विकासन्युज

नेप्से परिसूचक १४ सयमा झर्यो, ६८ करोडको सेयर कारोबार

काठमाडौं, ५ पुस । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १८ दशमलब ८९ अंकले घटेर १४९५ दशमलब ९९ अंकमा झरेको छ । सो दिन १३८ कम्पनीको ७ लाख २३ हजार कित्ता सेयर ६८ करोड ३९ लाख रुपैयाँमा किनबेच भएको छ । बजारमा परिसूचक घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ । मंगलबार अन्य समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १११.३५ अंकले घटेको छ । अन्य समूहको २.६ अंकले बढेको छ भने बाँकीको दोहोरो अंकले घटेका छन् । बजारमा एभरेष्ट बैंकको २८ करोड रुपैयाँको सेयर काराृेबार भएको छ । उक्त बैंकको सेयर मूल्य प्रतिकित्ता ३ हजार १९० रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मञ्जुश्री फाइनान्सियल इन्स्टिट्यूसनको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

४८ मुलुकसँग नेपालको व्यापार नाफामा, सबैभन्दा बढी नाफा टोकेलाउँको व्यापारमा

काठमाडौं, ५ पुस । नेपालले अन्यमुलुकसँगको व्यापारमा सधै घाटामा मात्र व्यहोरेको समाचारहरु बाहिर आइरहेको छ । तर नेपालले केही मूलकसँगको वैदेशिक व्यापारमा भने नाफा कमाएको छ । नेपालले १९२ वटा मूलुकसँग व्यापार गर्ने गरको छ त्यसमध्ये ४८ वटा मूलुकसँगको व्यापार नाफामा गएको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा ७ खर्व १० अर्व रुपैयाँ बराबरको व्यापार घाटा नेपालले व्यहोरेको छ । तर विभिन्न मुलुकहरु सँगको व्यापारमा भने नेपालले कहिल्यै पनि घाटा व्यहोर्नु नपरेको केन्द्रले जनाएको छ । नेपालसँग टोकेलाउ नामक देशको व्यापार भने सवैभन्दा धेरै नाफामा रहेको छ । गत आर्थिक वर्षको तथ्यांक हेर्दा सो देशसँग नेपालको व्यापार एक अर्व १० करोड रुपैयाँले नाफामा रहेको छ । गत आर्थिक वर्षमा नेपालसँग बेलायको व्यापार ६४ करोड १० लाख रुपैयाँ नाफामा रहेको छ भने अमेरिकासँगको व्यापार ६३ करोड ७६ लाख रुपैयाँ नाफामा रहेको छ । त्यस्तै नर्वेसँग ११ करोड ९८ लाख, अफगानिस्तानसँग १७ करोड ७६ लाख, इरान २ करोड १६ लाख, अमेरिकल सामोवा एक करोड २६ लाख रुपैयाँ व्यापार नाफामा रहेको छ । भेनेजुयला एक करोड १४ लाख, स्लोभेनिया एक करोड १० लाख, न्युकेलेडोनिया ७७ लाख, आइसल्याण्ड ५४ लाख, माली ५३ लाख, मोनाको ४४ लाख, पोर्चुगल ३७ लाख, स्टोनिया २३ लाख, नाइजेरिया १८ लाख, इष्ट टिमोर १६ लाख रुपैयाँ व्यापार नाफामा रहेको छ । त्यस्तै बहमास, पानामा, रुवान्डा, मोरिटियुस, जमैका, ताजकिस्तान, गौडेलोप, सुडान, लिथुआनीया, मंगोलिया, लाओस, युगान्डा, कंगो, लिविया, सिरिया, माल्दिभ्स, अल्जेरिया, उव्जेकिस्तान लगायतका देशहरुसँगको व्यापार भने सधै नाफामा रहेको छ । ती स्थानहरुमा हस्तकलाका समाग्री, कपासाबाट बनेका सागम्री लगायतका सामानहरु निर्यात हुने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ति देशहरुसँगको व्यापारमा बृद्धि गर्न सकेको खण्डमा र भारतबाट आयात घटाउन सकेमा व्यापार घाटा कम हुदै जाने छ । हाल नेपालमा प्रत्येक वर्ष व्यापार घाटा चुलिदै छ भने गत बर्ष व्यापारघाटा नेपालको कुल बजेट सरह हुन पुगेको थियो । नेपाल र अन्य मूलकको व्यापार सधै घाटामा रहेको समाचारहरु बाहिर आएपनि केही त्यस्ता मुलुकहरुको व्यापार सधै घाटामा रहेपनि केही यस्ता मूलुक छन् जुन नेपालसँगको व्यापार सधै नाफामा गएका छन् ।

जेबिल्स फाइनान्सको वार्षिक साधारणसभा पुस २७ गते, कहिले देखि बुक क्लोज?

काठमाडौं, ५ पुस । जेबिल्स फाइनान्सको ७औँ साधारणसभा आगामी पुस २७ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १२ गतेदेखि पुस २७ गते सम्म कम्पनीको बुक क्लोज हुने जानकारी गराएको छ ।

सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कारबाट दुई लाख बढीको पुरस्कार प्रदान

काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा ‘प्रेस काउन्सिल- सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट दिवंगत पत्रकार कर्ण बोहरालाई मरणोपरान्त पुरस्कृत गरेकी छन् । उक्त समारोहमा बोहराका धर्मपत्नी ममता बोहरालाई रु दुई लाख पचास हजार राशीको सो पुरस्कार प्रदान गरिएको हो ।

खानेपानी चुहावट नियन्त्रण गर्न निर्देशन

काठमाडौं, ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत् चुहावट नियन्त्रणसँगै पानी चुहावट नियन्त्र गर्नसमेत अग्रसरता देखाएका छन् । खासगरी काठमाडौं उपत्यकामा देखिएको खानेपानी चुहावट नियन्त्रण सम्बन्धमा जनताबाट गुनासो आएकाले प्रधानमन्त्रीले सम्बन्धित निकायलाई खटाउन प्रधानमन्त्रीको निजी सचिवालयलाई निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सम्पर्क कक्ष प्रमुख झङ्कनाथ ढकालले जानकारी दिए । सोहीअनुसार कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई निर्देशन दिएको सम्पर्क कक्ष प्रमुख ढकालको भनाइ छ । “काठमाडौं उपत्यकाभित्र कतिपय ठाउँमा पानी आइरहने र कतिपय ठाउँमा हप्ता दिनसम्म पनि नआउने वा पानी बीचमै चुहावट हुने समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ, अब केही दिनमै प्रधानमन्त्री आफैँले पनि निर्देशन दिनेछन्”– ढकालले भने । रासस

औद्योगिक व्यापार मेलामा ११ करोडको आर्थिक कारोबार, १५० हजारद्धारा अवलोकन

पोखरा, ५ पुस । राष्ट्रिय औद्योगिक व्यापार मेलामा ११ करोडभन्दा बढी रुपैयाँको आर्थिक कारोबार भएको छ । गत मंसिर २३ बाट सुरु भई सोमबार सम्पन्न भएको सो मेलामा उक्त रकम बराबरको कारोबार भएको सङ्घका महासचिव दामु अधिकारीले जानकारी दिए। ‘लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरा प्रदर्शनी केन्द्रमा आयोजित सो मेलामा एक लाख ५० हजार दर्शकले अवलोकन गरेका थिए । औद्योगिक, कृषिजन्य तथा हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरूको प्रवद्र्धन र वजारीकरणमा सघाउ पु¥याउने उद्देश्यले आयोजना गरिएको सो मेलामा २९५ स्टल राखिएको थियो । बृहत विज्ञान प्रदर्शनी सम्पन्न विज्ञान तथा प्रविधि संस्थान र एआरनेस गु्रप टेक्निकल साइन्सको संयुक्त आयोजनामा सञ्चालन भएको बृहत विज्ञान प्रदर्शनी आज सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको सो प्रदर्शनीमा विज्ञान तथा प्रविधि संस्थान, क्याम्पस र माध्यमिक विद्यालयलगायत कास्की जिल्लाका २० वटा संस्थाका विज्ञान विषय लिएर अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । रासस

आमाबुबाको व्यस्तताले पनि बढाउन सक्छ बाल मनोरोग

काठमाडौं, ५ पुस । सामान्तया बालबालिकाका गतिविधिबारे अभिभावकले गम्भीररुपमा सोच्ने गरेको कमै पाइन्छ । बदलिँदो समय अनुसार आमाबुबाको व्यस्त समयले छोराछोरीसँग बिताउने समय कम दिँदा बालबालिकामा त्यसको असरले मानसिक तनाव पनि बढाएको छ । अझ कामकाजी आमाबुबाले आफ्ना छोराछोरीलाई कम उमेरमै स्कुल पठाउने, पठ्न दबाब दिने, बजारको तयारी खाजा बढी खुवाउने विविध कारणले पनि बालबालिकामा गम्भीर असर गरिहरेको चिकित्सकले बताउँदै आएका छन् । धेरै चकचक, झगडा गर्ने, स्कुल जान नमान्ने, धेरै मानिस भएको ठाउँमा जान नमान्ने, डराउनेजस्ता समस्या आजकलका बच्चामा देखिन थालेको छ । यस्तो समस्या देखिएमा उनीहरुलाई पिट्ने, हकार्ने वा अन्य सजाय दिनुभन्दा अगाडि अभिभावकले उनीहरुमा कुनै बाल मनोरोगका कारण यस्तो भएको छ छैन भनी सोच्नै पर्ने बताउछन् कान्ति बाल अस्पतालका बाल मनोरोग विभागका प्रमुख तथा वरिष्ठ बाल मनोरोग विशेषज्ञ डा अरुण कुँवर । उनले अभिभावकले बाल मनोविज्ञान बुझ्न नसकेर बालबालिकामाथि नकारात्मक व्यवहार गर्दा त्यसको गम्भीर असर देखिन सक्ने हुँदा सजग हुनुपर्ने बताउछन्। बच्चाले उमेर अनुसार सोच्ने कुराहरु सोच्न नसक्नु, धेरै रिसाउने, उमेर अनुसार बालबालिकाको मानसिक र बौद्धिक विकास नहुनु र साधारणभन्दा भिन्न खालको बानी व्यवहार देखाउनु बाल मनोरोगको लक्षण हुन सक्छ । डा कुँवर बालबालिकामा बाल मनोरोगको लक्षण फरकफरक हुने बताउछन् । उनी भन्छन्, “बालबालिकाले उमेरअनुसार आफ्नो क्षमताले काम गर्न नसक्नु, आवश्यकभन्दा धेरै खुसी हुनु, धेरै रिसाउनु, एउटै कुरालाई पटकपटक दो¥याइरहनुलाई पनि बाल मनोरोगको लक्षणका रुपमा बुझ्नुपर्छ ।” कान्ति बाल अस्पतालले खासगरी भूकम्पपछि बालबालिका पारेको मानसिक असरबारे परामर्श दिन डेढ वर्षअघि छुट्टै विभागमार्फत सेवा दिन थालेको हो । अहिले आफ्ना बालबालिकाबारे विभिन्न खाले समस्या लिएर देशभरबाट अभिभावक आउने गरेको कुँवरको भनाइ छ । गत वर्ष ६०० मात्र बिरामी आएका थिए तर यो वर्ष अहिलेसम्म करिब तीन हजार बढीले उपचार र परामर्श लिएको अस्पतालको तथ्याङ्क छ । हिजोआज देखिने बाल मनोरोग वंशाणुगत र वातावरणीय दुवैको कारणले हुने गरेको देखिएको चिकित्सकको भनाइ छ । डा कुँवर भन्छन्, “यदि अभिभावकमध्ये कसैलाई डिप्रेसन छ भने बालबालिकालाई बाल मनोरोग हुने सम्भावना धेरै हुन्छ । अभिभावकलाई डिप्रेसन छ र स्कुलमा पनि बालबालिकालाई बालमैत्री खालको व्यवहार गरिँदैन भने यस्तो समस्या बढेको देखिन्छ ।” अहिले धेरै बालबालिका अचानक बेहोस हुने समस्या पनि बढी देखिएको छ । यो बढी तनावका कारणले हुन्छ । अभिभावकको व्यस्तताको कारण उनीहरुकै समयतालिका अनुसार सबै आफ्ना गतिविधि गर्नुपर्दा बालबालिकामा बढी तनाव थपिएकाले यसतर्फ ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् । बालबालिकालाई खुसी पार्न लामो समयसम्म टेलिभिजन, मोबाइल हेर्न दिँदा पनि त्यसले बालबालिकामा एकोहोरो हुने, रचनात्मक क्षमतामा ह्रास ल्याउने भएकाले उनीहरुलाई रचनात्मक खेल जस्तो लुँडो, क्यारामबोर्डजस्ता खेलमा प्रेरित गर्दा मानसिक र शारीरिक विकासमा सहयोग पुग्ने डा कुँवरको सल्लाह छ । रासस

जेडटिईले ल्यायो ‘वार्म विन्टर अफर’, मोबाइल खरिदमा विभिन्न आकर्षक उपहार

काठमाडौं, ५ पुस । जेडटिईले नेपाली मोबाइल खरिदकर्तालाई लक्षित गरि वार्म विन्टर अफर ल्याएको छ । केहि महिनाअघि नेपाली बजारमा आएको जेडटिइले पछिल्लो समय राम्रो बजार लिइरहेको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार यस अफर अन्तर्गत मोबाइल खरिदकर्ताले कार्ड स्क्रयाच गरेर विभिन्न सियोर सट (पक्का)उपहार प्राप्त गर्न सक्नेछन् । कार्ड स्क्रयाच गरेर बाल्ट्राको हिटर, बाल्ट्राको थर्मस, बाल्ट्राको इलेक्ट्रीक केटल, २६०० एमएएचको पावर बैँक, सेल्फी स्टीक, १०००० एमएएचको पावर बैँक र नगद उपहार पाउन सक्ने जेडटिईले जनाएको छ । पछिल्लो समय जेडटिइ एक्जोन सेरिजकादुइ वटा स्मार्टफोनहरु बजारमा चर्चित रहेका छन् । जेडटिइ ब्लेड एस ६, एस सेभेन र भि सेभेन लाइट मोडलका स्मार्टफोनहरु कम मुल्यका आकर्षक स्मार्टफोनहरु हुन । जेडटिइ एक्जोन सेरिजमा एक्जोन इ लाइट र एक्जोन मिनि मोडलहरु अहिले बजारमा उपलब्ध छन । १३ मेगा पिक्सलको ड्युलक्यामेरा रहेको एक्जोन इलाइटमा ३ जिबीको र्याम रहेको छ । स्नापड्रागन ८१०, २ गिगाह्र्ट्ज अक्टाकोर प्रोसेसर रहेको यसको मुल्य ३३ हजार ९ सय रहेको कम्पनीले जनाएको छ । यो लगायत अन्य आधा दर्जन आकर्षक सेटहरु नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । इभोलुसन इन्टरप्राइजेजका मार्केटिङ् म्यानेजर विशाल आचार्यले भने, “यो अफर आउँदै गरेको क्रिशमस र अंग्रेजी नयाँ वर्षलाई विषेश लक्षित गरि ल्याइएको हो तर यो अफरलाई जाडो याम भरि नै निरन्तरता दिइनेछ ।” साथै यो अफर जेडटिईका सम्पूर्ण मोबाइल प्रोडक्टहरूमा लागू हुने आचार्यले बताए ।