विकासन्युज

पर्सामा मेगा बैंकको दुई शाखारहित बैंकिङ सेवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले पर्सा जिल्लाको दुई स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ र पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनीहारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । सखुवाप्रसौनीको उद्घाटन सोही गाँउपालिकाकी उपाध्यक्ष फुलकुमारी थरुनी तथा मेगा बैंक नेपाल बीरगंज आदर्शनगरका शाखा प्रबन्धक यशपालकुमार टिब्रेवालले संयुक्त रुपमा सेवा शुरु गरेका छन् । यसैगरी, पर्सागढीमा शाखारहित सेवाको उद्घाटन वडा अध्यक्ष उद्दबबहादुर उप्रेतीले गरेका हुन् ।

शुरुमै उपचार भए क्यान्सर रोग निको हुने

काठमाडौ । नेपालमा धेरैजसो अर्बुदरोगी जनचेतनाको अभाव र पर्याप्त स्वास्थ्य सुविधाको अभावले अन्तिम अवस्थामा अस्पतालमा आइपुग्ने गरेको बताइएको छ । क्यान्सर काउन्सिल नेपालद्वारा सूर्तीजन्य पदार्थको रोकथामबारेमा मङ्गलबार सञ्चालित अन्तक्र्रिया तथा जनचेतनामूलक कार्यक्रममा नेपालमा धेरै अर्बुद रोगी समयमा नै उपचार नपाएर मर्ने गरेको वक्ताले बताए । काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले सूर्तीजन्य पदार्थकै कारण अर्बुदरोग, मुटुरोग, दमलगायत विभिन्न किसिमका रोगबाट हजारौंँ मानिस प्रभावित भएको बताउँदै सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सकेमा हजारौं मानिसलाई अकालमा ज्यान गुमाउनबाट बचाउन सकिने स्पष्ट पारे। नयाँ पुस्तालाई सूर्तीजन्य पदार्थबाट जोगाउनका लागि विद्यालयस्तरबाटै संस्थाले त्यसविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक भएको बताउँदै उहाँले यसबारे अभिभावकले किशोरकिशोरीलाई सम्झाउनुपर्ने बताए । डिएभी सुशील केडिया विद्यालयका सहायक प्रधानाध्यापक रामचन्द्र खनालले विद्यालयले पनि सूर्तीजन्य पदार्थ सेवनमा रोक अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाए। रासस

ज्योति विकास बैंक जनकपुर र गोलबजारमा, थप ३० वटा नयाँ शाखा खोल्ने तयारी

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । जनकपुर शाखोको उद्घाटन जनकपुर उप-महानगरपालिकाका मेयर लालकिशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुर कार्यलयका निर्देशक नरेश शाक्य तथा बैंकका संचालक जगदीश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । त्यस्तै, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देबनाथ शाह तथा बैंकका संचालक जगदीश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै, यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

न्यूरोडमा ५०० सवारी अट्ने ‘स्मार्ट पार्किङ’

काठमाडौ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ । उक्त पार्किङ भवन सात तलाको हुनेछ । प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ । कूल क्षेत्रफलको २५ प्रतिशत क्षेत्रमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाइने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए। शारीरिकरुपमा अशक्तलाई समेत सहज हुने गरी पार्किङ भवनमा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने व्यवस्था सहितको सुविधा हुनेछ । सो संरचनामा आकाशे पानी सङ्कलन विधि जडान गरिनेछ । सो स्थलमा पैदल यात्री मैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेशन, कार सफाइ तथा मर्मत सुविधा र पार्किङ नियन्त्रक यन्त्र रहने कामपाको दाबी छ । भवन निर्माण गर्न कामपाले न्यूरोडस्थित धर्मपथको एक रोपनी १० आना जग्गा प्रयोग गर्नेछ । सवारीसाधन पार्क गरेर राख्ने स्थानको अभाव हुँदा पनि उपत्यकावासीले सवारी चापको समस्या भोग्नुपरेको छ । उक्त भवन निर्माणसँगै काठमाडौँ उपत्यकाको सडक चापमा कमी आउने बताइएको छ । रासस

बजाजको दशैंतिहार योजना अन्तर्गत फ्रीमा हिमस्टारको ३२ इन्च टिभी पाइने

काठमाडौं । बजाज थ्रि ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज आरइसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘आइ ले दिन्छ टि भी उपहार, मनाउदै खुसी स-परिवार’ रहेको छ । यो योजना अन्तर्गत बजाज आरइेमार्फत खुसी मिल्नेछ तथा ट्याग लाइन अनुसार बजाज आरइका ग्राहकहरुले फ्रिमा हिमस्टारको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने छन् र परिवारसँग मिलेर खुसीका साथ पर्व मनाउनेछन् भन्ने संदेश दिएको छ । हशंराज हुलाशचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘हामीलाइ विश्वास छ हाम्रा बजाज आरइका ग्राहकहरु ३२ इन्चको हिमस्टार टिभी फ्रि पाउँदा खुसी हुने छन् साथै यो अफरले उनीहरुको परिवारमा समेत पर्वको उत्साह छाउनेछ ।’

७ कम्पनीको ३ अर्ब ४५ करोडको हकप्रद सेयर आउदै, सबैभन्दा बढी अपी पावरकाे (सूचिसहित)

काठमाडौं । जलविद्युत, उत्पादनमुलक, वित्त र बीमा गरी ७ कम्पनीले पुँजी बढाउने हकप्रद सेयर निष्कासन गर्न लागेका छन् । ती कम्पनीले ३ अर्ब ४५ करोड ९ लाख रुपैयाँ बराबरको ३ करोड ४५ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । कसको कति यहाँ क्लिक गर्नुस  सबैभन्दा धेरै हकप्रद निष्कासन गर्नेमा अपी पावर कम्पनी लिमिटेड रहेको छ । अपीले जलविद्युत आयोजनामा लगानी गर्नका लागि २०० प्रतिशत अर्थात २ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको छ । यस्तै श्रीराम सुगर मिल्स लिमिटेडले पनि पुँजी बढाउन ३०० प्रतिशत अर्थात ८९ करोड ३ लाख ९४ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन गर्ने तयारीमा रहेका अन्य कम्पनीमा वरुण हाइड्रोपावर कम्पनी लिमिटेड, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड, किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी सबै कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डबाट अनुमति पाएपछि हकप्रद सेयर निष्कासन हुने छ । वित्त तथा बीमाले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।

अमेरिकाबाट फर्किए माधव नेपाल

काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अमेरिका भ्रमणबाट फर्किएका छन् । नेपाल इन्टरनेशनल सम्मेलनमा सहभागी हुन नेता नेपाल भदौ १४ गते अमेरिका गएका थिए । भदौ १५ देखि १७ गतेसम्म अमेरिकामा आयोजना गरिएको सम्मेलनमा नेता नेपालले प्रमुख अतिथीका रुपमा सम्बोधन गरेका थिए । उनले अमेरिका भ्रमणका क्रममा नेपाली सम्बद्ध एक दर्जन भन्दा बढी कार्यक्रमहरुमा सहभागीता जनाएका थिए ।

आइएमई जनरल इन्स्योरेन्सले धादिङ्का पशुपन्छी तथा बालिनालीको बीमा गराउने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र धादिङ्को नीलकण्ठ नगरपालिकाबीच सोही स्थानका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र नीलकण्ठ नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात नीलकण्ठ नगरापालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्नसक्ने छन् । सोही अवसरमा नगरपालिकाका मेयर भिमप्रसाद ढूंगानाले सोही स्थानका सम्पूर्ण कृषकहरुको पशु, पन्छी, बालीनालीको बीमा पश्चात कुनै कृषकको पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससंग संझौता गरेको बताएका छन् । साथै, उनले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशु, पन्छी पालन लगायत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरेका छन् । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले सोही स्थानका नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।