जोशी हाइड्रोपावरको १७ करोड साधारण सेयर आवेदन खुला, ११ वर्षमा लगानी उठ्ने प्रक्षेपण
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्बसाधारणको लागि १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बरारबको सेयर निष्काशन गरेको छ । उक्त सेयरको लागि मंसिर १६ गतेबाट आवदेन खुला गरिएको छ । छिटोमा मंसिर १९ गते र ढिलोमा पुस १६ गते बन्द हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । यस कम्पनीको सेयर कम्तिमा ५० कित्ता र बढीमा ८ लाख कित्ता किन्न सकिने छ । चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले सर्वसाधारणको लागि ४९ प्रतिशत सेयर बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणको लागि १४ करोड ४८ लाख ४६ हजार र स्थानीयबासीको लागि ३ करोड ७१ लाख ४० हजारको सेयर निष्काशन गर्ने योजना बनाएका थियो । तर स्थानीयबासीका लागि ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको सेयर निष्काशन गरेकोमा १ करोड २९ लाख ३९ हजार रुपैयाँको मात्र आवेदन परेको छ । स्थानीयलाई छुट्याएको मध्ये २ करोड ४२ लाख १ हजार रुपैयाँको सेयर आवेदन परेन । स्थानीय तहबाट सेयर आवेदन नपरेपछि बाँकी सेयर पनि सर्ब साधारणको लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । अहिले गरिएको लगानी ११ वर्षभित्र उठ्ने कम्पनीको प्रक्षेपण छ । आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रुपैयाँ हुने र प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीको मुख्य लगानीकर्तामा गंगाप्रसाद जोशी, विरेन्द्रबहादुर न्यौपाने, माधव कार्की, रुकमणि राजभण्डारी, शशी कार्की, शिवरतन शारदा, रञ्जना दाहाल रहेका छन् ।
५० अर्बको पुनरावलोकन निवेदन सर्वाेच्चमा अलपत्र, नागरिकलाई धुलोः विकासमा धक्का
काठमाडौं । सरकारले ५० अर्ब रुपैंयाँ भन्दा बढी पैसा जोगाउन सर्वाेच्च अदालतमा दर्ता गराएको पुनरावलोकनको निवेदन अलपत्र परेको छ । सडक विस्तार सम्बन्धमा सर्वाेच्च अदालतको फैसला पुनरावलोकनका लागि सरकारले दर्ता गराएको निवदेन उपर सर्वाेच्च अदालतले थप सुनुवाई गरेको छैन् । सर्वाेच्च अदालतले सडक विस्तार सम्बन्धमा २०७४ साल असोज २ गते गरेको फैसला विरुद्ध सरकारले पुनरावलोकनको निवेदन दिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रायले साउन २९ र प्रधानमन्त्री कार्यालयले ३० गते पुनरावलोकनको निवेदन दर्ता गराएका थिए । तर सो निवेदन माथी सर्वाेच्च अदालतले हालसम्म सुनुवाई गरेको छैन् । ‘सरकारले आफ्नो तर्फबाट पुनरावलोकनको निवेदन दर्ता गराएको तीन महिना बित्यो तर अदालतले अझै पेशी तोकेको छैन’, महान्याधिवक्ताको कार्यालयका सह महान्याधिवक्ता खेमराज ज्ञवालीले विकासन्युजसँग भने । सडक विस्तार सम्बन्धी सर्वाेच्च अदालतको सो फैसलाले सडक विस्तारका क्रममा हालसम्म अधिग्रहण गरिएका सम्पर्ण जमिनहरुको मुआब्जा दिनु पर्ने भनेको थियो । जुन फैसलाले तत्कालै राज्यलाई ५० अर्ब ३९ करोड भन्दा बढी आर्थिक भार पर्छ । काठमाडौं उपत्यकाको सडक विस्तारका विरुद्ध परेको रिटमाथी सुनुवाई गर्दै न्यायधिसत्रय केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको पुर्ण ईजलासले २०७४ असोज २ गते सो फैसला गरेको थियो भने २०७५ असार १४ गते फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको थियो । अदालतले फैसला पुनरावलोकनको पेशी नतोक्दा ५० अर्बको जोखिम मात्रै बढेको छैन, सडक विस्तार सम्बन्धी सम्पूर्ण काम रोकिएको छ । त्रिपुरेश्व कलंकी नागढुंगा सडक, चावहिल जोरपाटी साँखु सडक लगायतका सडकहरुको विस्तार पूर्णतः ठप्प भएको छ । उपत्यकामा धुलो, हिलो र सवारी जामको प्रमुख कारणका रुपमा रहेका त्रिपुरेश्वर कलंकी नागढुंगा सडक र चावहिल जोरपाटी साँखु सडकका कारण उपत्यका बासीको जनजीवनमै गम्भिर असर पनि गरिरहेको छ । कति भयो सडक विस्तारको काम ? उपत्यका विकास प्राधिकरणले हालसम्म उपत्यकाका ३ जिल्लामा ४०० किलोमिटर सडक विस्तार सम्पन्न गरिसकेको छ । प्रत्येक सडकमा दायाँ बायाँ औषतमा एक एक मिटरका दरले विस्तार गरिएको छ । ४०० किलोमिटर विस्तारित सडकमा २५ हजार १ सय ९६ आना जमिन थपिएको छ । प्रति आना औषत मूल्य २० लाख रुपैंयाँ मात्रै गणना गर्दा पनि सरकारले मुआब्जाका लागि ५० अर्ब ३९ करोड रुपैंयाँ तत्काल भुक्तानी गर्नुपर्ने देखिएको काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले बताए । हाल सर्वाेच्च र उच्च अदालतहरुमा गरि सडक विस्तार सम्बन्धी एक हजार भन्दा बढी मुद्धा छन् । न्यायिक पुनरावलोकनको यो मुद्धाको छिनोफानो नभएसम्म सडक विस्तारका अन्य मद्धाहरु पनि किनारा नलाग्ने सह महान्याधिवक्ता ज्ञवालीले स्पष्ट पारे ।
निशान र मिटसुबिसी माेटरका अध्यक्ष गोसन पक्राउ, ४५ अर्ब अाम्दानी माथि अनुसन्धान शुरू
टोकियो । जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ । पक्राउसँगै उनले अार्जन गरेकाे करिव ४५ अर्ब रूपैयाँ र गैरकानुनी गतिविधिबारे अनुसन्धान शुरू भएकाे छ । गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा पक्राउ गरिएको हो । अध्यक्षको पक्राउपछि दुबै कार निर्माण कम्पनीले गोसनलाई हटाउने प्रस्ताब गर्ने बताएका छन् भने रेनल्टले यस बिषयमा चर्चा गर्न मङ्गलबार बैठक बोलाएको जनाएको छ । कम्पनीका चर्चित प्रशासकको पक्राउले कार कम्पनी र समग्र उद्योग क्षेत्रमा सनसनी मच्चाएको छ । जापानी अधिकारीले विश्व विख्यात जापानी कार कम्पनीलाईका प्रमुखलाई पक्राउ गरेपछि पनि निशान, मिटसुबिसी र रेनल्ट कम्पनीको स्थायित्वका लागि काम भइरहेको सन्देशसहितका आश्वासनहरू दिइरहेका छन् । कम्पनीहरूसँग स्थिर खालको सम्बन्ध राख्नु महत्वपूर्ण बिषय हो, जापानका उद्योगमन्त्री हिरोसिज सिकोले सञ्चारकर्मीसँग बताए । “सरकारका रूपमा हामीले गर्न सक्ने सबै कुरा हामी गर्छौँ,” मन्त्री परिषद्का मुख्य सचिब योसिहाइड सुगाले बिषयलाई थप विस्तार नगरिकन बताए । चौसठ्ठी बर्षीय गोसनको पक्राउले घाटामा गइरहेका कम्पनीहरूलाई सुधारतिर लानसक्ने क्षमता भएका एक कुशल ब्यवस्थापकको छविमा ठूलो आघात पुर्याएको छ । उनको यो कुशल कार्यका लागि फ्रान्समा उनलाई ‘ले कस्ट किलर’ का नामले चिनिने गर्छ । फ्रान्स सरकारले भने फ्रान्समा गोसनले कर छली गरेका कुनै तथ्य नभेटिएको तर टोकियोका कानूनाधिकारीहरूले उनीमाथि आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् । गोसनको पक्राउ भएको भन्ने पत्याउनै कठीन लाग्दो समाचार बाहिरिँदा उनलाई कहाँ र कसरी राखिएको छ भन्ने बिषयमा पनि निकै थोरै जानकारी मात्र सरकारले दिएको थियो । यद्यपि टोकियोका अभियाेजनकर्ताहरूले प्रयोग गर्ने कैदी गृहमा उनलाई राखिएको विभिन्न सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा मङ्गलबार बताएका छन् । जापानी अभियोजनकर्ताहरूले भनेका छन्, “गोसनलाई विगत पाँच बर्षमा ४४ करोड ५० लाख अमेरिकी डलर (करिब ४५ अर्ब रूपैयाँ) आम्दानी गरेको भन्ने समाचारहरूका आधार र केही अन्य शङ्कास्पद गतिविधिका आधारमा पक्राउ गरिएको हो ।” निशानका कार्यकारी प्रमुख हिरोटो साइकावाले अधिकारीहरूको महिनौ लामो अनुसन्धानले उनले गरेका केही बर्ष यता गरेका आर्थिक अनियमिततालाई बाहिर ल्याएको हो । उनीमाथि उनको तलब र अन्य गतिविधिमासमेत कम्पनीको सम्पत्तीको दुरूपयोग गरेको आरोप रहेको छ । निशानले गोसनलाई विभिन्न चार देशमा घर उपलब्ध गराएको तर यसको कुनै कानूनसम्मत कारण नभेटिएको र निशानले उक्त घरहरूका लागि ‘ठूलो रकम’ बुझाएको पाइएको जापानको सार्वजनिक टेलिभिजन प्रशारक एनएचकेले जनाएको छ । गोसनले उक्त रकमले ब्राजिलको रियो दि जेनेरियो, बेरुत, पेरिस र आर्मस्टर्डममा घर किनेका एनएचकेले जनाएको छ । गोसनसँगै पक्राउ परेका कम्पनीका अर्का उच्च अधिकारी ग्रेग केलीले कम्पनीका अन्य उच्च अधिकारीहरूलाई पनि तलबबारे जानकारी नगराउन भनेका बताइएको योमिउरी शिम्बुनले बताए । कम्पनीका उच्च अधिकारी खासगरी गोसनको पक्राउ प्रकरणका कारण मङ्गलबार टोकियोमा निशानको शेयर मूल्यमा ५.४५ प्रतिशतले कमी आएको छ । त्यस्तै मिटसुबिसीको शेयर मुल्यमा ५.८४ प्रतिशतले कमी आएको छ । गोसनले आफु र आफ्ना प्रतिनिधिले यसबारे केही बताएका छैनन् । तर निशानका कार्यकारी साइकावाले भने गोसनले अत्यधिक शक्ति हातमा लिएको अनियमिततालाई बढावा गराएको भन्दै यो गोसन युगको अध्यारो पक्ष भएको बताए। रासस
एचएच बजाजको नयाँ शोरुम बाराको जीतपुर र गौरमा
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ शोरुम “न्यु एसडिएस इन्टरप्राइजेर्ज’, जीतपुर (बारा) र “गुप्ता अटोमोबाईलस“ गौरमा संचालनमा ल्याएको छ । एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको जनाएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले कही कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको हंशराजहुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यनाजेर योगेन गुरुङले बताए । बजाज नेपालमा सबै भन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड भएको जनाउँदै उनले भने–एचएच बजाज देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छ । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।
आइफोनको नयाँ तीन मोडल मंसिर ७ गतेदेखि नेपाली बजारमा आउदै
काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सएसआर मंसिर ७ गते नेपालमा सार्वजनिक गर्ने भएको छ । आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने ब्ल्याक, रेड, एल्लो, कोरल, ब्लु, व्हाइट कलर अप्सनमा आउने कम्पनीले जनाएको छ । आइफोन एक्सएस नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने स्पेस ग्रे, सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ र आइफोन एक्सएस म्याक्स पनि नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ र स्पेस ग्रे , सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ । कम्पनीले मूल्य भने ७ गते मात्र सार्वजनिक गर्ने भएको छ ।
विज्ञापन संघका सदस्यले नेपाल मेडीसिटी अस्पतालमा विशेष छुट पाउने
काठमाडौं । अब नेपाल विज्ञापन संघ(आन)का पदाधिकारीहरु तथा सदस्यहरुले नेपाल मेडीसिटी अस्पतालमा विशेष छुट पाउने भएका छन् । नेपाल मेडीसिटी अस्पतालले विज्ञापनकर्मीहरुलाई स्वस्थ राख्न नेपाल विज्ञापन संघसँग सम्झौता गरेको हो । मंगलबार दुई संस्थाबीच सो सम्बन्धि सम्झौता भएको हो । सम्झौतापत्रमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र आनका अध्यक्ष रबिन्द्रकुमार रिजालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात संघका पदाधिकारीहरु तथा सदस्यहरुले अस्पतालको सेवा उपभोग गर्दा विशेष सहुलियत पाउने भएका छन् । त्यस्तै, आनसंग मिलेर देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गरिने अस्पतालले जनाएको छ । स्वास्थ्य सचेतना वृद्धि गर्न विज्ञापन र यससँग सम्बन्धित व्यक्तिहरुको विशेष भूमिका रहने भएकाले सो क्षेत्रमा संलग्न व्यक्तिहरु स्वस्थ रहन आवश्यक रहेको महाप्रबन्धक रिमालले बताएका छन् । त्यस्तै, आनका अध्यक्ष रिजालले स्वदेशमै सम्पूर्ण उपचार सम्भव भएकाले व्यस्त जीवनका बावजुद पनि सबैले अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्न आवश्यक रहेको जानकारी दिएका छन् । स्वस्थ जीवनका लागि रोग लागेपछि मात्र हैन, सामान्य अवस्थामा पनि स्वास्थ्य जाँच गर्न आवश्यक रहेकाले यस किसिमका सम्झौताले नियमित जाँचका लागी सहयोग पुर्याउने अस्पतालको विश्वास छ ।
एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकका कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफको इन्स्योरेन्स पोलिसी बिक्री गर्न सकिनेछ । सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
कंगारु एजुकेशन फेयर पोखरामा सम्पन्न, ३१ सयले गरे अवलोकन
काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले आयोजना गरेको कंगारु एजुकेशन फेयर अल नेपाल रोड शो मंगलवार पोखरामा कार्यक्रम गरी सम्पन्न भएको छ । वैदेशिक शिक्षा अध्ययन गर्न जान चाहने पोखरा र यस वरपरका विधार्थीहरुलाई लक्षित गरी गरिएको पोखराको शैक्षिक मेलाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र कंगारुका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले गरेका थिए । मेलामा अस्ट्रेलिया, न्यूजीलेण्ड, क्यानडा, अमेरीका र यूरोपका गरी २१ वटा प्रतिष्ठीत विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहको थियो भने ३०० भन्दा बढीले पोखराको मेला अबलोकन गरेको कंगारु एजुकेशन फाउण्डेशन पोखराका निर्देशक टि.आर. काफ्लेले बताए । कात्तिक २९ गते बिहिबार पुर्व झापाको विर्तामोडबाट शुरु भएको यो एजुकेशन फेयर काठमाडौं, बुटवल हुँदै पोखरामा सम्पन्न भएको छ । देशका विभिन्न ५ स्थानमा आयोजित यो पटकको फेयरमा करिब ३१०० विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो । फेयरमा सहभागी विद्यार्थीलाई पछी पनि विशेष छुटको व्यवस्था गरेको प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले बताए । विभिन्न देशका २१ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग विद्यार्थी र अभिभाबकलाई प्रत्यक्ष भेट गराई त्यहाँको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पुर्ण जानकारी दिइएको कंगारु एजुकेशन फाउण्डेशनका निर्देशक सुष्मिता पराजुलीले बताइन् । मेला अवलोकनमा गएका सम्पूर्ण विद्यार्थी र अभिभावकहरुले कलेज विश्वविद्यालय छनौट देखि परिपक्व डकुमेन्टेसन मार्फत एड्मिसन र भिजाका सम्बन्धमा पनि परामर्श लिएका छन् । यो मेलामा आइडीपी तथा नेपाल एसबीआई बैंकको पनि सहभागीता रहेको थियो । विद्यार्थी तथा अभिभावकहरुले अङ्गेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जा सम्बन्धी समेत जानकारी लिएका छन् ।