ग्रीन डेभलपमेन्ट बैंकको सेयर सुचिकृत, ७ दिन पछि कारोबार हुने
काठमाडौं , २ मंसिर । ग्रीन डेभलपमेन्ट बैंकको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । नेप्सेले विहिबार सर्वाजनिक सुचना प्रकाशित गरी ग्रीन डेभलपमेन्ट बैंकले जारी गरेको १० लाख कित्ता साधारण सेयर सुचिकृत गरेको जनाएको छ । नेप्सेको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले निर्णय गरेअनुसार सो बैंकको सेयर सुचिकरण गरिएको हो । ग्रीन डेभलपमेन्ट बैंक र नेप्सेविच मंसिर १ गते सेयर सुचिकरण सम्झौता सम्पन्न भएको थियो । सेयर सुचिकरणको सुचना प्रकाशित भएको मितिले ७ दिनपछि मात्र नेप्सेमा बैंकको कारोबार सुरु हुने छ । बैंकको प्रधान कार्यालय बाग्लुङमा रहेको छ ।
बोइङको मूल्यांकन ढिलाइले कवाडीको भाउ पनि नआउने, मूल्यांकन गर्न काठमाडौं ल्याइएको जहाज तीन सातादेखि विमानस्थलमै थन्कियो
काठमाडौं २, मंसिर । नेपाल वायुसेवा निगमको तीन साता अगाडि सिंगापुरबाट काठमाडौं ल्याइएको एउटा बोइङ जहाजको मूल्यांक ढिलो भएको छ । निगमको एउटा १९० सिट क्षमताको बी ७५७ एसीए नामको बोइङ जहाज कवाडीमा बेच्ने निर्णय गरेपछि चार महिनादेखि यो जहाज ग्राण्उडेड भएको (थन्किएको) छ । निगमले कवाडीमा बेच्न लागेको यो जहाज काठमाडौंमा नै ल्याएर मूल्यांकन गर्ने भनेर तीन साता अगाडि झिकाएको भएपनि प्रविधिक कारण मूल्यांकन हुन नसकेको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए । उनका अनुसार निगमले बिक्री गर्ने निर्णय गरेको यो जहाजको मूल्यांकनमा ढिलाइ भएको छ । हामीले विदेशी कन्सल्यान्ट ल्याएर मूल्यांकनको जिम्मा दिने भनेकोले पनि ढिलाई भएको कंसाकार ले स्वीकार गरे । जहाज जति धेरे समय थन्कायो त्यति घाटा हुने स्वीकार गर्दै कंसाकारले भने हामीले चाहेर पनि छिटो गर्न सकेका छैनौ । अझै कति समय लाग्छ र कति रुपैयाँको मूल्यांकन हुन्छ भन्ने अुनमान पनि नभएको कंसाकारले बताए । यो जहाजलाई अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता भिकाएर मूल्यांकनको काम गर्ने भनेर विमानस्थलमा थन्किरहेको छ । उडान गर्न इन्जिनको क्षमता छैन, विक्री गर्न मूल्यांकन भएन वायुसेवा निगमको इन्जिनियरिङ विभागका एक कर्मचारीका अनुसार यो जहाजको उडान गर्न इन्जिनको क्षमता सकिएकाके छ । सिंगापुरबाट उडाएरै काठमाडौं ल्याउँदा यो जहाजको इन्जिनको उडान आवर सकिएको छ । यो जहाजको इन्जिन आवर सकिएको, जहाज इन्जिन बाहेक सम्पूर्ण मर्मत (सीचेक) गर्ने समय भएको र जहाजका दुबै इन्जिनको आयु सकिएकोले नयाँ राखेर उडान गर्न नसकिने भएकै कारण निगमले विक्री गर्ने निर्णय गरेको हो । जहाजको छिटो मूल्यांकन गरेर विक्री गरेर अलिअली पैसा आउनेमा निगमका उच्च तहका कर्मचारीको रुचि नमिल्दा जहाज टर्किस एयरको कवाडिमा बेचेझै यसलाइृ पनि बेच्नुपर्ने अवस्थामा पुगेको निगमकै कर्मचारी बताउछन् । उडाउन पनि मिल्दैन, थन्काउँदा पनि घाटा जहाज उडान गर्ने नमिल्ने भएकोले पुनः उडानमा ल्याउन अब संभव छैन । जहाज थन्काएर राख्दा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई, पार्किङ शुल्क तिरिरहनु पर्ने भएकोले नउडाउँदा र जहाज थन्काउँदा पनि घाटा नै रहेको निगमको भनाइ छ । प्राधिकरणले वायुसेवाको उडान, अवतरण, ल्याण्डिङ, पार्किङमा शुल्क लिने गरेको छ । यो जहाजले मासिक लाखौ शुल्क तिरेर पार्किङ गरिरहेको उल्लेख छ । निगमका अनुसार जहाजको मूल्य १८ देखि २० प्रतिशत मात्रै आउँँने अनुमान गरिएको भनि लामो समय थन्काएर राख्दा बाहिरी बडिको मात्रै पैसा आउने भएकोले उल्लेख रकम नहुने उल्ले छ । सन् २००४ पछि यो सिरिजको बोइङ उत्पादन बन्द भैसकेको छ । जहाज नयाँ उत्पादन नभएकोले बजार भाउ अनुसार नभएर यसको हरेक बडि र अन्य उपयोगि सामानका आधारमा मूल्यांकन हुने भएको छ । मूल्यांकनकर्ताले अन्तर्राष्ट्रि अभ्यास र जहाजको प्रयोग अनुसार मूल्यांकन गर्ने भएकोले निगमले अनुमान गरेभन्दा निकै कम वा सोही हाराहारीमा पनि हुनसक्ने निमकै एक उच्च कर्मचारीको बुझाई छ । सिंगापुरमा रहेको यो जहाजको ७० देखि ८० घण्टा मात्रै इन्जिनको उडान आवर बाँकी रहेको जहाज काठमाडौंसम्म मात्रै उडाएर ल्याउन सकिएको छ । अब यसलाइृ अन्त कतै लान नसकिने पनि निगमको भनाइ छ । निगमले भएकै अर्को एउटा वोइङ संचालन गर्ने र एयरवसकै थप दुई जहाज खरिद गर्ने भएको छ । हाल निगमसँग एउटा बोइङ र दुईवटा एयरवसका जहाजले अन्तर्राष्टिय उडान गरिरहेका छन् ।
यती डेभलपमेन्ट बैंकले लघु बित्त कर्जा लिनेकाे बीमा गर्ने, नेशनल लाईफ इन्स्योरेन्ससँग सम्झौता
काठमाडौं, २ मंसिर । यती डेभलपमेण्ट बैंकले बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने आफ्ना ऋणीहरुलाई “लघु अमृत जीवन बीमा” गरीदिन नेशनल लाईफ इन्स्योरेससँग सहकार्य गर्ने सम्झोतो गरेको छ । उक्त योजना अन्तर्गत ऋणीहरुलाई ५ हजार देखि ७ लाख रुपैयाँ सम्मको जोखिम बहन गर्नकोे लागि बीमा सेवा उपलब्ध गराईने छ । यदी कथंकदाचीत ऋणीको मृत्यु भएमा पुरा बिमाङ्क रकम ऋणीको हकवालाले प्राप्त गर्न सक्ने छन् । साथै मृतकको दाह संस्कार बापत बीमाङ्क रकमको १० प्रतिशत वा रु २५ हजार मध्ये जुन कम हुन्छ सो रकम बीमीतलाई भुक्तानी गरिने छ । दुर्घटनाको कारण स्थायी रुपमा पूर्ण अपाङ्गता भएमा अवस्था हेरी ५० प्रतिशत् देखि शत्प्रतिशतसम्म क्षति पुर्ति रकम बीमितलाई भुक्तान गरीने छ । बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने ऋणीहरु प्रत्यक्ष रुपमा “लघु अमृत जीवन बीमा” योजनाबाट लाभान्वित हुने बैंकले जनाएको छ ।
मेरी स्टोप्स् नेपालद्वारा मेरी स्टोप्स् इन्टरनेशनलसंगको साझेदारीको ४०औं वार्षिकोत्सव मनाइँदै
काठमाण्डौ, २ मंसिर । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले मेरी स्टोप्स् इन्टरनेशनलसँगको साझेदारीको ४०औं वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरी मनाउने भएको छ । उक्त उत्सवहरु संस्थाको सबै सेवा प्रदायक च्यानलहरुमा हुनेछ र अन्तिम दिन मंसिर ३ गते काठमाडौं स्थित मुख्य कार्यालयमा गर्ने उक्त संस्थाले जनाएको छ । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल, १९७६ मा स्थापित विश्वभरका यौन तथा प्रजनन स्वास्थ्य संस्थाहरुको ग्लोबल पार्टनरशिप मेरी स्टोप्स् इन्टरनेशनलसँग सम्बद्ध छ । उक्त संस्थाको अनुसार स्थापनाको ४० वर्षमा मेरी स्टोप्स् इन्टरनेशनल लण्डनको एउटा सानो एकल परिवार नियोजन क्लिनिकबाट बढेर एउटा ग्लोबल पार्टनरशिपमा परिणत भएको छ र ३७ वटा भन्दा बढी देशहरुमा करोडौं महिलाहरुलाई गर्भनिरोेधक तथा सुरक्षित गर्भपतनको सेवाहरु दिन सक्षम भएको छ । गत वर्ष, विश्वभर २ करोड १० लाख महिलाहरुले मेरी स्टोप्स् इन्टरनेशनलद्वारा उपलब्ध गर्भनिरोधक सेवाहरु प्रयोग गर्दै आएका छन् । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल १९९४ मा स्थापित भएको थियो । विगत ६ वर्षमा करिब ७७१,९७३ अनेच्क्षित गर्भहरु तथा करीब ५२६,४५९ असुरक्षित गर्भपतनहरु हुनबाट जोगाएको उक्त संस्थाको दावी छ । मेरी स्टोप्स् नेपालका कन्ट्री डाइरेक्टर शोफी होडरका भन्छन्–‘‘मेरी स्टोप्स् इन्टरनेशनलको “सन्तान करले होइन, रहरले” भन्ने लक्ष्य प्राप्तिमा काम गर्दै आएको छ र आफ्नो भूमिकाप्रति गर्व गर्दछौं । हाम्रो पार्टनरशिप विश्वभरीका महिला तथा परिवारहरुले सन्तान पाउने कि नपाउने छान्ने अधिकार पूरा गर्न स्थापित भएको हो र हामी यस अधिकारलाई नेपालीहरु माझ यथार्थ बनाउन प्रतिबद्ध छौं ।”
अष्ट्रेलियाका महिलाको कमाई पुरुषको भन्दा २३ प्रतिशत कम, ६ जना कार्यकारी मध्ये १ जना मात्र महिला
क्यानवेर्रा, १ मंसिर । अष्ट्रेलियाका महिलाले औसतमा पुरुषले भन्दा २३ प्रतिशत कम कमाई गर्ने गरेको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको लैङ्गिक समानता सम्बन्धी एक संस्थाले गरेको अध्ययनका अनुसार, सन् २०१६ को आर्थिक बर्ष सकिन लागेको यस समयसम्म पनि महिलाले औसतमा पुरुषले भन्दा २० हजार डलर कम कमाई गरेका छन् । करिब १२ हजार अष्ट्रेलियाली रोजगारदाता र चालिस लाख कामदारहरुमा गरिएको अध्ययनले यस्तो देखाएको सो संस्थाले जनाएको छ ।लैङ्गिक समानता सम्बन्धी संस्थाका निर्देशक लिब्बी लिओनस्ले “पूर्वाग्रह र विभेद” का कारण महिला र पुरुषको आम्दानीमा अन्तर परेको बताए । “तर मलाई लाग्छ, यहाँ केही सकारात्मक संकेतहरु पनि छन्,” उनले भने। उनका अनुसार अघिल्ला बर्षहरुको भन्दा यस बर्ष आम्दानीको अन्तर भने धेरै घटेको छ । यस बर्ष १.६ प्रतिशत घटेको उनले बताए । अष्ट्रेलियन ब्रोडकाष्टिङ कर्पोरेसन (एबीसी) सँग निर्देशक लिब्बीले भने, “समानतामा पुग्न हामी अझ धेरै हिड्न बाँकी छ ।” “अहिलेसम्म पनि ६ जना प्रमुख कार्यकारी अधिकृत मध्ये ५ जना पुरुष नै छन् र चार जना निर्देशक मध्ये तीन जना पुरुष छन्” उनले जानकारी दिए । निर्देशक लिब्बीले यो अन्तरको अन्त्य गर्न व्यवस्थापनको क्षेत्रमा महिलाहरु शसक्त रुपमा आईरहेको बताए । उनले भने “यहाँ अर्को पनि प्रेरणाको तथ्य छ, त्यो के भने यस बर्ष पहिलो पटक ४२ जना महिलाहरुले व्यवस्थापकीय जिम्मेबारी पाउने गरी नियुक्ती तथा पदोन्नती भएको छ । एजेन्सी
सिटी एक्सप्रेस मनी ट्रान्सफरको महाप्रबन्धकमा अजेश कोइराला नियुक्त
काठमाडौं, १ मंसिर । सिटी एक्सप्रेस मनी ट्रान्सफरको महाप्रवन्धकमा अजेश कोइराला नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकमा रेमिटान्स प्रमुख भई यो क्षेत्रको अनुभव लिएका कोइराला केही समय अघिदेखि अमेरिकामा बस्दै आएका थिए । त्यसैगरी, कम्पनीले कान्तिपुर समूहको ब्राण्ड म्यानेजरको रुपमा काम गर्दै आएका सन्देश कटुवाललाई ब्राण्ड प्रमुख र एभरेष्ट बैंकमा काम गर्दै अाएका रवि शाक्यलाई आइटी प्रमुख नियुक्त गरेको कम्पनी स्राेतले बतायाे । सन् २००६ देखि विप्रेषण सेवाकाे काम गर्दै आएको सिटी एक्सप्रेसले पछिल्लो समयमा कारोबार विस्तार गर्दै लगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरु मध्ये सबैभन्दा बढी कर तिरे बापत नविल बैंक सम्मानित
काठमाडौं, १ मंसिर । आर्थिक वर्ष २०७१/७२ मा बैंक तथा वित्तीय संस्थामध्ये सबै भन्दा बढी कर दाखिला गरे बापत नबिल बैंक आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ । उप प्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्णबहादुर महराले पाँचौ राष्ट्रिय कर दिवस २०७३ को उपलक्ष्यमा आन्तरिक राजस्व विभाग द्वारा आयोजित भव्य कार्यक्रमका मा विभिन्न क्षेत्रबाट बढी कर राजस्व योगदान गर्ने करदातालाई सम्मान प्रदान गरेक थिए । सो कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल कुमार खनालले उक्त सम्मानपत्र ग्रहण गरेका थिए । बैंक तथा वित्तीय संस्थामध्ये सबै भन्दा बढी कर दाखिला गरेर राष्ट्र निर्माणको लागी योगदान पुयाउन पाउ“दा बैंक परिवार निकै गौरवान्वित बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । नबिल बैंंकले यो भन्दा अगाडि पनि यस्तो सम्मान पाउदै आएको छ । बैंकले गरेका ब्यवसायिक कामका अतिरिक्त अन्य कार्यबाट, ब्यवसाय प्रसारणमा बृद्धि, रोजगारी सृजना तथा सरकारी राजस्वमा योगदान जस्ता राष्ट्र निर्माणमा अहम भुमिका रहने तथा समुन्नत एवं सुरक्षित समाज निर्माणका निम्ति भैरहेको देशको प्रयासमा केही मात्रामा भए पनि योगदान गर्न सकेकोमा आफूले गर्वको अनुभुति गरेको बैंकले जनाएको छ ।
सहकारीतर्फ सबैभन्दा बढी कर तिरेकोमा राष्ट्रिय सहकारी बैंक सम्मानित
काठमाडौं, १ मंसिर । आन्तरिक राजश्व बिभागले पांचौं राष्ट्रिय कर दिवसको अबसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर दाखिला गरे बापत कदर स्वरुप सम्मानपत्र र दोसल्लाका साथ सम्मान गरेको छ । पाँचौ राष्ट्रिय कर दिवसको अवसरमा बैंकले यस सम्मानआर्थिक बर्ष २०७१/२०७२ मा“सहकारी संस्था (क्षेत्र) तर्फ’’ सबैभन्दा बढी आयकर दाखिला गरे बापत प्राप्त गर्न सफल भएको हो, सो सम्मान उपस्थित विशिष्ट अथिति तथा पदाधिकारीका बीच अर्थमन्त्री कृष्णबहादुर महराले बैंकका प्रवन्ध संचालक के.वि. उप्रेतीलाई प्रदान गरेका छन् । राष्ट्रको तिनखम्वे अर्थनीति मध्येको एक सहकारी क्षेत्र भएकोभन्दै उप्रेतिले भने–बैंकले प्राप्त गरेको यो सम्मान देशका सम्पूर्ण सहकारी संघ÷संस्थाको पनि भएकोले सम्पूर्ण सेयर सदस्यहरु तथा सम्पूर्ण सहकारी क्षेत्रलाई बधाई ज्ञापन गर्दछु ।’