त्रिविको दीक्षान्त फाराम अनलाइनबाट, ई–सेवाबाटै शुल्क भुक्तानी
काठमाडौँ। त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षमा विद्यार्थीले भदौ महीनामा फाराम भर्न आउनुपर्ने र पुनः दोस्रो पटक दीक्षान्त समारोहमा भाग लिन आउनुपर्ने बाध्यता थियो । भदौ महीनाभर फाराम भर्ने, शुल्क बुझाउने, रसिद काट्ने र फाराम सम्बन्धित फाँटमा बुझाउनेको भीड हुने गरेकामा अब यस्तो समस्या अन्त्य भएको उक्त कार्यालयले जनाएको छ । उपत्यका भित्र र उपत्यकाबाहिर रहने विद्यार्थीले समेत अनलाइनबाट सिधै फाराम भरेर नाम दर्ता गर्न सक्ने र दीक्षान्त समारोहमा भाग लिन एक पटक मात्र काठमाडौँ आउँदा हुने भएको छ । त्रिविद्वारा बुधबार प्रकाशित सूचनाअनुसार गत साउन ५ गतेको त्रिविसभा बैठकबाट पारित ५६औँ ग्रेस लिस्टमा समावेश गत शैक्षिकसत्रमा उत्तीर्ण ७३ हजार ९०१ विद्यार्थीका लागि आगामी पुस महीनामा हुने दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीले अनलाइनबाट फर्म भर्न सक्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। दीक्षान्तका लागि छुट्टै पोर्टल कार्यालय स्रोतका अनुसार दीक्षित हुने विद्यार्थीलाई फाराम भर्ने प्रयोजनका लागि छुट्टै वेब पोर्टल निर्माण गरिएको छ । जुन मोबाइलबाट समेत खोल्न सकिने खालको छ । विद्यार्थीले आफ्नो मोबाइलबाट धधध।तग।नचबमगबतष्यललउ।अयm मा लग इन गरेर आफ्नो विवरणहरु छ चरणमा प्रविष्ट गर्नुपर्नेछ । ई–सेवाबाटै शुल्क भुक्तानी अनलाइन फाराम भर्ने विद्यार्थीले अब उक्त कार्यालयसंगै रहेको ग्लोबल आइएमई बैंकमा लाइनमा बसेर पैसा बुझाउनुपर्ने र लेखा शाखामा आएर नगदी रसिद लिनुपर्ने झन्झटबाट पनि छुटकारा पाउने भएका छन् । उनीहरुले अनलाइन फाराम भरिसकेपछि ई–सेवाको माध्यमबाट शुल्क पनि बुझाउन सक्नेछन् । ई–सेवाको खाता हुने विद्यार्थीहरुले सिधै भुक्तानी गर्न सक्नेछन् भने ई–सेवाअन्तर्गत खाता नहुने विद्यार्थीलाई त्रिविको पोर्टल सिस्टमले नै टोकन नं उपलब्ध गराउनेछ । विद्यार्थीले उक्त टोकन नं लिएर नजिकैको ई–सेवा प्रदान गर्ने पसलमा गएर तोकिएको दस्तुर तिर्नुपर्नेछ । दस्तुर तिरेको निस्सा विद्यार्थीले तुरुन्तै पाउनेछन् । त्यसपछि त्यहीँबाट विद्यार्थीलाई चार प्रकारका विवरण उपलब्ध हुन्छ । पहिलो, दस्तुर बुझाएको नगदी रसिद, जुन दीक्षान्त समारोहमा भाग लिन जानुअघि परीक्षा नियन्त्रण कार्यालयमा गई रुजु गराएर छाप लगाएपछि मूल प्रमाणपत्र प्राप्त गर्न आवश्यक हुन्छ र दोस्रो यो दीक्षान्त समारोहमा प्रवेश गर्ने निस्सा होे, जुन यसअघिका दीक्षान्त समारोहमा प्रवेशपत्रका रुपमा कार्यालयले उपलब्ध गराउँदै आएको थियो। भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रमा रहेका र काठमाडाँै आएर दीक्षान्तको फाराम भर्न सम्भव नहुने विद्यार्थीले समेत यो प्रविधिको प्रयोगबाट अब फाराम भर्न सक्नेछन् । उनीहरुले अनलाइनबाट फाराम भरेर नाम दर्ता गरिसकेपछि सिधै दीक्षान्त समारोहमा भाग लिनका लागि मात्र काठमाडौँ आउँदा हुने कार्यालयले जनाएको छ। रासस
भारतमा पेट्रोलको भाउ बढ्यो, प्रतिलिटर ९० भारुसम्म पुग्यो
एजेन्सी । भारतमा फेरी पेट्रोलको भाउ बढेको छ । भारतमा बिहीबारदेखि दिल्ली, मुम्बई, कोलकता र चेन्नाइमा पेट्रोलको भाउ बढेको एनआईले जनाएको छ । पेट्रोलको भाउ बढेर राजधानी दिल्लीमा ८२.२२, कोलकतामा ८४.७० चेन्नाइमा ८५.४८ र मुम्बइमा ८९.६० भारु पुगेको छ । पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले अन्तर्राष्ट्रिय कारणले भारतमा पेट्रोलियमको भाउ बढेको बताएका छन् ।
९०० मेगावाटको माथिल्लो कर्णाली आयोजना बनाउन भारतको जीएमआर असफल, लगानी बोर्डले अब के गर्ला ?
काठमाडौ । ९०० मेगाावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाउन भारतीय कम्पनी असफल भएको छ । निर्धारित समयमा पनि लगानी जुटाउन नसकेपछि केही साताअघि जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडले पुनः १ वर्ष म्याद थपको प्रस्ताव गरिसकेको छ । लगानी जुटाउन थप समय आवश्यक भएको जीएमआरको जिकिर गरेको छ । जीएमआरको म्याद असोज २ गते अर्थात सेप्टेम्बर १८ सम्म थियो । उसको म्याद सकिएको छ । निर्धारित समयमा पनि जीएमआरले लगानी जुटाउन नसकेको लगानी बोर्डका प्रवत्ता उत्तमभत्त वाग्लेले बताए । लगानी जुटाउन नसकेपछि उसले म्याद थपको पत्राचार गरेको वाग्लेले जानकारी दिए । उसको पत्रको अहिले बोर्डको प्राविधिक टिमले अध्ययन गरिरहेको छ । जीएमआरको विषयमा बोर्ड बैठकले निर्णय गर्नुपर्ने भएकाले अहिले नै केही भन्न नसकिने उनले बताए । अब बस्ने बोर्ड बैठकमा यस विषयमा छलफल हुनेछ । ३ पटक म्याद थप गर्दा पनि आयोजना बनाउन आवश्यक पर्ने झण्डै १ खर्ब ४० अर्ब रुपैयाँ लगानी जुटाउन जीएमआर असफल हुदै आएको छ । यता सरकारले माथिल्लो कर्णाली आयोजनाबाट उत्पादन हुने ५०० मेगावाट बिजुली बंगलादेशमा निकासी गर्ने सम्झौता गरेको छ । गत वर्ष कात्तिक २६ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको २८ औं बोर्ड बैठकले माथिल्लो कर्णालीका लागि १ वर्ष म्याद थप गरेको थियो । संगै सुरु भएको ९०० मेगावाटको अरुण तेस्रो भारत सरकारको एसजेविएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण सुरु गरिसकेको छ । सन् २०१४ मा भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार सन् २०१६ सेप्टेम्बर १८ सम्म लगानी जुटाउनु पर्ने थियो । त्यस अवधिमा पनि लगानी जुटाउन नसकेपछि बोर्डले फेरी १ वर्ष थप गरेको थियो । यस्तै सरकारले वन क्षेत्रको जग्गा उपलब्ध गराउन ढिलाइ गरेको र जग्गा अधिग्रहमा भएको बिलम्बका कारण आयोजनका काममा ढिलाइ भएको भन्दै बोर्डले गत वर्ष कात्तिकमा पनि १ वर्ष म्याद थप गरेको हो । जीएमआरले लगानी जुटाउन समय पाएको ४ वर्ष बितिसकेको छ । यसअघि आयोजनामा एसियाली विकास बैंक (एडीबी) लगायत युरोपियन इन्भेष्टमेन्ट बैंकलगायत अन्तर्रा्िष्ट्रय वित्तीय संस्थासंग लगानीका लागि समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेको थियो । ती वित्तीय संस्थाले पनि माथिल्ले कर्णालीमा लगानी गर्ने निर्णयबाट पछि हटेका छन् । सन् २००८ पछि विस्तारै आर्थिक संकटमा फस्दै गएपछि यसको मारमा आयोजना परेको हो । माथिल्लो कर्णालमा नेपाल विद्युत प्राधिकरणको निशुल्क २७ प्रतिशत स्वामत्वि छ । आयोजनाबाट १२ प्रतिशत अर्थात ३६ मेगावाट निःशुल्क बिजुली दिनुपर्ने छ । जीएमआरले १० प्रतिशत विश्व बैंकअन्र्तगतको अन्तर्रा्ष्ट्रिय वित्त निगम (आईएफसी) लाई बिक्री गरेको छ । जीएमआरले ३० प्रतिशत स्वामित्व बिक्री गरेर ३३ प्रतिशत लिने प्रयास गरेको थियो । त्यसो पनि असफल हुदै आएको छ । पीडीए अनुसार आयोजना सम्पन्न भएको ३ वर्षसम्म मुख्य स्वामित्व जीएमआरको हुनुपर्ने उल्लेख छ । आर्थिक संकटका कारण आयोजना बनाउन नसकेपछि ६०० मेगाावटको प्रस्तावित मस्र्याङदी २ जलविद्युत आयोजना बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) लाई बिक्री गरेको छ । बीपीसले आयोजनाको स्वामत्वि लिइसकेको छ । यसमा २० प्रतिशत बीपीसी र बाँकी ८० प्रतिशत चीनको एससीजीआई इन्टरनेसनले हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीको हुनेछ । आउदो ५ वर्षमा १ हजार मेगावाट आयोजा बनाउन चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याउने विषयमा समझदारी भएको छ ।
राजनीतिका कारण देशमा एड्स रोग लागेको छः उपाध्याय
भीम प्रसाद उपाध्याय, पूर्व सचिव काठमाडौं । कर्मचारी खराब भन्दै विगतमा राजनीति भयो, कर्मचारीलाई पनि राजनीतिमा होमियो । पुलिसलाई राजनीतिकरण गरियो, राजनीतिलाई एनजिओकरण गरियो, एनजिओलाई राजनीतिक आर्थिक श्रोताधार बनाईयो । राजनीतिकर्मी ठेकेदार बने, ठेकेदार राजनीतिमा लागे । दलीय ट्रेड युनियनमार्फत मजदूर वर्ग राजनीतिकृत भए। पेशागत संगठन( प्राध्यापक, ईन्जिनियर, चिकित्सक, वकिल र पत्रकार) सबै राजनीति गर्दै दलीय प्यानल बनाउदै चुनाव लडे, कोही संगठनमा, कोही सांसद मन्त्री राजनीतिक पदमा । विद्यार्थीकालमा राजनीति गरेका वा पेशाबाट राजनीतिक पक्षपोषण गरेका राजनीतिमा सक्रियहरू अदालतका न्यायाधीशमा हुलिँदै गए। । यी सबका सब राजनीति गर्न थाले, पेशागत नैतिकता र न्युट्रालिटी सखाप हुँँदै गरेर मुलुकमा एड्स रोग लाग्न पुगेको छ, रोग प्रतिरोधक क्षमता सून्य भएको छ । जे गरे पनि सन्चो नहुने रोगले गॉजेको छ । यसरी सरकार रन्थनिएर अव्यावहारिक, अपाच्य संस्कति अमैत्री समाज व्यवस्था बिखण्डिकरण गर्ने कडाकडा कानुन पास गर्दैछ र आफ्नै पासोमा आफू र सोझा जनतालाई झनझन् फसाउँदै छ । आज जे छौं यो हिजोको हाम्रा कुकर्मको नतिजा हो, लरोतरो ओखति र शल्यक्रियाले निदान हुन सक्ने अवस्था हैन । मुलुकको सुगर र प्रेशर असन्तुलित हुन पुगेकोले अलि कडा औषधी चलायो भने रोगी नै मर्न सक्छ । रोगीको यो हालत देखेर ‘अत’हरू हौसिएका देखिन्छन्, फट्यांग्राले लात हान्ने ऑट गरेको देखिन्छ । पहिले पहिले संस्कृति संस्कार, नैतिकता, लोकलाज, धर्म , पुण्यपाप, कानुनको पालनाले समाज स्थीर र अपराध नियन्त्रण हुँदै गएकोमा अहिले यी पनि ध्वस्त नै छन्। राजनीति र सरकारबाट जनताको कडी टुटेको छ । जनताले चुनावमा जिताए पनि जित्नेप्रति जनताको विश्वास हराईरहेको छ । सरकार र जनता प्रतिद्वन्दि जस्ता देखिदै आएका छन् । सरकार जन पीडक वर्ग हो, शोषक हुन् भन्ने भावना सर्वसाधारणमा बलवान हुदै गएको छ । नेताको क्रेडिबिलिटी पनि खत्तम छ । सुशासनका निम्ति संबैधानिक अंगहरू सुतेका जस्ता छन्, सायद ती राजनीतिकै छाया हुन्, । त्यहॉ सुधार गर्न सरकारको अधिकार क्षेत्रमैं पर्दैन । पुलिस प्रशासन निरीहहरूलाई समातेरै आफ्ना उपलव्धि देखाउनमै रमेका देखिन्छन्, ती त सोसल मिडियामा लेखेको, शेयर गरेको, पार्कमा युगल जोडी प्रेमालाप गर्दा, होटलहोटेल क्लबमा नाच्नेहरूलाई समातेरै ब्लेकमेल गर्दैमा फुर्सत पाएका हुन्नन । समबेदना र मानवता कुन चराको नाम हो, पुलिस र प्रशासनलाई मतलब छैन । कार्य र क्रियाको सुस्पष्ट सम्बन्धको नमुना हाम्रो मुलुक नै हुनसक्छ । कुन चोरले कुन चोरलाई समाउदै सुशासन देला भनेरै जनता दिउसो तारा गनिरहेका छन् ।
मुटुको जटिल शल्यक्रियामा सफलता चुम्दै डा अनिल भट्टराई, भन्छन्–‘चाकडीबाज सबैभन्दा ठूलो रोग’
काठमाडौं । गत भदौ १८ गते त्रिवि शिक्षण अस्पताल अन्तरगत रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया सफल भयो । ओपन हार्ट सर्जरी भनेर चिनिने यो शल्यक्रियाको नेतृत्व गरेको थिए डाक्टर अनिल भट्टराईले । डाक्टर भट्टराईले सफलताको कथा सुनाए । ३७ हप्ताको गर्भवती महिला प्रमिला अर्याललाई छाती दुख्यो र सास फेर्न गार्हो भयो भनेर ईमर्जेन्सीमा अस्पताल ल्याइयो । भिडियो एक्सरे गर्दा मुटुको नली च्यातिएको देखियो । आमा र बच्चा बचाउन अप्रेसन गर्नु पर्ने देखियो । ३७ हप्ताको बच्चा डेलिभरी भयो भने बाँच्छ । हामी आमा–बच्चा दुवैलाई बचाउने प्रयासमा जुट्यौं । प्रमिलाको उपचार गर्न दुई वटा टिमको आवश्यक भयोे, मुटुको अप्रेसनका टिम र बच्चा निकाल्नको लागि गाईनोकोलोजीको टिम । तत्काल गाईनोकोलोजीको टिमलाई बोलाएर छलफल गरौं । पहिला बच्चा निकाल्ने, त्यसपछि आमाको मुटुको अप्रेशन गर्नु पर्ने निष्कर्षमा हामी पुग्यौं । मुटुको अप्रेसन गर्नुपूर्व रगत पातलो हुने औषधी दिईन्छ । रगत जम्ने हुनाले यो औषधी दिने गरिन्छ । तर बच्चा निकालीसकेपछि आमाको पाठेघरमा आलो घाउ हुन्छ । यस्तो अवस्थामा विरामीलाई रगत पातलो बनाउने औषधि दिँदा पाठेघरबाट अत्याधिक रक्तश्राव हुनसक्छ । रगत पातलो बनाउने औषधि नदिइ मुटोको अप्रेसन गर्न सकिदैन । त्यो एकदमै दोधारे परिस्थिति थियो । चिकित्सा दुनियाँमा यस्तो केस एकदमै दुर्लभ मानिन्छ र अत्यान्तै जोखिमयुक्त । गाईनोकोलोजीको टिमले बच्चा निकालिसकेपछि पाठेघरलाई खुल्ला राखेर त्यहाँ बिशेष प्रकारको कपडा खाँदेर राखे । त्यस कपडालाई उनीहरुले ४ घण्टा त्यही राखे । त्यसपछि मुटुको अप्रेसनका टिमले छाती खोलेर मुटुको अप्रेसन गर्यौं । मुटुको अप्रेसन सकिएपछि पाठेघर बन्द गर्यौ । ७ घण्टा लगाएर दुबै अप्रेसन सफल बनायौं । ‘मेहनत बल्ल देखियो भन्ने आभास भयो’ डा भट्टराईले भने–‘एउटा मुटु फुटेर आएको आमा र बच्चालाई बचाउन पाउनु मेरो लागि सुखद अबसर हो । कार्डियक सर्जनहरुका लागि यस्तो शल्यक्रिया निकै जोखिमपूर्ण पनि हो र अवसर पनि हो ।’ डाक्टर अनिल भट्टराईले धादिङ निवासी १४ वर्षिय नानीको काखीमा प्वाल बनाएर मुटुको अप्रेसन गरेको अर्को सफलताको कथा पनि सुनाए । ‘पहिला हामीले स्तनमुनी काटेर शल्यक्रिया गर्दै आएका थियौं । त्यसमा साधारण दाग देखिने गरेको थियो । त्यो कुरा हामीले नानीको बुबालाई जानकारी गरायौं’ उनले भने अप्रेसनपछि रहने दागले छोरीको विवाह गराउन समस्या पर्ला कि भन्ने चिन्ता विरामी नानीको बुबाले डाक्टर भट्टराईलाई सुनाए । ‘एउटा बाबुले त्यति भनेपछि म सोच्न बाध्य भएँ र विदेशमा सिकेर आएको प्रविधिलाई नेपालमा अब प्रयोग गर्नुपर्छ भन्ने लाग्यो,’ डाक्टर भट्टराईले स्मरण गरे । आफूले काखीमुनी प्वाल पारेर उपचार गर्ने प्रविधि विदेशबाट सिकेर आएको तर अहिलेसम्म नेपालमा प्रयोग गरेको नगरेको डाक्टर भट्टराईले विरामीको बुबालाई जानकारी दिए । ‘तपाईले सहमति दिनुहुन्छ भने तपाईको छोरीमै पहिलो पटक यस्तो विधिबाट उपचार गर्छौ । के तपाईं मलाई विश्वास गर्नु हुन्छ ? मैले विरामीका बाबुलाई सोधे ।’ उहाँले मलाई विश्वास गर्नुभयो–‘तपाईले सक्नुहुन्छ, गनुहोस् ।’ काखीमुनि प्वाल पारेर मुटुको शल्यक्रिया गर्ने डा भट्टराईको प्रयास सफल भयो । ‘विरामीले साथ नदिएको भए शायदै मेरो कोशीस सम्भव हुन्थ्यो,’ डाक्टर भट्टराई भन्छन्–‘त्यसपछि यहि प्रविधिमा आधारित रहेर हालसम्म १५/१६ जनाको मुटुको शल्यक्रिया गरिसकेको छु ।’ यस्तो विधिबाट मुटुको अप्रेसन गर्ने भट्टराई नेपालको पहिलो डाक्टर हुन् । इटालीमा पढ्दै गर्दा गरेको पहिलो अप्रेसन उनले विर्सनै सक्दैनन् । विद्यावारिधी गर्ने क्रममा मुटुको प्वाल टालिएको बच्चाको अप्रेसन उनले गरेका थिए । त्यो एकदमै जटिल अप्रेसन थियो र त्यो सफल पनि भयो । युरोपमा विद्यार्थीले पढाईको क्रममा कुनै अप्रेसन गरेको छ भने त्यो अप्रेसन उक्त विद्यार्थीले गरेको भनेर नाम आउने गर्दछ । उनलाई विरामीको बुबाआमासहित धेरैले बधाई दिए । १० हजार भन्दा बढी अप्रेसन सन २००६ देखि मुटुरोग शल्यक्रिया शुरु गरेका डाक्टर अनिल भट्टराईले मुटु र अरु शल्यक्रिया गरेर हालसम्म १० हजार भन्दा बढी शल्यक्रिया गरिसकेका बताए । ‘जिन्दगीमा ९५ प्रतिशत अप्रेसन सफल हुन्छन् र बाँकी ५ प्रतिशतको बारेमा केही भन्न सकिन्न’ उनी भन्छन्–‘एउटा डाक्टरको लागि बिरामी बाच्नु नै सबैभन्दा ठूलो जित हो । हरेक सफल शल्यक्रियाले हामीलाई उत्साहित र जिम्मेवार बनाउँछ ।’ त्यसैले त शल्यचिकित्सा क्षेत्रमा छोटो समयमै राम्रो ख्यातिको नाम भनेको–डाक्टर अनिल भट्टराई । भट्टराईको जन्म वि.सं. २०३४ कार्तिकमा पर्वतमा भएको हो । स्कूल तहको शिक्षा पर्वतमा मामाघरमा बसेर हासिल गरे । सन् १९९४ मा एमबीबीएस पढ्न उनी रुस पुगे । एमबीबीएस सकेपछि उनले सन् २००२ देखि २००४ सम्म टिचिङ अस्पतालमा मेडिकल अफिसरको रुपमा काम गरे । छात्रवृत्तिमा एमडी पढ्न पुनः रुस गए । २००८ मा फेलोसिप गर्न एक वर्षका लागि उनी अमेरिका पुगे । त्यसपछि उनले २००९ देखि २०१३ सम्म इटलीमा रहेर विद्यावारिधी गरे । इटलीमा उनले थुप्रै शल्यक्रियाहरुमा संलग्न हुने अवसर पाए । भ्यागुता चिरेर मुटु झिक्दा ‘मुटु यस्तो अंग हो जसलाई बाहिर झिकेर राख्दा पनि चलिरहन्छ’ अनिल कक्षा ८ मा पढ्दै गर्दा स्वास्थ्य शिक्षाको कक्षामा शिक्षकले भनेका थिए । उनलाई त्यो सुन्दा अचम्म लाग्यो । उनी र उनको साथी मिलेर नजिकैको पोखरीमा गएर भ्यागुता चिरेर मुटु झिकेर हेरे । जतिबेला उनी १२÷१३ वर्षका थिए । स्वास्थ्य क्षेत्रमा रुची बढ्नुको पछाडि यो घट्ना स्मरणीय बताउँछन् डाक्टर भट्टराई बताउँछन् । प्रेरणाको स्रोत कार्डियाग सर्जरीको सबैभन्दा ठूलो मान्छे भनेर माइकल डिबिएगीलाई मानिन्छ । उनी अमेरिकी सर्जन थिए । उनको बुवा लेबननबाट बसाई सरेर अमेरिका छिरेका थिए । डिबियगीले दोस्रो विश्व युद्धमा आर्मीको डाक्टरको काम गरेका थिए । डिबिएगीले त्यो समयमा विभिन्न प्रकारको कार्डियो भास्कुलर सर्जरीलाई विकास पनि गरे । उनको बायोग्राफी आफूले धेरै पढेको र त्यसबाट निकै प्रभावित भएको बताउँछन् भट्टराई । आफ्नो प्रोफेसर जोभान स्थेलिङबाट पनि भट्टराई धेरै प्रभावित भएका छन् । जोभान स्थेलिङ उनको ईटालियन प्रोफेसर थिए । उनी त्यो समयमा वर्ल्ड सोसाईटीको प्रेसिडेन्ट पनि थिए । प्रोफेसरले बिशेष गरी तेस्रो राष्ट्रहरुमा कार्डियाक सर्जरी त्यति विकसित भएको छैन भन्ने हिसाबले भट्टराईको धेरै सहयोग गरेका थिए । सर्जरीमा सबैभन्दा धेरै प्रयाक्टिकलको जरुरी छ । नेपालबाट आएको मानिसहरुलाई युरोपमा सजिलैसंग काममा एक्सपोजर दिन पनि गार्हो थियो तर प्रोफेसरले भट्टराइलाई म्यक्सिमम एक्सपोजरमा गर्न सहयोग गरे । माईकल डिबेगीको जीवनीबाट आफूलाई प्रोफेस्नल्ली र आफ्नो प्रोफेसरले पर्सनल्ली प्रभावित पारेको भट्टराई बताउँछन् । पीएचडी गर्ने क्रममा उनले सन् २०११ अक्टोबर ‘फ्रान्सिस फन्टान’ नामक अन्र्तराष्ट्रिय पुरस्कार प्राप्त गरे । उक्त पुरस्कार संसारभरको मुटुरोग बिशेषज्ञ वा यस क्षेत्रमा महत्वपूर्ण अनुसन्धान गरेबापत हरेक वर्ष एक जनालाई प्रदान गरिन्छ । पोर्चुगलमा आयोजित युरोपियन कांग्रेसको विशेष सभामा आफ्नो रिसर्चले उक्त पुरस्कार पाएपछि डा भट्टराईलाई धेरै हौसला मिलेको थियो । सेभ द हार्टका संस्थापक सेभ द हार्ट ५ वर्ष अगाडि मुटुरोगको रोकथाम र जनचेतना विस्तार गर्ने उद्देश्यले शुरु गरिएको हो । सन् २०१३ मा भट्टराईकै नेतृत्वमा स्थापना भएको संस्थाले त्यसयता विभिन्न जिल्लामा दर्जनौं स्वास्थ्य शिविरको आयोजना गर्नुका साथै भूकम्प प्रभावितहरुको उपचारमा पनि काम गरेको छ । संस्थाले हालसम्म ३९ वटा स्वास्थ्य शिविरको आयोजना गरेको छ । जसबाट जम्मा ४५ हजार चार सय जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १०७ जनाको शल्यक्रिया गरिएको छ । त्यसमध्ये ४६ जना विपन्न नागरिकको उपचारमा लागेको सम्पूर्ण खर्च संस्थाले बेहोरेको छ भने ६१ जनालाई आंशिक सहयोगसहित उपचार गरिएको उनले जानकारी दिए । विशेष गरी मुगु, कालिकोट र डोल्पाका व्यक्तिहरुलाई संस्थाले सहयोग गर्दै आईरहेका छ । संस्थाले नेपालमा उपचार सम्भव नभएका बिरामी कमल रेग्मीलाई इटालीमा लगेर उपचार गराएको थियो । त्यस्तै कमल धमला भन्ने व्यक्तिको आजभन्दा २ वर्ष अगाडि उनीहरुले ग्रिन सिटी अस्पतालमा सबै खर्च बेहोरेर उपचार गराएको थियो । सरकारले अप्रेसनको पैसा मात्र बेहोर्ने तर डोल्पा, मुगुबाट आएका बिरामीहरुको गाडी–भाँडाहरुको पैसा कसैले पनि बेहोर्दैन र यसमा एउटा परिवारको ५०/६० हजार खर्च हुने गर्छ जसको सेभ द हार्टले सकेसम्म सबै रकम बेहोरिदिन्छ । नेपालमा सबै किसिमको मुटुको अप्रेसन सम्भव भएको उनले बताए । भल्भ फेर्ने सर्जरी, बाईपास सर्जरी, जन्माजात मुटुरोगीहरुको प्वाल टाल्ने अप्रेसन, मुटुको नली फुटेको सर्जरी हुनेगर्छ । कृतिम मुटु वा भ्यानटुकिलर यसिस्टिङ डिभाईस भनिने उपचार भने नेपालमा उपलब्ध छैन । ‘प्राविधिक रुपमा यसलाई उपलब्ध गर्नलाई कुनै समस्या छैन मात्रै यसको प्रविधि धेरै महँगो रहेको छ । कृतिम मुटु राख्नको लागि २०÷५० लाख पर्न जान्छ जुन सधैं भर डेस्टीनेसन थेरापीको रुपमा प्रयोग गर्न मिल्दैन’ उनले भने । उक्त कृतिम मुटुलाई राखेर मानिसलाई केही महिना र एक दुई बर्षसम्म मात्र बचाउन सकिन्छ । यसमा लामो समय सम्म बचाउन गार्हो हुन्छ । तर यो राख्नको लागि मुटुको प्रत्यारोपन हुन जरुरी छ जुन प्रविधि नआएसम्म भ्यानटुकिलार यसिस्टिङ डिभाईस राखेर त्यति धेरै फाईदा हुँदैन । यसमा टेक्निकल समस्या रहेको छ । त्यस्तै नेपालमा मुटुको प्रत्यारोपन पनि हुँदैन । आफ्नै देश प्यारो तर चाकडीबाज समस्या पढ्न बिदेश गए पनि उनको त्यहाँ बस्ने प्लान कहिले पनि रहेन । उनलाई ‘विदेशमा धेरै अफर आएका थिए भनेर गफ लाउन चाहान्न’ भट्टराई भन्छन्–‘पढ्न विदेशमा गए पनि त्यही बस्ने योजना मैले बनाइन । परिवारको चाहाना पनि नेपालमै काम गरिदेओस् भन्ने थियो ।’ पढ्न, तालिम लिने, अनुभव लिन विदेश जानु पर्ने तर सेवा आफ्नै देश गर्नुपर्छ भन्ने मान्यतामा उनी अडिक रहेका छन् । प्रविधिको हिसाबले नेपाल पछाडि भएपनि पछिल्लो समय यसतर्फ विकासले गति लिएको छ । तर चाकडीपनले नेपाली समाजग्रस्त रहेको र नेपाली सामाजिक संरचना र सोचाइ बदल्न जरुरी रहेको बताउँछन् डा भट्टराई । अरु क्षेत्रमा जस्तै मेडिकल क्षेत्रमा पनि चाकडीबाजहरु रहेको र यस्तो प्रवृतिले मानिसहरुलाई पीडित बनाएका उनको बुझाइ छ । ‘विदेशमा काम गर्नेहरु सम्मानित र प्रोत्साहित हुन्छन् । नेपालमा कर्मयोगिहरु भन्दा चाकडीबाजहरु अगाडि आउँछन् । यसले मानिस, समाज र देशको विकासमा सहयोग गर्दैन’ उनको निष्कर्ष छ । ‘विदेशमा साथीभाइ, आफन्तहरुबाट एकदमै धेरै प्रोत्साहन मिल्ने गर्छ तर नेपालमा भने खुट्टा तान्ने प्रवृति रहेको छ । यो अर्को दुर्गुण हो’ भट्टराईले समाजको विश्लेषण गर्दै भने–धेरै मानिसहरु आफूलाई सबै कुरा आउँछ भन्ने घमण्ड राख्छन् । ज्ञान बाड्दा घट्छ भन्ने सोच राख्छन् । ज्ञान लिँदा र बाड्दाका सबैलाई फाईदा हुन्छ ज्ञान थोरै मानिसमा मात्र छ ।’
शिखरले ल्यायो १ सयभन्दा बढी मोडलका जुत्ता, हरेकमा ६ महिने वारेण्टी
काठमाडौं । जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गरेकाे बडादशैं, तिहार, छठलगायतका चाडबाडलाई लक्षित गरेर १ सयभन्दा बढी नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । शिखरले दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने अवसर भएकाले युवायुवती, स्कुले विद्यार्थी, कामकाजी व्यक्तित्वहरुलाई लक्षित गरेर नयाँ डिजाइनका जुत्ताहरु बजारमा ल्याएको हो । उक्त नयाँ जुत्तामा पार्टी सुजका २५ भन्दा बढी डिजाइन, स्पोर्टस् सुजका २५ भन्दा बढी डिजाइन, क्याजुअल सुजका २५ भन्दा बढी डिजाइन र अन्य जुत्ताका २५ भन्दा बढी डिजाइन छन् । कम्पनीले राजधानीलगायत देशैभर आफ्नै सोरुम र वितरकहरुमार्फत जुत्ता बेच्दै आएको छ । उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् । उद्योगले काठमाडौं र विराटनगरमा शुकन्भेयर मेसिन, पियू (पोली युरेथेन) मेसिन र डिएमएस (बुट बनाउने) मेसिनलगायतका स्वचालित प्लान्ट राखेर जुत्ता उत्पादन गर्छ । कम्पनीले ग्राहकलाई आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टीसमेत दिँदै आएको छ ।
असोज ११ गते नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक, जलविद्युतमा लगानीका विषयमा छलफल हुने
काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक, उर्जा क्षेत्रमा गर्न सकिने सहकार्य र उर्जामन्त्रीको आगामी अक्टोवरमा हुन लागेको चीन भ्रमणको बिषयमा छलफल भएको थियो । नेपाल र चीनबीच पहिलो पटक उर्जा संयन्त्रकोे बैठक यही सेप्टेम्बर २७ र २८ गते काठमाडौंमा बस्दैछ । चीनसंग गरेको सम्झौताअनुसार नेपालले संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ । भेटमा उर्जामन्त्री पुनले संयन्त्रको बैठकमा अन्र्तरदेशिय प्रशारणलाइन र जलविद्यूत आयोजना निर्माणलगायतका विषयमा संयन्त्रको बैठकमा छलफल हुंदा त्यसले दुवै देशलाई फाइदा पुग्ने धारणा राखेका थिए । उनले नेपालको जलविद्युत क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै चिनियां लगानीकर्तालाई लगानीको वातावरण बनाईदिन आग्रह समेत गरे । नेकपाका स्थायी समिति सदस्य समेत रहेका उर्जामन्त्री पुनले ग्रिड कनेक्सनसम्बन्धी विम्स्टेक सदस्य राष्ट्रहरुबीच भएको सम्झौताले बजार विस्तारमा टेवा पुगेकोे भन्दै चिनियां लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे । उनले सरकारको विकास र समृद्धीको सपनालाई पुरा गर्न पनि लगानी आवश्यक रहेकोमा जोड दिए । बंङगलादेशसंग भएको सम्झौताले समेत बजार विस्तारमा थप सहयोग पुग्ने भन्दै उर्जामन्त्री पुनले सार्क फ्रेमवर्क सम्झौताअनुसार बिजुलीको आयात र निर्यातमा कुनै समस्या उत्पन्न नहुने बताए । भेटमा चिनियां राजदूत होङले उर्जामन्त्री पुनको पहलमा पहिलो पटक संयन्त्रको वैठक काठमाडौंमा बस्न लागेको भन्दै त्यसका लागी धन्यवाद समेत दिइन् । संयन्त्र बनेपछि त्यसले दुवै देशको उर्जा क्षेत्रलाई फाईदा पुग्ने भन्दै त्यसले सम्भावनाको नयां ढोका खोल्ने पनि भेटमा उनले बताइन । राजदूत होङले भेटमा भन्नुभयो ‘मन्त्रीज्युको पहलमा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्न लागेको छ, यो पहिलो पाईंला भएपनि निकै महत्वपूर्ण बैठक हो,यो संयन्त्रबाट दुवै देशले आ–आफ्ना देशका समस्या र सम्भावनाहरु प्रष्टसंग राख्न सजिलो भएको छ,यसका लागी छिटो पहल गरिदिनुभएकोमा म धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’
नबिल बैंकले दराजसँग सहकार्य गर्दै, बिक्रेतालार्इ साना तथा मझौला व्यवसाय कर्जा दिने
काठमाडौं । नबिल बैंकले नेपालको प्रख्यात अनलाइन बजार दराजसँग रकम भुक्तानीका लागि सहकार्य गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दराजको सेलर समीटलाई सम्बोधन गर्दै दराजबाट हुने वस्तु तथा सेवाको कारोबारमा बैंकले भुक्तानीका लागि सहकार्य गर्ने बताएका छन् । शाहले नबिल बैंकबाट रकम भुक्तानीको व्यवस्था हुँदा दुवै संस्थाको व्यवसाय बिस्तारमा टेवा पुग्ने बताएका हुन् । साथै, उनले दराजका बिक्रेताहरुलाई नबिल बैंकले साना तथा मझौला व्यवसाय कर्जा उपलब्ध गराउने पनि बताए । दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ । दराजका ६५० बढी बिक्रेताहरुको सहभागितामा सम्पन्न समिटले दराजमार्फत हुने व्यवसायमा नयाँ अवधारणा तथा अवसर प्रदान गरेको छ । सेलर समिटकै अवसरमा दराजले अहिलेको मोबाइल एपलाई परिष्कृत बनाएर आधुनिक बनाउने भएको छ । यहि सेप्टेम्बर २९ देखि आउने नयाँ एपमार्फत दराजले बिक्रेताहरुलाई आधुनिक शैलीमा व्यवसायमा आबद्ध गराउन लागेको हो । बिक्रेताका साथै सेवाग्राहीलाई अझै सजिलो गरी समान किनबेच गराउने योजना दराजको छ । दराज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बीआरके मिकल्सनले आफ्ना बिक्रेताहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसाय बिस्तार गर्नका लागि नयाँ रणनिति अख्तियार गरिने बताएका छन् । यसका लागि दराजको आधुनिक प्रणालीमा आबद्ध गराउँदै तीन तहको नयाँ अवधारणाले बिक्रेताको क्षमता बढाउँदै सेवाग्राहीले उत्कृष्ट सेवा पाउने उनको विश्वास छ । मिकल्सनले दराजका कारण मात्र नभई बिक्रेताको अधिक लगावका कारण व्यवसाय विस्तारमा सफलता मिल्ने भन्दै बिक्रेताहरुलाई अनलाइनको अत्याधुनिक प्रणालीमा सहभागि गराउन लागिएको बताए । दराज एक्सप्रेसको सुरुवात गर्न दराज हबहरुबाट पनि प्रत्यक्ष रुपमा सेवा शुरु गरेर सेवा प्रभावकारी बनाउने योजना सेलर समिटमा सार्वजनिक गरिएको छ । यसका साथै आगामी नोभेम्बर ११ मा दराजले नेपालमै पहिलो पटक अधिक छुट तथा अफरहरु सहित ११ : ११ सेल सञ्चालन गर्दैछ ।