सेन्ट्रल फाइनान्सको संस्थापक हकप्रद सेयर लिलामीमा, असोज १२ गते अन्तिम दिन
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको संस्थापक हकप्रद सेयर लिलामी हुने भएको छ । फाइनान्सको ४ लाख ५६ हजार ३०८ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । लिलामीका बोलपत्र पेश गर्न सुरु मिति असोज ४ गतेदेखि १२ गतेसम्म रहेको छ । न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
स्वरोजगार लघुवित्तको साधारणसभा असोज २० मा, २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिका साधारणसभा असोज २० गते हुने भएको छ । १० औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस दिने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षमा गरेको नाफाबाट संस्थाले २ करोड ४४ लाख ९९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । सभाले चुत्तापुँजी र जारी पुँजी बढाउने प्रस्ताव पनि पारित गर्ने छ । सभामा ३ जना सञ्चालकको निर्वाचन हुने प्रस्ताव गरिएको छ ।
एनआईसी एसिया बैंकको ऋणपत्रमा माग भन्दा बढी आवेदन, बुधबार लगानी गर्ने अन्तिम दिन
काठमाडौं । एनआईसी एसिया बैंकको ऋणपत्र बुधबारसम्म मात्र खुला हुने भएको छ । माग भन्दा बढी आवेदन परेपछि बैंकले आज बुधबारसम्म मात्र खुला गरेको जानकारी दिएको छ । बैंकले वार्षिक ११ प्रतिशत ब्याज दिने गरी भदौ २१ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ हजार रुपैयाँ दरका ३६ करोड ६० लाख रुपैयाँ बराबरको ३ लाख ६६ हजार कित्तिा ऋणपत्र निष्कासन गरेको थियो । निष्कासन बन्द छिटोमा बुधबारसम्म तोकिएको छ । बैंकले धितोपत्र बोर्डबाट १ अर्ब ८३ करोड रुपैयाँ बराबरको १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । ऋणपत्र निष्कासन बन्द छिटोमा भदौ २५ र ढिलोमा असोज १९ गतेसम्म तोकिएको थियो । निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । न्युनतम २५ देखि अधिकतम १ लाख ८३ हजार कित्तासम्म आवेदन दिने पाइने छ ।७ वर्ष अवधिको यस ऋणपत्रमा बार्षिक ब्याज दर ११ प्रतिशत तोकिएको छ भने अर्धवार्षिक रुपमा व्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।
बैंक/बीमाको तालिम र डाटा संकलन गर्न ५ करोडको कम्पनी, असोज २ गते वृहत सम्मेलन
काठमाडौं । बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुमा जनशक्ति अभावको कथा पुरानै हो । अहिले पनि चार पाँच वटा भन्दा बढी बीमा कम्पनीहरु प्रमुख कार्यकारी अधिकृतको पर्खाईमा छन् । बैंकहरुले पनि दक्ष जनशक्ति नपाईरहेका बताईरहेकै छन् । अर्कातिर बजारमा अध्ययन गरेर बसेको ठूलो जनशक्तिले रोजगारी नपाएको गुनासो गरिरहेको छ । बजारको आवश्यकता र रोजगारीको खोजीमा रहेका जनशक्तिहरुबीचको खाडल पुर्नका लागि बैंकिङ फाइनान्स तथा इन्स्योरेन्स इस्टिच्युट अफ नेपाल(बिएफआइएन) स्थापना भएको छ । केहि बाणिज्य बैंक, केहि विकास बैंक, केहि फाइनान्स कम्पनी तथा माइक्रोफाइनान्स कम्पनीसँग मिलेर इमर्जिङ नेपालले बिएफआइएन स्थापना गरेको हो । ५ करोड चुक्ता पुँजीमा स्थापना भएको कम्पनीले आगामी असोज २ गते काठमाडौंमा बैंक तथा वित्तिय सस्ंथाः उदियमान चुनौती, अवसर र जोखिम बिषयममा सम्मेलनको आयोजना गर्दैछ । सो सम्मेलनमा बंगलादेशको केन्द्रिय बैंकका पुर्व गभर्नर डा. अतिउर रहमान, भारतीय सर्वाेच्च अदालतका बरिष्ठ अधिवक्ता डा. सतिश चन्द्र र बाश्याम रेंगानाथले बिशेष सम्बोधन गर्नेछन् । सो सम्मेलनम बैंक तथा वित्तिय संस्था तथा बीमा कम्पनीका उच्च व्यवस्थानको सहभागीता रहने बिएफआईनका अध्यक्ष डा. बिनोद आत्रेयले बताए । कम्पनीले बैंक तथा वित्तिय क्षेत्रका लागि आवश्यक जनशक्तिको उत्पादन, जोखिम न्युनिकरणका उपायहरुको खोजी, कर्मचारीको क्षमता अभिवृद्धि, बैंक तथा वित्तिय संस्था र बीमा क्षेत्रको डाटा सेन्टरको स्थापना गर्ने अध्यक्ष आत्रेयले बताए । सम्मेलनकै दिन कम्पनीको उद्घाटन गरिनेछ । आत्रेय अध्यक्ष रहेको कम्पनीमा एनआइसी एसिया बैंकका तर्फबाट सुदिप खनाल, ग्लोबल आइएमई बैंकबाट भवानी ढकाल, नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट दिपक श्रेष्ठ र महालक्ष्मी विकास बैंकका तर्फबाट दिपेश लम्साल सञ्चालक रहेका छन् । सम्मेलनमा बैंकिङ क्षेत्रको चुनौती, अवसर र जोखिम, भारतमा मर्जर तथा एक्विजिसनको अभ्यास, वित्तिय समावेशीकरण तथा दिगो विकासका लक्ष्यका बिषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।
गाडी किन्न सस्तोमा कर्जा पाइँदैन :अर्थमन्त्री
काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन् । नाडा अटो मोबाइल्स डिलर्स एसोसियसनको आयोजनामा भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी शुभारम्भ गर्दै उनले सस्तोमा कर्जा दिन नसक्ने बताएका हुन् । सर्वसाधरणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्नुपर्नेमा उनको जोड थियो। देशमा नयाँ प्रकारका सवारी साधन आयात भइरहेको र धेरै सवारी साधन बिक्री हुँदा राजश्व सङ्कलनमा पनि वृद्धि हुने जानकारी दिँदै उनले भने, “सवारी साधन अहिले पनि विलासीे वस्तु हो, यसमा लाग्ने भन्सारका साथै अन्य कर छुट गर्न सकिँदैन, यसबाट प्राप्त हुने रकमले सडक, पूर्वाधार तथा सामाजिक विकासका परियोजना सञ्चालन गर्नुपर्छ ।” विद्युतीय सवारी साधन, ठूला सार्वजनिक सवारी साधनको आयात तथा कर भने छुट गर्न सकिने उनको भनाइ थियो । मन्त्री खतिवडाले सवारी साधनलाई आवश्यक पर्ने विभिन्न पार्टस् पूर्जा स्वदेशमै उत्पादन गर्ने गोरखकाली रबर उद्योगजस्ता संस्थालाई सहयोग र सहुलियत उपलब्ध गराइने बताए। लगानीसम्बन्धी कानून निर्माण अन्तिम चरणमा रहेको बताउँदै उनले दुईतिहाइ राजश्व देशको आन्तरिक स्रोतबाट सङ्कलनबाट हुन सकेमा मात्र आयातित वस्तुमा कायम रहेको करमा केही कमी गर्न सकिने जानकारी दिए। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले मुलुकको समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लगानी गरी रोजगारको क्षेत्र वृद्धि गर्नुपर्ने बताउँदै त्यसका लागि सरकारले निजी क्षेत्रसँग समन्वय गर्नुपर्नेमा जोड दिए । सोही सङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले प्रत्येक वर्ष नयाँ ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे ठूला सवारी साधन आयातले देशमा व्यापार घाटा बढ्दै गएकाले स्वदेशमा नै यसको उत्पादन हुनसक्ने वातावरण तयार गर्नुपर्ने बताए । एसोसियसनका सदस्य निराकार श्रेष्ठले यस क्षेत्रले मुलुकको राजश्वमा करीब १७ प्रतिशत योगदान पु¥याएकोे जानकारी दिँदै यसमा लाग्दै आएको २५६ प्रतिशत करमा पुनःविचार गर्नुपर्ने माग गरे। यही भदौ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा करीब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । यसैबीच टिभीएस मोटर कम्पनीले सुपर प्रिमियम मोटरसाइकल ‘टिभीएस अपाचे आर आर ३१०’ आज सार्वजनिक गरेको छ । रासस
टोयोटाको गाडी बुक गर्नुस्, ५ दिने माउण्टेन फ्लाइट जित्नुस्
काठमाडौं । नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट (युटिएस) ले यहि भदौ २६ देखि ३१ गतेसम्म भइरहेको नाडा अटो शो २०१८ मा स्पेसल अफरको घोषणा गरेको छ । यस अफर अन्तर्गत नाडा अटो शो अवधिभरि टोयोटाको हरेक बुकिङ्मा ५ जोडीको लागि ५ दिन, ४ रातको बालि टुर, ४ जोडीको लागि ४ दिन ३ रातको पोखरा टुर र २ जोडीको लागि माउण्टेन फ्लाइट जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । साथै, कम्पनीले आकर्षक नगद छुटको व्यवस्था पनि गरेको छ । भर्खर मात्र सार्वजनिक गरिएको एसयुभी “रस” नाडा अटो शो को प्रमुख आकर्षण रहने कुरा कम्पनीले जनाएको छ । डुवल भीभीटि (आइ सुपर इन्जिन भयको उक्त “रस” मा ६ एसआरएस एयर ब्याग रहेका छन् । ७ सिटर “रस” २८० एम एम रक बटम ग्राउण्ड क्लियरेन्स, १७ इन्च व्हील बेस जस्ता विशेषताले भरिएको रहेको छ । अत्याधुनिक प्रविधिले भरपुर बेस्ट इन क्लास एसयुभी “रस” मा भी एस सी (भेहिकल स्टेबिलिटि कन्ट्रोल), टि आर सी (ट्र्याक्सन कन्ट्रोल सिस्टम), अटो कन्ट्रोल हुने फ्रन्ट फग एल इ डि हेड ल्याम्प, स्मार्ट इन्ट्री सिस्टम, इ एस एस (इमरजेन्सी सिग्नल सिस्टम), एबिएस (एन्टी लक ब्रेकिड्ड सिस्टम) र एचएसी (हिल स्टार्ट असिस्ट कन्ट्रोल) जस्ता प्राविधिक विशेषता रहेका छन् । प्रि बुकिङ् अवधिमा १५० टोयोटा “रस“ बिक्री भएको थियो । शो मा कम्पनीले आफ्नो अरु ब्राण्डहरु र्याभ फोर, ल्याण्ड क्रुजर, प्राडो, हाइलक्स र फरट्युनर पनि राख्ने भएको छ । साथै, नाडा अटो शोका ग्राहकहरुलाई टोयोटाले इन हाउस फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ । कम्पनीले ग्राहकहरुलाई स्टल नम्बर ए९ भ्रमण गरि बुकिङ् मार्फत आकर्षक पुरस्कार प्राप्त गर्न आग्रह गरेको छ ।
सनराइज बैंकको १ करोड घोटाला गर्न खोज्ने प्रदिप न्यौपाने पक्राउ, यस्तो छ सीआइबीको रिर्पोट
काठमाडौं । सनराइज बैंकको १ करोड २ लाख रुपैंया घोटला गर्न खोज्ने प्रदिप न्यौपाने पक्राउ परेका छन् । न्यौपानेलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरी सार्वजनिक गरको हो । न्यौपानेले डीएमके इम्र्पोट तथा एक्र्सपोर्ट कम्पनी दर्ता गरी उक्त कम्पनीको नाममा सनराइज बैंक लिमिटेड बाट प्राप्त पीओएस मेसिनबाट नक्कली कार्डको माध्यमले अनाधिकृत रुपमा कारोबार गर्दै आएका थिए । उनीलाई उच्च अदालत पाटन बाट ७ दिनको म्याद लिई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान कार्य भैरहेको छ । अनुसन्धानबाट खुल्न आएका कुराहरु १. प्रदीप न्यौपानेले कम्पनी रजिष्टर गरी ठुलो कारोबार हुने भनी बैंकबाट पोइन्ट अफ सेल मेसिन लिन सफल भएको । बैक बाट प्राप्त मेसिनमा बेलुका ८ बजे देखी मात्र कार्ड रिड गराउने गरेको । ३.पटकको प्रयासमा १,०२,१९६४८ एक करोड दुई लाख उन्नाईस हजार छ सय अठचालिस० गरेकोमा रु.२२,७७,४५२ बाईस लाख सतहतर हजार चार सय बाउन्न गर्न सफल भएको । ४. कार्डबाट कारोबार गर्दा बिदेशी नागरिकलाई रुपमा प्रयोग गरी पासपोर्टको कपीमा नक्कली हस्ताक्षर प्रयोग भएको देखिन आएको । ५.शंकास्पद कारोबारबाट भएको रकम खातामा जम्मा गरी प्रदीप न्यौपानेले झिक्ने गरेको ।
हिरो मोटोकर्पको ‘एक्स्ट्रिम २००आर’ मोटरसाइकल बजारमा, मूल्य २ लाख ८६ हजार
काठमाडौं । हिरो मोटोकर्पले आफ्नो नयाँ मोटरसाइकल “एक्स्ट्रिम २००आर”लाई नेपाली बजारमा भित्र्याएको छ । उक्त बाइकको मूल्य २ लाख ८६ हजार ५०० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीले भारतमा शुरु गरे लगत्तै नेपालमा ल्याएको हो । यो मोटसाइकल नेपाल जनरल मार्केटिङका सबै डिलरहरुमा उपलब्ध हुनेछ । ग्राहकहरुले यस मोटरसाइकलमा विभिन्न फिचरहरुको साथ समग्र प्याकेजको आकर्षण पाउने छन् । क्षमता र प्रविधिः इन्जिन “एक्स्ट्रिम २००आर”लाई एकदम नयाँ प्रणालीको बीएस आईभी २०० सिसि एयर कुल्ड इन्जिनले शक्ति प्रदान गर्छ । ८००० आरपिएममा १८.४ पिएसको अधिकतम शक्ति र ६५०० आरपिएमा १७.१ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ । जसले गर्दा हरेक अवस्थामा प्रचुर शक्ति र टर्क प्रदान गर्ने हुन्छ । यो बाइकले ४.६ सेकेण्डमा ०–६० किमि/घण्टाको दौड गर्न सक्छ र यस्को गति उच्चतम विन्दू प्रतिघण्टा ११४ किमि/सम्म पुग्दछ । फ्रेम र एर्गोनोमिक्सः “एक्स्ट्रिम २००आर” माहलुका वजनको तर दह्रिलोखालको फ्रेम प्रयोग गरिएको छ, जसले उच्चगतिमा अत्याधिक स्थिरता कायम राख्न र कठिन मोडहरुमा मोटरसाइकल सम्हाल्न सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । डिजाइन र स्टाइलः “एक्स्ट्रिम २००आर”को स्पोर्टी डिजिटल–एनलग सूचना प्यानेल र आकर्षक डियुल टोन ग्राफिक्सले मोटरसाइकलको अलौकिक आकर्षणलाई अझै राम्रो बनाएको छ । प्यान्थर ब्याल्क विथ फोर्स सिल्भर, टेक्नो बिल्यु, ब्याल्क विथ स्पोर्ट रेड र स्पोर्ट रेड रङ्गहरुमा “एक्स्ट्रिम २००आर”उपलब्ध छ ।