बृहत ग्रूपद्धारा क्रिसमस डेको अवसरमा ३ हाउजिङको बुकिङ खुला
काठमाडौं, ११ पुस । बृहत ग्रूपले क्रिसमस डेको अवसर पारेर आफ्ना विभिन्न हाउजिङ परियोजनाको बुकिङ खुला गरेको छ । कम्पनीले ललितपुरको भैंसेपाटीमा ल्याउन लागेको नयाँ हाउजिङ परियोजना ‘बृहत कम्युनिटी लिभिङ, भैंसेपाटी’ को बुकिङ खुला भएको हो । निर्माणका लागि नगर विकासबाट कम्पनीले हालै स्विकृती प्राप्त गरेको यस परियोजनामा २५ घरहरु रहनेछन् । ३ आनादेखि साढे ८ आना जग्गामा बन्ने यी घरहरुको बिल्टअप एरिया १४३० वर्गफिटदेखि १९२५ वर्गफिटसम्म हुनेछ । यसका अतिरिक्त कम्पनीले ‘बृहत कम्युनिटि लिभिङ्ग – रामकोट’ र ‘बृहत क्लष्टर- बल्खु’ गरी दुई परियोजनाको दोस्रो चरणका घरहरुको पनि बुकिङ खुला गरेको छ । यसका साथै, बृहतले हरेक वर्ष क्रिशमसका दिन हाउजिङका घरधनी परिवारसँग मनाउँदै आएको ‘क्रिशमस डे’ कार्यक्रम यसपटक आफ्नो बल्खुस्थित निर्माणाधीन आवास परियोजना बृहत क्लष्टरमा आयोजना गर्यो । ‘क्रिशमस डे’को सो कार्यक्रम कम्पनीले बृहत कम्युनिटि लिभिङ्ग – रामकोट र बृहत क्लष्टर- बल्खु, बृहत क्लष्टर- मैतिदेवीका घरधनीका परिवारहरुसँग मनाएको छ । हाउजिङका घरपरिवारका सदस्यहरुबीच निकटता, आपसी मेलमिलाप तथा सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले बृहतले विभिन्न अवसरमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
३ हजारमै हेलिकोप्टर चढ्न पाइने, आन्तरिक पर्यटन महोत्सवमा हेलिकोप्टरबाटै दृष्यावलोकनको आकर्षण
काठमाडौं ११, पुस । आन्तरिक पर्यटन महोत्सवमा हेलिकप्टरको प्रयोग व्यापक हुन थालेको छ । मेला महोत्सवमा आयोजकले हेलिकोप्टरबाट दृष्यावलोकन गराउने, अवलोकनकर्ता आकर्षण गर्न हेलिकोप्टर सेवा प्रदायकसँग भाडामा लिएर मेला अवधिभर हेलिकोप्टरबाट दृष्यावलोकन गराउँन थालेका छन् । मेला महोत्सवमा आयोजकले ३ हजारदेखि ३५ सय रुपैयाँमै हेलिकोप्टरबाट दृष्यावलोकन गराउन थालेका छन् । अहिले आन्तरिक पर्यटन महोत्सवको सिजन भएकोले हेलिकोप्टर सेवा प्रदायकलाई भ्याइनभ्याइँ भएको सिम्रिक एयरका महाप्रवन्धक दिलबहादुर ओलीले बताए । उनका अनुसार दिनदिँदै महोत्सव आयोजकबाट हेलिकोप्टरको डिमाण्ड आउने गरेको छ । महोत्सव आयोजकले प्रतिघण्टाको दुईलाख रुपैयाँसम्ममा हेलिकोप्टर भाडामा लिने गरेका छन् । त्यसपछि पाँच मिनेटदेखि आधा घण्टासम्मको प्याकेज तयार पार्ने गरेको ओलीले बताए । उनका अनुसार पाँच मिनेट दृश्यावलोकन लागि ३ हजार देखि ३५ सय रुपैयाँसम्मकै प्याकेज तयार पार्छन । एक पटकमा चारपाँच जनासम्म उडान सकिने भएकोले पनि आयोजकले आवश्यकता अनुसारको प्याकेज तयार पारेर हेलिकोप्टरमार्फत सेवा दिन थालेको हुन । पर्यटन बोर्डमा महोत्सव प्रवद्र्धन गरिदिन प्रस्तावको आइरो विदेशी पर्यटकका लागि अहिले अफ सिजन हुने गरेको भएपनि आन्तरिक पर्यटकको लागि भने मंसिरदेखि चैतसम्म नै सिजन हुने गरेको नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रवन्धक मणि लामिछानेले बताए । उनका अनुसार अहिले आन्तरिक पर्यटन महोत्सव भ्याइनभ्याई छ । बोर्डले करीब २५ देखि ३० वटा आयोजना गरिसकेको छ भने अझै ४० वटा जति बोर्डसँगकै सहकार्यमा महोत्सव हुँदै छ । बोर्डको सम्पर्कमा नआएका जिल्ला, क्षेत्र तथा स्थानिय तहसम्म हुने महोत्सव भने वर्षभरीमा करीब १५० वटा सम्म हुन थालेको पनि लामिछानले बताए । उनका अनुसार पछिल्लो समय मेला महोत्सव पहिलो प्राथमिकता व्यापरिक उद्देश्य हो भने दोस्रो पर्यटन प्रवद्र्धन र स्थान पहिचान गराउने माध्यम पनि हो । बोर्डले महोत्सवको प्रवद्र्धन गर्ने काम गर्छ । विभिन्न ट्राभल्स एजेन्सिको सहकार्य तथा हेलिकोप्टर कम्पनी आफैंले महोत्वमा हेलिकोप्टरमार्फ सेवा दिने र आयोजकले प्रयोग गर्ने प्रचलन बढिरहेको छ । हेलिकप्टर सेवा सामान्य नेपालीले समेत प्रयोग गर्न सक्ने तथा आन्तरिक पर्यटकले पनि हेलिकप्टरको प्रयोग गर्न सक्छन भएकोले पनि यसको प्रयोग बढेको उल्लेख छ । महोत्सवमा हेलिकोप्टरको प्रयोगको सुरुवात ६ वर्ष अगाडि सिम्रिक एयरले नै शुरु गरेको भएपनि अहिले अन्य हेलिकप्टर कम्पनीले समेत पछ्याउन थालेका छन् । आन्तरिक पर्यटन आकर्षणका लागि हेलिकप्टरको प्रयोग उपयुक्त हुने देखेर महोत्सव आयोजकले यसलाई प्रयोग गर्न चाहेका छन भने जहाज कम्पनीले पनि खाली बस्न नपर्ने र पैसाको कारोबारसमेत भइरहने भएकाले आन्तरिक पर्यटकीय गन्तव्य तथा महोत्सवमा हेलि प्रयोग गराएका हुन । आन्तरिक महोत्सवबाट ठूलो लाभ हुन नसके पनि लागत खर्च उठेसम्म हेलिकप्टर उडान गर्न आफूहरु तयार भएपनि यसको प्रयोग बढ्न थालेको उल्लेख छ । न्युनतम पाँच मिनेटका लागि ३ हजार ५ सयसम्मको प्याकेजमा उडान गर्दासम्म लागत धान्न सक्ने भएकोले महोत्सवको स्थान हेरी सोही रकम अनुसारको प्याकेज ल्याउन सकिने उनले भनाई छ । महोत्सव स्थान हेरेर आयोजकले अझै सस्तो गरेर लागत धान्ने गरी पनि सेवा दिन सक्ने ओलीको भनाई छ । हाल नेपालमा नौ वटा निजी कम्पनीको हेलिकोप्टर संचलानमा छन् । महोत्सवको सिजन भएकोले सबै कम्पनीलाई भ्याइनभ्याई भएको पनि उल्लेख छ ।
सुरुङ र फ्लाईओभर बनाउन छुट्टै विभाग, नागढुंगा-नौबिसे सुरुङ र कलंकीको फ्लाईओभर बनाउने
काठमाडौं, ११ पुस । सरकारले सुरुङ मार्ग र फ्लाईओभर निर्माणका लागि छुट्टै संरचना बनाउने भएको छ । नेपालको सडक विकासमा सुरुङ तथा फ्लाईओभर निर्माण नयाँ काम भएकाले त्यसलाई सहज बनाउन छुट्टै संयन्त्र गठनको तयारी थालिएको हो ।‘हामीले उर्जाका परियोजनाहरुमा सुरुङ निर्माणको अभ्यास गरेका छौं, मेलम्ची खानेपानीमा पनि सुरुङ बनिरहेको छ तर सडकमा त्यस्तो काम भएको छैन, अब त्यसका लागि छुट्टै विभाग बनाउने तयारी गर्दैछौं’, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने । उनले दक्ष प्राबिधिकका साथमा त्यस्तो विभागलाई आवश्कयता अनुसार विदेशी विज्ञ समेत राख्ने व्यवस्था मिलाईनेछ । नेपालले हालसम्म सडक पुर्वाधारमा आधारित सुरुङ मार्ग बनाएको छैन् । त्यस्तै नेपालमा हालसम्म फ्लाईओभर समेत बनाउन सकेको छैन् । तत्काल सुरुङ मार्ग र फ्लाईओभर बनाउनु पर्दा त्यसका लागि दक्ष जनशक्तिको समेत अभाव रहेको मन्त्रि लेखकले बताए । ‘अहिले हामीसँग सुरुङ मार्ग बनाउनका लागि जाने बुझेको प्राबिधिक जनशक्ति पनि छैन, अब जनशक्ति उत्पादन र व्यवस्थापनसहित त्यस्तो निकाय गठन हुन्छ, जसले सुरुङ र फ्लाईओभरको काम गर्छ’, मन्त्रि लेखकले भने । व्यवस्थापिका संसदको विकास समितिले पनि सुरुङ मार्ग र फ्लाईओभर निर्माणका लागि छुट्टै विभाग गठन गर्न निर्देशन दिएको थियो ।‘हामीले सुरुङ मार्ग र फ्लाईओभर निर्माणका लागि दक्ष जनशक्तिसहितको छुट्टै विभाग बनाउन निर्देशन दिएका थियौं, त्यसको प्रक्रिया सुरु भएको खबरले हर्षित बनाएको छ, अब नेपालका लागि जटिल मानिएका त्यस्ता काम पनि सहजै अघि बढ्छ’, विकास समितिका सभापति रबिन्द्र अधिकारीले भने । हाल भौतिक मन्त्रालयले सडक विभाग मार्फत सडक र रेल विभाग मार्फत रेल निर्माणको काम अघि बढाएको छ । हालसम्म सुरुङ र फ्लाईओभर पनि सडक विभागबाटै हेरिँदै आएको थियो । सरकारले नागढुंगादेखि नौबिसेको सिस्ने खोलासम्म सुरुङ मार्ग र कलंकीमा फ्लाईओभर निर्माण प्रक्रिया अघि बढाएको छ ।
मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रि गर्ने
काठमाडौं, ११ पुस । मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार ७ सय ३८ कित्ता हकप्रद सेयर लिलामीमा बेच्ने भएको छ । गत असोज कात्तिक १ देखि मसिर १ गतेसम्म बिक्रि खुल्ला गरिएको हकप्रद सेयरमध्ये नबिकेको सेयरलाई लिलामीमा बेच्न लागिएको बैंकले जनाएको छ । बैंकले ४२ हजार २ सय ५९ कित्ता साधारण र १७ हजार ४ सय ७९ कित्ता संस्थापक तर्फको हकप्रद सेयर बिक्रि गर्न लागेको हो । इच्छुक लगानी कर्ताले न्युनतम एक सय मुल्य कायम गरि पुस २६ गतेदेखि माघ ४ गतेसम्ममा शिलबन्द गरि आवेदन दिन सक्नेछन् । मितेरीले प्रभु क्यापिटलाई बिक्रि प्रबन्धक तोकेको छ ।
सेयरबाट करोडपतिको तेश्रो संस्करण बजारमा, दश हजार प्रति बिक्री
काठमाडौं, ११ पुस । सेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ‘सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा आएको छ । पुस्तक सार्वजनिक भएको एक हप्तामै पाँच हजार प्रति बिक्रि भएको दोश्रो संस्करण गत असारमा आएको थियो । गत जेठ १२ गते पहिलो संस्करण बजारमा आएको यो पुस्तक हाल सम्म दशहजार प्रति बिक्री भइसकेको छ । तेस्रो संस्करणमा धेरै विषय बस्तु थप गरिएको छ भने कतिपय पुनर्लेखन गरिएको छ । भाषागत त्रुटि सच्याएर पुस्तकलाई थप पठनिय बनाइएको लेखक भट्टराईले बताए । दोस्रो सँस्कणको तुलनामा पुस्तकको आकार केहि बढेको छ तर पनि मूल्य भने यथावत राखिएको छ जसले गर्दा उही मूल्यमा पाठकले अझ बढी पढ्न पाउने भएका छन । देशभरका सबै पुस्तक पसलमा पुस्तकको तेस्रो संस्करण उपलब्ध भएको प्रकाशक फाइनप्रिन्टका प्रवन्ध निर्देशक नीरज भारीले बताए । उनले भने, ‘दोस्रो संस्करण अपेक्षा गरे भन्दा छिट्टै सकिएको छ ।अहिले पनि पुस्तकको मागमा कमि आएको छैन । विदेशबाट सोचे भन्दा बढी माग भएको छ । पुस्तक पसलहरुबाटपुस्तकको माग निरन्तर भइरहेको छ । यो मागले तेस्रो संस्करणले अपेक्षाकृत सफलता हात पर्नेमा आशावादी छौ।’ पुस्तकमाथी पाठकको प्रतिक्रिया देखेर आफू उत्साहित भएको लेखक भट्टराई बताउँछन् । ‘सोसल मिडिया र इमेल मार्फत आएका पाठकका प्रतिक्रियाले अझ बढी उत्साहित बनाएको छ ।’ पाठकको प्रतिक्रिया सुनाउँदै उनले भने,‘जति पढ्यो त्यति पढौ लाग्छ । यो कितावले लगानीको भोक जगाइ दिएको छ ।’
मासुको उत्पादन वृद्धिले मूल्य घट्दै अण्डाको बढ्दै, अण्डाको मूल्य अहिलेसम्मकै महँगो
काठमाडौं ११, पुस । चालु अर्थिक वर्षको पहिलो चार महिनामा दुघ मासु र अण्डाको उत्पादन ५ प्रतिशतसम्म बृद्धि भएको छ । तर, अण्डाको मूल्य अहिलेसम्मकै महँगो भएको आजको कारोबार दैनिकमा खबर छ । करिब ६ महिनाम्म स्थिर रहेको अण्डाको मूल्य आइतबारदेखि बढेर अहिलेसम्मकै उच्च भएको हो । शनिबारसम्म १४ रुपैयाँमा बिक्री भएको अण्डाको मूल्य आइतबारदेखि बढेर १५ रुपैयाँमा बिक्री भएको छ । एक दुई दिनअघिसम्म अघिसम्म प्रतिक्यारेट ३८० रुपैयाँ पर्नेमा अहिले बढेर ४ सय पुगेको छ । उत्पादनको अनुपातमा खपत बढेकोले मूल्य बृद्धि भएको व्यवसायीको जिकिर छ । अण्डा उत्पादक किसानले अहिले प्रतिगोटा १२ रुपैयाँमा अण्डा बिक्री गरे पनि बजारमा खुद्रा मूल्य १५ रुपैयाँ पुगेको छ ।
अनलाइनमार्फत समान केनबेच बढ्दै, अधिकांशले बिनादर्ता कारोबार गर्दा उपभोत्ता ठगिदै
काठमाडौं ११, पुस । पछिल्लो समय अनलाइन सपिङको आकर्षण बढ्दो छ । तर अनलाइन सपिङको नाममा सामाजिक सञ्जालमा अकाउन्ट र पेज खोलेर सामानको विज्ञापन गर्ने अधिकांशले बिनादर्ता कारोबार गर्दा उपभोत्ता ठगिने मात्र होइन, सरकारलाई राजस्वमा पनि घाटा हुदै गएको छ । नियमन निकायले अनलाइन सपिङलाई गम्भीर रुपमा नहेर्दा कुनै अफिस नै नराखी रामाजिक सञ्जालको उपस्थितिमा मात्र कारेबार गर्दा राज्य र उपभोक्ता दुवैलाई समस्या पर्दै गएको छ । केहि अनलाइन सपिङ साइटमार्फत सामान खरिद गर्दा पसलमा भन्दा महँगो परेको समेत देखिएको छ । नियमन भएको छैन स् राजस्व अनलाइन सपिङ साइटहरु अझै नियमनमा नआएको आन्तरिक रावश्व कार्यालयका महानिर्देशक चुडामणि शर्माले स्वीकार गरे । ‘अनलाइन सपिङ साइटहरु दर्ता नभइकन, स्थान नतोकीकन सञ्चालन भएको पाइएको छ, जुन गैरकानुनी हो’, उनले भने हालसम्म यस विषयमा सामान्य छलफल मात्र गरेको र अब साइटहरु तथा सामाजिक सञ्जाल नै हेरेर अनुगमन गर्ने उनले बताए । नयाँ पत्रिका दैनिकबाट ।
के गर्ने नेपालीसँग रहेको ३ अर्ब भारू? भारतले सहटी सुविधा नदिँद नेपालमा भएको भारु अलपत्र
काठमाडौं ११, पुस । भारतीय ५ सय र १ हजारको नोट सटहीमा थप अन्यौल देखिएको छ। नोट सटहीका लागि अन्तिम मिति नजिक आउँदै गर्दा समेत कुनै निर्णय नहुँदा अन्योल बढेको हो। नोट सटही सहजीकरणका लागि राष्ट्र बैंकको एक टोली भारत जाने भनिए पनि कहिले जाने भन्ने टुंगो लागेको छैन। पुराना भारतीय नोटमा प्रतिबन्ध लागेको डेढ महिना पुगिसक्दा पनि नेपालमा रहेका भारतीय नोट साट्ने विषयमा अहिलेसम्म कुनै पहल भएको छैन। ‘कहिलेसम्म नेपाली सर्वसाधारणसँग भएको भारू साटिने हो त्यसको कुनै टुंगो नलागेको र राष्ट्र बैंक समेत पर्ख र हेरको अवस्थामा छ,’ राष्ट्र बैंकका प्रवक्ता नारायाण पौडेलले भने। भारतीय पक्षसँगको कुराकानीमा आगामी जनवरीसम्म यसबारे टुंगो लाग्ने आश्वासन पाएको उनले बताए। नेपालस्थित भारतीय दूतावासले भारु सहटीको मोडालीटी बनाउन राष्ट्र बैंकलाई आग्रह गरेपछि उत्पन्न समस्याको समाधानका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो। उक्त अध्ययन समितिले भारुबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको भए पनि भारतीय पक्षबाट जवाफ नआएसम्म कुनै कदम चाल्न नमिल्ने राष्ट्र बैंकले बताएको छ। भारत सरकारले पनि नेपालसँगै भुटान तथा अन्य छिमेकी मुलुकमा रहेको भारु रकम के कसरी साट्ने भन्नेबारेमा अध्ययन गर्न एक समिति गठन गरेको थियो। सो समितिले पनि यसअघि नै अध्ययन रिपोर्ट बुझाइकेको छ। तर, भारत सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिन नसक्दा भारुबारेको अन्योलता टुंगोमा पुग्न सकेको छैन। नेपाल समाचारपत्रबाट ।