विकासन्युज

२५ मेगावाटको माथिल्लो दोर्दी आयोजनाको सुरुङ ब्रेक थ्रु, ८० प्रतिशत काम सकियो

काठमाडौ। लिबर्टी इनर्जी कम्पनी लिमिटेडले लमजुङको ढोडेनी फलेनीमा निर्माण गरिरहेको २५ मेगावाटको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको सुरुङ छेडिएको छ । कुल २ हजार ६२३ मिटर सुरुङ बिहीबार छेडिएको हो। कम्पनीका अध्यक्ष कुशकुमार जोशी र प्रबन्धक संचालक आत्माराम घिमिरेले स्चीच अन गरी अन्तिम ब्रेक थ्रु को ब्लास्ट गरेका थिए। सो कार्यक्रममा गण्डकी प्रदेश लम्जुङका संसद धनन्जय दवाडी, नेकपा जिल्ला संयोजक कृष्ण अधिकारी, नेपाली काँग्रेस जिल्ला सदस्य हरि बराल, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा, श्री जंग गणका गणपति शिखर जबराको उपस्थिति थियो । कार्यक्रममा कम्पनीका अध्यक्ष जोशीले लक्षित समयभित्रै विद्युत उत्पादन गर्ने प्रतिबद्धता जनाए। उत्पादित विद्युत खेर नजाने कुरा कम्पनी विश्वस्त रहेको पनि बताए। यस्तै, साँसद दवाडीले लमजुङ लगानीमैत्री जिल्ला भएको भन्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे । उनले निर्माण क्रममा देखिने समस्या समाधान गर्न राजनीतिक दल र स्थानीयको पूर्ण सहयोग हुने पनि बताए । राजनीतिक दल, स्थानीय, सरकारी निकाय तथा सरोकार समिति र कम्पनीका सम्पूर्ण कर्मचारीको सहयोगले समयमै सुरुङको काम पूरा भएको प्रबन्ध निर्देशक घिमिरेले बताए । आयोजनाको हेडवक्र्सदेखि २ हजार ६२३ मिटर सुरुङ्ग र २ हजार ८५४ मिटर पेनस्टक पाईप निर्माण रहनेछ । हालसम्म आयोजनाको करिब ८० प्रतिशत निर्माण पूरा भएको छ । आगामी फागुनसम्म आयोजनाका सम्पूर्ण संरचना निर्माण तथा उपकरण जडान गर्ने लक्ष्य राखिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंकले ऋण लगानी गरेका छन् । ३ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा अहिलेसम्म २ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ ।

गाउँंगाउँंमा सिंहदरबार बनाउँदै गोर्खा इको प्यानल

काठमाडौं । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलले गाउँंगाउँंका भौतिक संरचनाको निर्माणलाई तीव्रता दिएको छ । गाउँंगाउँंमा सिंहदरवार भने पनि सरकारले त्यहाँंको भौतिक संरचना निर्माण आवश्यकता अनुसार बनाउन नसकिरहेको बेला गाउँंगाउँंका गाउँंपालिका, नगरपालिकाका कार्यालयहरु, स्वास्थ चौकी, स्कुललगायतका भबन गोर्खा इको प्यानलको प्रयोगबाट बनिरहेको हो । गोर्खा इको प्यानल आधुनिक ढलान निर्माण सामाग्री हो । बाहिरी तथा भित्री पार्टेशन वाल (पर्खाल) को रुपमा यसको प्रयोग हुन्छ । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । किनकि यो पहिला नै कारखानामा निर्माण सम्पन्न गरी निर्माणस्थलमा जोडे मात्रै हुन्छ । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले प्यानलबाट पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पुगेका जनाए । हिमाल, तराई, पहाडका जिल्लाहरुमा पनि यसको विशेष माग रहँंदै आएको उनले सुनाए । विशेष गरेर विकट पहाडी जिल्लाहरु जहाँं निर्माण सामाग्रीहरु पुयाउन गाह्रो हुन्छ, त्यस्तो ठाउँंमा यसको विशेष माग रहने गरेको उनले सुनाए । यसको प्रयोग गर्दा सिमेन्ट, वालुवा, पानी पनि नचाहिने हुनाले विकट ठाउँंमा यो बहुउपयोगी भएको उनले सुनाए । सीईओ इन्जिनियर दुवालका अनुसार अहिलेसम्म धादिंगको सिद्धलेक गाउँंपालिका कार्यालय र वडा कार्यालयहरु, अर्घाखाँंचीको भूमिकास्थान नगरपालिकाको भबन, सोलुखुम्वूको दुर्लुग दुधकोशी गाउँंपालिका, रामेछापको खाँंडादेवी गाउँंपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँंपालिका, सिन्धुपाल्चोकको इन्द्रवती गाउँंपालिकाका कार्यालयहरु बनाएका छन् । साथै अन्य सरकारी भबनहरु जस्तै मुस्ताग, जुम्ला, दोलखा, संखवासभाका पशु सेवा केन्द्रहरु बनाएका छन् । साथै उपल्लो मुस्तागको च्यांग्राफार्म, दोलखाको पशु विकास फार्म, नेपाली सेना अन्तर्गत संखुवासभाकोे मकाल वरुण राष्टिय निकुञ्ज अनि वाग्लुगको ढोरपाटन सिकार आरक्ष क्षेत्र, काठमाडौंको शिवपुरी राष्टिय निकुञ्जमा आर्मी क्याम्पहरु बनाएका छन् । सीईओ इन्जिनियर दुवुाल तीव्र निर्माणका लागि यस्ता प्यानलहरुको प्रयोग जरुरी रहेको औल्याउँंछन् । ‘अहिले बजारमा विभिन्न प्रकारका निर्माण सामाग्रीहरुको उत्पादन भइरहेका छन् । परम्परागत विधि अपनाई बनाउने हो भने एउटा साधारणतया एकतल्ले भबन बनाउन घटीमा पनि एक वर्ष लाग्छ । यस्तो अवस्थामा तीव्र पुननिर्माण सम्भव छैन, सीईओ इन्जिनियर दुवालले थपे, तीव्र निर्माण सम्पन्न गर्ने हो भने प्रिफ्याविकेटेट् प्रविधि अपनाउनपर्छ । यसको मतलब कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा लगी जोड्ने निर्माण समाग्रीको प्रयोगमा जोड दिनुपर्छ ।’ यसले गाउँंघरको जनशक्ति अभाबको समस्यालाई पूर्ति गरिदिने उनी सुनाउँंछन् । साथै गुणस्तर कायम हुने उनको दावी छ । साथसाथै हलुका भएकोले निर्माणस्थलसम्म सजिलै पुयाउन सकिने उनी सुनाउँंछन् । अधिकांश युवाहरु विदेश पलायन भएका कारण गाउँंमा काम गर्नसक्ने दक्ष जनशक्तिको अभाब रहेको सुनाउँंदै उनी भन्छन्, ‘नेपालको विकट भूवनावटका कारण निर्माण सामाग्री ढुवानी गर्न महँंगो छ । वालुवा, सिमेन्ट, ढुंगा, इटा लान कठिन छ । यस्तो अवस्थामा तीव्र निर्माण होइन, निर्माण नै हुन सकिरहेको छैन । दक्ष जनशक्तिको अभाबमा गाउँंकै निर्माण सामाग्री प्रयोग गर्ने हो भने पनि गुणस्तरीय छैन ।’ यस्तो अवस्थामा समस्याको समाधान भनेको गाउँंसम्म लैलान सजिलो हलुका, कारखानामै पहिला गुणस्तर परीक्षण गरी बनाइएको प्रिफ्विकेटेट निर्माण सामाग्रीको प्रयोग गर्नु उपयुक्त हुने उनको भनाई छ । गाउँंगाउँंमा सिंहदरवार बनाउने सरकारी सपना पूरा गर्ने हो भने नेपाल सरकारले नीतिगत रुपमै स्थानीय निकायहरुको भौतिक संरचना निर्माण गर्न स्वदेशमै निर्मित प्रिफ्याब प्यानलहरु प्रयोग गरेर बनाउनुपर्ने उनको सुझाब छ । यसो भयो भने मात्रै यो नाराले सार्थकता पाउने उनको विश्वास छ ।

मिस्टर नेपाल वर्ल्ड २०१८ को विजेता चितवनको बिकल्प श्रेष्ठ

काठमाडौं। २००१ बाट नेपालमा सुरु हुदै आएको मिस्टर वर्ल्डको फ्रेनचाईज शो नेपालमा होटल अन्नपूर्णमा मिस्टर नेपाल २०१८ समपन्न भएको छ। एक्पोस नेपालबाट आयोजना गरिएको र सुजुकी टाईटल स्पोन्सर रहेको मिस्टर नेपाल को फाइनल असोज १३ गते  भएको कार्यक्रममा १८ जना सहभागिता थिए जस मध्ये मिस्टर नेपाल लगाएत ८ वटा टाइटलमा सहभागी बिजेता भएको छन जसमा मिस्टर नेपाल वर्ल्ड २०१८ बिकल्प श्रेष्ठ, मिस्टर नेपाल युनिभर्स एम्बास्डर २०१८ सुसान महर्जन, मिस्टर नेपाल म्यान अफ द यियर सन्दिप केसी, मिस्टर नेपाल ईन्टरनेसनल २०१८ प्रदिप न्यौपाने, मिस्टर नेपाल मेन याटिट्युड २०१८ चन्दन चौधरी, एक्पोस नेपाल टुरिसम एम्बास्डर २०१८ सागर परियार,एक्पोस नेपाल युथ एम्बास्डर सबिन बराल र एक्पोस नेपाल स्पोर्टस एम्बास्डर दिपेस श्रेष्ठले हात परेका छन्। मिस्टर नेपाल का सी. इ.ओ अर्चना बस्नेतले कार्यक्रम अहिले सम्मको सबैभन्दा राम्रो र उत्कृष्ट साथै निष्पक्ष नतीजा भएको र यस्तो कार्यक्रमले समाजमा रहेको प्रतिभा बाहिर आउने र समाज मा परिबर्तन गर्न यस्तो कार्यक्रमले मदत गर्ने साथै चितवनबाट आउनु भइ बिजेता हुनु भएकोमा मिस्टर नेपाल को बिजेता बिकल्प श्रेष्ठ लाइ धन्यबाद ज्ञापन गरिन्। त्यस्तै मिस्टर नेपाल का बिजेता बिकल्प श्रेष्ठलाइ सुजुकी को चाबी दिदै सुजुकी का मार्केटिंग म्यानेजर नबराज कोइरालाले समाजमा लुकेको को प्रातिभालाई बिश्व सम्म पुर्याउन पाउँदा हामीलाई धेरै खुसी लागेको बताए । नेपालको सान रहेको मिस्टर नेपाल जस्तो कार्यक्रममा निरन्तर सहयोग गर्दै अगाडी बढने कोइरालाले बताए। यसपालीकोको मिस्टर नेपाल बिजेताले मिस्टर वर्ल्ड २०१९ मा सहभागी हुन पाउनेछन।

चिनीको मूल्य किलोको ६३ रुपैयाँ निर्धारण गर्न संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ ।समितिको बिहीबार बसेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा गठित सो समितिमा सांसद प्रदीप यादव, पार्वता डिसी चौधरी, प्रेम आले र चन्दा चौधरी रहेका छन् । उपसमितिलाई सो विषयमा अध्ययन गरी समितिसमक्ष प्रतिवेदन बुझाउन एक हप्ताको समय सीमा दिइएको छ । बैठकले चिनीको मूल्य किलोको ६३ रुपैयाँ नै निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बैठमा सांसदले चाडपर्वको मुखमा चिनीलगायत दाल, तेल, तरकारी एवं पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै बजारमाथि सरकारले हस्तक्षेप गर्न आग्रह गरेका थिए । उनीहरुले सरकारले चिनीको बजार मूल्य ६३ भन्दा माथि नजाने भन्दा भन्दै अहिले के कारणले ८० माथि पुग्यो ? भन्ने प्रश्न गरेका थिए । साथै खाने तेलको एक लिटरमा २५, दाल एवं गेँडागुडीमा प्रतिकिलो १५ भन्दा माथि मूल्यवृद्धि हुँदा सरकारले प्रभावकारी बजार अनुगमन गर्न नसकेकामा उनीहरुले चिन्ता व्यत्त गरेका छन्। समितिका सभापति भरतकुमार शाहले चिनीको अस्वाभाविक रुपमा मूल्यवृद्धि भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए। सांसद भट्टले दैनिक उपभोग्यका वस्तुको मूल्यवृद्धि हुँदा जनतालाई समस्या परेको चर्चा गर्दै बजारलाई सरकारले हस्तक्षेप गर्नुपर्छ भने । सांसद चन्दा चौधरीले अहिले बजारका पसलपिच्छे चिनीको मूल्य फरकफरक हुँदा नियमनकारी निकाय मौन बसेको आरोप लगाए। सांसद प्रदीप यादवले चिनी आयातमा प्रतिबन्ध लगाउन नहुने विचार व्यक्त गर्दै उखु किसानले अहिलेसम्म आफ्नो उखुको मूल्य पाएका छैनन् भने। सांसद राजेन्द्र केसीले एक हप्ताको बीचमा चिनीमा मात्र प्रतिकिलो १५ रुपैयाँसम्म मूल्यवृद्धि भएको भन्दै चाडबाडको मुखमा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि हुँदा कसरी सुखी नेपाली हुन्छन् ? भन्ने प्रश्न गरे । सांसद हृदयेश त्रिपाठी र विरोध खतिवडाले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुन नदिन सरकारले बजारलाई हस्तक्षेप गर्न ढिलाइ गर्न नहुने धारणा राखे । सांसद चन्दा चौधरी, पार्वती डिसी चौधरी, पार्वतीकुमारी विसङ्खेले बजारमा दैनिक उपभोग्यका वस्तुमा अप्रत्याशित रुपमा मूल्यवृद्धि भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए। –––

सेयर बजार रातो हुदा एनएमबी बैंकको सेयर बढी करोबार, यस्तो छ कारण

काठमाडौं । सेयर बजार घटेका बेला एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । साताको अन्तिम दिन सेयर बजार ३ अंकले घटेर नेप्से परिसुचक १ हजार २२७ अंकमा झरेको छ । एनएमबीको प्रतिकित्ता ३५० मा ३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एनएमबीको सेयर सस्तो भएकाले लगानीकर्ताले खरिद गरेको ब्रोकरहरुको भनाई छ । चुक्ता पुँजी ८ अर्ब ७४ कराेड रूपैयाँ रहेकाे यस बैंककाे जगेडा काेषमा ९ अर्ब ३७ कराेड रूपैयाँ छ । बैंककाे इपीएस २८ रूपैयाँ छ भने पीइ रेसियाे १२ रूपैयाँ छ । एनएबी पछि माछापुच्छे बैंकको सेयर कारोबार भएको छ । प्रतिकित्ता २२२ रुपैयाँमा २ करोड २८ लाख ३५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार व्यापार, वित्त र जीवन बीमा कम्पनीको सेयर मूल्य बढेको छ भने बैंक, होटल, जलविद्युत, निर्जिवन बीमा र लघुवित्त समूहको घटेको छ । बजार घटेपनि नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

शिवम् सिमेन्टले गर्‍यो ट्याक्सीचालकहरुलाई ज्याकेट हस्तान्तरण

काठमाडौं। नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौको ट्याक्सी चालकहरुको लागि पहिलो चरणमा चालक ज्याकेट उपलव्ध गराएको छ । नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकहरुलाई ट्याक्सी चलाउदा ज्याकेटअनिवार्य गराएको थियो । उक्त कार्यलाई सहज बनाउने अभिप्रायले शिवम सिमेन्टले पहिलो चरणमा अन्तर्गत ट्याक्सीलाई विजया दशमीको शुभकामनाका सहित एभरेष्ट क्याव सर्भिसको संयोजकत्वमा विशेष कार्यक्रम आयोजना गरी ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा कालोपुल वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोल तथा कम्पनीका तर्फबाट सिनियर ब्राड म्यानेजर केशव अर्यालले संयूक्त रुपमा ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गर्नु भएको थियो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि शिवम् सिमेन्टस् लिमिटेडले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गाँउपालिका मार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्यचौकी संचालनमा सहयोग, एम्बुलेन्स हस्तान्तरण, वातावरण व्यस्थापन एवम् वृक्षारोपण, सरसफाई जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो । सोही क्रमको निरन्तरता स्वरुप विजया दशमीको अवसर पारी शिवम सिमेन्टस् लि. ले उक्त चालक ज्याकेट हस्तान्तरण गरेको थियो । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएकोअसली इएऋ सिमेन्ट हो । सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्टतथा शिवमप्लस सिमेन्टउत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । “गुण्स्तरको पहिचानहो शिवम्”, “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ”, “ गुणस्तर को मामलामा नो कोम्प्रोमाईज ”, तथा “अटुट कम्प्रेसिभ स्ट्रेन्थ” जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदानदिन सफल भएको छ, जस्तै : काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरु इत्यादी आईएसओ, आईएसआई, र युआरयस प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवातथा सुविधा दिदैँ आएको छ ।

२ महिनापछि उड्यो निगमको ट्वीनअटर

काठमाडौं । बन्द भएको करीब दुई महिनापछि बिहिबारदेखि नेपाल वायुसेवा निगमको हवाई उडान शुरु भएको छ । यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि राखिएकाले साउन तेस्रो सातादेखि हवाइ सेवा बन्द भएको थियो । जहाजको मर्मत गरिएपछि निगमले नियमित सेवा शुरु गरेको छ । हवाई सेवा शुरु भएसँगै भोजपुर – काठमाडौँ सातामा शनिबार, मङ्गलबार, बुधबार, बिहीबार र शुक्रबार गरी पाँच उडान तथा विराटनगरमा सातामा एक दिन सोमबार उडान हुने निगम भोजपुरका सहायक प्रमुख राजु मिजारले बताए । उडान सेवा पुनःसञ्चालन भएसँगै दशँैमा घर आउने तथा जाने यात्रुलाई सहज भएको छ । त्यस्तै उपचारका लागि भोजपुर अस्पतालबाट सुविधासम्पन्न अस्पतालमा सिफारिश गरिएका बिरामीलाई पनि राहत मिलेको छ । रासस

झालाई अध्यक्ष बनाउनु पर्ने कारण पेस गर्न सञ्चार मन्त्रालयलाई निर्देशन

काठमाडौं । संसदको विकास समितीले सञ्चार तथा सूचना मन्त्रालयसँग दूर सञ्चार प्राधिकरणमा अध्यक्ष दिगम्बर झालाई बनाउनु पर्ने कारण माग गरेको छ । बिहिबार बसेको समितिको बैठकले मन्त्रालयलाई १५ दिनभित्र कारण पेश गर्न निर्देशन दिएको हो । प्राधिकरणमा पहिले पनि दिगम्बर झा नै अध्यक्ष रहेका थिए । उनले पदबाट राजिनामा दिएर पुन खुल्ला प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए । आवेदन दिएका १५ जनामध्ये मन्त्रालयले उत्कृष्ट ३ जनाभित्र झालाई समेट्दै मन्त्रिपरिसदमा पेस गरेको थियो । यसपछि मन्त्रिपरिषदले झालाई नै ५ वर्षको लागि अध्यक्षमा नियुक्त गरेको थियो ।