विकासन्युज

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले रियो ओलम्पिकमा

काठमाडौं, ६ भदौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले ब्राजिलको रियो दि जेनेरियामो भइरहेको ओलम्पिक २०१६ मा सहभागी भएका छन् । ओलम्पिकमा सहभागी भएर घलेले नेपाली खेलाडीको हौसला बढाएका हुन् । अगष्ट २० तारिखमा नेपाल सहभागी तेक्वाण्डो खेलमा उपस्थीत भएका अध्यक्ष घलेले नेपाली खेलाडीलाई शुभकामना समेत दिएका थिए । साथै उनले नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतका पदाधिकारीसँग भेटेर नेपालको सहभागीता र उपलब्धीबारे छलफल पनि गरेका थिए । अध्यक्ष घलेले ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय खेलमा गैरआवासीय नेपाली प्रतिभाहरुलाई नेपालका तर्फबाट सहभागी बनाउनुपर्ने सुझाव दिए । गैरआवासीय नेपाली किशोरी गौरिकाको प्रस्तुतीको स्मरण गर्दै उनले बिदेशको नेपाली समुदायमा गौरिका जस्ता धेरै प्रतिभा रहेको दावी समेत गरेका थिए । यसैबिच, घलेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति ब्राजिलको बिशेष साधारणसभालाई सम्बोधन पनि गरेका थिए ।

कृषिमा करिब आठ अर्बको क्षति, खडेरीका कारण मुलुकभरका कृषि उपजमा विनाश

काठमाडौं, ६ भदौ । प्राकृतिक प्रकोपको मारमा कृषि क्षेत्र परेको छ । प्राकृतिक प्रकोपका कारण बर्सेनि कृषि क्षेत्र प्रभावित हुने गरेको छ । गत वर्षमात्र खडेरीका कारण कृषिमा मात्रै करिब आठ अर्व रुपैयाँको क्षति भउको छ । खडेरीले कृषिबाली नष्ट गरेको र बालिनाली नै हुन नसकेका कारण ७ अर्ब ७५ करोड रुपैयाँबराबरको क्षति भएको कृषि विकास मन्त्रालयअन्तर्गत कृषि विभागको तथ्यांक छ । खडेरीका कारण मुलुकभर ३ लाख २५ हजार ८५७ हेक्टरको अन्नबाली, तरकारी, फलफूललगायत कृषि उपजमा क्षति पुगेको समाचार सोमबारको कारोबार दैनिकमा छापिएको छ। गत वर्ष खडेरीले खेती गर्ने क्षेत्रसमेत घटेको थियो भने गरिएको खेती खडेरीका कारण सुकेपछि कृषक मारमा परेका थिए। कर्णालीमा ४० वर्षयताकै ठूलो खडेरीका कारण वर्षे र हिउँदे दुवै बाली प्रभावित बनेपछि कर्णालीवासी विस्थापनमा परेका थिए । खडेरीका कारण कर्णालीवासीले अझै खाद्य संकट भोगिरहेका छन् । कुनै वर्ष खडेरी र कुनै वर्ष डुबानका कारण सबैभन्दा बढी धानखेतमा क्षति हुने गरेको छ भने बाढी र पहिरोका कारण विभिन्न बालीमा कुनै न कुनै मात्रामा क्षति भइरहेको पाइन्छ । यो वर्ष भने बाढीका कारण साउनसम्ममा मात्र ७२ हजार २२५ हेक्टर क्षेत्रमा क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण संकलन भइरहेको कृषि विभागले जनाएको छ । कुनै वर्ष खडेरी र कुनै वर्ष बाढीपहिरोका कारण कृषिमा क्षति हुँदै आएको विभागका महानिर्देशक युवकध्वज जीसीले बताए । जिल्ला–जिल्लामा भएको क्षतिको विवरण संकलन गरेर हरेक वर्ष मन्त्रालयमा पठाउँदै आएका पनि उनको भनाइ छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक एशिया प्रमुख नेपालमा, अर्थपूर्ण औपचारिक भ्रमण

काठमाडौं, ६ भदौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकका आसियान तथा दक्षिण एशिया क्षेत्रीय प्रमुख कार्यकारी अजय कन्वल दुई दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका छन् । यो उनको पहिलो औपचारिक नेपाल भ्रमण हो । उनले नेपाल भ्रमणको अवधिमा विभिन्न सरकारी निकायका उच्च पदस्थ कर्मचारीसँग भेटघाट गर्ने योजना रहेको स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनी सन् २०१५को अक्टोबर १ देखि यो पदमा कार्यरत छन् । यसअघि उनी उत्तरपुर्वी एशियाली मुलुकका क्षेत्रीय प्रमुख कार्यकारी थिए । उनले कन्जुमर बैंकिङको क्षेत्रीय प्रमुख, विभिन्न मुलुकमा स्ट्राटेजिक डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट प्रमुख भएर पनि काम गरेका थिए । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा ७५ प्रतिशत सेयर लगानी स्ट्याण्डर्ड चार्टर्ड ग्रुपका रहेकोले उनले नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनको भ्रमणलाई औपचारिक भनिएको छ र उनले नेपाल भ्रमणको समयमा विभिन्न सरकारी निकायका उच्च पदस्थ कर्मचारीसँग भेटघाट गर्ने योजना रहेको स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्र बैंकका अधिकारीहरुसँगको भेटमा पुँजी वृद्धि लगायत राष्ट्र बैंकले लिएका नीति र नेपालको बैकिङ बजारबारे महत्वपूर्ण छलफल हुने अनुमान गरिएको छ ।

सोमबारै मन्त्रिपरिषद् विस्तार हुन सक्ने, कांग्रेसले नाम दिनासाथ मन्त्रिपरिषद् विस्तार

काठमाडौं, ६ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रिपरिषदमा आफ्नातर्फबाट नामावली पठाउने अन्तिम तयारी गरिरहेकोले कांग्रेबाट नयाँ मन्त्रीको नाम आउँनासाथ मन्त्रीपरिषद् विस्तार हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताले आफ्ना केही मन्त्रीको नाम सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाउने तयारी भइरहेको बताएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गर्न बाँकी रहेकाले सोमबार मन्त्रिपरिषद्मा चार वा पाँच सदस्यमात्रै जान सक्ने संकेत देखिएको छ । काँगेसले १२ देखि १३ वटा मन्त्रालय पाउँने भएपनि काँग्रेसभित्रै देउवा र पौडेलपक्षबीच सहमति हुन नसक्दा सबै मन्त्रालयका लाागि मन्त्रीका नामावली भने पठाउन तत्काल नसकिने उल्लेख छ । कांग्रेसले चारपाँच जनाको नाम सोमबार नै प्रधानमन्त्री दाहाललाई दिने र मन्त्रीपरिषद् विस्तार हुनसक्न कांग्रेसकै एक नेताले बताएको समाचार सोमबारको कान्तिपुर दैनिकले छापेको छ । ‘हाम्रो तर्फबाट केही नामसोमबारनै प्रधानमन्त्रीकहाँ जाँदैछ, भदौ ८ गते देउवा उपचार फ्लो अपका लागि सिंगापुर उड्ने भएकाले त्यसअघि नै पार्टीका तर्फबाट सरकारमा जाने अरु नेताको नामसमेत टुंगो छ ’, कांग्रेसका एक नेताको भने । सोमबार क्याबिनेटमा जाने नाम पठाउन आवश्यक तयारी भइरहेको छ । कांग्रेसले सोमबार पठाउने भनिएका नाममा अर्जुननरसिंह केसी, प्रकाशशरण महत र केशवकुमार बुढाथोकीको चर्चा छ । अघिल्लो पटक चर्चा गरिएका शेखर कोइराला भने सूचीमा पर्ने छैनन् । कोइरालालाई परराष्ट्र मन्त्रालय दिन देउवा सहमत भए उनको नामसहित अरु नाम पौडेल पक्षले एकै पटक पठाउने बुझिएको छ । अरु मन्त्रीबारे मोटामोटी टुंगो लागे पनि महिला, मधेसीलगायत समानुपातिक प्रतिनिधित्व मिलाउनुपर्ने शर्तले गर्दा पौडेल पक्षसँग समन्वय गरेपछि मात्रै सार्वजनिक गर्ने देउवाको तयारी छ। ती नेताले पौडेल पक्षबाट ६ मन्त्रालयको दाबी आएकाले छलफल बाकी रहेको खुलाए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सम्भव भए सोमबार, नत्र मंगलबारभित्र आफ्नो दलबाट थप मन्त्री आउने पुष्टि गरे । ‘मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी भइरहेको छ, त्यसलाई अन्तिम रुप दिनुअघि केही छलफल गर्नुपर्ने भएकाले ढिलाई भएको हो,’ उनले भने । को–को नेता कुन मन्त्रालयमा जाने भन्नेबारे लेखकले खुलाएनन् । पौडेल निकट मानिने अर्का नेता महेश आचार्यले मन्त्रिपरिषदमा को–को जाने भन्नेबारे पार्टीभित्र सरसल्लाह भइनसकेको बताए। आन्तरिक परामर्श र छलफलबाटै नामावली टुंगो लाग्नेमा उनले विश्वास व्यक्त गरे । अर्का एक नेताले मन्त्री हुन पार्टीभित्र डेढ सय नेता आकांक्षी रहेको जानकारी दिए ।

आपूर्ती मन्त्रालयकोअनुगमन टोलीमाथि व्यवसायीको अवरोध, केहि स्टोरमा सिलबन्दी

काठमाडौं ६ भदौ। अाइतवार अनुगमन गर्न पुगेको आपूर्ति मन्त्रालयको टोलीलाई नयाँबजारका एक व्यवसायीले धम्क्याएका छन्। सोमबार अर्गानिक किचेन मार्टमा अनुगमन टोलीले किरा लागेका तथा म्याद नाघेका सामानहरु बिक्री गरिरहेकै अवस्थामा फेला पार्‍यो । अनुगमन टोलीमा मन्त्रालयका उपसचिव तथा टोली संयोजक कपिल प्रसाद रेग्मी सहित उपभोक्ता अधिकारकर्मी, प्रहरी र सञ्चारकर्मी थिए । श्रेष्ठले संयोजकमाथि नै अभद्र व्यवहार गरेपछि अनुगमन टोली र व्यवसायीबीच एक घण्टा चर्काचर्की भएको थियो । टोलीले अनुगमनका क्रममा अर्गानिक किचेन मार्टमा अधिकांश सामान म्याद नाघेका, लेबल नखुलाइएका तथा किरा लागेका भेटिएपछि सिलबन्दी गर्ने निर्णय गरेको थियो। सोमबार आपूर्ति मन्त्रालयको संयोजकत्वमा गएको अनुगमन टोलीले चार वटा स्थानमा अनुमन गरेको थियो। जस मध्ये दुईवटा स्टोरहरुमा सिलबन्दी गरेको छ। राजधानीको कलंकीमा रहेको सिजी मार्टमा लेबल नलगाइएका तथा म्यादा नाघेका सामानहरु फेला परेका थिए। टोलीले उक्त मार्टबाट सामान जफत गरि सुधारका लागि निर्देशन दियो।

२४ रुपैयाँको पेटीलाई १२ सयमा विक्री, उपभोक्तामाथि चरण ठगी

काठमाडौं ६, भदौ । व्यापारीले उपभोक्तालाई ठग्ने गरेको, बजारमा खुद्रा पसलमा जाँदा उपभोक्ता ठगिने गरेको गुनासो आइरहदाँ सरकार भने सधै मौन नै बस्ने गरेको घटना नेपालको लागि नयाँ होइन । पटकपटक उपभोक्ता ठगीएको गुनासो आउने गरेपनि ठगी गर्ने व्यवसायीमाथि कारवाही नहुँदा व्यवसायी मनोवल बढ्दैजाँदा उपभोक्ता ठगिने क्रमपनि रोकिएको छैन ।  आपूर्ति मन्त्रालयले अनुगमन गर्दा व्यवसायीले २४ रुपैयाँमा किनेको पेटीलाई १२ सय रुपैयाँ लिएको फेला परेको छ । महाराजगन्जको सेलवेज डिपार्टमेन्ट स्टोरले २४ रुपैयाँमा किनेको पेटीलाई १२ सय रुपैयाँ लिएको सरकारी अनुगमन टोलीले फेला पारेको छ । हरेक अनुगमनमा कुन नै कुनै कर्तुत फेला पर्ने गरेको भएपनि सरकारी अनुगमन भने प्रभावकारी हुन सकेको छैन । उपभोक्ता ठगी गर्ने यस्ता फेन्सि पसलले हजारौं प्रतिशत नाफा लिएर सामान विक्री गर्ने गरेको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्द रेग्मीले बताए । उनका अनुसार दैनिक उपभोग्य बस्तुको तुलनामा फेन्सी पसल र लत्ता कपडामा अचाक्ली मूल्य लिने गरेको पनि उनले सुनाए । यस्तो चर्को मूल्य लिने सेलवेजलाई कारवाही गर्न मन्त्रालयले प्रक्रिया भने अगाडि बढाएको जानकारी दिएको छ । व्यपारिले ३७५ रुपैयाँको पाइन्टलाई २६ सय १० रुपैयाँ लिएको, ८५० को चस्मालाई ४४ सय ५० लिएर विक्री गरेको भेटिएको पनि अनुगमनमा सँगै गएका उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।

तपाईको स्मार्टफोनको व्याट्री चाँडै सकिन्छ, यी एपहरु नराख्नुहोस्

काठमाडौं ६ भदौ। स्मार्टफोन चलाउनुहुन्छ, यी एपहरु धेरै रहेका छन् भने तपाइको स्मार्टफोनले चाँडो र धेरैमात्रामा व्याट्रीको खपत गरिरहेका हुन्छन जसका कारण मोवाइलको व्याट्री सकिन्छ। आजभोलि स्मार्टफोन प्रयोगकर्ताको सवैभन्दा चासोको विषय भनेको नै व्याट्री हुने गरेको छ। यद्यपी स्मार्टफोनको व्याट्री टिक्ने र नटिक्ने कुरा यसको बनावट र स्पेसिफिकेसमा निर्भर रहेको हुन्छ। यसमा हामीले प्रयोग कति गर्छौ भन्ने मूख्य कुरा हो। स्मार्टफोनको धेरै व्याट्री डकुमेन्ट इडिट, म्युजिक र भिडियो स्ट्रिम, गेम खेल्दा र इन्टरनेटसंग कनेक्टेड भइरहदा धेरै खर्च हुने गरेको छ। तर यो कुरा गरिरहँदा अरु एपहरुलेचाहि व्याट्री नसक्ने भन्ने होइन, यी एपहरुले अरु एपको तुलनामा धेरै व्याट्रीको खपत गर्छन्। यी एपहरु हुन् धेरै व्याट्री खपत गर्ने १. फोटो इडिटिङ सम्वन्धि एपहरु यदि तपाई फोटोग्राफीमा सैखिन हुनुहुन्छ र तत्काल फोटो खिचेर इडिट गरी सोसियल मिडियामा अप्लोड गर्नुहुन्छ भने तपाइ यो नसोच्नुस तपाइको स्मार्टफोनको व्याट्रिले पुग्छ। त्यसका लागि तपाइलाई पोर्टेवल पावर बैंकको आवश्यकता पर्दछ। सामान्यतया फोटो इडिटङ एपहरु साइजमा पनि ठूला हुन्छन् र यीनिहरुलाई प्रोसेसिङ गर्दा पनि धेरै पावर लाग्छ। जसका कारण तपाइको स्मार्टफोनको व्याट्री चाँडै सकिन्छ। २. सोसियल मिडिया एप फेसवुक, ट्विटर लगायत एपहरु संसारकै सवैभन्दा पपुलर एपमा पर्दछन्। र यसका साथै यीनिहरु सवैभन्दा धेरै व्याट्री खपत गर्ने एपहरुमा पनि पर्दछन्। यी एपहरु चल्दा व्याकग्राउन्डमा सेन्ड नोटिफिकेसन पठाइरहेका हुन्छन्। फेसवुकमात्र हैन, मेसेन्जरले पनि धेरैमात्रामा व्याट्रीको खपत बढाइरहेको हुन्छ। अरु धेरै व्याट्री खपत गर्ने एपहरुमा स्न्यापच्याट, स्काइपी र इन्टाग्राम पर्दछन्। ३. इन्टरनेट व्राउजर एप तपाइले स्मार्टफोनको व्याट्री धेरै टिकाउनु छ भने डिफल्ट भएर आएको व्राउजर नै चलाउनु बेस हन्छ र अरुलाई हटाइदिदा हुन्छ। केहि व्राउजरहरुमा धेरै फिचरहरु रहेको हुन्छ। जस्तै स्कोरवोर्ड, सोसियल मिडिया नोटिफिकेसन लगायत वेभ नोटिफिकेसन। यीनिहरु व्याकग्राउन्डमा एक्टिभ रहेका हुन्छन् भने तीनिहरुले व्याकग्राउन्ड एप र व्याट्री खपत गरिरहेका हुन्छन्। ४. गेमिङ एप स्मार्टफोनवाट एपहरु हटाउन समस्या त पर्छ तर सवैभन्दा धेरै व्याट्री खपत गर्नेमा गेमिङ एप पर्दछ। यसमा पनि थ्रिडी एनिमेसन गरेका एपहरुले धेरै खपत गर्छन्। जस्तै क्लास अफ क्लान्स, एजफाल्ट, इनजस्टिस,मोडेम कम्व्याट लगायत ड्रिल गर्ने एपहरुले धेरै व्याट्री खपत गरेको पाइएको छ। अझ भर्खरै मात्र लन्च भएको पोकमेन गोले पनि धेरै व्याट्री खपत गर्छ। तपाइले यस्ता गेमहरुलाई हटाउन गार्हो पर्दछ तर यीनिहरुलाई स्टप गर्न भने मिल्छ। तर यीनिहरु इन्टरनेटको पहुचमा पुगेपछि आफै एक्टिभेट हुने गर्दछन्। ५. व्याट्री सेभर एप वा र्याम क्लिनिङ एप व्याट्री सेभर एपहरु तपाइको स्मार्टफोन आइडियल मोडमा छ भने पनि व्याकग्राउन्डमा चलिरहेका हुन्छन्। यी एपहरु रेगुलर रुपमा होगिङ एप वा जन्क फाइललाई स्क्यानिङ गरेर वसिसहरेका हुन्छन जसका कारण धेरै व्याट्रीको खपत भइरहेको हुन्छ। ६. एन्टिभाइरस एप एन्टिभाइरस एपहरु पनि व्याट्री सेभर एपजस्तै हुन्। यस्ता एपले पनि व्याकग्राउन्डमा स्क्यानिङ गरिहेका हुन्छन जो प्रायोगकर्तालाई थाहा भएको हुँदैन। यस्ता एपले स्मार्टफोनको व्याट्रीलाई भित्रभित्रै सकाइरहेका हुन्छन्। कोही एन्टिभाइरस एपको क्यामेरासंग पनि एक्सेस भएको हुन्छ जुन स्मार्टफोन अनलक गर्दा खुलिसक्छ जसका कारण पनि यिनिहरुले धेरै व्याट्री खपत गरिरहेका हुन्छन्। – See more at: http://www.bizmandu.com/content/-19943.html#.V7pVNfl97IU

अख्तियारले दायर गरेको मुद्धामा १४ करोड जरीवनामा सफाई, अख्तियारले मुद्धा हार्यो

काठमाडौं ६, भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पसुपति क्षेत्र विकास कोषका पूर्व पदाधिकारीसहितलाई विरुद्ध विषेश अदालतमा दायर गरेको मुद्दामा अदालतले १४ करोड जरीवाना तिराएर सफाइ दिएको छ । अख्तियारले ४६ करोड ५६ लाख बिगो दाबीसहितको विशेष अदालतमा हालेको एक अदालतले जरीवाना तिराएरसफाई दिने फैसल आइतबार गरेको हो । अदालतले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना निर्माण गर्ने भन्दै अवैध बालुवाखानी सञ्चालन गरी करोडौं रुपैयाँ अनियमितता गरेको आरोपमा दुई ठेकेदारलाई समान्य जरिवाना गर्दै अन्यलाई सफाई दिएको हो। अख्तियारले उनीहरुसँग ४६ करोड ५६ लाख ८७ हजार एक सय ५८ रुपैयाँ ४६ पैसा बिगो–दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले दायर गरेको आरोपपत्रमा दावी अनुसार तत्कालीन कोषका दुई सदस्यसचिव तथा तीन स्थानीय विकास अधिकारीको संलग्नता पुष्टि हुन नसकेको भन्दै उनीहरुलाई विशेष अदालतले सफाई दिने फैसला सुनाएको हो। विशेषले अख्तियारको आरोप पुष्टि हुन नसकेकोमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवहरू निर्मल कुइँकेल, सुशील नाहटा, काठमाडौंका तत्कालीन स्थानीय विकास अधिकारीहरू महेन्द्रलाल श्रेष्ठ, गोपालप्रसाद पराजुली तथा प्रेमराज जोशी, कोषका उपनिर्देशक राजकुमार रेग्मी, योजना अनुगमन तथा प्रशासकीय अधिकृत भीष्मकुमार मल्ललाई सफाई दिने निर्णय सुनाएको हो। अख्तियारले उनीहरुसँग ४६ करोड ५६ लाख ८७ हजार एक सय ५८ रुपैयाँ ४६ पैसा बिगो–दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की आएपछि अख्तियारले हालेको मुद्धा हारेको यो नै पहिलो हो ।