फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी अन्तिम चरणमा, प्रविधिकाे प्रयाेग मुख्य अाकर्षण
काठमाडौं । आगामी असोज ४ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जेम फ्लोरिगंको प्रस्तुतीमा फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स २०१८’ को तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोमा प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु रहने जानकारी दिएको हो । एक्सपोमा ख्याति प्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी हुनेछ । उक्त अवसरमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु बिक्री वितरण समेत हुने एक्स्पो संचालन हुने आयोजकको भनाई छ । एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तु शास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण हुने आयोजकले जानकारी गराएको छ । विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने इभेण्ट सोलुसनले जनाएको छ । फर्नेक्स २०१८को टाइटल स्पोन्सर जेम फ्लोरिगं रहेको छ । एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर, यती फ्लोरिगं, ग्लेनर डिलाइटरहेका छन् । एक्स्पोको छैठौं संस्करणको व्यवस्थापक इभेण्ट सोलुसन प्रा.लि.रहेको छ भने यो एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छन ्। यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ । मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष राजेश अग्रवालले बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटोमा रहेको जानकारी गराए । प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाई छ । एक्स्पो व्यवस्थापन गरेको इभेण्ट सोलुसन प्रा.लि.का प्रबन्ध निर्देशक विजय सागर प्रधानले फरक शैलीमा एक्स्पोको छैठौं संस्करण आयोजना हुन लागेको बताए । फर्निचर क्षेत्रको प्रविधि अवलोकन कर्ताको मूख्य आकर्षण बन्न सक्ने उनको भनाई छ ।
गरिमा विकास बैंकले १३ प्रतिशत लाभांश दिने, १० प्रतिशत बाेनस सेयरले मूल्य बढायाे
काठमाडौं । गरिमा विकास बैंकले लगानीकर्तालाई १३.७५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको २१८ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृती र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बैंकले जानकारी दिएको छ । बैंकले बाेनस सेयर दिने घाेषणा गरेपछि सेयर मूल्य बढेकाे छ । साेमबार प्रतिकित्ता १९१ रूपैयाँमा काराेबार भएकाे यस बैंककाे सेयर मंगलबार १९५ मा उक्लिएकाे छ ।
माथिल्लो तामाकोसीको ९७ प्रतिशत काम सकियो, १ अर्ब ५८ करोडको तेस्रो आईपीओ कात्तिक अन्तिममा आउने
काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (तेस्रो आईपीओ) कात्तिकको अन्तिम सातामा आउने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गरेको दोस्रो आईपीओको बाँडफाँडमा केही समय लाग्ने भएपछि तेस्रो आईपीओ कात्तिक अन्तिममा धकेलिएको अपरतामाकोसीका प्रवत्ता गणेश न्यौपानेले बताए । उनका अनुसार दोस्रो आईपीओ बाँडफाँड गर्न ४० दिन समय लाग्ने र त्यसमा पनि नभए थप १५ दिन समय थप छ । दोस्रो आईपीमा तीन गुणा बढीको आवेदन परेको छ । प्रवक्ता न्यौपानेका अनुसार बिक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कमा ३ गुणा बढी आवेदन परेको छ । २ लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन् । २ लाख ८२ हजारले आवेदन दिन पाउने भएपनि ७५ प्रतिशतले मात्र आईपीओ भरेको उनले बताए । बाँकी २५ प्रतिशतले आईपीओ भर्न नचाहेको न्यौपानेको भनाई छ । स्थानीयबासिन्दाका लागि कम्पनीले १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । करिव ३ अर्ब रुपैयाँ बराबबरको आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई १० प्रतिशत निष्कासन गरेको हो । स्थानीयवासीलाई न्यूनतम ३० देखि अधिकत्तम ३०० सय कित्तासम्म सेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई २४ प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ । स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत आईपीओ बिक्री भएपछि मात्रै कर्मचारीलाई ३ वर्षअघि निष्कासन गरिएको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत गर्ने तयारी गरिएको हो । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि छुट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ । आयोजनाको ९७ प्रतिशत काम सकियो ४५६ मेगावाटको माथिल्लो तामाकोसीको ९७ प्रतिशत काम सकिएको छ । अब आयोजनाको काम सक्न ३ प्रतिशत मात्र बाँकी छ । आउदो बैशाखदेखि तामाकोसीबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरिकोटसम्म सडक बिग्रिएकाले ठुला पाइल आपूर्ति गर्न समस्या भएको प्रवत्ता न्यौपानेले जानकारी दिए । ढुवानीमा भएको समस्याले आयोजनाको काम प्रभावित हुदै आएको उनको भनाई छ ।
विद्यालय भवन बनाउन एडीबीको १६ अर्ब सहयोग
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले ३ वटा प्रदेशमा विद्यालय भवन निर्माण गर्न १६ अर्ब रुपैयाँ अर्थात १६ करोड डलर ऋण र अनुदान स्वीकृत गरेको छ । एडीबीको सञ्चालक समिति बैठकले नेपाललाई दिने ऋण र अनुदान प्याकेज योजना स्वीकृत गरेको हो । ऋण तथा अनुदान सहयोगले भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणमा सहयोग गर्ने एडीबीका देशिय निर्देशक मुक्तर खामुदखानोभले बताए । भूकम्पले ३ वटा प्रदेशका २ हजार २०० विद्यालय पुर्ण रुपमा ध्वस्त र ३ हजार ५०० विद्यालय आंशिक क्षति भएको छ ।
आईएमई ग्रुपले ओमानको सलाम एयरलायन्सलाई नेपाल ल्यायो, काठमाडौं–मस्कट उडान भर्ने
काठमाडौं । आईएमई ग्रुप अन्तर्गतको आईएमई इन्टरनेशनल ट्राभल्स प्राइभेट लिमिटेडले ओमानको सलाम एयरलायन्सलाई नेपाल भित्राएको छ । एयरलायन्सले काठमाडौंदेखि ओमानको मस्कटमा उडान भर्नेछ । मंगलबारदेखि सलाम एयरले काठमाडौंदेखि मस्कटसम्म उडान सुरू गरेकाे छ । सन् २०१७ देखि वजेट एयरलायन्सको रुपमा उडान थालेको सलामको काठमाडौं १५ औं गन्तव्य हो । ए ३२० सिरिजको सलाम एयरको १७४ यात्रु बोक्ने क्षमता छ । ओमानबाट काठमाडौं बिहान ८ बजेर ३० मिनेटमा अवतरण गर्ने र ८ बजार ४० बजे मस्कटका लागि उडान भर्नेछ । आईएमई सलाम एयरको जनरल सेल्स एजेन्ट (जीएसए) हो । मध्यपुर्व जाने नेपालीलाई लक्षित गरी सलाम एयरले उडान गरेकाे आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले १० पटक यात्रा गर्दा १ टिकट निःशुल्क प्रदान गर्ने जानकारी दिए । पहिलो उडानका यात्रुलाई चन्द्रागिरी हिल्सले केवलकार टिकटमा ५० प्रतिशत र अन्यलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । सलामले भारतको गोवा, पाकिस्तानको कराँची, जेद्धा, वाकु, टिब्लिक, दोहा, दुवई, खार्तुमलगायत १४ क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं १५ औं गन्तव्य भएको छ । ओमान एयरले पनि काठमाडैंदेखि मस्कटसम्म उडान गर्दै आएको छ ।
तनहुँको शुक्लागण्डकीमा सोलारबाट ५ मेगावाट बिजुली उत्पादन गर्दै, २० करोडको सेयर निष्कासन गर्ने
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट उत्पादन गर्न लागिएको विद्युत्मा स्थानीयवासीलाई सेयर दिइने भएको छ ।सोलार फर्म प्रालिले स्थानीयवासीलाई २० करोड रुपैयाँको सेयर वितरणको तयारी गरेको छ । कम्पनीका प्रबन्धक तिलबहादुर आलेले कम्पनीमा स्थानीयवासीका साथै गैरआवासीय नेपालीको समेत सेयर रहने बताए। गैरआवासीय नेपालीलाई २० करोड तथा संस्थापकलाई १० करोड रुपयाँको सेयर उपलब्ध गराइने उनले जानकारी दिए । करीब ५० करोड रुपैयाँको लागतको ५ मेगावाट क्षमताको उक्त आयोजनामा विद्युत् उत्पादन गर्न २३ हजार प्यानल राखिनेछ । आयोजनाबाट वार्षिक ९० लाख युनिट विद्युत् उत्पादन हुने आले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) सम्झौता भइसकेको छ । कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठले आगामी २०७६ साल भदौ महिनाभित्र विद्युत् उत्पादन गर्ने योजना रहेको बताए । “छिट्टै काम शुरु हुन्छ,” उनले भने । सोलारबाट उत्पादित विद्युत्लाई ग्रिड प्रणालीबाट राष्ट्रिय प्रशारणलाइनमा जोडिने छ । सो कम्पनीले भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएको छ । कम्पनीले क्याम्पसलाई वार्षिक १३ लाख भाडा तिर्नेछ । सोलार विद्युत् खरीदका लागि प्राधिकरणसँग प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले २५ वर्षसम्म विद्युत् खरीद गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ । रासस
गाडी किन्न सस्तो कर्जा खोजिरहनु भएको छ ? जानुस स्ट्याण्डर्ड चाटर्ड बैंक, ९.४९ प्रतिशमा पाइन्छ
काठमाडौं । नयाँ गाडी किन्ने तयारीमा हुनुहुन्छ ? सस्तो ब्याजदरमा गाडी किन्न खोजिरहनु भएको छ ? अब चिन्ता लिनु पर्दैन, स्ट्याण्डर्ड चाटर्ड बैंकले तपाईको चाहाना पुरा गर्ने भएको छ । बैैंकले आफनो गन्तव्य अब आफनै सवारीमा भन्ने नाराका साथ नयाँ अटोलोन योजना ल्याएको छ । वार्षिक ९.४९ प्रतिशत ब्याजमा बैंकले गाडी किन्न कर्जा दिने भएको छ । नाडा अटो शोका लागि विशेष योजना ल्याएको छ । बैंकले पहिलो वर्ष आधारदरमा १.६२ र दोस्रो वर्ष २ प्रतिशत प्रिमियमदर थप्ने जानकारी दिएको छ । प्रोसेसिङ शुल्क १ प्रतिशत मात्र हुने बैंकले जनाएको छ । नाडा अटो शोलाई लक्षित गरी नयाँ सवारी कर्जा योजना ल्याएको बैंकले जानकारी दिएको छ । यो योजना असोज २९ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।
ओमप्रकाश मिश्र २८ औं प्रधानन्यायाधीश
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो । संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । कामु प्रधानन्यायाधीश मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उनले आज साँझ नै पदबहाली गर्ने जनाइएको छ । कानून मन्त्रालयको शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गर्नुभएका मिश्रलाई आजदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त भएको छ । रुपन्देही जिल्ला रायपुरमा विसं २०१० पुस २८ गते पिता महेशदत्त र माता अन्नपूर्ण मिश्रको सन्तानका रुपमा जन्मिएका ओमप्रकाश मिश्रले विसं २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक, राजनीतिकशास्त्रमा स्नातकोत्तर र भारत नयाँदिल्ली विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर मिश्रले कानून मन्त्रालयमा शाखा अधिकृतका रुपमा काम गर्दागदै २०४२ साल कात्तिक ११ देखि मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा जगेडा जिल्ला न्यायाधीशका रुपमा काम शुरु गरेका हुन् । त्यसैगरी उनले जाजरकोट, प्युठान, कैलाली, मोरङ र काठमाडौँमा जिल्ला न्यायाधीशका रुपमा क्रियाशील भएर काम गरेका थिए । मिश्रले विसं २०६२ चैत १० गतेदेखि पुनरावेदन अदालत विराटनगरको न्यायाधीशका रुपमा काम शुरु गरी विशेष अदालत हुँदै २०६९ पुस २६ गतेदेखि तत्कालीन पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीशका रुपमा काम गरेका थिए। रासस