नेपाल बैंक ८० औ वर्षमा, तीन महिनाकाे नाफा १ अर्ब १६ कराेड
काठमाडौं , १ मंसिर । नेपाल बैंक लिमिटेड ८० औ वर्षमा प्रबेश गरेको छ । बैंकले आफ्ना ग्राहकलाई विगतमा झै आगामी दिनहरुमा पनि गुणस्तरीय एवं सरल बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलब्ध गराउदै जाने प्रतिवद्धता व्यक्त गरेको छ । हाल यस बैंकको सेयर पूँजी संरचनामा सरकारको ६२ दशमलव २१ प्रतिशत तथा सर्वसाधारण एवं कर्मचारीहरुको ३७ दशमलव ७९ प्रतिशत कायम भै जम्मा चुक्ता पूँजी शेयर ६ अर्व ४९ करोड रहेको छ । ०७३ आश्विन मसान्तसम्ममा पुँजीकोष अनुपात १२ दशमलव १२ प्रतिशत पुगेको छ । यसरी बैंकको पूँजीकोषमा उल्लेखनीय सुधार भै बैंक प्रगति पथमा अगाडि बढ्न सफल भएको छ । यस आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले अपेक्षित उपलब्धी हासिल गरेकोे छ । ०७३ आश्विन मसान्तमा बैंकले १ अर्ब १६ करोड खुद मुनाफा (अपरिष्कृत) गरेको छ । बैंकमा ८६ अर्ब २२ करोड निक्षेप रहेको छ । कर्जा तथा सापटी तर्फ ६६ अरब ३ करोड कर्जा प्रवाह भएको छ । बैकको निष्कृय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको छ । ले १ अर्ब १६ करोड खुद मुनाफा (अपरिष्कृत) गरेको छ । बैंकमा ८६ अर्ब २२ करोड निक्षेप रहेको छ । कर्जा तथा सापटी तर्फ ६६ अरब ३ करोड कर्जा प्रवाह भएको छ । बैकको निष्कृय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको छ ।
भारतले ढिला गरी भए पनि नेपालीसँगकाे भारू साट्ने विज्ञहरूकाे विश्वास, सरकारी प्रयास अप्रर्याप्त
काठमाडौं, १ मंसिर । नेपालीसँग भएको पच्चीस हजार भारुसम्म सटही सुविधाका लागि सरकारले तत्काल भारतीय पक्षसँग गम्भीर छलफल गर्नुपर्नेमा अर्थविदहरुले जोड दिएका छन् । २५ हजार रुपैयाँ भारु राख्न पाउने व्यवस्था भएकाले उक्त परिमाणको रकम साट्न सरकारले भारतसँग विशेष छलफल गर्नुपर्नेमा उनीहरुको जोड थियो । काठमाडौमा बुधबार भएको कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भारतले भारु ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाललाई पनि त्यसको प्रत्यक्ष असर परेको भन्दै त्यसको समाधानका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताए । सरकारले अहिले गरिरहेको प्रयास पर्याप्त नभएको उनको भनाई थियो । ‘अहिले पनि प्रधानमन्त्री र राष्ट्र बैंकका गभर्नरले भारतीय पक्षसँग कुराकानी गरिरहनुभएको छ भन्ने कुरा आएको छ त्यो पर्याप्त देखिदैन ।’ उनले भने, ‘सरकारले यसबारे अझै प्रभावकारी कदम चाल्न आवश्यक छ ।’ भारतीय कदमबाट नेपालीहरुले विदेशी मुद्रा धेरै सञ्चय गरेर राख्न नहुने पाठ सिक्नुपर्ने उनले बताए । कार्यक्रममा बोल्दै पुर्व गभर्नर एवम् अर्थविद् डा. तिलक रावलले भारतले त्यहाँको ठूलो पुराना नोट ‘अवमूल्यन’ गरेयता आफ्नै जनताको समस्या समाधान गर्न नसकिरहेका बेला नेपाल सरकारले पत्र पठाउने वित्तकै सम्बोधन गर्छ भनेर अपेक्षा गर्न नसकिने बताए । यद्यपी सरकारले पहल जारी राख्नुपर्नेमा उनको जोड थियो । ‘राष्ट्र बैंकले वा सरकारले पत्र लेख्ने वित्तिकै तुरुन्तै भारतले पैसा साटिदिन्छ भन्ने कुरा होइन’, रावलले भने, ‘त्यसैले पैसा साटिएन भनेर तुरुन्तै आत्तिहाल्नुपर्ने अवस्था पनि छैन ।’ भारत सरकारकै आग्रह अनुसार राष्ट्र बैंकले नेपालमा ५ सय र १ हजारको भारु नोट चलनचल्तीमा ल्याएको स्मरण गर्दै पूर्व गभर्नर रावलले भने, ‘भारतले पनि नैतिक रुपमा नेपालीसँग भएको रकम साट्नुपर्छ ।’ नेपालीहरुले पनि अब आफ्नै देशको मुद्रा पनि गोजिमा वा सिरानी मुनी नराखी बैंक तथा वित्तीय संस्थामा राख्न पाठ सिक्नुपर्ने उनको भनाई थियो । अर्थविद् डा. डिल्लीराज खनालले भारु नोटका विषयमा भारतले हालै चालेको कदम नौलो नभएपनि नेपालमा त्यसको प्रभाव गहिरो रुपले परेको औँल्याए । २५ हजारसम्म भारु नोट राख्न पाउने गरी सरकारले नै व्यवस्था गरेकाले उक्त परिमाणमा रकम साट्ने व्यवस्था मिलाईदिने दायित्व सरकारको भएको खनालको भनाई थियो । कार्यक्रममा अर्थविद् डा. हरि रोकाले कुनै पनि राष्ट्रमा परिस्थितिअनुसार ‘मनि डिमोर्टिलाईज’ गर्नु अस्वभाविक नभएपनि पछिल्लो भारतीय कदम पूर्ण रुपमा मौद्रिक व्यवस्थापनसँग सम्बन्धित नभएको टिप्पणी गरे । कालोधन, आतंकवाद र नक्कली नोटलाई निरुत्साहित गर्न भन्दै गतसाता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र १ हजार भारु नोटमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । भारतले उक्त दरका नोटमा प्रतिबन्ध लगाएको लगत्तै गत शुक्रबारै नेपालीसँग भएको भारु सटहीका लागि आग्रह गर्दै नेपाल राष्ट्र बैंकले पत्र पठाएपनि भारतले त्यसको जवाफ दिएको छैन । पत्र बुझेको एकसाता पुग्दासमेत भारतबाट कुनै जवाफ नआएपछि आफुसँग भएको रकम नसाटिने आशंकामा सर्वसाधरणमा चिन्ता बढ्दै गएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिीबि नेपालले पनि भारतीय समकक्षी उर्जित पटेलसहित भारतीय राजदूत रणजीति रायलगायतका भारतीय अधिकारीसँग पटक–पटक छलफल तथा वार्ता गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीअन्तर्गत ३ करोड ३६ लाख ९० हजार भारु रहेको बताएपनि सीमा क्षेत्रका नेपालीसँग त्यो धैरै गुणा बढी भारु रहेको ठानिएको छ । सुदुरपश्चिममा मात्रै पाँच अर्बभन्दा बढी भारु रहेको अनुमान गरिएको छ ।
स्वर्गीय पत्रकार न्यौपानेको सन्ततिका लागि नेजाको सहयोग
अमेरिका, १ मङ्सिर । उपचारको क्रममा हालै निधन भएका पत्रकार सञ्जय न्यौपानेको सन्ततिका लागि नेपाल–अमेरिका पत्रकार सङ्घ(नेजा)ले आर्थिक सहयोग सङ्कलन गरेको छ । हालसम्म रु ११ लाख सङ्कलन गरेको नेजाका अध्यक्ष भोला आचार्यले जानकारी दिए । सङ्कलन गरिएको रकम न्यौपानेका सन्ततिका नाममा मुद्दति खाता खोलेर उनीहरूको शिक्षामा खर्च गरिनेछ । सङ्कलन भएको रकम नेपाल पत्रकार महासङ्घमार्फत चाँडै नै न्यौपानेको परिवारलाई हस्तान्तरण गरिने नेजाद्वारा गठित सहयोग सङ्कलन समितिका संयोजक नारायणप्रसाद सापकोटाले बताए । आर्थिक पत्रकार समाजका पूर्वउपाध्यक्ष तथा आर्थिक दैनिक कारोबारका पूर्वसम्पादक न्यौपानेका एक छोरा र एक छोरी रहेका छन् ।
रेमिट्यान्सतर्फ आईएमईले पायो उत्कृष्ट करदाता सम्मान, लगातार तीन पटक सम्मानित
काठमाडौं, १ मंसिर । रेमिटेन्स सेवाको प्रदान गर्दै आएको नेपालको अग्रणी कम्पनी आईएमईले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । आन्तरिक राजश्व विभागले प्रज्ञा भवन कमलादीमा बुधबार आयोजना गरेको पाँचौं कर दिवसको अवसरमा आईएमईले उक्त सम्मान पाएको हो । रेमिटेन्स कम्पनीहरु मध्ये गएको आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी कर तिरे वापत नेपाल सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले आईएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गर्नुभएको हो । आईएमईले यो सम्मान विगत तीन वर्षदेखि निरन्तर पाउदै आएको छ । आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १६ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५२०० भन्दा बढी शाखा/सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको कम्पनीले जनाएको छ ।
७० प्रतिशत बोनस प्रस्ताव गरेसँगै एभरेष्ट बैंकमा ओइरिए लगानीकर्ता,बुधबार मात्र झण्डै ३९ करोडको कारोबार
काठमाडौं, १ मंसिर । लगानीकर्ताहरु यतिवेला एभरेष्ट बैंकमा तानिएका छन् । बुधबार मात्र बैंकको झण्डै ३९ करोड रुपैयाँ बराबरको सेयर किनेवेच भएको छ । यो बुधबार कारोबार भएको कुल रकमको ३३ प्रतिशत हो । बैंकको बुधबार बसेको सञ्चालक समितिको २४७ औ बैंठकले ७० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेस गरेको सुचना सार्वजनिक भएपछि एभरेष्ट बैंकको सेयर कारोबार ह्वात्तै बढेको हो । बुधबार मात्रै एभरेष्ट बैंकको १ लाख १ हजार ८ सय ७९ कित्ता शेयर कारोबार भएको छ । यसदिन नेशनल लाइफ इन्सुरेन्सको पनि २२ करोड ७५४ लाख बराबरको सेयर किनवेच भएको छ । बुधबार समग्र नेप्से परिसुचक भने ३ दशमलव ०१ अंकले ओरालो लागेको छ । बैकिङ ५ दशमलव ६१ अंकले, विकास बैंक १३ दशमलव ६९ अंकले र जलविद्युत २३ दशमलव ९४ अंकले ओरालो लागेको छ । त्यस्तै होटल ४२ दशमलव ६८ अंकले, फाइनान्स १.३१ अंकले, विमा ६२.५८ अंकले र अन्य उपसुचक १ दशमलव १६ अंकले बढेको छ । यसदिन सवैभन्दा धेरै १० प्रतिशतको हाराहारीमा सिर्जना फाइनान्सका लगानीकर्ताहरु कमाएका छन् । त्यस्तै अरुण फाइनान्स, नेसनल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले पनि कमाए । गुमाउनेहरुमा आइएलफसिओ माइक्रोफाइनान्स संस्था,महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्था, रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । दिनभर एक सय ३४ कम्पनीको एक करोड १९ लाख बराबरको १० लाख कित्ता सेयर विक्रि भएको छ ।
मोटो धानको मूल्य प्रतिक्वीन्टल एक हजार नौ सय ५०
धनगढी, १ मङ्सिर । धान बिक्री गर्दा उचित मूल्य नपाएको गुनासो कृषकले गरिरहेको बेला नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले धानको खरिद मूल्य निर्धारण गरेको छ । प्राथमिक खरिद समिति कैलालीको मङ्गलबार बसेको बैठकले मोटो धानको खरिद मूल्य प्रति क्वीन्टल रु एक हजार ९५० निर्धारण गरेको संस्थानका कार्यालय प्रमुख डिल्लीराज लम्सालले जानकारी दिए । खेती गर्दा लाग्ने लागत खर्च, उत्पादन परिमाण, र स्थानीय बजार मूल्यलाई आधार बनाई खरिद समितिले धानको खरिद मूल्य निर्धारण गर्ने गरेको छ । संस्थानको अत्तरिया नगरपालिकाको मोहनपुरमा रहेको गोदाममा आजैबाट काँटा सञ्चालन गरी किसानको धान खरिद गर्ने व्यवस्था मिलाइएको लम्सालले बताए । यस्तै जिल्लाका टीकापुर, सत्ती, भजनी र जोशीपुरमासमेत संस्थानले काँटा सञ्चालन गर्न लागेको छ । यस वर्ष नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयलाई ५० हजार क्वीन्टल धान खरिद गर्न केन्द्रबाट स्वीकृति प्राप्त भएको छ । विगतका वर्षमा संस्थानले मोटो, मध्यम र मसिनो धानको खरिद मूल्य निर्धारण गर्ने गरेकामा विगत दुई वर्षदेखि मोटो धानको मात्र खरिद मूल्य निर्धारण गर्ने गरेको छ । रासस
मन्त्रालयहरूबीचकाे सम्बन्ध भारत र पाकिस्तानबीचकाे सम्बन्ध जस्ताे ‘सत्रुता साँध्ने’
विकास समितिले निरन्तर रुपमा विकास र पूर्वाधारका आयोजनाहरुको द्रुतत्तर निर्माणमा जोड दिँदै आएको छ । हाम्रो मुलध्येय भनेको विकास निर्माणमा सहजीकरण हो । हामीले विकासे आयोजनाहरुमा कहाँ कहाँ के के समस्या छ र तीनको समाधानका उपाय के के हुन भन्ने पत्ता लगाएर निर्देशन तथा सुझाव समेत दिने गरेका छौं । वर्षिक रुपमा प्रतिवेदन पनि पेश गर्दै आएका छौं । तर हाम्रा प्रतिवेदनहरु रद्दिकाे टोकरीमा फ्याक्ने गरिएको छ । सरकारले संसदका समितिहरुलाई टेरिरहेको छैन । यदि संसद र समितिको काम छैन भने सरकारको पनि काम छैन्, त्यस्तो अवस्थामा लोकतन्त्रको पनि काम हुन्न । हामीले दिएका निर्देशनहरु के के कार्यान्वयन भएका छैनन्, तिनलाई समेटेर छुट्टै पुरक प्रतिवेदन संसदमा पेश गर्दैछौं । त्यसको जवाफ सम्बन्धित मन्त्री र सरकारसँग माग्छौं । फूल हाउसमा हाम्रो पूरक प्रतिवेदन माथि छलफल गराउँछौं । हामी विकास निर्माणमा देखिएको अवरोध हटाउँन चाहान्छौं । विकास निर्माणमा सहजीकरण गर्न खोज्छौं । तर हाम्रा मन्त्रालयहरुबीचकाे सम्बन्ध भारत र पाकिस्तान जस्ताे छ, जो सधैं एक अर्काप्रति सत्रुता साँध्छन् । प्रत्येक सरकारी निकायले एकले अर्कालाई सक्दो असहयोग गर्छन् । वन मन्त्रालयले वन काट्न नदिएर अवरोध गर्छ । भूमिसुधारले जमिन नदिएर अवरोध गर्छ । वातावरण मन्त्रालयले इआइएको रिपोर्टमा अवरोध गर्छ । कानुनले पनि कुनै दफा देखाएर रोकिदिन्छ । स्थानीय विकास मन्त्रालयले निर्माण सामग्रीमा हलो अड्काउँछ । अर्थ मन्त्रालयले बजेट नदिएर अड्काउँछ । राष्ट्रिय योजना आयोगले आफ्नो खल्तिको योजना नभए अख्तियारी र स्विकृति नै दिँदैन । भौतिक मन्त्रालयका प्राबिधिकले आफू अनुकुल व्यक्तिले नबनाएको डिजाइन स्विकृत नै गर्दैनन् । अनि कसरी सम्भव हुन्छ हाम्रो विकास ? मेरो विचारमा विकास निर्माणका अवरोधकहरु यस्ता छन् । १) अन्तरमन्त्रालय समन्वयको अभाव २) योजना आयोगले समयमै अख्तियारी नदिनु ३) बेमौसमी सरुवा आतंक ४) वन र वातावरण मन्त्रालयको असहयोग ५) स्थानिय विकास मन्त्रालयले निर्माण सामग्रीको आपुर्तिमा सहयोग नगर्नु ६) ठेकेदारको लापरवाही ७) तयारी बिना हचुवाका भरमा बनाइएका योजना हुनु ८) साइड समेत स्पष्ट नगरि ठेक्का पट्टा लगाउनु ९) काम नगर्नेलाई दण्डित गर्ने परिपाटीको अभाव १०) क्षमता र दक्षताको पनि अभाव ११) जवाफदेहिता बिहिन जनप्रतिनिधी हुनु कतिपय सन्दर्भमा हाम्रो अदालत पनि विकास मैत्री नभएर विकास बिरोधीका रुपमा उभिँदै आएको छ । त्रिपुरेश्वर–कलंकी–नागढुङगा सडकमा हाम्रो अदालत पनि विकास बिरोधीका रुपमा खडा भएको छ । यो सडकमा अदालतले अवरोध गर्नु भएन र सरकारले स्थानिय जनतालाई उचित क्षतिपुर्ति दिनुपर्छ भन्ने हाम्रो धारणा हो । २०७१ साल बैशाख ३० गतेपछि समितिको १०२ वटा बैठक बसिसकेको छ । हामीले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बोलाएर दर्जनौं पटक छलफल गरेका छौं । तर हाम्रा छलफलबाट निष्किएका निष्कर्ष र निर्देशनहरुको कार्यान्वयन अपेक्षाकृत रुपमा गरिएका छैनन् । यसको अर्थ हो हाम्रो प्रशासनिक संरचना विकास मैत्री छैन र हामी जनप्रतिनिधि पनि विकासका लागि जवाफदेहि छैनौं । (विकास समितिले आफ्नो कार्य प्रगतिबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति अधिकारीले व्यक्त गरेको धारणा)
एभरेष्ट बैंकले ७० प्रतिशत बोनस सेयर दिने, बोनसपछि ३३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं, १ मंसिर । एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । आज बसेको बैंक सञ्चालक समितिको २४७ औ बैठकले ७० प्रतिशत बोनस दिएपछि करिव ३३.३३ प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको अनुमोदन आवश्यक हुन्छ । बैंकले गत आर्थिक वर्षको नाफाको साथै विगतका वर्षको संचितिबाट उक्त नाफा वितरण गर्न लागेको हो । बैंकको सेयर बुधबार प्रति कित्ता ३७ सय ९५ रुपैयाँमा कारोबार भएको छ । २ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको थियो । राष्ट्र बैंकको नियम अनुसार बैंकले हरेक वर्ष नाफाको कम्तिमा २० प्रतिशत संचित कोषमा जम्मा गर्नुपर्छ । त्यस आधारमा बैंकले गत वर्षको नाफाबाट बढीमा ५० प्रतिशत नाफा बोनस सेयर दिन सक्थ्यो । तर एभरेष्ट बैंकले अघिल्ला वर्षहरुको नाफाबाट केही फ्रि रिर्जभ राख्दै आएकोले सोही कोषबाट यस वर्ष बढी बोनस दिने निर्णय गरेको बैंक उच्च स्रोतले बतायो । हाल यस बैंकको संचित कोषमा ५ अर्ब ८६ करोड रुपैयाँ छ । आगामी असार मसान्तसम्ममा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ । ७० प्रतिशत बोनस सेयर जारी गरेपछि पनि बैंकको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ मात्र हुनेछ । बोनस सेयर निश्काशनपछि ३ बराबर १ अर्थात करिव ३३ प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरेको छ । त्यसमा चालु अावकाे नाफाले बैंककाे सेयर पुँजी ८ अर्बभन्दा बढी हुनेछ । बैंककाे याे निर्णयसँगै मर्जर तथा एक्विजशनकाे सम्भावना टरेर गएकाे छ ।