राताम्मै सेयर बजार, आरएसडीसीकाले कमाए, युनाइटेड इन्स्योरेन्सकाले गुमाए
काठमाडौं । दुई दिनपछि खुलेको सेयर बजारमा साढे २४ अंकले ओरालो लागेको छ । बैकिङ, होटल, बीमा, विकास बैंक, जलविद्युत, वित्त र उत्पादनमुलक सबै क्षेत्रको सेयर मूल्य घटेको छ । सोमबार सबैभन्दा बढी गुमाउनेमा बीमा समूह रहेको छ । बीमा समूहको सेयर मूल्य १३६ अंक घटेको छ । सबैभन्दा बढी गुमाउनेमा युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानिकर्ता रहेका छन् । युनाइटेडका लगानीकर्ताले सोमबार मात्र ९२ रुपैयाँ गुमाएका छन् । युनाइटेडकको सेयर मूल्य घटेर १ हजार ३६८ रुपैयाँमा झरेको छ । यस्तै आरएसडीसी लघुवित्तीय संस्थाका लगानीकर्ताले ११० रुपैयाँसम्म कमाएका छन् । आरएसडीसीको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार २१७ रुपैयाँ पुगेको छ । सोमबार ८४ करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको भएको छ । फस्र्टले २ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने सुचना प्रकाशित गरेपछि उसको कारोबार रकम बढेको हो । फस्टको प्रति कित्ता १ हजार ४९ रुपैयाँमा ३ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
इभेन्ट सोलुसनले दशैंको अवसरमा स्टक क्लियरेन्स मेला बुधबारबाट शुरु गर्ने
काठमाडौं । इभेन्ट सोलुसन प्रालिले दशैंको अवसर पारेर बुधबारबाट राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला शुरु गर्नें भएको छ । सो मेलालाई दशैंको बेला सस्तो मेला नारा दिइएको छ । भदौ २१ गतेदेखि २६ गतेसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार गरिने जानकारी दिएको छ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम एफिलियन्सका स्टलहरु रहने छन् । एक सय भन्दा धेरै स्टलहरु रहेको यो मेलामा सहभागि सबै एक्जीबिटर ब्रिफिङ गरिसकिएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए । इभेन्ट सोलुसनका संयोजक जोशीले दशैंका लागि आबस्यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा पाइने बताए । ६ दिन सम्म चल्ने यो मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको संयोक जोशीले बताए । मेला अवधिभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ । मेलामा इकमर्स पार्टनर बनेको सपर्भ डट कमले अनलाइन सेवा पनि उपलब्ध गराएको जानकारी दिएको छ ।
सेयर कर्जा लिन बैंकले बोलाउन थाले, २ दिनमै दिने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा लिन लगानीकर्तालाई बोलाउन थालेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मार्जिन प्रकृतिको कर्जाका लागि नयाँ निर्देशन जारी गरेपछि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाको योजना ल्याएका छन् । नबिल बैंकले सजिलो कर्जा नै नबिल सेयर कर्जा भनेर सेयर कर्जा दिने योजना ल्याएको छ । आफुसंग भएको सेयर धितोमा राखेर सहज रुपमा आकर्षक ब्याज दरमा कर्जा लिन सकिने जनाएको छ । यस्तै मुक्तिनाथ विकास बैंकले पनि सेयर कर्जा योजना ल्याएको छ । सेवा शुल्कमा विशेष छुट दिने भन्दै सेयर कर्जा योजना ल्याएको हो । आवश्यक कागजात पेश गरेको २ दिनमै सेयर कर्जा पाइने बैंकले जानकारी दिएका छ । सर्वसुलभ दरमा सहज रुपमा सेयर कर्जा दिने घोषणा गरेको छ । नबिल र मुत्तिनाथले लिने ब्याज दर घोषणा गरेका छैनन् । यस्तै कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश सेयर लोन योजना ल्याएको जानकारी दिएको छ । हाल बजारमा सेयर कर्जा १५ प्रतिशत भन्दा कममा पाइन्न । यो समयमा बैंकले बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने योजना ल्याएको छ । बैंकले बजार मूल्यको ५० प्रतिशत सम्म एक वर्षाको कर्जा दिने योजना ल्याएको हो । प्रक्रिया थालेको २ दिनमा सेयर कर्जा पाइने बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा थप अंकुश लगाउदै बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी (कोर क्यापिटल) को ४० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ । गत वर्ष मार्जिन प्रकृतिको कर्जा लगानी साढे ७ प्रतिशत बढेर ४० अर्ब ४७ करोड ५७ लाख रुपैयाँ पुगेको थियो । यस्तो कर्जा गत वर्ष मात्रै २ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ थियो । वित्तीय घर्षण बढेपछि गत माघदेखि नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जालाई अनुत्पादक भन्दै लगानीमा अंकुश लगाएको थियो ।
कालिका माइक्रोक्रेडिटको बोनस सेयर कारोबारका लागि सुचिकृत
काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । संस्थाको ३ लाख २५ हजार कित्ता बोनस सेयर सोमबार सुचिकृत भएको हो । पुँजी बढाउन कालिकाले सेयरधनीलाई हकप्रद सेयर दिएको थियो ।
भ्रष्टचारी उम्मेदवार बन्न नपाउने विद्येयक समितिबाट पारित
काठमाडौं । नेपाली कांग्रेस सांसदले भ्रष्टचारीलाई पनि उम्मेदवार बन्न दिनुपर्ने प्रस्ताव फिर्ता लिएपछि निर्वाचन विधेयक पारित भएको छ । राज्य व्यवस्था समितिको सोमबार बिहान बसेको बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले संशोधन प्रस्ताव फिर्ता लिएपछि विद्येयक पारित भएको हो । यसअघि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कांग्रेसका १९ सांसदले एकल र संयुक्तरुपमा संशोधन हालेका थिए । अदालतले तोकेको सजाय भुक्तान गरिसकेका भ्रष्टाचारीले उम्मेदवार बन्न पाउनुपर्ने माग काँग्रसी साँसदले राखेका थिए ।
करोडौँ मूल्यको शिलाजीत अलपत्र,आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजीत
म्याग्दी । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजीत उत्खनन हुन सकेको छैन । शिलाजीत उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि वर्षेनी करोडौँको नोक्सानी भइरहेको छ । म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमंगले, मुदी, मुना, ताकम, मराङ, बिमलगायतका पहरामा शिलाजीत पाइन्छ । शिलाजीत उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको ज्यामरुककोटका शिवराम शर्मा बताउँछन् । नुनिलो र टर्रो स्वाद हुने शिलाजीत भिरपहरामा मात्र पाइन्छ । शिलाजीत कालो र सेतो गरी दुई किसिमको हुन्छ । पहराबाट निस्किएको एकप्रकारको रसायन जमेर शिलाजित बत्रे गरेको बताइन्छ । कालो शिलाजितको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नसासम्बन्धी रोग निको हुने जनविश्वास छ । शिलाजीत को नियमित प्रयोग गर्नाले स्वास्थ्यका लागि निकै फाइदा पुग्ने जिल्ला आयुर्वेदिक चिकित्सकले बताएका छन् । शिलाजीत उत्खनन हुनसक्ने हो भने म्याग्दीमा वार्षिक १० करोड रुपैयाँसम्मको शिलाजित विक्री हुन सक्ने प्रवल सम्भावना रहेको भएता पनि प्राविधिक ज्ञान र उपकरणको अभावमा यो खेर गइरहेको उद्योगी व्यापारीहरुको भनाइ रहेको छ । बजारमा माग भए पनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा शिलाजीत खेर गइरहेको जिल्ला विकास समिति म्याग्दीले जनाएको छ । बजारमा प्रति १० ग्राम शिलाजीत २५ रुपैयाँदेखि ३० रुपैयाँसम्ममा बिक्री हुन्छ । तर जडीबुटीको असन्तुलित व्यापारका कारण लगानीकर्ता यसतर्फ आकर्षित हुन नसकेको जिल्ला वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार जिल्लाबाट न्यून मात्रामा मात्र शिलाजीत निर्यात हुनेगरेको छ । रासस
सहयोगी विकास बैंकको हकप्रद सेयर कारोबारका लागि सुचिकृत
काठमाडौं । सहयोगी विकास बैंकको हकप्रद कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । बैंकको ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर सुचिकृत भएको हो । बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गरेको थियो ।
पुर्णिमा विकास बैंकको हकप्रद सेयर कारोबारका लागि सूचिकृत
काठमाडौं । पुर्णिमा विकास बैंकको हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ । एक्सचेन्जमा बैंकको ८ लाख १४ हजार ५१ कित्ता हकप्रद सेयर कारोबारका लागि सुचिकृत भएको हो । चुक्तापुँजी बढाउन पुर्णिमाले हकप्रद सेयर निश्कासन गरेको थियो ।