थीहरुले सो अवसरमा माग राखेको कृषि विश्व विद्यालयका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिए । सो अवसरमा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले समाजवादी शिक्षालाई लागु गर्न सरकारले अग्रसर भएको बताएका छन् । शिक्षामा अहिले अप्लसंख्यक पुजीबादीको हावी छ उनले भने बहुसंख्यक अझै बाहिर छन्, त्यो हुनु हुदैन्, शिक्षा समाजवाद उन्मुख हुन जरुरी छ । सरकारले शिक्षामा निजि र सिन्डीकेटको अन्त्य गर्दै निशुल्क समाजवाद उन्मुख शिक्षालाई जोड दिएको बताउदै शिक्षमा पुजीपतिको हावाी अत्न्य गराएरै छाड्ने प्रतिवद्धता जनाए । उनले विदेशमा नेपाली पढ्न जादाँ समेत नेपाली पुजी बाहिरीएकै भन्दै यसको लागि नेपालमा सर्वसुलभ रुपमा गुणस्तरी शिक्षा कसरी दिने भन्ने बारेमा सरकार गम्भीरमा छलफलमा रहेको समेत बताए । शिक्षा एकाधिकारीको अन्त्यका लागि आफुहरु कटिवद्ध भएर लाग्ने प्रपतवद्धता समेत व्यक्त गरेका थिए । सो अवसरमा उपप्राध्यापकहरु उदितप्रका सुवेदी, होमनाथ गिरी, अनन्त प्रकाश सुवेदी र अखिल क्रान्तिकारी केन्द्रिय सदस्य आरके भट्टले कृषि विश्व विद्यालयको विकासका लागि ८ निजि कलेजको सम्बन्धन खारेज गरेकोमा सरकालाई धन्यवाद दिदै अबका दिनमा कुनै पनि हालतमा निजिलाई सम्बन्ध दिन नहुने बताएका थिए ।
७० प्रतिशत बजार विदेशी काठले खाईरहेको छ- राजेश अग्रवाल
राजेश अग्रवाल, अध्यक्ष, फर्निचर एसोसियसन नेपालीहरु फर्निचर व्यवसायीहरु कति छन् ? अहिले हाम्रो ३ वटा जिल्ला भईसक्यो । पहिला हाम्रो सबै जिल्लाको फर्निचर हाम्रो एउटै संगठन थियो। तर अहिले आएर भक्तपुरले आफ्नै छुट्टै दर्ता गराएको छ र ललितपुर पनि आफ्नै दर्ता गराउने प्रकृयामा छ । भक्तपुर, ललितपुर र काठमाडौं सबै गरेर दर्ता भएका फर्निचर पसलहरु कम्तीमा पनि ४००–४५० का हाराहारी छन् । तर धेरै फर्निचरहरु अझै पनि दर्ता भएका छैनन् । अझै पनि कति फर्निचर पसलहरु घरघर मै रहेका छन् । नेपाली काठको अवस्था कस्तो रहेको छ ? पाउन कतिको सजिलो हुन्छ ? सबैभन्दा समस्या नै यहाँको काठकै छ । यदि नेपाल सरकारले राम्रोसँग काठ उपलब्ध गराउने हो भने हामी ८० प्रतिशत उत्पादन नेपालमा हुने हो भने हामीले आयत दरलाई २० प्रतिशतमा झार्न सक्छौ । तर काठको यति लामो प्रक्रिया छ भने त्यसमा पनि हाम्रा फर्निचर व्यवसायीहरुले काठ सिधै वनविभागबाट पाउँदैन् । काठ नभएर बाहिरबाट आयत गर्नुपर्ने स्थिति छ । काठ कति आयत हुन्छ ? हामीसँग यकिन डाटा छैन तर बुझेसम्म ३० अर्ब जतिको आयत हुन्छ । नेपाली काठ भन्दा पनि सस्तो पर्छ हो विदेशी काठ? सस्तोभन्दा पनि बिदेश काठ हरु सजिलोसँग पाईन्छन् । नेपाली काठ त पैसा तिरेर पनि पाइने अवस्था छैन । उद्योग चलाउनलाई महँगो न सस्तो भन्दा पनि सामान छ कि छैन भन्ने पहिलो मान्यता हो । हाम्रो मान्यता त बाहिरबाट काठ आयत नगरु भन्ने हो तर यस्तै छ स्थिती । मलेसियन र ईन्डियाबाट फर्निचर बन्ने काठ आउँछन् । चाईनाबाट चाँही प्लाईहरु बढी आउँछन् । नेपाली अग्राख काठ सबैभन्दा राम्रो मान्छन् ? बाहिरको काठहरु हामीहरुले बाध्यताले मात्र झिकाएको हो नत्र नेपाली काठ जस्तो तिनीहरु टिकाऊ हुँदैनन् । सामान नपाएर मात्रा यिनीहरु झिकाएको हो । यी काठहरुको आयत हुन थालेको ४–५ वर्ष मात्र हुन लागेको छ । वाणिज्य आपुर्ती मन्त्रीलाई हामीले मेलाको उद्घाटनमा बोलाँउदा उहाँले भन्नुभयो, “की यती काठ हामीहरुसँग फालाफाल छ, ३ महिला पर्खनुस् र तपाईहरुलाई हामी यही काठ उपलब्ध गराउँछौँ । तर सरकार यहाँ महिना महिनामा फेरिन्छ झन् मन्त्री त कुरै नगरौँ ।” फर्निचरको बजार कस्तो रहेको छ ? हाम्रोमा सबैभन्दा बढी चाइनिज काठ बढी आयत हुन्छ किनभने चाइनिज काठ सस्तो र हेर्दा राम्रो पनि हुन्छ । हाम्रो नेपालमा न काठ पाईन्छ न त दक्ष जनशक्ति मानिसहरु प्रशिक्षण पाउने वित्तिकै बाहिरको लागि हानिन्छन् । जसको कारणले गर्दा हामी बाहिरबाट काठ आयात गर्न वाध्य छौँ । बाँकी टर्की, मलेसिया, इन्डोनेसियाबाट आयत हुने गर्दछ । यिनीहरु अलिक महंगा काठ हुन् । यिनीहरुको आफ्नै शोरुम पनि रहेको छ । एउटा टि–टेबल २ लाखसम्मको पनि आयत हुने गर्दछ र बिक्री पनि भईरहेको छ । विदेशी काठले कति बजार खाइरहेको छ ? ७० प्रतिशत बजार विदेशी काठले खाईरहेको छ । अग्राख काठ र नेपाली काठमा रकम कतिको फरक छ ? मोटामोटी रुपमा २० प्रतिशतले फरक पाईन्छ । स्क्वायर फिट अनुसार दाममा फरक पर्न जान्छ । नेपाली काठमा के बढी बिक्री भएको पाईन्छ ? नेपाली काठमा बढी बिक्री भएकोमा अफिस टेबल, पलङ बिक्री भएको पाईन्छ । यिनीहरु महंगो भए पनि मानिसहरु बलियो हुन्छ भनेर यही किन्न मन पराउँछन् । पाएसम्म मानिसहरु यही किन्न रुचाउछन् तर नपाएको कारणले चाईनिज काठ किन्न वाध्य छन् । एउटा फर्निचरलाई नेपाली काठ बेच्न भन्दा विदेशी बेच्न फाईदा हुन्छ हो ? फाईदा पनि बढी र लागत पनि कम । एउटा नेपाली काठ १० हजार पर्न जान्छ भने विदेशी काठ ५–६ हजार पर्न जान्छ । त्यसैमाथि पनि विदेशी काठ सजिलोसँग पनि पाईन्छ । नेपाली कार्पेटको स्थिती के छ ? हामी आम नेपालीले प्रयोग गर्ने कार्पेट बनाउन हामी सक्षम भईसकेका छौँ । त्यसको आयत पनि बन्द भईसक्यो । ३ वटा फ्याक्ट्री नेपालमा भईसकेको छ र अझै अर्को एउटा पनि आउँदैछ । महंगो दरको अझै पनि आयत गरिरहेका छौँ । हातले बनाएको गलैचाको अवस्था कस्तो रहेको छ ? अहिले आएर हातले बनाएको गलैचाको निर्यात पहिलेको भन्दा कम भएको छ । त्यसमा पनि कामदारकै समस्या छ । निर्यात नभएको होईन तर अहिले नेपालमा गलैचा उद्योगको स्थापना भईसकेको छ जुन सामान्य दायराबाट शुरु गरेको थियो । महंगोमा चाँही अझै सक्षम भईसकेका छैनन् । नेपाल कार्पेट उत्पादनमा सक्षम भईसकेको छ, त्यही पनि बाहिरीबाट किन आयत गरिन्छ ? नेपाल कम मुल्यको कार्पेटको उत्पादनमा मात्र सक्षम भएको देखिन्छ र अझै पनि बढी मुल्य पर्ने कार्पेटको उत्पादन भएको पाइएको छैन र उक्त कार्पेट बाहिरबाटै आयत गरिन्छ । मेलाको बारेमा केही बताईदिनुस् न? हाम्रो मेलामा यसपटक अन्तर्रास्ट्रिय कम्पनीमा स्टल राख्नेमा भारत र पाकिस्तान पक्का भईसकेका छन् । अरु हुन बाँकी छ । यसपटक हामीलाई स्टलकै समस्या होला जस्तो भईरहेको छ । पोहोर २ वटा स्टल लिनेले यसपटक ४ वटा स्टल लिने भनेका छन् किनभने पछिल्लो समयको उनीहरुको प्रतिकृया राम्रो आएको छ । तर हामीहरुको मुख्य उद्देश्य भनेको धेरै प्रदर्शनकर्ता र थोरै स्टल हो । किनभने धेरै प्रदर्शनकर्ता हुँदा मेलामा आउनु हुने मानिसहरुले धेरै अवलोकन गर्न पाउँछन् र एउटै प्रदर्शनकर्ताले धेरै स्टल लिँदा कम सामानको प्रदर्शन हुने र मेला पनि एकैछिनमा घुमेर भ्याईने हुन्छ । विगतको बर्षमा भन्दा अहिले केही फरकपन ल्याउनु भएको छ की नार्इ ? हामीले यो पटक केही फरकपन ल्याएका छौँ । पहिला हाम्रो हलमा मात्र प्रदर्शन हुन्थ्यो तर अहिले बाहिर पनि डुम राख्दैछौँ । हलमा ६/७ को स्टल हुन्छ । सबै डुममा ६०–६५ वटा स्टल हुन्छन् । यो प्रदर्शनकर्ताको आवश्यकता अनुसार गरिन्छ । हामीले प्रवेसिका पनि बदल्दै छौँ । र पहिला हामी सामाजिक संजालमा त्यति जान पाएका थिएनौँ त्यसैले यो पटक हामी अधिकतम सोसल मिडियामा जाँदैछौँ । फर्निचरले भोग्नु परेको समस्या र सरकारले के गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ ? सबैभन्दा समस्या हाम्रो कच्चा पद्दार्थको हो । जती पनि बैठक हुन्छन् त्यसमा पनि सबैको यही एउटा गुनासो रहेको छ । ३० अर्बको वस्तुको कारोबार गर्नु सानो कुरा होइन । आज तपाईंको ३० अर्बको कारोबार गर्नेले प्रत्यक्ष रोजगारीमा कम्तीमा पनि एउटा पसलमा ४ जना कामदार राख्दा पनि हाम्रो ७०० वटा रिटेल पसल गरेर ३००० कामदार हुने गर्छ । सबै मानिसको धेरै कमाउने योजना हुन्छ । सर्वप्रथम मानिसहरु सर्टिफिकेट पाउने बित्तिकै बाहिरको लागि तातिन्छन् । यहाँ ३० कमाए बाहिर ६० कमाउँछु भन्ने उसको सोच हुन्छ । सरकारले हामीले कच्चा पद्दार्थ सजिलो र सस्तो मुल्यमा प्रदान गरीदिए सहयोग हन्थ्यो । हामीले ६० प्रतिशत आयत गर्छौ भने ४० प्रतिशत उत्पादन गर्छौ । यदि सरकारले यसमा सहयोग गर्ने हो भने हामीले २ बर्षमा यसलाई ६० मा परिवर्तन गर्न सक्छौँ । त्यस्तै ट्रेनिङ प्रदान गरेर सर्टिफिकेट पाउने बित्तिकै नेपाल सरकारले बाहिर जाने प्रवृद्धीमा रोक लगाउन पर्छ । सरकारको तर केहीमा पनि राम्रो नीति नियम छैन । हरेक कुराको विकासको लागि राम्रो नीति नियम हुन निकै नै आवश्यक रहेको छ । कति सम्मको काठ बिक्री हुन्छन् ? यसको यकिन छैन किनभने हामीले २००० देखी २ लाख सम्मको काठ बिक्रीमा राखेका छौँ । अझै त्यो भन्दा महँगो पनि बजारमा रहेको छ । हाम्रो देश गरीब छ तर जनता धनी छन् । किन्नेले १० लाखको पनि किन्छन्। केही भन्न चाहनुहुने र हामीले सोध्न छुटाएको प्रश्न? आउँदो मेलामा तपाईं हामीले जतिनै सम्झाए पनि भिजिटर आएनन् भने त्यसको केही काम छैन । म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यहाँ आएर हामीले के उत्पादन गर्दैछौ भन्ने हेरिदन आग्रह गर्दछु । तपाईंहरु किन्नुस् नकिन्नुस् केही छैन, तर हामी के कुरामा सक्षम भईसक्यौ भन्ने हेरिदिनुस् । अरु बेला एउटा फर्निचरको लागि धेरै ठाउँ दगुर्नु पर्ने हुन्छ तर यहाँ सबै कुरा एउटै छाना मुनी पाईन्छ । नेपाली जनताले हामीलाई साथ दिएर हामीहरुको सामान प्रयोग गर्दिएमा हामीहरुलाई धेरै सहयोग मिल्थ्यो र आएको १/२ वर्षमा हामी सबै बनाउन सक्षम हुनेछौँ । सबैलाई यसको सक्दो प्रचारप्रसार होस् । यही छ आग्रह ।
३० रुपैंयाँको इन्धन खर्चेर आफ्नै मोटरसाइकल/स्कुटरमा अब गुड्नुस १२० किलोमिटर
काठमाडौं । न पेट्रोल हाल्नुपर्ने चिन्ता न महंगो मूल्य । ३० रुपैंयाँको बिजुलीले चार्ज गर्नुस अनि गुडाउनुस १२० किलोमिटर । सुन्दा अपत्यारिलो लाग्ने यो कुनै दन्त्य कथा होइन् । एउटा विद्युतिय मोटरसाइकल र स्कुटरको सत्य हो । अझै अचम्म लाग्ने तथ्य यो छ कि २ बर्षका लागि मर्म खर्च जम्मा ३ हजार मात्रै । मोटर साइकल र स्कुटरको महंगो खरिद मूल्य, आकाशिँदो पेट्रोलको भाउ, थेग्ने नसक्ने सर्भिस शुल्कले हैरान हुनुभएको छ भने अब विद्युतिय सवारी तर्फ ध्यान दिनुस् । अष्ट्रेलियाको भिमोटो कम्पनीले ३० रुपैयाँको विद्युतले चार्ज गरेर १२० किलोमिटरसम्म गुड्ने मोटरसाइकल र स्कुटर नेपाली बजारमा ल्याइसकेको छ । त्यो पनि सस्तो मूल्यमा र २ वर्षसम्मको मर्मत खर्च बढीमा ३ हजार मात्रै लाग्छ । पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटरको न्युनतम मूल्य १ लाख ५० हजार रुपैयाँ पर्छ । तर भिमोटोले उत्पादन गरेको विद्युतीय मोटरसाइकल र स्कुटरको मूल्य न्युनतम १ लाख १० हजार रुपैयाँ छ । ३० रुपैयाँको चार्ज गर्दा १२० किलोमिटर गुड्छ । ब्याट्री चार्ज गर्न ३ घन्टा देखी ६ घन्टासम्म लाग्छ । दिउँसोभरी गुडाएर रातभरी व्याट्री चार्जमा राख्न सकिन्छ । पेट्रोलबाट चल्ने बाइक र स्कुटरमा ५० किलोमिटर चलाउँदा १ लिटर पेटोल प्रयोग हुन्छ । अहिले पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ छ । १२० किलोमिटर गुड्दा पेट्रोलबाट चल्ने बाइक र स्कुटरले झण्डै ३०० रुपैयाँको इन्धन खपत गर्छ । तर इलेक्ट्रिक भिमोटोले ३० रुपैयाँमा त्यत्ति गुड्ने भिमोटो नेपालका सञ्चालक सुरेन्द्र मान्नधर बताउँछन् । विश्व बजारमा नै इलेक्ट्रोनिक सवारी साधनहरुको माग बढिरहेको छ । भारतले सन् २०३० सम्म तेलबाट चल्ने सवारीसाधनहरुको विकल्पका रुपमा इलेक्टोनिक सवारीसाधनमा जोड दिएकाले यसको माग बढेको उनको भनाई छ । भिमोटोले २ वर्षसम्मका लागि कम्पनीले वारेन्टी दिएर बिक्री गरिरहेको छ । चार्ज बाहेक यो कम्पनीको बाइक र स्कुटर सञ्चालनको २ वर्षसम्म ३ हजार रुपैयाँ मात्रै खर्च हुने बताएको छ । यसले बढिरहेको प्रदूषणलाई पनि नियन्त्रण गर्छ । डिजेल र पेट्रोलबाट सञ्चालन हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार धैरै नै सस्तो छ । विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले कर उठाउने गरेकाले मूल्य अन्यको भन्दा सस्तो रहेको सञ्चालक मानन्धरको भनाई छ । नेपालमा पनि सन् २०२० सम्म उपत्यकामा सञ्चालन हुने कुल सवारी साधनको २५ प्रतिशत विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइने भने पनि कार्यन्वयन हुन नसकेको उनी बताउँछन् । “नाकाबन्दी सकियो, विद्युतीय सवारी साधनको चर्चा पनि क्रमशः ओझेल पर्न थाल्यो । सरकारी नेतृत्व नै उदासीन देखियो” मानन्धर भन्छन् । वायु प्रदूषण बढ्दै गएपछि राष्ट्रिय योजना आयोगले विद्युतीय सवारी साधन, आवश्यक उपकरण, व्याट्री तथा पार्टपुर्जामा लाग्दै आएको भन्सार शुल्कलाई शून्य प्रतिशतमा झार्न र पेट्रोल, डिजलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न वैधता प्रदान गर्ने लगायतका सुझाव दिइएको थियो । तर अहिले त्यो कुरा हराएको उनको गुनासो छ । भिमोटोको काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा र जनकपुरमा बिक्री केन्द्र खुलेका छन् । कुनै स्कुटर वा बाइक बिग्रियो भने बिगे्रको ठाँउमा नै गएर कम्पनीले मर्मत गरिदिने व्यवस्था भएको मानन्धरले बताए । भिमोटो नेपालको बाइक र स्कुटरको मूल्य १ लाख १० हजार देखी २ लाख ७४ हजार रुपैयाँसम्मको छ । भिमोटो टि १.५ स्कुटरको मूल्य १ लाख १० हजार, भिमोटो एलएन स्कुटरको मूल्य १ लाख ३१ हजार, भिमोटो इम्याक्स् स्कुटरको मूल्य २ लाख १६ हजार, इकोटर स्कुटरको मूल्य २ लाख ४५ हजार र भिमोटो भिक्ड्राकस स्कुटरको मूल्य २ लाख २६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यस्तै, भिमोटो सोको टिएस बाइकको मूल्य २ लाख ४९ हजार र भिमोटो सोको सिटी बाइकको मूल्य २ लाख ७४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
अस्पतालमा औषधिको अभाव, डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले किन्नुपर्ने
धादिङ । जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपर्ने अवस्था आएको बताए। बिरामी लिएर जिल्ला अस्पताल जाँदा अस्पतालका डाक्टरले आफैँले उपचार सामग्री र औषधि खरिद गर्नुपर्ने बताउने गरेको राजन श्रेष्ठको भनाइ छ । सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाएपनि अत्यावश्यक औषधिसमेत सकिएपछि अन्यौलमा परेको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए । नेपाल सरकारले निःशुल्क औषधि खरिद गर्नका लागि दिँदै आएको रु आठदेखि १० लाख रकम नपुग हुँदा निःशुल्क सेवा प्रभावकारी हुन सकेको छैन । जिल्ला अस्पतालमा दैनिक आउने करीब २०० बिरामीको परीक्षण गर्दा चिकित्सकले प्रयोग गर्ने सामग्री र र निःशुल्क औषधिका लागि करिब ७० लाख रुपैयाँ आवश्यक पर्ने भए पनि सरकारले उपलब्ध नगराउँदा निःशुल्क स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो । रासस
मुक्तिनाथ विकास बैंकले एकैदिन खोल्यो ५ नयाँ शाखा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैसाथ ५ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा महोत्तरीको बर्दीबास, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इटहरी तथा इनरुवा र झापाको दमकमा गरी थप पाँच शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो । बर्दीबास शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, बर्दीबासका अध्यक्ष प्रहल्लाद क्षेत्री, रौतहटको प्रतिनिधि सभाका सदस्य देवप्रसाद तिमल्सिना, ईटहरीको उद्घाटन ईटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेसकुमार विष्ट, इनरुवाको उद्घाटन प्रदेशसभा सदस्य राजिब कोइराला तथा दमक शाखाको उद्घाटन दमक नगरपालिका मेयर रोमनाथ ओलीले गरेका छन् । यसका साथै, बैंकले ९५ वटा शाखा, १५ वटा एटीएम र ३ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
केएल मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को सित्तैमा
काठमाडौं । चाबहिल स्थित केएल मोबाइल हबमा जारी मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने भएको छ । जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने योजना सहित मेला सञ्चालन भैरहेको छ । चाबहिलको के एल टावरमा रहेको के एल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै अफर माथि अफरमा सेवाग्राहीलाई लक्षित गर्दै मोबाइल मेला सञ्चालन गरेको हो । एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजना मेलाको आकर्षण बनेको छ । जेडटिई ब्राण्डका एल फाइभ प्लस तथा ब्लेड एस सेभेन र लेनेभोको के फोर नोट मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा उपलब्ध हुने मोबाइल हबका निर्देशक संगम राईले बताए । त्यसैगरी मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ । मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरका अनुसार लेनोभोको के फाइभ नोट ५० प्रतिशत छुटमा किन्न सकिन्छ । एमआई फाइभ एसमा ४० प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर पनि उपलब्ध छ । एमआई फोरमा ३५ प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर लागू हुने ग्लाइडरले जानकारी दिए । यसैगरी मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशतसम्मको डाउन पेमेण्टमा मोबाइल किन्न सकिन्छ । शुन्य प्रतिशत डाउनपेमेण्ट बाहेकका उल्लेखित सबै अफरहरु हरेक मोबाइलको खरिदमा लागू हुने मोबाइल हबले जनाएको छ । अफरहरु केएल मोबाइल हब चाबहिलका साथै एप्पल वल्र्ड मोबाइल, मर्कन्टाइल प्लाजाको पहिलो तल्ला पसल नम्बर एफ ५ दरबारमार्ग, सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, पसल नम्बर ११३ न्युरोड तथा द वल्र्ड भिजन मोबाइल सिटिसी मल चौथो तल्लामा पनि उपलब्ध हुनेछ । ग्राहकले किस्ताबन्दीमा मोबाईल खरिद गर्न आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई आकर्षक गिफ् ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिनेछ । विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन् ।