२२ लाखले अवलोकन गरे नारायणहिटी संग्रहालय, १९ करोड रुपैयाँ राजश्व संकलन
काठमाडौं १६, असोज । सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालयबाट करिब १९ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ । सर्वसाधारणका लागि खुला भएको करिब आठ वर्ष अवधिमा २२ लाख २१ हजार ८९२ जना पर्यटकबाट संग्रहालयले १८ करोड ६७ लाख ३४ हजार ६५५ रुपैयाँ राजश्व असुल गरेको छ । स्थापनादेखि क्रमशः बृद्धि हुँदै गएको आम्दानी गत दुई आवमा घटेत्तरी भएको थियो । जसको कारण भूकम्प र भारतीय नाकाबन्दी भएको छ । २०६५ सालमा माघ १६ गतेबाट खुला भएको संग्रहालयमा १३७ जना कर्मचारी छन् । उनीहरुलागि गत साल ४ करोड रुपैयाँ खर्च भएको थियो । पहिलेको राजदरबारको क्षेत्रफल ७५४ रोपनी आठ पैसा तीन दाम छ । यसलाई व्ययवस्था परिवर्तनपछि नारायाणहिटी संग्रहालय बनाइएको हो । समाचार स्रोत कारोबार दैनिकबाट ।
दसैँको उपहार लिएमा लिनेदिने दुबैलाई कारबाही, चाडवाडका नाममा उपहार लिनेदिने बन्द
काठमाडौं १६, असोज । दसैँ र तिहारको शुभकामना स्वरूप नजिकको प्रहरी कार्यालयलाई खसी, बोका तथा नगद उपहार दिँदै हुनुहुन्छ भने होशियार, खोरमा थुनिनु पर्ला। विशेष गरी उपत्यकामा तैनाथ ट्राफिक प्रहरी र अन्य प्रहरी कार्यालय प्रमुखलाई दसैँ र तिहारको शुभकामना तथा उपहारका नाममा खसी, बोका, कुखुरा र नगद नलिन निर्देशन दिइएको समाचार आइतबारको गोरखापत्रमा छापिएको छ। यसरी आएको कुनै चिज–बस्तु लिएमा सम्बन्धित कार्यालय प्रमुख र दिन आउने व्यक्तिलाई कारबाही हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस विषयमा पत्राचार नै गरेको छ । महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले चाडबाडका नाममा नगद तथा मासु र मदिरालगायतका बस्तु उपहार लिनुरदिनु लज्जाजनक कार्य र कानुनी रूपमा अपराध भएको बताए। प्रहरीले यस्तो कुरा लिनै मिल्दैन । उनले भने, “यदि कसैले लिएको पाइएमा तत्काल कारबाही हुनेछ र दिनेलाई समेत कारबाही हुन्छ । ” उनले उपहार लिने र दिने नाममा चाडबाडमा प्रहरी बदनामी हुने गरेकाले कोही दिन आएमा फिर्ता गर्न निर्देशन दिएका छन्। महाशाखा अन्तर्गत उपत्यकामा रहेका प्रत्येक प्रभाग र वृत्तलाई दसैँको उपहार नलिन निर्देशन दिएको छ । महाशाखाले दसैँ र तिहारमा मापसे चेकिङलाई कडा र प्रभावकारी बनाउने तयारी गरेको छ । चाडबाडको रमाइलोका नाममा मदिरा सेवन अधिक हुने भएकाले सवारी दुर्घटना नियन्त्रण गर्न मापसे चेकजाँच कडा पारिएको हो । यता महानगरीय प्रहरी परिसर काठमाडौँले पनि मातहतका प्रहरी कार्यालय वृत्त, प्रभाग र बिट प्रमुखलाई क्षमताले भ्याए खसी नभ्याए फर्सी खाएर दसैँ र तिहार मनाउन निर्देशन दिएको छ । परिसरका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले दसैँका नाममा खसी, बोका, मदिरा र नगद मागे कारबाही हुने सबैलाई मौखिक रूपमा निर्देशन भइसकेको जानकारी दिए। यसैबीच, गोङ्गबु नयाँबसपार्कबाट सुदूरपश्चिम क्षेत्रमा चल्ने बसको टिकट सकिएको हल्ला फैलिएपछि त्यसको समाधान गर्न प्रहरी निरीक्षक पूर्णिमा चन्द आफै खटिएका छन्। महानगरीय प्रहरी प्रभाग बसपार्क प्रमुख चन्दले टिकट सकिएको हल्ला निराधार भएको बताए। अन्य क्षेत्रको भन्दा सुदूरपश्चिम जानेको चाप बाक्लो छ, उनले भने, ‘सीमित यातायातका साधन, यात्रुको बाक्लो चापका कारण टिकटमा सामान्य समस्या देखिए पनि बस थप्नेबित्तिकै सबै समस्या समाधान हुन्छ, बसपार्क क्षेत्र आजसम्म अपराधमुक्त क्षेत्र भएको छ ।’
सोल्टी होटलमा रातभरी हिमानीसँग नाचे पारस, हिमानीको जन्मदिन सोल्टीमा
काठमाडौं १६, असोज । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र शिमानीलाई नचाउने पात्र पाहुनाहरु नै थिए । फाइल तस्बिर सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएका थिए । पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसकेका थिए । नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो । पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेको भोज ८ बजेबाट सुरु भएको थियो । नेपाल समाचारपत्र दैनिकबाट ।
दसैंका लत्ताकपडा हवाईजहाजमा, तातोपानी र रसुवागढी नाका बन्द हुँदा हवाईजहाजबाट समान ल्याउनुपर्ने वाध्यता
काठमाडौं १६, असोज । चीनबाट सामान ल्याउन प्रयोग हुने तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा सञ्चालन हुन नसक्दा नेपाली व्यापारीले हवाईजहाजबाट सामान ल्याउन थालेका छन् । राजधानी तथा अन्य क्षेत्रमा चिनियाँ सामान बिक्री गर्ने व्यापारीले अन्तर्राष्ट्रिय उडान भर्ने जहाज कम्पनीमार्फत सामान आयात गर्न थालेका हुन् । गत वर्षको भूकम्पपछि तातोपानी नाका बन्द भएको थियो भने विभिन्न खाले चिनियाँ अवरोधले रसुवागढी नाकामा समस्या थियो । ‘तातोपानी बन्द भएपछि एक पटक रसुवागढीबाट सामान ल्याउँदा धेरै समस्या भयो,’ दसैं अफरको फाइल तस्बिर न्युरोडको आरबी कम्प्लेक्समा तयारी पोसाकको पसल चलाउने लोप्साङ गुरुङले भने, ‘त्यसपछि ‘एयर लिफ्ट’ गरेर सामान ल्याइरहेको छु । ’ उनले दसैं–तिहारलाई लक्षित गर्दै केही साताअघि मात्र ग्वान्जाउबाट थाई एयरमा तयारी पोसाक ल्याएको बताए । ‘ग्वान्जाउबाट बैंकक हुँदै आउने जहाजमा सामान ल्याएँ,’ उनले भने, ‘बैंककबाट पनि सामान थपेको थिएँ ।’ उनका अनुसार अहिले धेरै नेपालीले चीनबाट सीधै काठमाडौं उडान भर्ने कम्पनीमार्फत सामान ल्याउने गरेका छन् । तयारी पोसाक, चस्मा, सौन्दर्य सामग्री, झोला, फुटवेयर, मोबाइल, तयारी गहना, सजावटका सामानलगायत वस्तु अहिले जहाजबाटै आउन थालेका छन् । तयारी पोसाक र सौन्दर्य सामग्री भने थाइल्यान्डबाट समेत ‘एयर लिफ्ट’ गरेर ल्याइने गरेको छ । ‘भूकम्पपछि धेरैले जहाजबाट सामान ल्याउन थालेका छन्,’ नेपाल चेम्बर अफ कमर्सका सचिव एवं आरबी कम्प्लेक्सकै व्यापारी पर्शुराम बस्नेतले भने, ‘उत्तरी नाकाको अवरोधले सीमित सामान ल्याउने व्यापारीको रोजाइ जहाज भएको हो ।’ चीनबाट आयात हुने लत्ताकपडालगायत सामानको आयात उत्तरी नाकाबाट हुँदै आए पनि गह्रुँगा वस्तु एवं औद्योगिक उपकरणको आयात भने समुद्री मार्ग हुँदै कोलकाताबाट आउने गरेको छ । कान्तिपुर दैनिकबाट ।
दसैँको वेला यातायात व्यवसायीको दादागिरी,सिट क्षमताभन्दा धेरै यात्रु बोक्न पाउनुपर्ने
काठमाडौं १६, असोज । दसैँमा घर जान टिकट बुकिङ खुलाएका व्यवसायीले मनपरी गर्न नपाउने सरकारको निर्णयपछि बुकिङ बीचैमा बन्द गरे, यसकारण करिब आठ लाख यात्रुले अझैँ घर जान टिकट पाएका छैनन् । सिटअनुसार गाडी चलाउँदा घाटा हुने भन्दै व्यवसायीले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न पाउनुपर्ने नत्र एकतर्फी भाडा सरकारले दिनुपर्ने माग गरेका छन् । दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । नागढुंगा नाकाबाट नियमितभन्दा १० हजार बढी यात्रु बाहिरिन थालेको ट्राफिक प्रहरीले जनाएको छ । ‘सामान्य अवस्थामा २५–२६ हजार यात्रु बाहिरिन्थे,’ महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका सइ गुणनिधि खकुरेलले भने, ‘शुक्रबारदेखि बढेको छ, शनिबार करिब ३५ हजार बाहिरिएका छन् । दक्षिणकाली, जगाती तथा बालाजु हुँदै बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । यातायात व्यवसायीले अनेक माग राखेर मनपरी गर्न खोजेपछि सरकारले वैकल्पिक व्यवस्था गर्न लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दसैँको यातायात समस्या समाधान गर्न सरकारी गाडी लामो दूरीमा यात्रु बोक्न सञ्चालन गर्ने तयारी थालेको छ । यही विषयमा छलफल गर्न मुख्यसचिव डा. सोमलाल सुवेदीले आइतबार बिहान सचिवहरूको बैठक बोलाएका छन् । सबै सरकारी बसको विवरण संकलन गरी सञ्चालनको योजना बनाउन लागिएको हो । प्रहरी तथा सेनाको बसलाई समेत दसैँमा यात्रु बोक्न सञ्चालन गर्ने योजना पनि सरकारको छ । यातायात व्यवस्था विभागले दसैँमा घर जाने यात्रु ओसार्न स्कुल तथा कलेजका बस प्रयोग गर्ने तयारी गरेको छ । विभागले प्याब्सन, एनप्याब्सन तथा प्लस टु कलेज सञ्चालकको संस्था हिसानका अधिकारीहरूलाई आइतबार छलफल गर्न बोलाएको छ । ‘राजधानीका स्कुल–कलेजका पनि तीन–चार सय बस छन्,’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ भन्छन्, ‘व्यवसायीले बस नथपे स्कुल–कलेजको बसमार्फत धेरै यात्रु घर जान सक्नेछन् ।’आइतबारको पत्रिका दैनिकदैनिकबाट ।
जेडटिइ ब्लेड भि७ लाइट बजारमा, मूल्य १८ हजार, पावर बैंक सित्तैमा
काठमाडौं, १५ असोज । नेपालका लागि जेडटिई स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेज प्रालिले स्मार्टफोन ‘जेडटिई ब्लेड भि७ लाइट’ नेपाली बजारमा उपलब्ध गराएको छ । दशै क्यास ब्याकअफर र खदिरमा पावर बैंकको उपहारसहित ब्लेड भि७ लाइट सार्वजनिक गरिएको हो । आकर्षक फिचरहरुले सजिएको ब्लेड भि७ लाइटमा ५ इन्चको एचडी कर्भ एजडिस्प्ले रहेको छ । यस स्मार्टफोनमा फिङ्गरप्रिन्ट स्क्यानरको प्रयोग गरिएको छ जसबाट केवल ३ सेकेन्डमै फोन अनलक गर्न सक्दछ । यसैगरी, ब्लेड भि ७ लाइटमा निकै आकर्षक फोटोहरु खिच्न सकिनेछ । अगाडिको क्यामेरा १३ मेगपिक्सेल र पछाडिको क्यामेरा ८ मेगापिक्सेलको छ । पछाडिको क्यामेरामा अटो फोकसको प्रयोग गरिएको छ भने पछाडिको क्यामेरामा एलइडी फ्लासको प्रयोग गरिएको छ ।क्यामेराका अन्यफिचरहरुमा जिओ–ट्यागिङ, फेस डिटेक्सन, एचडिआर र पानोरोमा रहेका छन् । स्मार्टफोनमा २ जिबी र्याम र १६ जिबीको इन्टर्नन स्टोरेज रहेको छ । एसडी कार्डको प्रयोग गरेर २५६जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने छ । एन्ड्रोइड मार्सम्यालो ६.०अपरेटिङ सिस्टमा चल्ने यस फोनमाक्वार्ड कोर १गिगाहजप्रोसेसरको प्रयोग भएको छ । फोनमाझिक्ननमिल्ने २ हजार ५ सय एमएएच ब्याट्री प्रयोगगरिएको छ । ब्लेड भि७लाइटका अन्यफिचरहरुमा डुअल सिम, फोरजी सपोर्ट, एफएम रेडियोलगायत छन् । स्मार्टफोनको बजार मूल्य १८ हजार ९ सय ९० राखिएको छ । नेपालीको महान चाड दशैलाई मध्यनजर गरेर जेडटिई ब्लेड भि७ लाइटको खरिदमा ७ सय रुपैयाँ दशै क्यास ब्याकअफर दिइएको छ भने स्मार्टफोनको खरिदमा २ हजार २ सय मूल्य पर्ने १० हजार एमएएचको पावर बैंक उपहर स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ ।
साढे चार अर्बको सेयर कारोबार
काठमाडौँ, १५ असोज । धितोपत्र बजारमा यस साता कुल १५८ कम्पनीको चार अर्ब ४५ करोड तीन लाख २८ हजार मूल्य बराबरको ५२ लाख ९२ हजार १६० कित्ता सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार गतसाता १५२ कम्पनीको पाँच अर्ब ६५ करोड ४६ लाख ५८ हजार बराबरका ७२ लाख ३९ हजार ७५० कित्ता सेयर खरिद बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा २१.२७ प्रतिशत कम रहेको स्टकले जनाएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २२.७४ अङ्कले बढेर अन्तिम दिन एक हजार ७५३.३८ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५.२२ अङ्कले बढेर ३८०.२६ अङ्कमा आइपुगेको छ । यससाता कारोबार रकमको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको ५३ करोड एक लाख २० हजार मूल्य बराबरको सेयर कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको सेयर सङख्या पाँच लाख ११ हजार कित्ताको आधारमा नबिल ब्यालेन्स फन्ड एक अग्रस्थानमा रहेको छ । यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष पाँच दिन खुला रह्यो । यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ । रासस
मलेसियाका लागि नेपाली राजदुत बस्नेतलाई कारवाही गर्न माग
काठमाडौं, १५ असोज । मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्नेतले आफ्नो र राजदुतावासको विरोधमा बोल्ने जो कोही नेपालीहरुलाई पनि विविध आरोप लगाएर नेपाल डिपोर्ट गर्ने गरेको पीडितहरुले आरोप लगाएका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर पीडित दम्पती टेकबहादुर राना र देवी गुरुङले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा पीडित देवी गुरुङ्ले राजदुत बस्नेतको कार्यशैलीको विरोध गर्दा जबरजस्ती नेपाल पठाईएको गुनासो पोखिन् । उनका अनुसार उनीहरु नाबालक छोरासहित सपरिवार नै सन् २०१० देखि मलेसियाको क्वाललम्पुरमा भूदी कञ्चन एमएसडिएन विएचडी (हिमालयन रेष्टुरेन्ट) व्यवसाय गरी काम गर्दै आएको र सन् २०१४ देखि मलेसिया नेपाली व्यवसायी संघको कोषाध्यक्ष भई काम गरिरहेका थिए । राजदूत बस्नेतले गैरकानुनी तवरबाट मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई ठेक्का दिई दूतावासकै परिसरमा कार्यालयका लागि निःशुल्क ठाउँ उपलब्ध गराई सो संस्थालाई बुझाएको च्ः १२५० को रसिद दिने तर च्ः २१०० सम्म भुक्तानी लिई नेपाली नागरिकलाई ट्राभल्स डकुमेन्ट दिने निर्णयको विरोध गर्दा आफूहरु यस्तो शिकार बनेको गुरुङ्ले सुनाईन् । उनले अघि थपिन्,‘भ्रष्टाचारजन्य कार्यको विरोध मलेसियाका सम्पूर्ण संघसंस्थाको मिटिङमा नेपाली व्यवसायीको तर्फबाट यस्तो भ्रष्टाचारी राजदूतलाई पेटिकोट र जुत्ताको माला लगाइनुपर्छ भनी अभिव्यक्ति दिएकै भरमा राजदूत डा. बस्नेतले २०१६ जनवरीमा मलेसियाको प्रशासन र अध्यागमनलाई हामी निवेदकहरुलाई विनाकारण ठगीको आरोप लगाउँदै नेपाल डिपोर्ट गर्न पत्र लेखे, सोही पत्र लेखिएको भनी हामीलाई जानकारीसहित मलेसियाको पुलिस अनुसन्धानका लागि २०१६ जुलाईमा हामीले सञ्चालन गरेको रेष्टुरेन्टमा आई स–परिवारको सबै डकुमेन्टहरु लिई एम्बेसीले लेखेको पत्र देखाउँदै अनुसन्धान गरिरहेका छौं भन्दै साधारण सोधपुछ गरेर गए ।’ मलेसियन प्रहरीले सोधपुछ गरेपछि आफूहरु ‘स–परिवार’लाई मलेसियन एम्बेसी र राजदूतले नेपाल डिपोर्ट गर्न पत्र काटेको स्मरण गर्दै गुरुङ्ले भनिन्,‘हामीले राजदूत बस्नेतलाई सम्बोधन गरेर सन् २०१६ अगष्ट २ तारिखमा पहिलो निवेदन र अगष्ट ९ तारिखमा दोस्रो निवेदन दिएर हामी मलेसियाको नियम कानुनभित्र रहेर व्यापार व्यवसाय गर्दै आइरहेको र यसैक्रममा केही कमीकमजोरी भएको भए त्यो सुधार गर्दै अगाडि बढ्ने जानकारी गराउँदै आपूmहरुलाई नेपाल डिपोर्ट नगराई मलेसियामै व्यापार व्यवसाय गरेर बस्न दिन अनुरोध गरेर पत्र लेखेका थियौं, तर राजदुतले हाम्रो निवेदनको वेवास्ता गर्दै हामीप्रति व्यक्तिगत रिसइबी र इगोको आधारमा मलेसियन अध्यागमन र प्रहरीलाई राजदूतले ताकेता गरी २०१६ अगष्ट २५ मा रेष्टुरेण्टको ढोका तोडफोड गरी हामी स–परिवारलाई पक्राउ गर्न लगाए ।’