विकासन्युज

रिलायन्स लाइफ इन्स्योरेन्सको थप ५ शाखा सञ्चालनमा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले थप ५ शाखाहरु विस्तार गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको चाबहिल, कलंकी, महाराजगञ्ज, भक्तपुरको च्यामासिंह र काभ्रेपलाञ्चोकको बनेपामा नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । सो शाखाहरुको उद्घाटन कम्पनीका अध्यक्ष तारा चन्द केडियाका साथै कलंकीमा का.म.न.पा वडां न १४ का वडाध्यक्ष शोभा सापकोटा, चाबहिलमा वडां न ७ का वडाध्यक्ष शुद्धकुमार डंगोल, महाराजगञ्जमा नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, भक्तपुरको च्यामासिंहमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र काभ्रेपलाञ्चोकको बनेपामा काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

देशभरका विमानस्थललाइ साढे ४५ अर्ब स्वीकृत, नागिडाँडालाई २५ कराेड, निजगढलाई कति ?

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नागरिक उड्ययन प्राधिकरणको चालु आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । मन्त्रालयले प्राधिकरणका लागि ४५ अर्ब ५९ करोडको बजेट स्वीकृत गरेको हो । कुल बजेटको ८९ प्रतिशत रकम पुर्वाधारमा खर्च हुने र बाँकी ११ प्रतिशत रकम कर्मचारीको तलब सुविधामा उपयोग हुने प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए । “यस वर्षको लागि हामीले प्रस्ताव गरेको बजेट मन्त्रालयले पास गरेको छ, अब नयाँ आर्थिक वर्षका लागि काम धमाधम अघि बढ्नेछ, श्रेष्ठले विकासन्युजसँग भने हामीले यो वर्ष राष्ट्रिय गौरवको आयोजनालाई विशेष महत्व दिएका छौं ।” उनका अनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ३ विमानस्थलको लागि २१ अर्ब रुपैंया विनियोजन गरिएको छ । यसमा पोखरा क्षेत्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तराष्ट्रिय विमानस्थल रहेका छन् । यसमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०१९ को अन्त्य सम्ममा सञ्चालनमा ल्याउने गरी काम भैरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको चाप बढेपछि प्राधिकरणले तिब्र गतिमा सो विमानस्थललाई अघि बढाएको हो । अहिलेकै अवस्था अनुसार कामको गति अघि बढ्ने हो भने आगामी वर्षको अन्त्य सम्ममा विमानस्थल सञ्चालनमा ल्याउन सकिने श्रेष्ठले बताए । विमानस्थलको समग्र ५० प्रतिशत भन्दा बढी काम भैसकेको आयोजना प्रमुख ओमनारायण शर्माले बताए । ‘अहिले विमानस्थलमा पार्किङ, प्रशासनिक भवन, कन्ट्रोल टावर लगायत पुर्वाधारको काम भैरहेको छ, शर्माले भने वर्षा रोकिने बित्तिकै रनवे पिचको काम हुन्छ ।’ उनका अनुसार रनवेमा पिच बाहेकका सबै काम सकिइसकेका छ । रनवे पिच गर्नका लागि ५ देखि ७ महिनासम्म लाग्नेछ । प्रशासनिक भवनको अन्तिम चरणको काम भैरहेको छ । कन्ट्रोल टावरको पाचौं तलाको काम भैरहेको शर्माले बताए । धावनमार्गको पिच चैत सम्ममा सकिए आगामी वर्षको असारसम्ममा विमानस्थल तयार हुनेछ । विमानस्थल निर्माण गर्न चिनीयाँ कम्पनी नर्थ वेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनले गरिरहेको छ । कम्पनीले २ सय जना चिनियाँ कामदार झिकाएर धमाधम काम गरिरहेको छ । धावनमार्गको ५ चरणको काम मध्ये अर्दन पेमेन्ट, मिक्स ग्राभेल, रिभर बेस म्याटिरीयलको काम सकिसकेको छ भने अहिले एलिग्रेड बेस लेयरको काम भैरहेको छ । तीन किलोमिटर लामो धावनमार्गमा एलिग्रेड बेसको काम अन्तिम चरणमा पुगेको छ । अहिले अन्तिम चरणको बिटामिन लेयरको काम भैरहेको छ । यसैगरी निगढ र पोखारा विमानस्थलको पनि काम अघि बढ्नेछ । नागीडाँडामा इआइए पास भएपछि काम अघि बढ्ने प्राधिकरणले नागिडाँडामा बन्ने आन्तरिक विमानस्थलका लागि २५ करोड रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ । श्रेष्ठका अनुसार नागिडाँडामा हाल वातावरणिय प्रभाव मूल्याङकनको काम भैरहेको र यो काम सकिएपछि दोस्रो चरणको काम अघि बढ्नेछ । प्राधिकरणको ध्यान त्रिभुवन विमानस्थलमा प्राधिकरणले त्रिभुवन विमानस्थल सुधार गर्नका लागि विशेष ध्यान दिने भएको छ । विमानस्थलको रनवे, पार्किङ र हेलिप्याड बनाउने भएको छ । बंगलादेशी विमान दुर्घटना भएको क्षेत्रमा हेलिप्याडको निर्माण गर्नेछ । हेलिप्याड निर्माणको लागि प्राधिकरणले २५ करोड रुपैंया विनियोजन गरेको छ । यसैगरी कोटेश्वर तर्फको जमिनमा पार्किङ निर्माण गर्नेछ । नयाँ विमानस्थलमा प्राधिकरणले ध्यान नदिने प्राधिकरणले धमाधम विमानस्थल बन्द हुन थालेपछि अब नयाँ विमानस्थल निर्माणका लागि ध्यान नदिने भएको छ । प्रवत्ता श्रेष्ठका अनुसार हाल २२ वटा आन्तरिक विमानस्थल बन्द रहेका छन् । यसबाट सरकारको अर्बौ लगानी खेर गएको छ ।

नर्भिकमा वाणिज्य बैंकका कर्मचारीलाई २५ प्रतिशत छुट

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले २५ प्रतिशत छुट पाउने भएका छन् । साथै, नर्भिकमा बैंकका कर्मचारी लगायत, कर्मचारी प्रि इम्प्ल्वाइमेन्ट स्वास्थ्य जाँच तथा बैंकको डेविट कार्ड होल्डर र ग्राहकका परिवारले विशेष सहुलियत एवम् प्राथमिकताका साथ स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने भएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकबीच हालै भएको सम्झौतापश्चात बैंकका ग्राहकले उक्त सुविधा पाउने भएका हुन् । सम्झौतापत्रमा बैंककातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार नर्भिकले विशेष सहुलियतपूर्ण दर/रेटमा एम्बुलेन्स सेवा, अन्तरङ्ग सेवा र बहिरङ्ग सेवा प्रदान गर्नेछ । बैंकका कर्मचारी लगायत माथि उल्लेखित सबै सेवाग्राहीहरुले नर्भिकको २५ प्रतिशत छुट सहितको विशेष स्वास्थ्य परीक्षण प्याकेजहरुमा थप ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै, प्याथोलोजी, अत्याधुनिकएमआरआई र सी.टी.स्क्यान सहित अन्य रेडियोलोजी सेवा, म्यामोग्राम, नन–इन्भेसिभ कार्डियाकप्रोसिजर्स्, शल्य क्रियाशुल्क, आदिमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । शैया शुल्कमा भने ५ प्रतिशत छुट हुनेछ । उल्लेखित सवै सेवाहरु फास्ट ट्रयाक प्रक्रियाबाट पुर्याइने हस्पिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अब ग्लोबल आईएमई बैंकबाटै आइएमई लाइफकाे इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब ग्लोबल आईएमई बैंकबाट आइएमई लाइफ इन्स्योरेन्सको सेवा पाइने भएको छ । बिहीबार दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात बैैंकले ग्राहकहरुलाई उक्त सेवा दिने भएको हो । यस सम्झौता पछि ग्लोबल आईएमई बैंकका ग्राहकले कम्पनीको जुनसुकै शाखाहरु मार्फत आइएमई लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र आइएमई लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका छन् । बैंकले १३१ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १३४ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा १०० शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्पmत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सांग्रिला डेभलप्मेन्ट बैंक र जनरल ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् । बैंक तथा इन्स्योरेन्सबीच बिहिबार आयोजित एक कार्यक्रमबीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सरकारले बिउपुँजी र अनुदान लिन सहकारीलाई बोलायो, ६० देखि ९५ प्रतिशतसम्म पाउने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा कृषि उत्पादन बढाउन र बेरोजगार युवालाई स्वरोजगार बनाउन विभिन्न सहकारी संस्थामार्फत बिउपुँजी (सिडमनी) र अनुदान सहयोग गर्ने भएको छ । बिउपुँजी तथा पुँजीगत अनुदान लिनका लागि सहकारी विभागले सहकारी संस्थालाई बोलाएको छ । अनुदान सुविधा लिन विभागले ६० दिनभित्र स्थानीय तह, प्रदेश र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको शिफारिश सहित आयोजना प्रस्ताव पेश गर्न विभागले भनेको छ । प्रतिसहकारी संस्था न्युनतम ७ लाख ५० हजारदेखि अधिकतम् ९ लाख रुपैयाँ बिउपुँजी दिने सहकारी विभागका प्रवत्ता नारायणप्रसाद अर्यालले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ३३ वटा सहकारी संस्थाले यस्तो सुविधा पाउने भएका छन् । जसअनुसार उत्पादनमुलक २२, श्रमिक ९ र उपभोक्ता २ वटा सहकारीले बिउपुँजी पाउने भएका हुन् । यसका लागि सरकारले ५ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए । संस्थाको प्रत्यक्ष रोजागारी पाउने सदस्य संख्याका आधारमा प्रतिसदस्य ३० हजार र महिला भएमा ४५ हजार रुपैयाँ वा कुल रकम ७ लाख ५० हजार र महिला संस्थाले ९ लाख रुपैयाँसम्म पाउने अर्यालले बताए । दुर्गम क्षेत्रका लागि ८० र अन्य क्षेत्रमा ६० प्रतिशतसम्म अनुदान दिने विभागले जानकारी दिएको छ । यस्तै महिला सहकारीका लागि दुर्गममा ९५ र सुगममा ७५ प्रतिशत अनुदान दिने छ । बिउपुँजी दुग्ध, कृषि, श्रम र उत्पादनमुलक व्यवसाय सञ्चालन गर्ने सहकारीले मात्र पाउने छन् । बचत तथा ऋण कारोबार गर्ने सहकारी नपाउने उनले स्पष्ट पारे । कृषि उत्पादन बढाउन, बजारीकरण र रोजगारी सिर्जना गर्न उपभोग भण्डारण बनाउनका लागि सकारले बिउपुँजी दिन लागेको हो । बिउपुँजी सहकारी संस्थामार्फत परिचालन हुने छ । बेरोजगार श्रमिक, विपन्न महिला, अपाङगता भएका व्यक्ति, दलित समुदाय, भुमीहिन सिमान्तकृतले सहकारी खेती गर्नका लागि बिउपुँजी र अनुदान दिने विभागले जानकारी दिएको छ । आफ्ना सदस्यको उत्पादन सञ्चय, प्रशोधन तथा बजारीकरण, उत्पादनमुलक औद्योगिक तथा व्यवसायिक आयोजना निर्माण तथा खरिदमा लगानी हुने विभागले जनाएको छ ।

साउदी अरेबियाको जेलमा रहेका घर्तिमगरको रिहाइका लागि ६७ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको ६७ लाख रुपैयाँ सरकारलाई हस्तान्तरण गरिएको छ । दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी (पीडितलाई दिइने क्षतिपूर्ति रकम) ६७ लाख रुपैयाँ दिलबहादुर बचाउन ब्लडमनी सङ्कलन अभियान-२०७५’ मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो । अभियानका संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढाले सो रकम हस्तान्तण गरेका छन् । सो रकम साउदी अरबमा रहेको नेपाली दूतावासमार्फत सम्बन्धित निकायसम्म पुर्याउन परराष्ट्र मन्त्रालयले बुधबार नै प्रक्रिया शुरु गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले दिलबहादुरको जीवनरक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए । मन्त्री ज्ञवालीले ब्लडमनी रकम साउदी अरब पुर्याएर दिलबहादुरलाई जति सक्दो चाँडो नेपाल ल्याउने बताए । रासस

एनआईसी एशिया बैंक र रिलायन्स लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंकले रिलायन्स लाईफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हस्ताक्षर गरेका छन् ।