माछापुच्छ्रे बैंकको इजी कार लोन योजना
काठमाडौं । माछापुच्छ्रे बैंकले अटो शोलाई लक्षित गरी एमबीएल इजी कार लोन योजना ल्याएको छ । बैंकले आकर्षक ब्याज दर र प्रासेसिङ फि, ८ वर्ष भन्दा बढी र निः शुल्क क्रेडिट कार्ड सहितको योजना ल्याएको जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले अटोलोनको सीमा बढाएर ६५ प्रतिशत पु¥याएपछि बैंक तथा व्यवसायीमा उत्साह थप भएको छ ।
नाडा अटो शो र दशै तिहारका लागि हिरोको बम्बर योजना
काठमाडौं । नेपालमा हिरो मोटरसाइकलको अधिकृत बिक्रेता एनजीएमले नाडा अटो शो र दशै तिहारलाई लक्षित गरी भाग्य मनी भए योजना ल्याएको छ । न्युनतम ६ हजार रुपैयाँदेखि हरेक स्क्रयाचमा न्युनतम १ हजारदेखि १ लाख र साप्तिाहिक बम्बर योजनामा १ लाख रुपैयाासम्मको योजना सार्वजनिक गरेको छ । नयाँ हिरो बाइक घरमा ल्याउने भाग्यमानी डिस्काउन्टदेखि बम्बरसम्मको मनी नै मनी भन्ने नारा ल्याएको छ ।
सिभिल बैंकले ल्यायो सिभिल अटोलोन
काठमाडौं । सिभिल बैंकले नाडा अटो शोलाई लक्षित गर्दे सभिल अटोलोन योजना ल्याएको छ । बैंकले प्रिअप्रुभड अटोलोन अफर फर एभरिवन योजना ल्याएको हो । आधार दरमा शुन्य प्रतिशत ब्याज दर थपेर यो योजना ल्याएको सिभिलले जनाएको छ ।
एनसीसी बैंकले ५० प्रतिशत हकप्रद निश्कासन गर्दे
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । बैंकको आउदा शुक्रबार रुपन्देहीमा हुने १९ औ वार्षिक साधारणसभामा हकप्रद निश्कासनको प्रस्ताव पेश हुदैछ । सभाले अनुमोदन गरेपछि २ बराबर १ अनुपातमा हकप्रद निश्कासन गर्ने बैंकको योजना छ । ४ वटा विकास बैंकलाई प्राप्ति गर्दा पनि बैंकको चुक्तापुँजी ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ मात्र छ । गत आर्थिक वर्ष ०७३÷०७४ मा नाफा र हकप्रदबाट बैंकले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पु¥याउने योजना सार्वजनिक गरेको छ । ४ वटा विकास बैंकलाई प्राप्ति गरेपछि गत आवमा बैंकको खुदनाफा बढेर १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
अटो सोलाई लक्षित गर्दे एनआईसी एसिया बैंकले ल्यायो स्पट फाइनान्सिङ योजना
काठमाडौं । एनआईसी एसिया बैंकले नाडा अटो शोलाई लक्षित गरी स्पट फाइनान्सिङ योजना ल्याएको छ । साथीको साथ पाएपछि हाँक्नुहोस अब आफनो सपनाको गाडी नाराका साथ स्पट फाइनान्सिङ योजना सार्वजनिक गरेको हो । सरल कर्जा प्रक्रिया, व्यक्तिगत र व्यवसायिक प्रयोजनका लागि ७ वर्षसम्मको कर्जा अवधि जस्ता विशेषता रहेको बैंकले जनाएको छ । अटो सोको स्टल नम्बर जी ७ मा यसको जानकारी पाइने बैंकले जनाएको छ । मंगलबारदेखि आउदो आइतबारसम्म यो योजना लागु हुने छ । नेपाल राष्ट्र बैंकले अटोलोनको सीमा बढाएपछि व्यवसायीमा उत्साह थपिएको छ ।
युनिलिभरको नाफा घट्यो
काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको गत अर्थिक वर्ष ०७३/०७४ मा खुदनाफा घटेको छ । गत आवमा युनिलिभरले ९६ करोड ५२ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको नाफा १ अर्ब १२ करोड १७ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनमा युनिलिभरको नाफा १६ करोड रुपैयाँ घटेको हो । कम्पनीले मंगलबार गत आवको वित्तीय विवरण सार्वजनिक गरी नाफामा कमी आएको जानकारी गराएको छ । गत आवमा बिक्रीबाट हुने आम्दानी झण्डै ६० करोड रुपैयाँ बढेको छ । गत आवमा युनिलिभरले ५ अर्ब १ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो आवमा उसको आम्दानी ४ अर्ब ४० करोड ५३ लाख रुपैयाँ थियो । नाफा कम भएपछि युनिलिभरको प्रतिसेयर आम्दानी घटेर ३३१ रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४८२ रुपैयाँ थियो । गत वर्ष युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ३० हजार १७० रुपैयाँसम्म पुगेको थियो ।
महाकाली नदीमा चारलेन पुल निर्माणकोे तयारी
भीमदत्तनगर । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणका लागि शिलान्यासको तयारी गरिएको छ । ८ सय मिटर लम्बाइ रहेको उक्त पुलको आगामी बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्ने कार्यक्रम छ । पुल निर्माणको जिम्मा पाएको कम्पनीले पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ ओदालीसित महाकाली नदी किनारमा आवश्यक तयारी गरेको छ । महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले पुलको शिलान्यासका लागि प्रधानमन्त्री भीमदत्तनगर आउने कार्यक्रम तय भइसकेको जानकारी दिए । प्रधानमन्त्री देउवासँगै पुल शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, यातायात राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुखलगायतको सहभागिता रहने कार्यक्रम रहेको महाकाली पुल योजना कार्यालयले जनाएको छ । “पुल निर्माणका लागि निर्माण कम्पनीसित ठेक्का सम्झौता भइसकेकाले अब काम तत्काल अगाडि बढ्छ ।” पन्तले भने– “पुल निर्माणका लागि रकमको कुनै समस्या हुँदैन ।” सरकारले पुल निर्माणका लागि चालु आवमा र ९९ करोड ६५ लाख रूपैयाँ विनियोजन गरेको छ । जसमध्ये १० करोड रूपैयाँ पुलसँगै निर्माण हुने सडकका लागि जमिन मुआब्जामा खर्च गरिने भएको छ । ३ अर्ब २७ करोड ९३ लाख ३४ हजार रूपैयाँमा निर्माणको सम्झौता भएको छ । निर्माण अवधि ३ वर्ष तोकिएको छ । पुल निर्माणस्थल ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म चार लेनको सात किलोमिटर सडकसमेत निर्माण हुनेछ भने पुल छेउछाउमा मजबुत तटबन्धसमेत निर्माण गरिनेछ । पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले पनि निर्माणका लागि आवश्यक सुरुवाती काम थालिसकेको छ । कुमार श्रेष्ठ निर्माण सेवाका प्रबन्ध निर्देशक प्रेमकुमार श्रेष्ठ (पिके श्रेष्ठ) ले पुल निर्माणका लागि महाकाली नदी छेउमा क्याम्प स्थापना गर्नुका साथै विभिन्न मेसिनसमेत जडान गरिरहेको जानकारी दिए । “पुलको काम दिनरात गरेर दु्रतगतिमा अगाडि बढ्छ ।” उहाँले भने– “निर्माण संबद्ध पक्षबाट कुनै खालको समस्या आउँदैन ।” स्क्रीनिङ प्लान्टलगायतका विभिन्न संरचना स्थापना गर्ने काम जारी रहेको पनि निर्माण कम्पनीले जनाएको छ । “दशैँलगत्तै पुलको काम दु्रतगतिमा चल्छ ।” श्रेष्ठले भने– “अहिले शिलान्याससँगै अन्य काम हुनेछन् ।” गत चैत महिनामा पुल योजनाको कार्यालय महेन्द्रनगरमा स्थापना भएको थियो । त्यसैगरी, पुल निर्माणको सुरसार भएसँगै महाकाली किनार क्षेत्रका बस्तीमा भने खुसीयाली छाएको छ । पुलसँगै सडक र तटबन्ध निर्माण हुने खबरले स्थानीयवासी हर्षित छन् । “अब त पुल बनेपछि आवागमन सहज हुनुका साथै यहाँको आर्थिक विकासमा समेत टेवा पुग्ने भन्दै स्थानीयवासी हर्षित छन् ,” पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ का वडाध्यक्ष कृष्ण देउवाले भने– “सडक सञ्जाल विस्तार हुने जमिनमा ऐलानी बसोबास रहेकाले सोको व्यवस्थापनका लागि सघन छलफल गरिरहेका छौँ ।” उहाँले सडक विस्तारका क्रममा ऐलानीमा दशकौँदेखि बस्दै आएका स्थानीयलाई घरबास व्यवस्थापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासित पनि गुहार माग्ने योजना बनिरहेको सुनाए। त्यसैगरी, सँगै जोडिएका भीमदत्तनगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले पुल निर्माणले सुदूरपश्चिमकै आर्थिक विकासमा सहयोग पुग्नेमा आशावादी रहेको बताए। रासस
धेरै नेपालीले २५ लाख पर्ने गाडी किन्छन्, ५ वर्षमा बेच्छन्-अन्जन श्रेष्ठ
मंगलबारदेखि अटोमोबाइल क्षेत्रको कुम्भ मेला नाडा अटो शो २०१७ सुरु हुँदैछ । यो मेलामा के के हुँदैछ ? मोटरका उपभोक्ताहरु किन मेलामा आउने ? सर्वसाधारण मान्छे मेलामा किन आउने ? मोटर व्यवसायीहरुले उपभोक्ताका लागि कस्ता स्किम ल्याएका छन् ? यो क्षेत्रमा के कस्तो परिवर्तन भएका छन् ? प्रस्तुत छ नाडा अटोमोबाइल डिलर्स एसोसिएसन नेपालका अध्यक्ष तथा नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक अन्जन श्रेष्ठसँग विकासन्यूजले गरेको कुराकानी । अन्जन श्रेष्ठ, अध्यक्ष, नाडा अटोमोबाइल डिलर्स एसोसिएसन नेपाल सामान्य उपभोक्ताले यसपालीको अटो शो हेर्न आउँदा के कस्तो अपेक्षा गर्न सक्छन् ? अटो शोमा कुन कुन नयाँ प्रडक्ट र कस्ता स्किमको अपेक्षा गर्न सकिन्छ ? कुन कम्पनीले कस्तो स्कीम ल्याउने छन् ? नयाँ प्रडक्ट के ल्याउछन् भनेर हामीले भन्न सक्दैनौ । तर पक्कै पनि सबै कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न आकर्षक योजना बनाएका हुन्छन् । नयाँ सावरीसाधान पनि सार्वजनिक गर्छन । नाडा अटो शोलाई सबै कम्पनीले आफ्नो उत्पादन सार्वजनिक गर्ने उपयुक्त अवसरको रुपमा ठान्दछन् । एक थलोमा ठूलो संख्यामा ग्राहकवर्ग आएर सवारीसाधन खरिद तथा अर्डर गर्ने भएकाले यो अवसरबाट कोही पनि चुक्न चाहदैन । उपभोक्ताको पक्षबाट हेर्दा नाडा अटो शोमा आयोजकले कस्तो किसिमको भूमिका खेलेको छ ? नाडा अटो शोबाट उपभोक्तालाई फाइदा नै पुग्ने गरि सबै कम्पनीले स्कीम बनाएका हुन्छन् । साथै, नयाँ प्रडक्टको बारेमा जानकारी लिन पाउने यो ठूलो अवसर हो । त्यस्तै यसले बजारमा आएको नयाँ उत्पादनलाई सुपथ मूल्यमा किन्न र बुक गर्ने मौका दिन्छ । यो हिसाबले हेर्ने हो भने उपभोक्तालाई नाफा पुगेको देखिन्छ । आफ्नो खर्च गर्न सक्ने क्षमताका आधारमा उपभोक्ताले आफूलाई मनपरेको र सुलभ किसिमको सवारी किन्न सक्छन् । नाडा अटो शो दशैं अगाडी नै किन राखिन्छ ? दशैंमा मिठो खाउ नयाँ लगाउ भन्ने सबैको ईच्छा हुन्छ । श्रमजीवि तथा कर्मचारीले दसैंमा बोनस पाउछन् । आम उपभोक्ताले दशैंमा केही नयाँ किन्छु भनेर योजना बनाएको हुन्छ । नाडामा नयाँ प्रडक्ट सार्वजनिक हुन्छ । एउटै थलोमा नेपालमा उपलब्ध हुने सबै सवारीसाधन हेरेर खरिद गर्न सक्छ । त्यसैले यो पब्लिकको बहुप्रतिक्षित अवसर पनि हो । तर अटोमोबाइल क्षेत्रले दशैंमा मात्र नभई अरु समयमा पनि प्रर्बद्धनात्मक कार्यक्रम गरिरहेको छ । अटोमोबाइल व्यवसायीले वर्षमा मात्र करिब तीन पटक प्रर्बद्धनात्मक कार्यक्रम गरिरहेका छन् । दशैंबाहेक नयाँ वर्ष र समर सिजनमा पनि ग्राहकलाई आकर्षित गर्ने स्कीमहरु आएका हुन्छन् । दशैं अगाडी चाँही धेरैले नयाँ गाडी किन्ने भएको हुनाले यो बेला चाँही विशेष कार्यक्रम आयोजना हुन्छ । विदेशतिर विभिन्न सेग्मेन्टका आधारमा गाडीहरुलाई मूल्य क्षमताका आधारमा विशिष्टकृत गरिएको पाइन्छ । नेपालमा त्यसरी छुट्याउने आधार के छ ? यसमा चाँही कम्पनीहरु एक अर्का बीच नै भिन्नता देखिएको छ । तर अन्तराष्ट्रिय बजारमा एउटा स्ट्याण्डर्ड हुन्छ । त्यस्तो स्ट्याण्डर्ड नेपालमा तोकिएको छैन । सवारीमा लाग्ने करका आधारमा कुनै मापदण्ड छ कि ? कमर्शियल सवारीमा चाँही केही फरक छ । नत्र अन्य गाडीमा त्यस्तो केहि छैन । नेपालमा अटोमोबाइल क्षेत्रमा उपभोक्ताको व्यवहारको ट्रेण्ड कस्तो छ ? नेपालमा उपभोक्ताको बानी व्यवहार ख्याल गर्ने हो भने बचत गर्ने बानी एकदमै कम छ । हामीसँग खर्च गर्ने कतिको क्षमता छ त्यसको ख्याल छैन । उपभोक्ताको दृष्टिकोणबाट हेर्दा हामी हाई लेबल पोजिसनको व्यवहार गर्न खोज्छौं । हाम्रो आर्थिक क्षमता मध्य वर्गको भए पनि हामी उच्च वर्गको बानी व्यवहार फलो गर्छौं । हामी लाहुरे संस्कृतिबाट प्रभावित छौं । जमानामा हामीले जिन्सको पाइन्ट लगाएका हौं । साइको फाइभ घडी लगाएका हौं । हामी लाहुरेले जमानामा ल्याएको पानासोनिक रेडियो सुनेर रमाउने कल्चरबाट निर्देशित छौं । मनाङे समाजमा हङकङबाट सामान ल्याएर व्यापार गर्ने चलन बस्यो । तिर्नसक्ने क्षमता थियो वा थिएन, थाहा छैन तर धेरै वर्षअगाडी हामीलाई त्यहाँसम्मको पहुँच थियो । त्यो बेलादेखिको धेरै खर्च गर्ने बानी आजसम्म देखिन्छ । समग्र अटो सेक्टरमा उपभोक्ताको व्यवहार कस्तो छ ? यो प्रश्नको जवाफका लागि एउटा रोचक प्रसंग जोड्न चाहन्छु । आजभोली नयाँ कारको एन्ट्री लेबलको मूल्य १४ देखि १५ लाख रुपैयाँ जति पर्न आउछ । सबैभन्दा बढी बिक्री मिड साइज सेग्मेन्टको हुनेगरेको छ । ती कारको मूल्य २०/२५ लाखको हाराहारी पर्न आउछ । एन्ट्री लेबलको भन्दा महंगो कार किन रुचाइरहेका छन् । यस्ता ग्राहकले ५ वर्षमा नयाँ गाडी लिन्छन् । पुरानो बेच्छन् । सेग्मेन्ट वाइज हेर्दा कुन रेन्जका गाडीको बजार हिस्सा कति छ ? एन्ट्री लेबलका गाडीको बजार हिस्सा करिब २० प्रतिशतको छ । एसयुभी सेग्मेन्टको कार करिब ३० प्रतिशत छ । मिड साइजको कारको करिब ५० प्रतिशतकै हाराहारी पुग्न आउँछ । यसमा ट्याक्सीको कुरा जोड्न सकिदैन । किनकी ट्याक्सी नियमित बिक्री हुने होइन । एउटा निश्चित समयमा सरकारले नम्बर प्लेट दिने भएकाले यसलाई तुलना गर्न मिल्दैन । ट्याक्सी सेग्मेन्टमा हुण्डाईको बजार हिस्सा कति छ ? मूलुकको समग्र व्यवसाय हेर्ने हो भने हुण्डाईको उपस्थिति ४० प्रतिशत छ । हुण्डाईको बिक्री वितरण कस्तो छ ? गत वर्षको तथ्यांक हेर्दा हुन्डाईको बजार हिस्सा ३० प्रतिशत थियो । तपाईले बाटोमा हेर्नुभयो भने नै हुन्डाईको राम्रो उपस्थिती पाउनु हुन्छ । तर गत आर्थिक वर्षमा मौद्रिक नीतिमा भएको अटो लोन सम्बन्धि सुविधामा आएको परिवर्तनले प्यासेन्जर सेग्मेन्टका सबै गाडी प्रभावित भए । २० देखि २५ प्रतिशतले हाम्रो बिक्री घट्यो । हामी व्यवसायी अहात भएर सरकारसँग पहल गर्यौंम । अटो लोनको सुविधा ३५ प्रतिशतमा पुगेपछि राहत पुगेको छ । गाडी प्रयोगकर्ताहरुमा युनिक विशेषता के छ ? सबैले गाडीमा स्टायल, टिकाउपन र पर्फर्मेन्स खोज्छन् । अहिले चाँही विशेष रुपमा नयाँ फिचर खोज्ने गरेको पाइएको छ । ग्राहकहरु आकर्षित हुने प्रमुख कारण नै यी चारवटा कुरा हुन् । नेपाली उपभोक्तामा गाडी गिफ्ट दिने चलन कतिको पाइन्छ ? गिफ्टको कुरामा यकिनका साथ भन्न सकिदैन । आफन्त एकले अर्कोलाई गिफ्ट त दिइरहेकै पाइन्छ । तर कुन गाडी गिफ्टमा गयो वा गएन छुट्याउने आधार बनाइएको भने छैन । तर विश्व बजारमा त यो चर्चाको वषय बन्ने गरेको छ नि ? पक्कै पनि छ । जस्तो बलिवुडका नायक शाहरुख खानले आफ्नी श्रीमतीलाई गाडी गिफ्ट दिए भनेर समाचार आउने गरेका छन् । विश्वमा त्यो ट्रेण्ड धेरै ठाँउमा छ । तर नेपालका लागि गाडी सस्तो चिज भएन । नेपालमा सक्नेले दिएका छन् । विद्युतीय सवारीले ईन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्न सक्छ ? विद्युतीय सवारी हाम्रो भविष्य हो । केहि ठूला मुलुकले सन् २०३० सम्ममा ईलेक्ट्रिक गाडीहरुले ईन्धनबाट सञ्चालिन गाडीलाई विस्थापित गर्ने लक्ष्य लिइसकेका छन् । मेरो विचारमा २०२२ सम्ममा विद्युतीय सवारीले विश्व बजारमा नै निकै ठूलो उपस्थिती देखाउन सक्छ । नेपालमा यसको सम्भावना के छ ? जस्तो पूर्वाधारका यसको प्रमुख चुनौति बनिरहेको छ । भौतिक पूर्वाधार एउटा चुनौति कै विषय हो । तर अहिले विभिन्न कम्पनीहरुले आफ्नै घरमा नै चार्ज गर्न मिल्ने प्रविधि विकास गरिरहेका छन् । यसले गर्दा केहीहदसम्म उपभोक्तालाई सहज बन्ने स्थिती छ । पेट्रोल पम्प जस्तै यसका लागि पनि चार्जिङ स्टेसनको व्यवस्था गर्न सकिन्छ । विद्युतीय सवारीको प्रयोग असाध्यै न्यून भएको अवस्थामा चार्जिङ स्टेसनमा लगानी होला ? कि राज्यबाट केही अपेक्षा छ ? हामीले खुला अर्थनीति अवलम्बन गरेको २५ वर्ष भइसक्यो । अब सरकारले लगानी गर्ने होइन । यसमा निजी क्षेत्रले नै लगानी गर्ने हो । तर लगानी गर्नका लागि केहि समय लाग्छ । राज्यले लगानीको वातावरण निर्माण गर्दिनुपर्छ । यसलाई प्रत्साहन गर्नुपर्छ ।