बैंकका उपाध्यक्षको नेतृत्वमा चार दिवसीय भ्रमण, विकास निर्माण एवं आर्थिक अभावको सम्बोधन गर्ने अपेक्षा
काठमाडौँ । युरोपेली लगानी बैंकका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालको चार दिवसीय भ्रमणमा राजधानी आएका छन् । पाँच वर्षको अन्तरालमा पहिलोपटक बैंकको उच्चतहमा भएको यो भ्रमणले नेपालको भौतिक पूर्वाधार निर्माणका आर्थिक अभावलाई केही हदसम्म भए पनि सम्बोधन गर्ने अपेक्षा गरिएको छ । नेपालको ऊर्जा, यातायात तथा वन क्षेत्रमा सहयोगका क्षेत्र पहिल्याउन नेपाली राजनीतिक एवं उद्यमी व्यवसायीसँग परामर्शका साथै चिलिमे–त्रिशुली प्रसारण लाइनको शिलान्यासमा सहभागी हुन उक्त प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमण्डले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको यहाँस्थित युरोपेली प्रतिनिधिमण्डलले बताएको छ । बैंकको टोलीले नेपालको मन्त्रिपरिषद्का सदस्य, कूटनीतिज्ञ एवं व्यापारीसँग भेट्वातार् हुने भएको छ ।रासस
नेपाल सेवा लघुवित्तको शाखा काभ्रेपलाञ्चोकको तिनपिप्लेमा
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुपाल्चोकको शाखा विस्तार कार्य अन्तर्गत काभ्रेपलाञ्चोकको तिनपिप्लेमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन संस्थाका संचालक समिति सदस्य दुर्गाप्रसाद मल्लको सभापतित्व तथा पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यतामा भएको छ । त्यसैगरी, संस्थाले सोहि दिन काभ्रेपलाञ्चोक जिल्ला भुम्लुटार गाँउपालिका वर्डा नं ८ मा शाखा स्थापना गरी वित्तीय कारोबार संचालन गरेको छ ।
कर्मचारीलार्इ चाेर बाटाेबाट थप ५ प्रतिशत कर, नागरिक लगानी कोषले बचतबाट कर कट्टी गर्ने
काठमाडौं । नागरिक लगानी कोषमा बचत गर्ने बचतकर्ताको लागि कर झमेला थपिएको छ । कोषले सञ्चालन गर्दै आएको अबकाश कोषमा बचत भएको रकममा ५ प्रतिशत कर लाग्ने भएको छ । यस्तो कोषमा बचत रकम मध्ये ५ लाख भन्दा बढी झिक्नु परेमा ५ प्रतिशत कर कट्टि गरिने कोषले जनाएको छ । कोषका सूचना अधिकृत उद्धव सिलवालका अनुसार ५ लाख भन्दा बढी र १० लाखभन्दा कम रकम फिर्ता लिँदा ५ प्रतिशत कर कट्टी हुनेछ । १० लाख रुपैयाँ भन्दा माथि जम्मा भएको रकम फिर्ता भुक्तानी हुँदा उक्त रकमको ५० प्रतिशत घटाई बाँकी रकमको ५ प्रतिशत कर कट्टि गरी भुक्तानी हुने ब्यवस्था गरिएको छ । सरकारले कर्मचारीको आम्दानीको ३३ प्रतिशत वा वार्षिक आएको ३ लाख रुपैयाँ सम्म नागरिक लगानी कोषमा जम्मा गरेमा कर नलाग्ने नीति लिएको थियो । सरकारको उक्त नीतिबाट कर बचत गर्ने उदेश्यले वार्षिक ४ लाख भन्दा बढी आम्दानी हुने कर्मचारीहरुले नागरिक लगानी कोषमा पैसा जम्मा गर्दै आएको छ । कोषको नयाँ व्यवस्था अनुसार शुरुमा कर बचत भएपनि पैसा फिर्ता लिने बेलामा ५ प्रति कर तिर्नु पर्ने देखिएको छ । तर ५ लाख रुपैयाँ भन्दा कम जम्मा भएको अवस्थामा उक्त रकम फिर्ता भुक्तानी गर्दा कुनै कर नलाग्ने कोषले जनाएको छ । बढी आम्दानी भई कर बचतका लागि कोषमा जाने कर्मचारीहरु पनि सरकारले घुमाउरो बाटोबाट अतिरिक्त ५ प्रतिशत कर लगाएको देखिएको छ ।
उद्योग वाणिज्य सङ्घकाे अध्यक्षमा श्रेष्ठ
भोजपुर । भोजपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा धुव्रलाल श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा श्रेष्ठले ३१० मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी रामचन्द्र श्रेष्ठलाई ४३ मतले पराजित गरेका हुन् । प्रथम उपाध्यक्षमा कर्णबहादुर मोक्क्तान, द्वितीय उपाध्यक्षमा नीरकुमार विश्वकर्मा, महासचिवमा नवीन प्रधान, सचिवमा विन्द्रकुमार राई, कोषाध्यक्षमा प्रवीनकुमार सुवाल तथा सदस्यमा रमेश कार्की, कमल प्रधान, राजन राई, देवराज प्रधान, बुद्धिकुमार श्रेष्ठ, लालबहादुर श्रेष्ठ, अनिल बस्नेत, ऋषिधन राई, ईश्वर श्रेष्ठ, विमल रणपहेलीलगायत विजयी भएका छन् । निर्वाचनमा ५८५ व्यवसायीले मतदान गरेका थिए । रासस
मंसिर ६ गतेदेखी हेबी इक्विप्मेन्टहरुको प्रदर्शनी हुँदै, ६ हजार बढीले अवलाेकन गर्ने
काठमाडौँ । कनम्याकले नेपालमा नै पहिलो पटक निर्माण उपकरणहरुको बृहत प्रदर्शनी गर्न लागेकाे छ । कम्पनीले उक्त प्रदशनी मंसिर ६ गतेदेखी ८ गतेसम्म भक्तपुरको सल्लाघारी चौरमा गर्ने भएको छ । भारतीय उद्योग परिसंघले आयोजना गरेकाे प्रदर्शनीमा हेबी इक्विप्मेन्टका उपकरणहरु प्रदर्शनीमा राखिने आयोजकले बताएका छन् । आयोजक विष्णुकुमार अग्रवालले भने, ‘नेपालमा हेबी इक्विप्मेन्टका सामानहरु पहिलो पटक एकै ठाँउमा प्रदर्शनीमा राख्न लागेका छौ ।’ साथै, एकै ठाँउमा सबै हेबी इक्विप्मेन्ट उपकरण उपलब्धताले नेपालको विकासमा ठुलो सहयोग पुग्ने उनले बताएका छन् । प्रदर्शनीमा अनुमानित ६ हजार व्यावसायिक अवलोकनकर्ताहरु आउने कनम्याकले जनाएकाे छ । प्रदर्शनीमा १५० अतिरिक्त प्रदर्शक रहने छन् । प्रदर्शनीको प्रायोजकमा हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मेन्ट भारत, जेसीबी, केवाइबी कनम्याट र पुज्जाेलाना रहेका छन् ।
शाश्वतधाममा पर्यटकका लागि अर्को आकर्षणको केन्द्र, बौद्ध चैत्य र बुद्धिष्ट सेन्टर स्थापना
काठमाडौं । शाश्वताधाममा बौद्ध चैत्य र बुद्धिष्ट सेन्टर स्थापना गरिएको छ । सनातन धर्मका अनुयायी एवं पर्यटकका लागि सेन्टर अर्को आकर्षणको केन्द्र बन्ने विश्वास लिइएको छ । नव निर्मित चैत्य एवं बुद्धिष्ट सेन्टर गत शनिवारदेखि आम नागरिकका लागि खुला गरिएको छ । धार्मिक विधि अनुसार गत शनिवार शाश्वत धाममा आयोजित एक समारोहकाबीच लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले नवनिर्मित चैत्य र सेन्टरको उद्घाटन गरेका हुन् । चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीको शाश्वत धामलाई सनातन धर्मको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य अनुसार यहाँ बौद्ध चैत्य एवं सेन्टर स्थापना भएका हुन् । यसअघि यहाँ हिन्दू धर्मका प्रख्यात एकम्वरेश्वर शिव लगायतका प्रख्यात मन्दिरहरू स्थापित छन् । ‘शाश्वत धामप्रति सनातन धर्ममा विश्वास राख्ने आम भक्तजनहरूको आकर्षणलाई सम्मान गर्दै हामीले बौद्ध चैत्य र बुद्धिष्ट सेन्टर स्थापना गरेका हौ“ ।’ अध्यक्ष चौधरीले भने, शाश्वत धामलाई सनातन धर्मको अनुसन्धान केन्द्रका रूपमा स्थापना गर्ने वृहत लक्ष्यमा यो एक कोशेढुंगा सावित हुने विश्वास लिएको छु ।’ उद्घाटन समारोहमा लुम्बिनी, दाउन्ने गुम्वा, बरचुली बौद्ध गुम्बा र थुम्कीमा रहेको बैद्ध गुम्बाका लामा र भिक्षुहरुले बौद्ध परम्परा अनुसार पुजाआजा गरेका थिए । उक्त अवसरमा बौद्ध परम्पराका आकर्षक झाँकी प्रदर्शन गरिएको थियो । समारोहमा लुम्बिनी बिकास कोषका पदाधिकारी, चौधरी फाण्डेशनका पदाधिकारीहरू, सांसद एवं जनप्रतिनिधिहरू, धर्म गुरू लगायतको उपस्थिती रहेको थियो । चैत्य नेपाली शैलीमा निर्माण गरिएको छ । चैत्यभित्र श्रीलंकावाट ल्याइएको बुद्धको अस्तु राखिएको छ । त्यहाँको चैत्यमा रहेको अस्तुबौद्ध पुर्णिमाकादिन सम्पूर्ण भक्तजनकालागि दर्शन खुल्ला गरिने छ । बुद्धिष्ट सेन्टरमा बुद्ध धर्म र संस्कृतीका बारेमा विस्तृत जानकारीहरू राखिएको छ । यहाँ विभिन्नग्रन्थ, बुद्धको जिवनका आयामहरूको बारेमा जानकारी दिने तस्वीरको संग्राहलय रहेको छ । यहाँ श्रब्यदृष्यहल , ध्यान¥योगा कक्ष, बौद्ध धर्माबलम्बिहरुको सभा सम्मेलन केन्द्र समेत बनाइएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले शाश्वत धामलाई वेष्ट टुरिष्ट डेस्टिनेशनका रुपमा अवार्ड गरेको छ ।
दार्चुलाकाे अपि हिमाल गाउँपालिका जलविद्युत्को केन्द्र बन्दै, साढे दुई अर्ब लागतमा सम्पन्न हुने अनुमान
काठमाडौं । सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिका जलविद्युत्को केन्द्र बन्ने भएको छ । निजी क्षेत्रबाट निर्माण हुन लागेको मकरीगाड जलविद्युत् आयोजना निर्माणको लागि दुई अर्ब पाँच करोड लागत अनुमान गरिएको छ । चमेलिया नदीको उद्गमस्थलका रुपमा रहेको अपि हिमाल गाउँपालिकालाई जलविद्युत्का माध्यमबाटै चिनाउने गाउँपालिकाको योजना छ । चैतभित्र अपि हिमाल गाउँपालिका– ५ मकरीगाडसम्म सडक निर्माण गरिँदैछ । सो क्षेत्रमा सन् २०१९ भित्र मकरीगाड जलविद्युत् आयोजना प्रालिले १० मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सो आयोजनाका उपकार्यकारी निर्देशक करनबहादुर चन्दका अनुसार सो क्षेत्रका दुई परिवारलाई जग्गाको मुआब्जा वितरण गरिएको छ । यस्तै मङ्सिरभित्र अपि हिमाल गाउँपालिका–३ घट्टे खोलामा एक सय किलोवाट क्षमताको आयोजना निर्माण गरिँदैछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र विभिन्न निकायको सहयोगमा सो आयोजना निर्र्माण गर्न लागिएको हो । आयोजना बनाउन शक्ति इञ्जिनीयरिङ प्रालिसँग तीन करोड ४२ लाखको सम्झौता गरिएको उपभोक्ता समितिका अध्यक्ष नन्दनसिंह धामीले जनाएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले दुई करोड ८५ लाख सहयोग गर्नेछ, गाउँपालिकाले एक करोड ९० लाख उपलब्ध गराउने भएको छ । चालीस लाख भुक्तानी गरिसकेका गाउँपालिकाका अध्यक्ष धर्मानन्दसिंह मन्यालको भनाई छ । यस्तै अपि हिमाल गाउँपालिका– ३ कटेलीगाडमा १० किलोवाट क्षमताको आयोजना निर्माण थालिएको छ । सो आयोजना निर्माण गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १९ लाख, गाउँपालिकाले पाँच लाख तथा अन्य रकम प्रदेश सांसद विकास कोषबाट खर्च गरिने विद्युत् उत्पादन समितिका अध्यक्ष मदन कार्कीले बताएका छन् । सो आयोजना निर्माण गर्न ५७ लाख खर्च हुने अनुमान गरिएको छ । यसैगरी अपि हिमाल गाउँपालिका–६ मज्जेखोलामा एक सय किलोवाट विजुली निकाल्न बोलपत्र आह्वान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, प्रदेश सरकार तथा स्थानीय तहको सहयोगमा सो आयोजना निर्माण गर्न लागिएको निर्माण समितिका अध्यक्ष धनसिंह धामीले जनाएका छन् । गाउँपालिकाले एक करोड ७२ लाख सहयोग गरेका छन् । ८५ मेगावाट क्षमताको माथिल्लो चमेलिया आयोजना निर्माण गर्न निजी क्षेत्रले चासो देखाएको छ । नेपाल सरकारको लगानीमा ३२ मेगावाट क्षमताको क्षत्तिगाड जलविद्युत् आयोजना निर्माणबारे अध्ययन भइरहेको छ । निजी क्षेत्रबाटै निर्माण गर्ने गरी ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया र २० मेगावाट क्षमताको तल्लो चमेलिया निर्माणबारे समेत अध्ययन भइरहेको गाउँपालिकाका अध्यक्ष मन्यालले जानकारी दिएका छन् । अपि हिमाल गाउँपालिका भएर बग्ने चमेलिया नदीसँगै क्षत्तिगाड, मकरीगाड, छुमछुम गाड, मज्जेगाडलगायत खोलाबाट विद्युत् उत्पादन गर्न सकिने अत्याधिक सम्भावना छ । रासस
गोँगबु-लैनचौर सडकमा सवारी चाप बढ्यो, नयाँ बसपार्कबाट घण्टाघर पुग्न घण्टाैँ लाग्ने
काठमाडौं । सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ । टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क जान लागेकी जानुका खड्का साँघुरो बाटो र गाडीको चापका कारण एक घण्टा ४५ मिनेट लगाएर रत्नपार्क पुगे। नयाँ बसपार्कबाट घण्टाघरमा जान विनोद राईलाई एक घण्टा १५ मिनेट समय लाग्यो । माथिका केही घटना प्रतिनिधिमूलक घटनामात्र हुन् । पछिल्लो समय गोँगबुचोक कपुरधारा हुँदै लैनचौर निस्कने बाटोमा सवारी चाप बढ्न थालेको छ । साना सडकमा बिजुलीका पोल बाटोको छेउमा नसार्दा सवारी चाप बढ्न थालेकाले गन्तव्यस्थल पुग्नसमेत समस्या भएको छ । माइक्रोबस मात्र सञ्चालन हुँदै आएको उक्त बाटोमा सामाखुशी यातायात व्यवसायी सङ्घले सामाखुशी यातायात र दिगो सार्वजनिक यातायात प्रालि भित्र्याइएपछि उक्त क्षेत्रमा चाप बढ्न थालेको हो । सङ्घका सचिव लालप्रसाद गुरागाई बाटो साँघुरो र सवारी साधन ठूलो भएको कारण उक्त क्षेत्रमा चाप बढेको बताउँछन् । “यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबीच समन्वय नहुँदा समस्या उत्पन्न भएको हो”, उनी भन्छन् । सोही बस अन्यन्त्र स्थानान्तरण गरेर अर्को बस ल्याउन सरकारले पहल गरे आफूहरु सहयोग गर्न तयार रहेको उनको भनाइ छ । हाल गोँगबु-कपुरधारा-लैनचौर भएर सानाठूला १३५ सार्वजनिक बस तथा माइक्रोबस सञ्चालनमा छन् । जसमध्ये दिगो यातायात १७, सामाखुशी यातायात १९ र माइक्रोबस ९९ वटा सञ्चालनमा रहेका छन् । बसुन्धरा सेहन्सा, बानियाटार, भत्केकोपुल, मनमैजु, म्हैपी, टोखा र ग्रिनल्याण्ड क्षेत्रका बस तथा माइक्रोबस उक्त बाटो हुँदै आवत–जावत गर्छन् । शुरुको समयमा माइक्रोबस मात्र सञ्चालन भएको उक्त बाटोमा वर्ष पहिले सामाखुशी यातायात र यहि वर्षको साउन २८ देखि दिगो सार्जजनिक यातायात प्रालि सञ्चालित छन् । खम्बा र साँघुरो सडकका कारण दुई ठूला सवारी साधनलाई एकआपसमा आवतजावत गर्नसमेत मुस्किल हुने गर्छ । उक्त क्षेत्र काठमाडौँ महानगरपालिका-२६ मा पर्छ । सो वडाका वडाध्यक्ष ख्यामराज तिवारी गोँगबुदेखि लैनचौरसम्म सडकको खम्बा सार्नका लागि विद्युत प्राधिरणलाई वडाले चिठी पठाइसकेको बताउँछन् । “विद्युत् प्राधिकरण र सडक विभागका कारण उक्त पोल सार्न ढिलाइ भइरहेको छ”, उनी भन्छन्, “वडा कार्यालयले सामाखुशी क्षेत्रमा बाटो निर्माण र कालोपत्रे गर्ने कामलाई प्राथमिकता दिँदै आएको छ ।” महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त साँघुरो बाटो र ठूला सावारीसाधनका कारण सडकामा चाप हुने गरेको बताउँछन् । “उक्त बाटोलाई एकततर्फी बनाएर गाडी सञ्चालन गराउने वा ठूला गाडीलाई अर्को स्थानमा पठाएर मझौला गाडी सञ्चालन कि भन्नेबारे छलफल भइरहेको छ”, उनी भन्छन् । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेकामा काठमाडौं उपत्यकामा मात्र आठ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । रासस