विकासन्युज

रियल स्कूलअफ नेपालद्धारा नवौं क्षेत्रिय प्रतिस्पर्धा सम्पन्न

काठमाडौं । रियल स्कूलअफ नेपाल २०१७ अन्तर्गत नवौं क्षेत्रिय (फाईनल) प्रतिस्पर्धा मध्यमाञ्चलको वीरगञ्जमा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय जि.एच.पि.सेकेण्डरी स्कूल घोषित भएको छ । यी विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूलअफ नेपाल २०१७को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् । विगत दुई वर्षदेखि शुरुवात गरिएको २५ हजार रुपैयाँ बराबरको छात्रवृत्तिलाई यसपालि पनि निरन्तरता दिंदै स्कुलले दुई जना आर्थिक स्थिति कमजोर भएका प्रभावशाली विद्यार्थीहरु नसिर हुसैन(छात्र) र कविता तामाङ्ग (छात्रा) लाई प्रदान गरेको छ । यसैगरी अरु बाँकी क्षेत्रहरुमापनि छात्रवृत्ति प्रदान गर्ने स्कुलले जनाएको छ ।

इक्यान मेला दोश्रो दिन ३३ हजार ५ सयले अबलोकन गरे

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ इक्यानको ११ औ शैक्षिक मेलाको दोस्रो दिन शुक्रबार करिब ३३ हजार पाँच सय जनाले अबलोकन गरेका छन । मेला अवधिभर १ लाख २५ हजार भन्दा बढिले अवलोकन गर्ने अपेक्षा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को रहेको छ । उक्त मेलामा विद्यार्थीहरुलाई बैदेशिक शिक्षाको बारेमा परामर्श दिइने बताइएको छ । शुक्रबार आयोजित रिपोर्टर्स क्लबको पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष प्रकाश पाण्डेले सबै व्यक्तिले मेलाको बारेमा बुझ्नपर्ने बताए । साथै, इक्यान मेलाले बिदेशमा रहेका कलेज तथा विश्व विद्यालयमा रहेको राम्रो पक्षलाई विश्लेषण गरेर विद्यार्थीलाई जानकारी दिइने तथा विद्यार्थीका अभिभावकलाई पनि सल्लाह सुझाव दिइने उद्देश्य रहेको बताए । कुनै पनि विद्यार्थी बिदेश जानु पूर्व लगानीदेखि भाषाको बारेमा जानकार भएर जान पर्नेमा उनले जोड दिएका छन् । साथै, नेपाली विद्यार्थीहरु पढ्न मात्र नभएर कमाउन पनि जाने गरेकाे र राष्ट्रलाई पनि आर्थिक टेवा पुगेको पाण्डेले बताए । इक्यानले बैदेशिक शिक्षाका लागी जाने विद्यार्थीलाई निःशुल्क बिमा, शिक्षामा उद्दार कोषको विकास तथा जाने व्यक्तिलाई सम्झौता गरेर मात्र शिक्षण संस्थामा भर्ना गर्नु पर्नेमा जोड दिएको छ । उक्त पत्रकार सम्मेलनमा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बिदेश पठाउने संघ संस्थाहरु करियर काउन्सेलिङ भन्दा पनि नाफाको उद्देश्य राखेको हुनाले यसमा सुधार गर्नु पर्नेमा जोड दिनु पर्ने बताए । समग्रमा उचित सिट तथा विषयहरु नेपालमा विकास हुन नसकेकाले बर्षेनी लाखौं विद्यार्थीहरु बिदेश जाने क्रम बढ्दो छ । इक्यान मेलाका अवलोकनकर्तालाई विदेश किन जान चाहानु हुन्छ भन्दा काभ्रेकी आरति रावल भन्छिन् “नेपालमा धेरै विषयहरु छानेर पढ्न पाईँदैन त्यसैले बिदेश जान चाहान्छु ।” त्यसै गरी ललितपुरका रुपेस लोहनी भन्छन् “अटो मोबाइलस् पढ्न मन छ, युएस जान चाहान्छु ।” उनको भनाई अनुसार नेपालमा यो विषय खासै प्रभावकारी ढङ्गले नचलेको बताए ।  

स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘वल्र्ड बेष्ट कन्जुमर डिजिटल अवार्ड’बाट सम्मानित

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘वल्र्ड बेष्ट कन्जुमर डिजिटल अवार्ड-२०१७’ बाट सम्मानित भएको छ । शुक्रबार न्यूर्योकमा आयोजित एसिया प्यासिफिक वल्र्ड बेष्ट कन्जुमर डिजिटल बैंकस् प्रतियोगिताको पहिलो चरणको विजेताको घोषणा ग्लोबल फाइनान्सले गरेको छ । प्रतियोगितामा स्ट्याण्डर्ड चार्टर्ड लगायतका अरु बैंकहरु छानिएका छन् । ग्राहकलाई डिजिटल अफरिङ्गहरु प्रयोग गराउनमा सफल भएका बैंकहरु उक्त प्रतियोगितामा छानिएका छन् । साथै, विजेता बैंकहरु डिजिटल ग्राहकहरुको वृद्धि, प्रोडक्ट अफरिङ्गको दायरा, डिजिटल पहलबाट प्राप्त मूर्त लाभको प्रमाण र वेब/मोबाइल साइट डिजाइन र कार्य क्षमताको आधारमा छानिएका बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विजेताहरु इन्फोसिस्, विश्वको अग्रणी परामर्श, प्रविधि र आउटसोर्सिङ्ग कम्पनीको उच्चस्तरीय निर्णयक मण्डलले छानेका हुन् । ग्लोबल फाइनान्स इडिटर्स पहिलो चरणको अन्तिम नतिजाको लागि जिम्मेवार थिए । यस बैंकले लगातार तीन पटक उक्त अवार्ड हासिल गरेको हो । यसै महिना यस बैंकले इरोनोमीद्वारा प्रस्तुत गरिएको सम्माननिय नेपालस् बेष्ट बैंक २०१७ को अवार्ड पनि हासिल गरेको थियो ।

नेप्से ५२ अंकले उक्लियो, चार अर्ब ७३ करोडको सेयर कारोबार

काठमाडौं । यस साता नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२.१८ अंकले बढेर अन्तिम दिन १६३५.७५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११.०८ अंकले बढेर ३४७.४५ अंकमा आईपुगेको छ । त्यस्तै, बजारमा चार अर्ब ७३ करोड ८२ लाख ७६ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएका छन् । कारोबार रकम गत साताको भन्दा १२.७२ प्रतिशत बढी हो । गत साता चार अर्ब २० करोड ३४ लाख ५२ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएका थिए । यसैगरी बजारमा व्यापार समूह बाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६४१ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ८१, बैंकिङ ४०, विकास बैंक ४६ र उत्पादनमूलक समूहको परिसूचक ५८ अंकले उकालो लागेका छन् । यस साता कारोबार रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो अवधिमा यस कम्पनीको २८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

युरोपियन युनियनको कालोसूचिबाट हट्दै नेपाली बायुसेवा कम्पनी

काठमाडौं । युरोपियन युनियनको कालोसूचिबाट नेपाली बायुसेवा कम्पनीहरु हट्ने भएका छन् । अन्तर्राष्ट्रिय हवार्इ उड्ययन संस्था (आइकाओ) को टोलीले गरेको सेफ्टी अडिट नेपालका बायु सेवा कम्पनीहरुले आधारभुत स्तर पारे गरेपछि कालोसूचिबाट हटेका हुन् । आइकाओले कालोसूचिबाट हटाएपछि इयुले पनि हटाउने सम्भावना रहन्छ । इयुको कालोसूचीमा एयर डाइनेस्टी, एयर काष्ठमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर, हिमालयन एयरलाइन्स, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुक्तिनाथ एयर, नेपाल वायुसेवा निगम, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्स थिए। इयुले नेपाल बाहेक अफगानिस्तान, कङ्गो, अंगोला, इन्डोनेसिया, लाइवेरिया, मोजाम्विक, सिरियालियोन, इरान, इराकका बायु सेवा कम्पनीलाई कालोसूचिमा राखेको छ ।

मुक्तिनाथ विकास बैंकको नाफा ४९ करोड ६३ लाख, खराब कर्जा शून्य नजिक

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक २०७३/०७४ वर्षमा ४९ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.३० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तुलनामा २०७३/०७४ वर्ष बैंकको निक्षेप र कर्जा लगानी दुबैमा वृद्धि भएको छ । सोही अवधिमा बैंकको निक्षेप ४८.७६ प्रतिशतले बृद्धि भई १६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ५४.६४ प्रतिशतले वृद्धि भई १५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । बैंकका प्रति शेयर वार्षिक आम्दानी ३२.११ रुपैयाँ रहेको छ । साथै, सो अवधिमा बैंकको प्रति शेयर कुल सम्पत्तीको मूल्य १,२७८.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.२४ रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, बैंकले वार्षिक तरलता अनुपात २२.६७ प्रतिशत, प्रति सेयर नेटवर्थ १४९.८० रुपैयाँ र पूँजीकोष अनुपात १४.९६ प्रतिशत पुर्याएको छ । सो अवधिमा बैंकले न्यून खराब कर्जा ०.०२ प्रतिशत कायम गरेको छ, जुन गत आर्थिक वर्षको यही अवधिमा ०.०९ प्रतिशत रहेको थियो ।

नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले मौद्रीक नीतिको अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले हालै सार्वजनिक भएको मौद्रीक नीति २०७४/७५ को अन्तरक्रिया कायक्रमको आयोजना गर्न गईरहेको छ । काठमाडौंको होटल र्याडिसनमा हुन गइरहेको यस कार्यक्रममा मौद्रीक नीति संग सरोकार राख्ने एवम बैंकिङ्ग क्षेत्रका विज्ञहरु बाट प्रस्तुति हुने इन्टिच्यूटले जनाएको छ । यस अन्तरक्रिया कायक्रमा नरबहादुर थापा (कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक) बाट मौद्रीक नीतिको बारेमा प्रस्तुती हुने छ । त्यस पश्चात हुन गई रहेको प्यानल डिसकसनमा नेपाल राष्ट्र बैंकको एक्विक्विटिभ डाइरेक्टर नर बहादुर थापा, सानिमा बैंकको सिइओ भुवन कुमार दाहाल, डिबिएएनको भाइस प्रिसिडेन्ट गोबिन्द प्रसाद ढकाल र एनएफआईएको राष्ट्रपति सरोज काजी तुलाधर द्वारा आ-आफ्नो धारणाहरु राख्नुहुने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

यती एयरलाइन्सबाट यात्रा गरेका यात्रुहरुलाई चन्द्रागिरि केबलकारको टिकटमा विशेष छुट

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलाइन्स डोमेस्टिक बिच सेवाग्राहीलाई छुट लिने दिने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार यती एयरलाइन्स मार्फत हवाइ यात्रा गरेका यात्रुहरुलाई हवाई यात्राको बोर्डिङ्ग पासका आधारमा चन्द्रागिरि केबलकारको टिकटमा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । साथै, चन्द्रागिरि केबलकारको टिकटका आधारमा यती एयरलाइन्सको टिकटमा ११(एघार) देखि २०(विष) प्रतिशत सम्म छुट पाउने व्यवस्था मिलाइएको छ । सम्झौतापत्रमा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट महाप्रबन्धक अभिषेक विक्रमशाह र यती एयरलाइन्स डोमेस्टिकको तर्फबाट प्रविना के.सी. ले हस्ताक्षर गरेका छन् । यो छुट योजना २०७४ साउन १ गते देखि २०७५ असार मसान्तसम्म लागु हुनेछ । चन्द्रागिरि हिल्स लिमिटेडले ल्याउने सेवाग्राही मुखि प्रर्बद्धनात्मक कार्यक्रम र यती एयरलाइन्सले ल्याउने दशैं तिहारको टिकट शुल्कमा यो योजना लागु हुने छैन । अन्यशर्तहरु सम्झौताबमोजिमलागु हुने छन् । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।