विकासन्युज

हामी भित्र रहेका सकारात्मक र नकारात्मक पक्षलाई हाम्रो खुसीले प्रभाव पार्छ, यसरी रहनुहोस् सधैं खुशी :

काठमाडौं। मानिस कसरी खुसी हुने भन्ने कुरा उसको जीवन यापन, चाहना, सन्तुष्टि तथा व्यक्तित्वसँग सम्बन्धित हुन्छ । फिनल्याण्ड र विश्वमा सबैभन्दा खुसी देश भएको एक अध्ययनले देखाएको छ । फिनल्याण्ड विश्वकै खुसी देश हो तर धनी देश होइन । विश्वकै धनी देश त अमेरिका हो तर त्यहाँका मान्छेहरू भने पूर्णरुपमा खुसी छैनन् । हामी भित्र रहेका सकारात्मक र नकारात्मक पक्षलाई हाम्रो खुसीले प्रभाव पार्छ । प्रेम, अधार, अनुग्रह, आनन्द जस्ता सकारात्मक भावनाले हाम्रो जीवनमा खुसी लयाउँदछ। खुसी मानिस निकै ऊर्जाशील हुन्छन् र जिन्दगीमा धेरै सफलतासमेत हात पार्छन्। निःसन्देह हामी सबै खुसी हुन चाहन्छौँ। तर खुसी कसरी रहने त ? मुस्कान मुस्कानले मानिसलाई खुसी बनाउँछ । सधैं सकारात्मक चिन्तनका साथ अघि बढ्न प्रेरित पनि गर्छ । मिचिगन विश्वविद्यालयको अध्ययन अनुसार मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ । बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ। मुस्कानले केही मात्रामा पीडा पनि कम गर्छ। ‘मुस्कानले हामीलाई आनन्द महसुस गराउँछ । हाम्रो सोच्ने शक्तिमा वृद्धि गराउँछ’, मनोविद् जोन इटल भन्छन्। जब आनन्द महसुस हुन्छ निसन्देह खुसी प्राप्त हुन्छ । व्यायाम व्यायाम तनाव कम गर्ने उत्तम उपाय हो। व्यस्त मानिसहरुलाई धेरै व्यायाम गर्ने फुर्सद कहाँ? जम्मा ७ मिनेट समय व्यायामलाई छुट्याएमा तनावलाई भगाएर खुसी रहन सकिन्छ । यसको परीक्षणका लागि वितृष्णाका रोगीलाई दुई तरिकाले उपचार गराइयो। एउटालाई औषधि दिएर, अर्कोलाई व्यायाम गराएर र एकलाई दुवै विधिले। परिणाम आश्चर्यजनक देखियो। ‘सहभागीमध्ये व्यायाम गर्नेहरुमा वितृष्णा निकै कम थियो’, साउन एकरले द एडभान्टेज अफ ह्याप्पीनेस पुस्तकमा उल्लेख गरेका छन्। व्यायामले मानिसलाई आनन्दित बनाउँछ। स्मरण शक्ति बढाउँछ। स्वास्थ्य मनोविज्ञान सम्बन्धी अध्ययनले दैनिक व्यायाम गर्ने मानिसहरुको शारीरिक अवस्थामा कुनै परिवर्तन नआउँदा पनि उनीहरु असाध्यै खुसी र तनावरहित हुने देखाएको छ । परिवार र साथीसँग रमाउने घरपरिवार र साथीभाइसँग समय बढी बिताउने मानिस धेरै खुसी हुने गरेका छन्। ‘साथीभाइ, इष्टमित्रसँगको जमघटबाट प्राप्त हुने खुसी निकै पृथक् खालको छ, जब हामी जमघट गर्छौं सबै पीडा भुलेर बडो आनन्द महसुस हुन थाल्छ’ विज्ञ डेनियल भन्छन्। साथीभाइसँग समय बढी बिताउँदा सामाजिक सम्बन्ध बलियो बन्छ। आपतविपतमा सहजै सहयोग पाइन्छ र दुस्खी हुनुपर्ने अवस्था आउँदैन।’सामाजिक सम्बन्ध बलियो भएको मानिसले सबैको साथ र सहयोग पाउँछ। उसले एक्लो महसुस गर्नुपर्ने अवस्था नआएपछि खुसी स्वतस् प्राप्त हुन्छ’, डेनियल थप्छन्। ध्यान ध्यानले एकाग्रता बढाउँछ। तनाव कम गराउँछ। मानिसलाई शान्त बनाउँछ। ध्यानले सकारात्मक ऊर्जासमेत बढाउने भएकाले ध्यान गर्ने मानिसहरु समेत खुसी हुन्छन्। ‘ध्यानले दिमाग स्वच्छ हुन्छ र तनाव पनि घटाउँछ’ साउन एकर पुस्तक द एडभान्टेज अफ ह्याप्पिनेसमा लेख्छन्। यात्रा अमेरिकन मेट्रोलोजिस्ट एशोसिएसनले प्रदूषित वातावरणका कारण बढ्दै गएको तापमानले पनि मानिसमा बढी वितृष्णा हुने गरेको बताएको छ। स्वच्छ हावामा घुम्दा सकरात्मक ऊर्जा प्राप्त हुन्छ। भ्रमणले पनि खुसी प्राप्ति हुने सान एकरले आफ्नो पुस्तक ‘द एडभान्टेज अफ ह्याप्पिनेसुमा उल्लेख गरेका छन्। स्वच्छ हावामा घुम्न निस्कँदा आनन्द महसुस हुने भएकाले खुसी प्राप्त हुने उनको भनाइ छ। ‘स्वच्छ हावामा २० मिनेट मात्रै घुम्दा पनि सकरात्मक ऊर्जा प्राप्त हुन्छ,’ एकर आफ्नो पुस्तकमा लेख्छन्।   मस्त सुताइमस्त निदाउने मानिस बढी खुसी हुने गरेको देखिएको छ । मस्त सुत्दा शरीरलाई आराम हुनुका साथै शरीर फुर्तिलो हुने विज्ञ अस्ले मेरिम्यान बताउँछन्। कम सुत्ने मानिसमा नकारात्मक भावना बढी हुने अनुसन्धानले देखाएको छ। उनीहरुमा रिसाउने र झर्किने स्वभाव बढी हुने गरेको पाइएको छ। अरुलाई सहयोग अरुलाई सहयोग गर्दा पनि खुसी प्राप्त हुन्छ। सहयोग गर्दा खुसी प्राप्त हुने वा नहुने पत्ता लगाउनका लागि १ सय ५० मानिसमा अध्ययन गरिएको थियो। ‘कन्सर्ट, घडी, जुत्ता लगायतका वस्तुमा खर्च गर्ने मानिस र सामाजिक काममा दान गर्नेहरुमा अध्ययन गर्दा सामाजिक काममा खर्च गर्ने मानिस आफ्नो रकमको हिस्साले अरुले सहयोग पाएकोमा औधी खुसी थिए’, द एड्भान्टेज अफ ह्याप्पिनेस पुस्तकमा उल्लेख छ। ‘

खनिजको विकास र बजारीकरणमा जोड, पूर्वाधारका संरचना बनाउँदा भूबनोटमा ध्यान दिनुपर्ने

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक समृद्धिको प्रमुख आधार खनिजको विकास र बजारीकरणमा लाग्नुपर्ने बताएका छन्। नेपाल भौगर्भिक समाजले साेमबार यहाँ आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को उद्घाट्न समारोहमा उनले मुलकका बहुमूल्य खनिजको चाँडो उत्खनन गरी यसमा योजनाबद्ध विकास प्रयासको खाँचो औँल्याए। विकास पूर्वाधारका संरचना बनाउँदा भूबनोटमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले भने, “प्राकृतिक विपद्बाट बच्न आवश्यक तयारीका साथै भूगर्भविद्को ज्ञान र अनुभव आवश्यक छ ।” कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले प्राकृतिक स्रोतसाधनको व्यवस्थापन र सदुपयोगमा लाग्नुपर्ने बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जटिल भौगोलिक विविधताका कारण व्यवस्थित बसोबासमा देखिएका चुनौतीका बारेमा बताउँदै भूकम्पपछिको पुनःनिर्माणमा भएका प्रगतिका बारेमा जानकारी दिए । कार्यक्रममा समाजका अध्यक्ष डा कविराज पौड्याल, उपाध्यक्ष गणेश त्रिपाठी, सम्मेलनका संयोजक राजेन्द्रप्रसाद खनाललगायतले समाजका गतिविधिका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा भूगर्भ विकास क्षेत्रमा योगदान पुर्याएवापत भूवैज्ञानिक डा मेघराज धिमाल र नरेन्द्रबहादुर कायस्थलाई सम्मान गरिएको थियो । यही मङ्सिर ५ गतेसम्म चल्ने सम्मेलनमा १५ देशका करीब १५० भूगर्भविद्, भूवैज्ञानिक, खानी विशेषज्ञ, इञ्जिनीयरलगायत विज्ञको सहभागिता छ । विसं २०३७ मा स्थापित समाजले भूविज्ञानसम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरको सम्मेलन, कार्यशाला, गोष्ठी, तालीमलगायत कार्यक्रम गर्दै आएको छ । रासस

सिटिजन्स बैंकले साढे २ अर्ब ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको “सिटिजन्स बैंक बण्ड २०८५” निष्कासन गर्ने भएको छ । सो मात्राको बण्ड(ऋणपत्र) निष्कासन गर्नको लागि बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । बिक्री प्रबन्धकमा नियुक्ति भएसँगै ग्लोबल आइएमई क्यापिटलले बैंकको एक हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता बण्ड सर्वसाधारणमा जारी गर्ने छ । ऋणपत्र निष्कासन सम्बन्धि सम्झौतापत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुखकार्यकारी अधिकृत पारसमणी ढकालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २ अर्ब ५० करोड बराबरका ऋणपत्र मध्ये ८० प्रतिशत(अर्थात २ अर्ब रुपैयाँ) व्यक्तिगत र २० प्रतिशत(अर्थात ५० करोड रुपैयाँ) सर्वसाधरणहरुका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् निष्कासन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

नेशनल माइक्रोफाइनान्सले ४० प्रतिशत लाभांश दिने, कहिले हुँदैछ बुक क्लोज ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्ता प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । संस्थाको आगामी वार्षिक साधारणसभा यही मंसिर २८ गते बस्दै छ । सो प्रयोजनको लागि संस्थाले मंसिर १५ गते बुक क्लोज गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड ३ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ नाघ्ने छ ।

राष्ट्रिय वाणिज्य बैंकको ‘महाशक्ति’लाई क-कसले दिँदैछन् चुनौती ?

काठमाडौं । निक्षेप संकलन, कर्जा लगानी, शाखा सञ्जाल, नाफा तथा अन्य वित्तीय सूचकहरुमा निरन्तर अग्रणी रहँदै आएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई अन्य वाणिज्य बैंकहरुले चुनौती दिन थालेका छन् । निजी क्षेत्रद्धारा सञ्चालित बैंकहरुले वाणिज्य बैंकको पुरानो साखलाई विस्तारै चुनौती दिन थालेका हुन् । एउटै बैंकले सबै सूचकहरुमा चुनौती दिन नसके पनि फरकफरक बैंकहरु वाणिज्य बैंकले कायम गरेको सूचकहरुमा प्रतिस्पर्धामा उत्रिएसँगै बैंकलाई आफ्नो साख जोगाउने चुनौती थपिएको छ । निक्षेप र कर्जा र शाखा विस्तारमा एनआईशी एशियाको प्रतिस्पर्धा आक्रामक बजार विस्तारको नीति लिएर अघि बढेको एनआईसी एशिया बैंकले राष्ट्रिय वाणिज्य बैंकका तीन सूचकहरुसँग प्रतिस्पर्धा गरिरहेको छ । निक्षेप संकलनमा यो बैंक राष्ट्रिय वाणिज्य बैंक भन्दा निरन्तर एक अर्बले पछि रहे पनि वाणिज्य बैंकको निक्षेप घट्नु र एनआईसी एशिया बैंकको निक्षेप ११ अर्बले बढ्नुले आगामी त्रैमासमै यो प्रतिस्पर्धामा एनआईसी एशिया अघि बढ्ने सम्भावना देखिन्छ । कर्जा विस्तारमा भने एनआईसी एशिया बैंकले वाणिज्य बैंकलाई जितिसकेको छ । वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्म १ खर्ब २३ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गर्दा एनआईसी एशियाले १ खर्ब ३९ अर्ब २६ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । त्यसो त नबिल बैंकले १ खर्ब २८ अर्ब र नेपाल इन्भेष्टमेन्ट बैंकले समेत १ खर्ब २४ अर्ब कर्जा प्रवाह गरी वाणिज्य बैंकभन्दा सर्वाधिक कर्जा प्रवाह गर्ने बैंक बनिसकेका छन् । शाखा विस्तारमा पनि एनआईशी एशियाले वाणिज्य बैंकलाई जितिसकेको छ । कुल २०७ शाखा, १७ एक्स्टेन्सन काउन्टर, ९३ शाखारहित बैंकिङ र १६५ एटिएम वाणिज्य बैंकको रहँदा एनआईसी एशिया बैंकको २६४ शाखा, २६४ एटिएम, २६ एक्स्टेन्सन काउन्टर र १८ ओटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् । नाफामा उछिन्दै इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र नबिल बैंक बैंकलाई नाफामा तीन वाणिज्य बैंकले चुनौती दिएका छन् । बैंकले कमाएको खुद नाफाका आधारमा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकपछि दोस्रो स्थानमा रहे पनि नियामकीय समायोजनपछिको स्वतन्त्र नाफामा इन्भेष्टमेन्ट बैंकबाहेक नेपाल बैंक र नबिल बैंकभन्दा समेत पछि परेको छ । वाणिज्य बैंकले करिब ७२ करोड स्वतन्त्र नाफा कमाएको छ भने इन्भेष्टमेन्ट बैंकको १ अर्ब ६ करोड, नेपाल बैंकको ९७ करोड र नबिल बैंकको ९३ करोड स्वतन्त्र नाफा कायम भएका छन् । कस्ट अफ फण्ड र आधार ब्याजदरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नजिक सबैभन्दा न्यून लागत र ब्याजदर समेत रहेको वाणिज्य बैंकसँग सो सूचकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नजिक छ यद्यपि यो प्रतिस्पर्धाको स्तरमा भने छैन । वाणिज्य बैंकको आधार ब्याजदर ६.३३ प्रतिशत हुँदा स्ट्यान्डर्ड चार्टर्डको यो दर ८.१४ प्रतिशत छ । वाणिज्य बैंकको यो दर भने ९.०३ प्रतिशत छ । त्यस्तै, कस्ट अफ फण्ड वाणिज्य बैंकको २.७४ प्रतिशत रहँदा यो दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८.१४ प्रतिशत र इन्भेष्टमेन्ट बैंकको ६.२७ प्रतिशत रहेको छ । यी सूचकमा राष्ट्रिय वाणिज्य बैंकलाई दबाव आधार ब्याजदर, कस्ट अफ फण्ड र सीसीडी अनुपातमा सबैभन्दा उत्कृष्ठ र प्रतिस्पर्धामा अरुभन्दा वाणिज्य बैंक निकै अगाडि रहेको छ । ती तीन परिसूचकमा वृद्धि गरेर निक्षेप, कर्जा र नाफामा अन्य प्रतिस्पर्धीलाई सजिलै पछि पार्नसक्ने क्षमता भने बैंकसँग छ । कस्ट अफ फण्डलाई १÷२ प्रतिशत वृद्धि गर्दा बैंकको निक्षेपमा ठूलो बढोत्तरी आउन सक्छ । उता सबैभन्दा खुकुलो सीसीडी अनुपात रहेको बैंकले सो अनुपात केही कसिलो बनाउने हो भने पनि कर्जा र नाफामा अरुलाई सजिलै उछिन्न सक्ने देखिन्छ । प्रतिस्पर्धामा कमजोर हुँदैजाँदा बैंकलाई त्यस्तो दबाव आउनसक्ने देखिए पनि जनताको प्रत्यक्ष लगानी नभएकोले यो सम्भावना छ । तर…, जति तारा उदाए’नि चन्द्रमा नै राम्रो ! निक्षेप संकलन, कर्जा विस्तार एवं नाफाको मामिलामा अन्य बैंकहरुले प्रतिस्पर्धा गर्दै गए पनि वाणिज्य बैंकका अन्य वित्तीय परिसूचकहरु सन्तुलित छन् । बढ्दो लगानीयोग्य पुँजीको अभावका बावजुद खुकुलो सीसीडी रेसियो कायम गर्नु, सस्तो ब्याजमा कर्जा उपलब्ध गराउनु, सरकारले तोकेका सहुलियत कर्जाहरु वितरणमा अग्रसर हुनुले बैंकलाई अन्य प्रतिस्पर्धी बैंकहरुको तुलनामा सँधै अब्बल रहिरहनेछ ।

सहयोगी विकास बैंकले महिन्द्रा ब्रान्डको तीन चक्के सवारीमा लगानी गर्दै

काठमाडौं । सहयोगी विकास बैंकले महिन्द्रा ब्रान्डको तीन चक्के सवारी साधनमा लगानी गर्ने भएको छ । जनकपुरमा रहेको अशोक ट्रेर्डस र माहा गणपति अटो सेल्स प्रा.लि सँग उक्त विषयमा सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका कार्यकारी अधिकृत विनय रिजाल, अशोक ट्रेर्डसका प्रोपाइटर आशिष शाह र माहा गणपति अटो सेल्स प्रा.लि संचालक दिपेन्द्र कुमार दासको तर्फबाट हस्ताक्षर भएको छ । उक्त सम्झौतानुसार अशोक ट्रेर्डसका प्रोपाइटर आशिष शाह र माहा गणपति अटो सेल्स प्रा.लि‍. बिक्री गरिरे तीन चक्के सवारीमा सिफारिस अनुसार बैंकले रित पुर्याई कर्जा लगानी गर्न भएको छ ।

एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन फिर्ता, मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले हालै एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर मूल्यमा गरेको समायोजन फिर्ता लिएको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गरेको भन्दै लगानीकर्ताबाट दवाव आएपछि नेप्सेले कम्पनीको उक्त निर्णय फिर्ता लिएको हो । सो निर्णय फिर्तासँगै संस्थाको सोमबार(आज)देखि नियमित कारोबार शुरु भएको छ । कारोबार सेयर समायोजन हुनुभन्दा पहिलेको दिनको मूल्यमा शुरु भएको छ । साथै, कम्पनीको सेयर मूल्य समायोजन पछि भएका कारोबारहरु रद्ध भएको नेप्सेले जनाएको छ । इन्स्योरेन्सले गत कात्तिक २८ गते कम्पनीको १०५ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको थियो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६३.४१ रुपैयाँ रहेको थियो । उक्त निर्णय पछि सोमबार खुलेको कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । प्रतिकित्ता १०५० रुपैंयामा कारोबार खुलेको कम्पनीको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ६४३ रुपैयाँमा बिक्री भइरहेको छ । यस अवधिसम्म कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले घटेकाे छ ।

मेगा क्यापिटल मार्केटस् संचालनमा अाउँदै, ६ महिनाभित्र कम्पनीका पूर्वाधार सम्पन्न गर्ने

काठमाडौं । मेगा क्यापिटल मार्केटस् लिमिटेडलाई मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति दिएको छ । त्रिपुरेश्वरस्थित साकेत कम्प्लेक्समा रहेको कर्पोरेटले व्यवसाय संचालनमा ल्याउने भएको छ । सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केटस् लिमिटेड संचालनमा आउन लागेको हो  । सैद्धान्तिक सहमति प्राप्त गरेको ६ महिनाभित्रमा कम्पनीका सम्पूर्ण पूर्वाधार निर्माण गरी संचालनमा ल्याउने तयारी भइरहेको क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङ्गको भनाई रहेको छ । अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैँया रहेको जनाएका छन् । संचालनमा आएपछि निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार, लगानी कोष व्यवस्थापन, संस्थागत परामर्श जस्ता सम्पूर्ण मर्चेन्ट बैंकिङ सेवा एकै स्थानबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताएका छन् ।