टाटा मोटर्सको नयाँ शोरुम अब दाङमा
काठमाडौं, १ असार । टाटा मोटर्स र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ग्राहकहरुको विशेष सेवाको लागि दाङमा आकर्षक शोरुमको उद्घाटन गरेका छन् । नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्स्ले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने शोरुममा टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन् । ग्राहकहरुलाई विक्री पश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यस्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन् । दाङ चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्टीजका अध्यक्ष, हेमबहादुर बन्जाडेले आफ्नो शहर दाङमा बि. एन. अटोमोबाइल्स् लाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको बताए । साथै उक्त डिलरले यहाँका ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गरि उच्चस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । साथै उक्त कार्यक्रममा बि.एन. अटोमोबाइल्सका म्यानेजिङ्ग डाइरेक्टर विष्णु मैनालीले सिप्रदी ट्रेडिङ्ग प्रा.लि. सँग सहकार्य गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको बताए । उनले अब आफ्नो नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरुसहित सुविधासम्पन्न जेस्ट, बोल्ट र स्ट्रोम लगायतका गाडीहरुको पँहुच ग्राहकहरुसम्म हुने कुरा समेत व्यक्त गरे । मैनालीले सिप्रदीसँगको यो सहकार्यले स्थानीय स्तरबाटै ग्राहकहरुलाई आकर्षक एवं भरपर्दो सुविधाहरु प्रदान गर्न सक्षम हुने कुराको जानकारी गराए । ग्राहकहरुको पूर्ण सेवा र सन्तुष्टिका लागि टाटा मोटर्स् उनीहरुको चाहना एवं माग अनुरुप कार्य गर्न सदा तत्पर रहेको कम्पनीले जनाएको छ । निकट भविष्यमा पनि विभिन्न ब्राण्डहरुसहित ग्राहकहरुलाई विशेष अनुभूति प्रदान गरि उच्चस्तरीय सेवाका लागि टाटा मोटर्स् सदा प्रतिबद्ध रहेको जनाएको छ ।
कम लागतमा होइन कम समयमा काम गर्ने कम्पनीलाई ठेक्का दिनु पर्छः सुरेन्द्र पाण्डे
सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री///बजेट कार्यान्वायनका लागि यो उत्साहको हासो भन्दा पनि मेहनतका खाँचो छ । पञ्चायत कालमा राजाले भाषण गर्थे विकासको मुल फुटाउँ भनेर । अनि जहाँ जहाँ पञ्चहरुले भाषण गर्थै उनीहरु पनि सबैले भन्थे विकासको मुल फुटाउँ । अनि तीमीहरुले विकासको मुल फुटाउँ भनेर किन भन्यो भनेर सोध्यो भने भन्थे राजाले भनेका छन भन्ने उत्तर दिन्थे । अहिले हामी पनि बजेटले यो कुरा गर्या छ त्यो कार्यान्वयन भएन भने त्यसको कुनै अर्थ रहँदैन् । अब नेपाली युवाहरु विदेश जान छाडे र स्वदेशमै काम गरेर खान थाले भने, विदेशी लगानी भित्रिने क्रम बढ्यो भने यो बजेटले काम गर्यो भन्ने पुष्टि हुन्छ । नत्र हाम्रो प्रशंसाले मात्रै यो बजेट सफल हुँदैन् । मुल कुरा यसको कार्यान्वयन हो । यो बजेट राम्रो छ, धेरै नयाँ कुरा आएको छ, पुराना राम्रा कामले निरन्तरता पाएका छन् । बजेटले उर्जा, पुर्वाधार र सामाजिक सुरक्षालाई बिशेष ध्यान दिएको छ । तर यसको कार्यान्वयनले मात्रै यसको सफलता निर्धारण गर्छ । हामीले बजेट ल्याएका छौं, कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रै हो । बजेट कार्यान्वयन गर्न सकिए मात्रै एमालेको प्रतिष्ठा माथि उठ्छ । अर्थ शास्त्रले भन्छ–घरका नियम भनेकै अर्थ शास्त्र हो ।घर कसरी चल्छ त भन्दा आम्दानीका आधारमा खर्च गरेर । उत्पादन, वितरण र उपभोग भनेको अर्थ शास्त्रको मुल कुरा हो । एडम स्मिथले धनको सिद्धान्तमा मान्छे भनेको आर्थिक प्राणी हो, त्यस कारण जो मानिसले आम्दानी गर्दैन त्यो मान्छे होइन् । त्यसैले स्मिथले जोगीलाई मान्छे होइन भनेका छन् । उनले हरेक मान्छे आर्थिक गतिबीधीमा केन्द्रित हुनुपर्छ भनेका छन् । अल्फ्रेड मार्सलले अर्थ शास्त्रले मान्छेको छनौटको अध्ययन गर्छ भनेका छन् । पछि रबिन्सले मान्छेको अभाव र आवश्यकताको अध्ययन गर्छ भनेका छन् । पैसा जहाँ पनि खर्च गर्न सकिन्छ तर मान्छेले आफ्नो श्रोत र चाहना अनुसार खर्च गर्छ भनेका छन् । एउटा घरको र सिंगो राज्यले बजेट बनाउदा यीनै कुरालाई केन्द्रमा राखेर बनाउँछ । पैसा छ जेमा र जति पनि खर्च गर्न सकिन्न भन्न थालियो भने कुरा बिग्रन्छ । आम्दानी अनुसार खर्चको यथोचित खर्च गर्नु पर्छ । बजेट भनेको आर्थिक दस्तावेज मात्रै होइन् यो मुलतः राजनीतिक दस्तावेज हो । किन भने बजेट अंक गणितमा लेखिए पनि यो आफैंमा राजनीतिक दस्तावेज हो । यसले राजनीतिका आधारमा आर्थिक दृष्टिकोण राखेको हुन्छ । यो बर्षको धान उत्पादन ४८ लाख मेट्रिक टन रहेछ । हाम्रो आवश्यकताले ६० लाख मेट्रिक टन रहेछ । अहिले हामीलाई १२ मेट्रिक टन धान अपुग रहेछ । हामीले दुई बर्ष भित्र धानमा आत्मनिर्भर बन्ने भनेका छौं । थप १२ लाख मेट्रिक टन धान कसरी उत्पादन गर्ने रु त्यसका लागि हामीले सिंचाई र अरु प्रबिधीमा कसरी खर्च गर्छौ भनेर बुझिनु पर्छ । अहिले खाद्यान्नको कुल उत्पादन ९० लाख मेट्रिक टन रहेछ । माग भने एक करोड बढि मेट्रिक टन खाद्यान्न आवश्यक रहेछ । गहुँमा हामी आत्मनिर्भर छौं । १९ लाख ७५ हजार मेट्रिक टन गहुँ उत्पादन भैरहेको छ, जुन हाम्रो माग बराबर हो । मकैमा २१ लाख ४५ हजार मेट्रिक टन उत्पादन छ । पाँच लाख मेट्रिक टन अपुग देखिन्छ । चार बर्ष भित्र मकैमा आत्मनिर्भर बन्ने भनिएको छ । त्यसका लागि १२ वटा पहाडी जिल्ला सहित केहि अन्य क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरेर आत्म निर्भर बन्ने भनिएको छ । त्यसका लागि कसरी काम गर्ने भन्नेबारे सोच्नु आवश्यक छ । नेपाल खाद्यान्नमा अपुग हुने अवस्थामा छैन् । आधारभुत रुपमा हाम्रो उत्पादन आत्मनिर्भर अवस्थामै छ । १० बर्षभित्र स्याउ र सुन्तलामा आत्मनिर्भर बन्ने भनिएको छ । यसमा किविलाई पनि समावेश गरिएको छ । तर किवि हाम्रो आवश्यकता होइन् । स्याउ र सुन्तलालाई बिशेष जोड दिनु पर्छ । विद्यार्थीलाई बिनाधितो ऋण दिने, एक गाउँ एक डाक्टर, एमएस एमडी गर्नेलाई छात्र वृद्धि दिन ४८ करोेड विनियोजन गरेको छ जुन राम्रो काम हो । निर्माण गरेको पाँच वर्षसम्म निर्माकर्ता कम्पनीले नै मर्मत गर्नु पर्ने नयाँ व्यवस्था अघि सारिएको छ, जुन अर्को राम्रो पक्ष हो । यसले निर्माणको गुणस्तर बढाउन सहयोग गर्छ । आज बनेको बाटो भोलि भत्किने क्रमको यसले अन्त्य गर्छ । विकासमा गुणस्तर भित्रिन्छ । गाबिसलाई ५० करोड छुट्याएर सबै गाबिसमा दुई बर्षमा मोटर बाटो पुर्याउने भनिएको छ । यो अलि महत्वकाक्षी भयो । यति पैसाले दुई बर्षमा सबै गाबिसमा मोटर बाटो पुग्दैन् । विदेशमा बस्ने नेपालीहरुलाई मतदान गनर्ए दिने कुरा बजेटमा उल्लेख गरिएको छ । यसले भविष्यमा समस्या ल्याउन सक्छ । यो बजेटको कुरा थिएन, यसमा राजनीतिक सहमति आवश्यक पर्छ । यसका सम्भावना र जोखिमबारे गहिरो अध्ययन गरिनु पर्छ । अहिले राजश्व असुली र चालु खर्चका बिचमा ५२ अर्ब कम छ । यद्यपी कृषि, स्वास्थ्य र शिक्षामा तलब भत्ताका रुपमा वैदेशिक सहयोग आउने गर्छ । त्यसलाई पनि ठिक ढंगले अघि बढाइनु पर्छ । यसलाई पनि चालु खर्चमा राखेर काम गर्ने गरिएको छ । वैदेशिक सहायता खर्च गर्ने क्षमता कम भएकाले हामीलाई ठुला समस्या छ । कुल गार्हस्थ उत्पादनको ५० प्रतिशतसम्म वैदेशिक ऋण लिने कुरालाई ठिकै मानिन्छ । तर हामी त २५ प्रतिशत मात्रै ऋण लिईरहेका छौं । यसले हाम्रो खर्च गर्न सक्ने क्षमता अत्यन्तै कमजोर छ भनेर देखाउँछ । पुँजीगत खर्च बढिरहेको छैन् । केहि बर्ष अघि एडिबी र विश्व बैंकले खर्च गर्न सकेन भनेर २५ अर्ब रुपैंयाँ फिर्ता लगेका थिए । हामीलाई पैसाको अभाव छैन, खर्च गर्न नसक्ने कारणले समस्या उत्पन्न भएको छ । खर्च गर्न सक्ने क्षमता बढाउनु सबै भन्दा महत्वपुर्ण कुरा हो । विपक्षीहरुले मुद्रा स्फिती बढाउँछ भन्ने आरोप लगाएका छन् । त्यो गलत कुरा हो । सरकारले तीन खर्ब १२ अर्ब पुँजीगत खर्च छुट्याउको छ । त्यसको एक खर्ब ५० अर्ब मात्रै खर्च भयो भने पनि ठुलो राहत मिल्छ । राष्ट्रिय योजना आयोगको एउटा रिपोर्टले सरकारले एक रुपैंयाँ खर्च गर्दा निजीक्षेत्रले चार रुपैंयाँ खर्च गर्छ भन्ने देखाएको छ । सरकारले डेढ खर्ब खर्च गर्दा कुलमा साढे ६ खर्ब खर्च हुन्छ । राम्रोसँग पुँजीगत खर्च गर्ने हो भने १४ खर्ब जति पुँजीगत खर्च हुन सक्छ ।त्यसका लागि पुँजीगत खर्चको मेकानिजम बनाउनु पर्छ । त्यसका लागि कानुनी संरचना बदल्नु पर्छ । सबै भन्दा कम कबोल गर्नेलाई ठेक्का दिनु पर्ने व्यवस्था छ । अब कम रकम भन्दा पनि कम समयमा काम गर्नेलाई छान्न आधारमा बनाईनु पर्छ । भ्रष्टाचारलाई न्युनीकरण गर्न क्यासलेस प्रणालीमा जानु पर्छ । सरकारले सबै नेपालीको बैंक खाता भन्ने योजना ल्याएको छ । त्यसले पनि भ्रष्टाचार घटाउन सहयोग गर्छ । पैसा दिँदा श्रोत खुल्दैन्, तर चेकबाट दिने हो भने श्रोत खोजि हुन्छ र यसले भ्रष्टाचार घटाउन मदत गर्छ । २२ खर्ब ४८ अर्ब यो बर्ष हाम्रो जिडिपी छ । जिडिपीको २५ प्रतिशत भन्दा बढि खर्च हुने गरेको छैन् । अर्को साल २५ खर्ब ७५ अर्बको जिडीपी हुनेछ । र त्यसको ४० प्रतिशतको बजेट बनाउने भनेका छौं । एकै बर्ष १५ प्रतिशत बजेट बढाउने कुरा चुनौती पुर्ण हुन्छ । अरु बर्ष दुई चार प्रतिशत मात्रै बढ्ने गरेको थियो । ४० प्रतिशत बढाउने भन्ने कुरा ठुलै चुनौती हो । आर्थिक वृद्धिदरको लक्ष्य भेट्टाउने स्वदेशमा निर्मित विद्युत परियोजना र विकास पुर्वाधारहरुमा स्वदेशमा निर्मित सिमेन्ट र रड अनिवार्य गरिनु पर्छ । यसले भ्याल्यु एडिसन मार्फत आर्थिक वृद्धिदरको लक्ष्य भेट्टाउन मदत गर्छ । दिर्घकालिन क्षेत्रमा नेपाली उद्यमी व्यवसायीलाई आकर्षित गर्नु पर्नेछ । विनोद चौधरी नेपालका एक मात्र अर्बपति हुन् । तर उनको नेपालमा भन्दा विदेशमा धेरै लगानी छ । जबसम्म नेपाली लगानी कर्ताले नेपालमै लगानी गर्दैनन तबसम्म विदेशी लगानी आउँदैन् । बरु नेपाली उद्योगीलाई केहि सहुलियत दिन सकिन्छ । हिजोसम्म हामीले कमाउने कुरालाई गलत भन्दै आएका थियौं । तर अब कमाउने र जिविकोपाजर्नको पर्याप्त आधार खोज्नु पर्नेछ । प्रत्येक नेपाली र प्रत्येक नेता कार्यकर्ताले आफ्नै कमाई खानु पर्नेछ । झापा आन्दोदनमा मान्छे काट्न भन्दै हिड्थ्यो, अलि पछि भूमिगत बन्न अभिप्रेरित गरियो । अब आर्थिक समृद्धि भनेका छौं, समृद्धिका औजारहरुको अधिकतम प्रयोग गर्नु पर्नेछ ।
धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट सहयोग रकम जुट्दै
जापान, १ असार । सिन्धुपाल्चोकको नमुना एकीकृत बस्ती निमाणार्थ हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चलाएको धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट व्यक्तिगत र संस्थागत सहयोग रकम जुट्ने क्रम बढिरहेको छ । मङ्गलबारसम्ममा सात लाख ७१ हजार ४५२ जापानीयेनभन्दा बढी सहयोग पुगेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा सुरु गरेको नमुना एकीकृत बस्ती निर्माणमा सहयोगार्थ आर्थिक सङ्कलन अभियानबाट सबैभन्दा बढी रकम सङ्कलन भएको छ । संस्थागत रुपमा ‘विइ फर अल’ र व्यक्तिगत रुपमा सबैभन्दा पहिला व्यवसायी नरबहादुर थापाले पठाएको रकम गरी जापानबाट सात लाख ७१ हजार ४५२ जापानीयेनभन्दा बढी सहयोग पुग्ने भएको हो । नेपालकैलाई नमुना काम भएकाले व्यक्तिगत तथा सस्थांगत रुपमा सहयोगीकर्ताहरु थपिँदै गएकाले अभियान पर्सि शुक्रबारसम्म लम्ब्याइएको संयोजक शिवकुमार तण्डुल्कारले बताए । सामाजिक कार्यमा लागेका धुर्मुस सुन्तलीको योगदानलाई स्मरण गर्दै सहयोगी थपिने क्रम जारी रहेको कतिपयले सिधै फाउन्डेसनमै सहयोग दिने गरेको बताइएको छ । रासस
सिटिजन्स बैंकको थप ३ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा
काठमाडौं, १ असार । सिटिजन्स बैंकले थप ३ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । नुवाकोट जिल्ला स्थित रालुकादेवी, थापे्रक र खरानीटार गाविसमा ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको बैंकले जनाएको छ । भुकम्पबाट अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ प्रणाली मार्फत वित्तीय पहुँच पुर्याउनको लागि बैंकले उक्त स्थानमा सो सेवा उपलब्ध गराएको छ । देशका विभिन्न दुर्गम ठाउँका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ युके एडको लगानिमा संचालित सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा शाखा विस्तार गरेको हो । उक्त शाखा रहित बैंकिङ सेवाको सञ्चालन पश्चात बैंकको कुल शाखा रहित बैंकिङ्ग सेवाको संख्या ९२ पुगेको बैंकले जनाएको छ । बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ मार्फत उपलब्ध गराई राखेको बैंकबाट जारी विज्ञेप्तिमा उल्लेख छ ।
एक लाख भूकम्प पीडितसँग अनुदान सम्झौता, एक हप्ता भित्रै ५० हजार
काठमाडौं, १ असार । सरकारले एक लाख परिवार भूकम्प पीडितसँग अनुदान सम्झौता सम्पन्न गरेको छ । मंगलबारसम्ममा भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि १ लाख २ सय ७२ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताएका हुन् । भूकम्म अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा सम्बन्धित घरधनी र गाउँ विकास समितिका सचीवबीच अनुदान सम्झौता भएको हो । संघीय मामिल तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार २०७३ साल जेठ ३२ गतेसम्म गोरखामा १७ हजार ६ सय ६८, धादिङमा ४ हजार ८ सय २४, नुवाकोटमा १५ सय ८८, रसुवामा ११ सय र सिन्धुपाल्चोक ६६ सय ६० घरधनीसँग अनुदान सम्झौता भएको छ । यस्तै काभ्रेमा १४ सय ७५, दोलखामा १६ हजार २ सय, रामेछापमा ३५ हजार ३ सय ८० घरधनीसँग अनुदान सम्झौता भएको छ । ओखलढुङ्गामा १४ हजार २ सय २, सिन्धुलीमा ११ सय र मकावनपुर जिल्लामा ७५ घरधनीसँग अनुदान सम्झौता भएको छ । यसरी अनुदान सम्झौता सम्पन्न भएको एक हप्ता भित्रै लाभग्राहीको बैंक खातामा घर निर्माणका लागि सरकारले दिने २ लाख नगद अनुदानको पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराउने व्यवस्था रहेको छ । सरकारले निजी घर निर्माणका लागि तीन किस्तामा दुई लाख अनुदान उपलब्ध गराउने कार्यबिधी तयार पारेको छ । त्यसमा पहिलो किस्तामा ५० हजार, दोश्रोमा ८० हजार र तेश्रो तथा अन्तिम किस्ताका रुपमा ७० हजार रुपैंयाँ उपलब्ध गराइनेछ ।
एनसेलले ल्यायो ‘नाईट एसएमएस प्याक’
काठमाडौं, ३२ जेठ । एनसेलले ‘नाईट एसएमएस प्याक’ नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कुनै पनि एनसेलका नम्बरमा हरेक दिन बेलुका १० बजे देखी विहान ६ बजे सम्म मात्र रु ५ (कर बाहेक) मा १०० एसएमएस पठाउन सक्नेछन् । नाईट एसएमएस प्याक असार १० बाट लागु भई ३ महिनाको अवधिसम्म संचालनमा रहने कम्पनीले जनाएको छ । “बढ्दो संचार आवश्यकतालाई ध्यानमा राखी एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकहरुका लागि यो ‘नाइट एसएमएस प्याक’ योजना ल्याएका हौं ” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यसले हाम्रा ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन मद्दत पु¥याउने विश्वास लिएका छौ ।”
होटल क्षेत्रमा लगानी बढेपनि पर्यटक नबढेकोमा हानको चिन्ता
काठमाडौं, ३२ जेठ । होटल संघ नेपालले होटल क्षेत्रमा लगानी बढेपछि विदेशी पर्यटकको संख्या नबढेकोमा चिन्ता व्यक्त गरेको छ । संघका अध्यक्ष बीके श्रेष्ठको नेतृत्वमा गएको व्यवसायीको टोलीले पर्यटन मन्त्री आनन्द पोखरेलसँग यस्तो गुनासो गरेको हो । भेटमा अध्यक्ष श्रेष्ठले वर्तमान परिस्थितिमा होटल उद्योगमा दिन प्रतिदिन लगानी बढेको भएपनि नेपाल भित्रिने पर्यटनको संख्यामा वृद्धि हुन नसकेको बताएका थिए । सरकारले पर्यटन प्रवद्र्धनका लागि विशेष पहल कदमी नगरेमा खरबौं लगानी जोखिममा पुग्ने उनले बताएका थिए । संघले आगामी जुलाई महिनामा चीनको राजधानी बेइजिङ तथा सांघाईमा नेपाल पर्यटन प्रवद्र्धनको कार्यक्रम आयोजना गर्न लागेको पनि जानकारी गराएको थियो । भेटमा त्यस्तै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु खासै हुन नसकेको स्वीकार्दै होटल संघ नेपालले चीनमा आयोजना गर्न लागेको कार्यक्रममा सरकारले सहयोग गर्ने बताएका थिए । सो मेलाले नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सघाउने उनले विश्वास व्यक्त गरेका थिए । भेटमा संघका प्रथम उपाध्यक्ष अमरमान शाक्य, महासचिव विनायक शाह, कार्यसमिति सदस्य प्रविन बहादुर पाण्डे र कार्यकारी निर्देशक प्रवेश अर्यालको सहभागिता रहेको थियो ।
महिन्द्रा जेनेरेटरको नेपालका लागि आधिकारीक वितरक अग्नि ग्रुप
काठमाडौं, ३२ जेठ । महिन्द्रा पाओरल डिजेल जेनेरटरको नेपालका लागि आधिकारीक वितरक अग्नी ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीलाई नियुक्त गरेको छ । महिन्द्रा पाओरल डिजेल जेनेरेटरको आधिकारीक शोरुम अग्नी इनर्जीले गैरीधारा र टेकुमा विशेष कार्यक्रमका साथ उद्घाटनको गरेको छ । महिन्द्रा पाओरल डिजेल जेनेरेटर अब नेपाका विभिन्न स्थानमा छरीएर रहेको अग्नी इनर्जीको आधिकारीक डिलरहरुमा उपलब्ध हुनेछ । महिन्द्रा एण्ड महिन्द्राको दक्षिण एसियाका भाईस प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेश्नल अप्रेशन श्री सन्जय जदाब भन्नुहुन्छ “ नेपालमा पाओरल डिजेल जेनेरेटर व्यवसायका लागि आधिकारीक वितरकका रुपमा अग्नी ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीसँग साझेदारी गर्न पाउदा हामीलाई अतिनै गर्व लागेको छ ।” यस साझेदारीसँगै हालै नियुक्त गरीएका नयाँ डिलर तथा भईरहेका डिलर मार्फत अब हामी नेपालको १२ जिल्ला लगाएत थप जिल्लाका उपभोक्ताहरुमाझ पुग्ने योजनामा छौं । अग्नी ग्रुपसँग हाम्रो २५ वर्षदेखिको पुरानो अन्य व्यवसायीक सम्बन्ध रहदै आएको छ, जसले हाम्रा विश्वासको प्रमाण दिन्छ नेपालमा एक साथ काम गर्ने र ग्राहकाबर्गमा राम्रो सेवा प्रदान गर्न र अघि बढ्न सक्षम भएका छौं । अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ भन्छन्, “नेपालमा पाओरल डिजेल जेनेरेटर ७.५ केभिए देखि २०० केभिए सम्म उपलब्ध छ । यसको मूख्य विशेषता भनेको इन्धन कम खपत गर्ने र मितव्यी छ । साथै कम्पनीले ग्राहाकहरुले पूर्ण सर्भिस सेन्टर उपलब्ध गराउने छ, चुस्तरुपमा ग्राहाकको स्थानमा पुर्याइने छ भने खरिदका लागि सजिलैसँग कर्जाको पनि उपलब्ध गराउने बताएको छ ।