मध्यपहाडी राजमार्गले दैनिकी सहज, बाटोको पहुँचले स्थानियलाई रहत
काठमाडौं २८ मंसिर । दैलेख साततलाका रमेश थापाको तरकारी खेती निकै फस्टाएको छ । १ वर्षदेखि उनी पूर्ण रूपमा तरकारी खेतीमा लागेका छन् । आफ्नै गाउँछेउबाट मध्यपहाडी राजमार्ग खोलिएपछि तरकारी बेच्न उनले टाढा जानु नपर्ने भएको छ । यसले पनि उनलाई तरीकारी खेतीमा लाग्न हौस्याएको छ । ‘टाढा जान पर्दैन, गाउँमै गाडी आइपुग्छ,’ उनले भने, ‘अरु खेती गर्दा वर्ष दिन खानै पुग्दैन थियो, तरकारी खेती गर्न थालेपछि नगद कमाई हुन थालेको छ ।’ उनी अब पूरै खेतमा तरकारी लगाउने सोचाईमा छन् । उनको घर नजिकको सहर राकम कर्णाली हो । राजमार्ग खुलेपछि अब यहाँसम्म पुग्न सजिलो भएको छ । सजिलो बाटो भएपछि आफ्ना उत्पादन बेच्न पनि गाह्रो छैन । मध्यपहाडी राजमार्गमा पर्ने १० नयाँ सहरमध्ये राकम कर्णाली एक हो । ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणासँगै नयाँ सहरमा व्यापार र अन्य प्रयोजनका लागि बसाई सर्ने क्रम सुरु भएको छ । प्रत्येक दिन राजमार्ग छेउछाउमा पसल थापेर सानातिना व्यवसाय गर्नेको संख्या बढो छ । चिया, तरकारी पसलेले राजमार्ग छेउछाउका मानिसको जीवनस्तर उकासिन थालेको छ । पाँचथरको चियोभन्ज्याङ (नेपाल,भारत सीमा)देखि बैतडीको झुलाघाट (महाकाली नदी) जोड्ने सडक निर्माणसँगै गाउँमा विकास पूर्वाधार आइपुग्ने आशा स्थानीयको छ । पहाडै पहाड हुँदै पूर्वं,पश्चिम जोड्ने मध्यपहाडी मार्ग पूर्वको अन्तिम विन्दु पाँचथर च्याङथापुको भारतीय सीमावर्ती चिवा भन्याङसम्म जोडिएको छ । च्याङथापुदेखि पश्चिम झुलाघाट जोड्ने १ हजार ७ सय ५६ किलोमिटरको क्षेत्रमा ट्रयाक जोडिसकेकाले यातायात सञ्चालनमा आएका छन् । त्यसमध्ये नुवाकोटको पाटी भज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ९७ किमि पश्चिम खण्डमा पर्छ, भने ६ सय ५९ किलोमिटर पूर्वी खण्डमा पर्छ । मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख सुर्य भाटले यस खण्डको बैतडी, बाग्लुङ र रुकुम खण्डको करिब ३७ किमि सडक कालोपत्रे भइसकेको बताए । कान्तिपुर दैनिकबाट ।
नेपाली प्रवद्धक रहेको कम्पनी सगुनले डलरमा मिनी आइपिओ निकाल्दै
वासिङ्टन। अमेरिकामा रहेका नेपालीले शुरु गरेको कम्पनी सगुनले सामाजिक सञ्जालकै इतिहासमा पहिलोपटक मिनी आइपिओमार्फत लगानी जुटाउने भएको छ । मिनी आइपिओमार्फत लगानी जुटाउने सगुन नेपालीहरुले शुरु गरेको पहिलो मात्र नभइ सामाजिक सञ्जालका रुपमा पहिलो ग्लोवल कम्पनी पनि हुने भएको हो। सामाजिक सञ्जालकै क्षेत्रमा सगुन ‘ रेगुलेसन ए प्लस ‘ मार्फत लगानीको अवसर दिने बिश्वकै पहिलो कम्पनी हुने तयारीमा छ । अमेरिकी स्टक एक्सचेन्जले करिव डेढ महिना भित्र सगुनलाई मिनी आइपिओ मार्फत लगानी जुटाउने स्विकृती दिन सक्ने बताइएको छ। यसका लागि सगुनले आफ्ना तर्फबाट सबै प्रक्रिया पुरा गरि अमेरिकी स्टक एक्सचेन्जमा आवदेन गरिसकेको छ। अमेरिकी नयाँ कानुन अनुसार प्राइभेट कम्पनीमा पनि सर्वसाधारणले लगानी गर्न पाउने भएपछि स्टार्टअप कम्पनीको रुपमा स्थापना भएको सगुनले सर्वसाधारणबाट लगानी जुटाउने अन्तिम तयारीमा जुटेको हो । मिनी आइपिओमा २ अर्व जुटाउँदै यस चरणमा भने सगुनले २ करोड डलर अर्थात करिव २ अर्व भन्दा वढी रकमको मिनी आइपिओ जारी गर्न लागेको हो । यो योजनामा बिश्वभर रहेका सर्वसाधारण लगानीकर्ताबाट सगुनमा लगानी गर्न चाहनेले प्रति शेयर २३ डलरका दरले कम्तिमा २९९ डलर लगानी गर्नुपर्ने हुन्छ । करीब ३० हजार नेपाली रुपैयाँ लगानी गरेर अमेरिकी स्टार्ट अप कम्पनीको शेयर होल्डर बन्ने अवसर पाउने भएपछि यसप्रतिको चासो सर्वसाधारण लगानीकर्ताहरुमाझ बढेको छ । त्यसभन्दा बढी आफ्नो क्षमता अनुसार जति पनि लगानी गर्न सकिने बताइएको छ । मिनि आइपीओ जारी गर्दा सगुनले ८ लाख ७० हजार कित्ता शेयर जारी गर्नेछ । जुन कुल शेयरको २१ प्रतिशत हो । विदेशमा बस्ने नेपालीहरुको लागि सगुन जस्ता कम्पनीमा लगानीको अवसर महत्वपूर्ण हुने बताइएको छ । दामासाहीमा नभइ अगाडी आवदेन गर्नेले मागेजति शेयर पाउने भएको कारण शुरुमै शेयर खरिद गर्नुपर्ने अमेरिकी पूँजी वजारका जानकारहरु बताउँछन् ।
नयाँ आईफोन सवै सुरक्षित छन् : एप्पल
चीन (बेइजिङ): चीनमा केही संख्याका आईफोनमा आगो लाग्नुका पछाडि बाह्य कारण भएको दाबी एप्पलले गरेको छ । ८ जना प्रयोगकर्ताले आईफोन सिक्सका ह्यान्डसेटहरू पड्केको उजुरी सांघाईको उपभोक्ता वाचडगमा दर्ता गराएका थिए । एप्पलले परीक्षण सञ्चालन गरेको र यी उत्पादनमा चिन्ता लिनुपर्ने कारण नभएको जनाएको छ । एप्पलले आईफोनमा बाह्य भौतिक क्षति भएको जनाएको छ । वाचडगले एक महिलाले उनको आईफोन सिक्स प्लस अगस्टमा पड्केको उजुरी दर्ता गराएको जनाएको छ । नियामक निकायले आईफोनमा धूवाँ निस्केको तर आगो पनि देखिएको बारेमा कुनै निश्चित नभएको जनाएको छ । राज्य स्वामित्वको सांघाई कन्जुमर काउन्सिलले भनेजस्तै उपभोक्ताको उजुरीको सुनुवाइमा आफूले ढिलासुस्ती गरेको एप्पलले अस्वीकार गरेको छ ।
एप्पलले आइफोन बनाउन गोल्डविन्ड’का तीन सहायक कम्पनीको ३०% सेयर खरिद गर्यो
एप्पलले पछिल्लो समय चीनमा आइफोन बनाउन चीनको ‘विन्ड उर्जा (हावाबाट बिजुली)’ मा लगानीको डिल गरेको छ। शतप्रतिशत नविकरणीय उर्जा प्रयोग गर्ने उध्येश्य अनुरुप एप्पलले चीनको सबै भन्दा ठूलो विन्ड टर्बाइन उत्पादक गोल्डविन्डका तीन सब्सिडरी कम्पनीको ३० प्रतिशत सेयर हिस्सा खरिद गरेको छ। कम्पनीले यसका लागि गरेको लगानी रकम अघिलेसम्म खुलाएको छैन। ‘एप्पलले अहिलेसम्म नविकरण उर्जामा गरेको लगानी मध्ये यो सबै भन्दा धेरै हो। एप्पलका धेरै उत्पादन चीनमा निर्माण हुन्छन्। एप्पलको कुल बिक्रीलाई पाँच भाग लगाउँदा एक भाग बराबर चिनमा नै बिक्ने गरेको छ। वातावरणीय समुह ग्रिनपेसले चिनमा विद्युतिय उपरकरण उत्पादन गर्नेले अध्यधिक उर्जा खपत गरेको गुनासो गर्दै आएको थियो। एप्पलको लगानी पश्चात विस्तार हुने नयाँ विन्ड प्रोजेक्टले चिनको राष्ट्रिय गृडमा २८५ मेगावाट नविकरणीय उर्जा थप गर्नेछ। यसले अन्य स्रोतको उर्जा प्रयोग गरि रहेका कम्पनीका केहि अपरेटर र सप्लायर्सहरु फक्सकोन, लेन्स, क्याचर र सोल्भेलाई पनि सहज हुने एप्पलले जनाएको छ। चीनले यस्तो ‘इनिसिएटिभ’ लिने कम्पनीलाई धेरै सहुलियत समेत घोषणा गरेको छ। एप्पलले पावर पर्चेज एग्रिमेन्टको सुविधा पाएको छ। अब कम्पनीले अन्य सोलार एवं विन्ड इनर्जी उत्पादकबाट नविकरणीय उर्जा खरिद गरेर राष्ट्रिय गृडलाई होलसेलमा बिक्री समेत गर्न सक्छ। एजेन्सी
लोडसेडिङ हटाउन ऊर्जा मन्त्रालयलार्इ ५ अर्ब ३७ करोड निकासा गर्ने अर्थ मन्त्रालयकाे निर्णय
काठमाडौं, ७ मंसिर,। देशलाई लोडसेडिङ मुक्त गर्ने ऊर्जा मन्त्रालयको काममा सहयोग गर्दै अर्थमन्त्रालयले ५ अर्ब ३७ करोड रुपैयाँ निकासा दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले बिद्युत पोल, ट्रान्सर्फमर, नयाँ मिटर र तार केबल किन्न उर्जा मन्त्रालयले मागेको ५ अर्ब ३७ करोड रुपैयाँ दिने सोमबार निर्णय गरेको मन्त्रालयका सूचना तथा संचार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिएका हुन् । लोडसेडि अन्त्य गर्न उर्जा मन्त्रालयले गरेको कामको प्रधानमन्त्रीले समेत प्रशंशा गरेको दिन अर्थमन्त्रालयले थप बजेट दिने निर्णय गरेको हो । विकास खर्च हुन नसकेपछि आलोचना खोप्दै आएको सरकारको यो निर्णयले खर्च वृद्धिमा सहयोग गर्ने देखिएको छ । मन्त्री महरा गत शनिबार मात्रै मध्यमर्स्याङ्दी जलबिद्युत आयोजना र सिनो हाइड्रोपावर आयोजनाको निरीक्षण गरेर फर्किएका थिए ।
प्रभु क्यापिटलको २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित
काठमाडौं, २७ मंसिर । प्रभु क्यापिटलको गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न भएको कम्पनीको आठौं वार्षिक साधारणसभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको छ । सभामा संस्थाका शेयरधनी, संचालक, लेखापरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधि, कर्मचारी, पत्रकार एवं अन्य अतिथिहरुको बाक्लो उपस्थिती थियो । विगत ८ वर्ष देखि संचालनमा रहेको यस कम्पनीले ग्राहकहरु समक्ष आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको छ । साधारण सभाले संचालक समितिमा भएको परिवर्तनलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ ।
बन्द रहेका उद्योगलाई २१ दिनभित्र स्पष्टिकरण बुझाउन मन्त्रालयको आग्रह
काठमाडौं, २७ मंसिर । सरकारले विभिन्न कारणले बन्द भएका निजी क्षेत्रका उद्योग खोल्न सहजीकरण गर्ने भएको छ । उद्योग मन्त्रालयले सूचना प्रकाशन गरी २१ दिनभित्र मुलुकभर बन्द भएका त्यस्ता उद्योगको विवरण लिने जनाएको छ । बन्द भएको स्पष्ट कारणसहित सम्पर्कमा आउन आग्रह गर्दै मन्त्रालयले त्यस्ता उद्योगको अध्ययन र मूल्याङ्कनका लागि समिति गठन गर्ने तयारी गरेको छ । मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री नवीन्द्रराज जोशीले पुनः खुल्ने सम्भावना रहेका बन्द उद्योगलाई सरकारका तर्फबाट भौतिक, पूर्वाधार र नीतिगत रुपमा सहयोग गरिने बताए । मुलुकभित्रै रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई सुदृढ गर्ने योजनाका साथ मन्त्रालय अघि बढेको बताउँदै मन्त्री जोशीले भने, “बन्द उद्योग खोल्न उद्यमी, स्थानीय, श्रमिक र राजनीतिक दललाई आग्रह गर्छौ ।” साना ठूला सबै उद्योग पुनःसञ्चालन गर्न जिल्ला र केन्द्रबाट आवेदन लिइने तथा आवेदनको अध्ययन र मूल्याङ्कनपछि खोल्न मन्त्रालयले सहजीकरण गर्ने बताइएको छ । मन्त्रालयका अनुसार मुलुकभर निजी क्षेत्रका हजारौँ उद्योग बन्द अवस्थामा छन् । मन्त्रालयले पहिलो चरणमा नेपाल औषधि लिमिटेड र हेटाँैडा कपडा उद्योग आफैँ पुनः सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ । अर्काे चरणमा बन्द अवस्थाका वीरगन्ज चिनी उद्योग र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिएर पुनः सञ्चालन गर्ने तयारी पनि छ ।
क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी मोटरसाईकल उपहार
काठमाडौं, २७, मंसिर । भीजी अटोमोबाइल्सले क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी मोटरसाइकल उपहार प्रदान गरी सम्मान गरेको छ । असोज ८ देखि १७ गतेसम्म किर्तिपुर क्रिकेट मैदानमा सञ्चालित इपिएल टी ट्वान्टी क्रिकेट प्रतियोगिताका म्यान अफ द सिरिज विजेता कामीलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान गरी सम्मान गरिएको हो । अटोमोबाइल्सका बजार प्रबन्धक समित सिंहले त्रिपुरेश्वरस्थित भीजी सुजुकी अटोमोबाइल्स शोरुममा आयोजिक कार्यक्रममा कामीलाई मोटरसाईकल प्रदान गरेका थिए ।