विकासन्युज

स्ट्याण्डर्ड चाटर्ड बैंकको साधारण सभा माघ ७ गते, पुस २६ गतेसम्मका सेयर धनीलाई १७.५० प्रतिशत लाभांश

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले माघ ७ गते साधारण सभा डाकेको छ । मंसिर २१ गते बसेको ३७७ औं बैंक सञ्चालक समिति बैठकले माघ ७ गते साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकले पुस २९ गतेदेखि बुक क्लोज हुने निर्णय पनि गरेको छ । पुस २७ गतेसम्म सेयर होल्ड गर्ने लगानीकर्ताहरुले लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले १७.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकले गत आर्थिक बर्षमा २ अर्ब ७ करोड नाफा आर्जन गरेको थियो । ८ अर्ब १ करोड चुक्ता पुँजी रहेको स्ट्याण्डर्ड चाटर्ड बैंकको प्रति सेयर आम्दानी ३१.६६ रुपैंयाँ रहेको छ ।

एघार जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र, क्षमता १ हजार ३८७ मेगावाट

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार ३८७ मेगावाट रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागकाअनुसार हालसम्म सात हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् । चालू आवको हालसम्म अनुमति दिइएका आयोजनामा ४४० मेगावाट क्षमताको तिला एक, ४२० मेगावाट क्षमताको तिला दुई ठूला आयोजना हुन् । ती आयोजना एससी पावर कम्पनीले निर्माण गर्न लागेका हुन् । यस्तै २८२ मेगावाट क्षमताको मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाले पनि त्यस्तो अनुमतिपत्र लिएको छ । सो आयोजनाको प्रवद्र्धक मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनी रहेको छ । कूल १४० मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाको प्रवद्र्धक बुटवल पावर कम्पनी रहेको छ । उक्त आयोजनाले पनि विद्युत् उत्पादन अनुमतिपत्र लिएको छ । विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ह्याबिट्याट पावर कम्पनीले निर्माण गर्ने पाँच मेगावाट क्षमताको हेवा ए, युनिटेक हाइड्रो पावर कम्पनीले निर्माण गर्ने पाँच दशमलव आठ मेगावाट क्षमताको माथिल्लो फावाले पनि हालै विद्युत् उत्पादन अनमुतिपत्र लिएको छ । सेञ्चुरी इनर्जी प्रालिले प्रवद्र्धन गर्ने शून्य दशमलब नौ सात मेगावाट क्षमताको हाडी खोला, गोरक्ष इनर्जी प्रवद्र्धक रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन अनमुतिपत्र लिएको छ । नीलगिरि खोला हाइड्रो पावर कम्पनीको प्रवद्र्धनमा निर्माण हुने ६२ मेगावाटको नीलगिरि खोला र शक्ति ऊर्जा विकास कम्पनीले प्रवद्र्धन गर्ने शून्य दशमलब नौ पाँच मेगावाट क्षमताको तौथली खोलाले पनि विद्युत् उत्पादन अनुमतिपत्र लिएको छ । विभागका अनुसार हाल सरकारको बास्केटमा रहेका आयोजनाको सङ्ख्या १०२ छन् । ती आयोजनाको क्षमता दुई हजार ७७० मेगावाट रहेको छ । यस्तै एक मेगावाटभन्दा माथि रहेका कूल ७४ आयोजनाबाट एक हजार तीन मेगावाट र एक मेगावाटभन्दा साना १५ आयोजनाबाट ११ मेगावाट गरी कूल एक हजार ११४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

हनुमन्ते खोलाको वारीपारी नयाँ शहर बन्ने

भक्तपुर । सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले संयुक्त रुपमा हनुमन्ते नदीलाई व्यवस्थित गर्दै नयाँ शहर निर्माण गर्ने भएका छन् । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको हनुमन्ते करिडोर निर्माण तथा जग्गा एकिकरणबारे दुवै नगरपालिकाबीचको संयुक्त विस्तारित बैठकमा भक्तपुर २ न क्षेत्रका प्रतिनिधिसभा एवं प्रदेशसभाका सांसद महेश बस्नेतसहितको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नदीको ५०० मिटर क्षेत्रभित्रको जग्गामा एकिकरण आयोजना सञ्चालन गर्दै नयाँ, व्यवस्थित र सुरक्षित शहर निर्माण गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई सिफारिस गर्ने निर्णय गरेको मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । बैठकले दुई नगरपालिकाको क्षेत्र अन्तर्गत हनुमन्ते पुलबाट सूर्यविनायक–२, ३, ४, ५ बालकोट, दधिकोट, कटुञ्जेसम्म र मध्यपुरथिमिका १, ३, ४, ५ र ९ राधेराधे हुँदै लोकन्थली मनोहरा प्लानिङको सिमाना अर्थात ललितपुरको सिमानाको गोदाबरी खोला राम मन्दिरसम्मकोे क्षेत्रफलमा जग्गा एकिकरण आयोजना सञ्चालन गर्दै नदीको व्यवस्थापन र सुरक्षित आवास निर्माण गर्ने गरी कार्य अगाडि बढाउनेबारेमा छलफल तथा निर्णय भएको सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले जानकारी दिए । आयोजनालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सूर्यविनायकका प्रमुख थापाको संयोजकत्वमा मध्यपुरथिमिका प्रमुख श्रेष्ठ सहसंयोजक र आयोजना क्षेत्रभित्र पर्ने दुबै नगरपालिकाका वडाअध्यक्ष सदस्य रहनेगरी आयोजना व्यवस्थापन समिति गठन गरिएको छ । सोही कार्यक्रममा भक्तपुरको समग्र विकासलाई सफलतापूर्वक सम्पन्न गर्न नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको संयोजकत्वमा १४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । उक्त समितिमा ३ नं प्रदेशसभा सदस्य शशीजङ्ग थापा, डा राजेन्द्रमान श्रेष्ठ, प्रतिमा श्रेष्ठ, रजनी जोन्छे, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, नेपाली काङ्ग्रेस जिल्ला सभापति दुर्लभ थापा, नेता अष्ट कवे, मदनकृष्ण श्रेष्ठ, नेकपाका नेता सुचित्रा श्रेष्ठ, भाइकृष्ण श्रेष्ठ, काङ्ग्रेस मध्यपुरका नगरसभापति सुरेन्द्र श्रेष्ठ, काङ्ग्रेसका नेता विष्णुराज कार्की र बालकृष्ण श्रेष्ठ सदस्य रहेका छन। रासस

मन्त्रीसँगै झाडु बोकेर ‘काठमाडौं सफा गर्न’ निस्किए मेयर शाक्य र उप मेयर खड्गी

काठमाडौँ । शनिबार बिहानै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ झाडु लिएर काठमाडौंका सडकमा झुल्किए, उनीसँगै थिए काठमाडौंका मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी । मंसिर ८ गते शनिबारदेखि सुरु भएको ‘शहरी सौन्दर्य प्रवद्र्धन सघाउ अभियान’लाई निरन्तरता दिँदै उनीहरुले सडकमा झाडु लगाएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि काठमाडौँ महानगरपालिकाले रात–दिननभनी सरसफाई अभियानलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गरे । मन्त्री महासेठले राजधानी भित्रिने नाकाबाट आएको धुलोका कारण पनि महानगर फोहोर भएको भन्दै अब जेठ मसान्तासम्म सबै ठिक हुने दाबी गरे । ‘म तपाईँहरुसँग जेठ मसान्तासम्मको समय माग्छु । त्यो बेलासम्ममा कलंकी–नागढुंगाको बाटो पनि बनिसक्ने छ,’ उनले भने, ‘त्यतिबेलासम्म काठमाडौँ महानगरपालिका र हामी मिलेर आवश्यक पर्यो भने प्रदेश सरकारसँग पनि साथ लिएर महानगरपालिका सफा गर्ने छौँ ।’ ‘सहरी सौन्दर्यीकरण बढाउन यो अभियानलाई निरन्तरतादिने तयारी गरेका छौँ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भने, ‘अहिले धरहरा, दरवार हाइस्कुल, वीर अस्पताल र रत्नपार्कमा ठूला–ठूला भौतिक संरचना निर्माण भैरहेका छन् । यी संरचनाका लागि आवश्यक निर्माण सामाग्री ढुवानी गर्ने साधनले जथाभावी धुलो, गिट्टी, बालुवा नझार्ने हो र ठेकेदारहरुले पनि यति कुरामा मात्रै ध्यान दिने हो भने महानगर सफा राख्ने हाम्रो अभियान धेरै हदसम्म सफल हुने थियो ।’ उपमेयर हरिप्रभा खड्कीले पनि विकास जादूको छडी जस्तो नभएको भन्दै विस्तारै विकासको अभियान अघि बढ्ने बताइन । उनले अब महानगरपालिका सरसफाई अभियानमा जुटेको दाबी समेत गरे । शनिबार दुई चरणमा सरसफाई अभियान सञ्चालन गरिएको थियो । शान्ति वाटिकाबाट मन्त्री महासेठ, मेयर शाक्य र उपमेयर हरिप्रभा खड्कीले सरसफाई अभियानको सुरुवात गरेका थिए । त्यहाँबाट सुरु भएको अभियान भोटाहिटी, जमल हुँदै महाराजगञ्ज तिर अघि बढेको थियो । दोस्रो चरणको अभियान महाराजगञ्जबाट टिचिङ हस्पिटल हुँदै लाजिम्पार्टतर्फ आएको थियो । यस क्रममा सडक पेटीमा रहेका ¥याम्प हटाएर सडकको ढल तथा साइट ड्रेन जेट मेशिनले सफा गर्ने, अव्यवस्थित रुपमा रहेका केवल, विद्युत, टेलिफोन तथा केवलका पोल तथा तार, खाने पानीका पाइप, निर्माणजन्य फोहोर हटाउने, सडकमा मार्किङ् गर्ने तथा मर्मत गर्ने काम भएका थिए । सफाइका लागि ५ वटा जेट, २ वटा ब्रमुर, २ वटा स्काभेटर र ३ वटा फोहोर संकलन गर्ने सवारी साधनको प्रयोग गरिएको थियो ।

बैंकका सञ्चालकलाई बैठक भत्ता ३० हजार, सञ्चार खर्च ४ लाख ८० हजार र स्वास्थ्य बीमा करोड माथि

एनआईसी बैंकको बोर्ड कक्ष, फोटो: बैंकको वेवसाईट काठमाडौं । शिर्षक पढेर तपाईलाई पत्याउन गाह्रो होला । तर यो भ्रम होइन, यथार्थ हो । समय बदलिएको छ । मानिस धनी भएका छन् । आकांक्षा बढेको छ । उनीहरुको दैनिकीमा ठूलो परिवर्तन देखिएको छ । बैंकर्सहरुले व्याज मात्र बढाएका छैनन्, सञ्चालकको बैठक भत्ता र अन्य सुविधा पनि बढाएका छन् । एउटा उदाहरण हेरौं । एनआईसी एशिया बैंकले बैंठक भत्ता अध्यक्षलाई प्रतिबैठक ३० हजार र सञ्चालकलाई प्रति बैठक २५ हजार रुपैयाँ दिने भएको छ । बैंक सञ्चालक समितिको बैठक सामान्यतया महिनामा कम्तिमा दुई पटक बस्ने गरेको पाइन्छ । यस बैंकले अध्यक्षलाई संचार खर्च वार्षिक ४ लाख ८० हजार रुपैयाँ दिने भएको छ । त्यस्तै, बैंकले सञ्चालकहरुलाई संचार खर्च प्रतिव्यक्ति ४ लाख २० हजार रुपैयाँ दिने भएको छ । अध्यक्षलाई मासिक ४० हजार रुपैयाँ र सञ्चालकलाई मासिक ३५ हजार रुपैयाँ संचार सुविधा दिने भएको छ । संचार अन्तरगत पत्रपत्रिका र फोन सुविधा हुने बैंकले जनाएको छ । त्यस्तै, बैंकले अध्यक्ष र सञ्चालकलाई नेपाल भित्र वा वाहिर भ्रमण भत्ता दैनिक १५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तो प्रस्ताव बैंकले आगामी साधारणसभामा लैजादैछ । साधारणसभाले पास गरेपछि उनीहरुले यस्तो लाभ लिन सक्नेछन् । यस बैंकले अध्यक्ष र सञ्चालकलाई स्वास्थ्य बीमा शुल्क अन्तरगत २ लाख ५० हजार रुपैयाँ बीमा शुल्क दिने भएको छ । बीमा विज्ञ भोजराज शर्माको अनुसार २ लाख ५० हजार बीमा शुल्क तिरेर लिएको बीमा पोलिसी १ करोड भन्दा बढीको हुनेछ, जहाँ जटिल प्रकारको रोगसमेत कभर हुन्छ । यस बैंकमा तुलसीराम अग्रवाल अध्यक्ष छन् । जगदीश प्रसाद अग्रवाल, रामचन्द्र संघाई, राजेन्द्र अर्याल, विनोद कुमार प्याकुरेल, गणेशमान श्रेष्ठ र त्रिलोकचन्द्र अग्रवाल सञ्चालक छन् । एनआईसी एशिया बैंकमा मात्र होइन, अन्य बैंकहरुमा पनि सञ्चालकहरुको सुविधा उल्लेख्य रुपमा वृद्धि भईरहेको छ । एभरेष्ट बैंकले सञ्चालकलाई विदेश भ्रमण गर्दा प्रतिदिन ६४ हजार ५०० रुपैयाँ भत्ता दिने प्रस्ताव साधारणसभामा लैजादैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले सञ्चालकहरुको जिम्मेवारी बढी तोकेको र बैंकका अध्यक्ष तथा सञ्चालकले मासिक तलब सुविधा पनि लिन नपाउने भएकोले भत्ता बढाउनु परेको बैंकको एनआईसी बैंकमा एक सञ्चालकले बताए । बैंक सञ्चालक आफै लगानीकर्ता भएकोले उनीहरुको ध्यान तलव भत्ता नभई नाफा केन्द्रीत हुनुपर्ने अर्थमन्त्री युवराज खतिवडाको तर्क छ । ‘जागिर खानेले तलब, लगानी गर्नेले नाफा भन्ने सिद्धान्त र मान्यताको आधारमा संसारभर नै सञ्चालक तथा अध्यक्षलाई तलब सुविधा नहुने तर्क खतिवडाको छ । तलवको सट्टा भत्ता र विभिन्न सुविधा शिर्षकमा ठूलो रकम लिने सस्कार गलत भएको डेपुटी गभर्नर शिवराज श्रेष्ठ बताउँछन् । ‘बैंक सञ्चालकहरुको जिम्मेवारी पनि धेरै छ । उनीहरुले पाउने सुविधा समय सापेक्ष बनाउनु पनि पर्छ । तर बैंकका सञ्चालकहरुले नसुहाउने तरिकाले सुविधा लिन हुुँदैन’ श्रेष्ठले भने । बैंकले प्रस्ताव गरेको बैठक भत्ता, सेवा, सुविधा साधारणसभाबाट पास भएपछि पनि राष्ट्र बैंकको स्वीकृति लिएको हुनु पर्ने उनले बताए । ‘धेरै बैंकमा सञ्चालकहरुको भत्ता उच्च दरमा वृद्धि हुन लागेको हामीले पनि सुनेका छौं । त्यसमा राष्ट्र बैंकको पनि स्वीकृति चाहिन्छ । हामी गम्भिरतापूर्वक हेर्छौ’ श्रेष्ठले भने ।

प्रविधि र तालिमले बढायो अर्थोडक्स चिया उत्पादन,डेनमार्क सरकारको साढे ३९ कराेड सहयाेग

पाँचथर जिल्ला चरिभन्ज्याङ्गमा रहेको पाथीभरा टि स्टेट प्रा लि. अर्गानिक प्रमाणित भएको चिया उद्योग हो । यसलेले अघिल्लो वर्षसम्म पुरानो प्रविधिबाट प्रसोधन गर्दा वार्षिक पाँच हजार केजी चिया उत्पादन गर्दथ्यो । तर यो वर्ष उद्योगले उन्नती परियोजनासंगको सहकार्यमा नयाँ भवन र नयाँ प्रसोधन उपकरणहरु थप्यो, जसबाट चिया उत्पादन १२ हजार के जी पुग्यो । करिव १४ सय रोपनी क्षेत्रफलमा आफ्नै चिया बगान भएको यो कम्पनीको अहिले तयारी चियाको गुणस्तर पनि बढेको छ । चिया किन्नका लागि विदेशी क्रेताहरु उद्योगमै आउन थालेको छन् । ९० प्रतिशत भन्दा बढि बजार युरोप र अमेरिकामा रहेको यो कम्पनीले आगामी वर्ष २० हजार के जी तयारी चिया उत्पादनको लक्ष्य राखेको कम्पनीका संचालक राजन भट्टराइ बताउछन् । उनि भन्छन्, “उन्नती संगको सहकार्यले कम्पनी मात्र होइन यो क्षेत्रका सयौ किसानहरुले पनि चिया खेति सम्बन्धी तालिम लिएका छन् र अर्को वर्ष देखि उनिहरुको पनि उत्पादन बढ्छ, जसबाट किसानहरुले पनि फाइदा लिनेछन् ।” इलामको देउमाइ नगरपालिका नवमी निवासी नेत्र प्रसाद बरालले गत वर्ष उन्नती परियोजनाको सहयोगमा चिया बाली सम्बन्धी तालिम लिएपछि चियाको स्याहारसुसार गर्ने तरिकामा परिवर्तन गरे । नयाँ तरिकाबाट चियाको काँटछाँट, गोडमेल र टिप्ने काम गर्दा उनले आफ्नो पाँच रोपनी जग्गामा एक सय केजी बढि चियाको पत्ता निकाले । यसबाट उनको आम्दानी ६ हजार रुपैयाँ बढ्यो । नयाँ तरिकाले चिया बगानमा काम गर्दा नेत्र प्रसादले जस्तै आम्दानी बढाउन सकिएको स्थानीय किसान मदन बराल र रनबहादुर मगरको भनाइ छ । उनिहरु प्नि सोही तालिमका सहभागि हुन् । उल्लेखित दुई घटनाले यो स्पष्ट पारेका छन् कि नेपालको चिया क्षेत्रमा थोरै मात्र सुधार गर्दा पनि त्यसबाट किसान र व्यवसायीको तहमा राम्रो संग आम्दानी बढाउन सकिन्छ । यहि संभावनाका साथ डेनमार्क सरकारको सहयोगमा सन् २०१४ देखि संचालन भइ सन् २०१८ को अन्तिममा सकिदै गरेको उन्नती परियोजनाले पूर्वी नेपालमा ७ पहाडी जिल्लामा अर्थोडक्स चियाको विकासका लागि सहयोग गर्यो । यस अन्तर्गत परियोजनाले ३९ करोड ४८ लाख रुपैयाँ चिया उद्योग र चिया किसानको क्षमता विकास, पूर्वाधार विकास र आधुनिक उकरणका लागि सहयोग गरेको छ । यति नै परिमाणमा चिया व्यवसायीबाट लगानी थपिएको छ । यो सहकार्यमा ५२ वटा सहकारी तथा निजि चिया उद्योगहरु जेडिएका छन् जसले पहिलेभन्दा आफ्नो उत्पादन क्षमता बढाएका छन् भने गुणस्तरमा पनि सुधार गरेका छन् । तालिमबाट सात जिल्लाका ८ हजार बढि किसानहरुले चियाखेतीको बारेमा नयाँ ज्ञान र सिप सम्बन्धी तालिम पाएका छन् । त्यसमध्ये ५३ प्रतिशत महिला रहेका छन् । तालिमका सहभागिमध्ये अधिकांशले पहिले भन्दा चिया उत्पादन बढाएको परियोजनाको भनाई छ । चिया किसान र चिया उद्योगीमा संगसंगै गरिएको यो सहयोग समग्र चिया क्षेत्रको विकासका लागि एक सिक्न लायक नतिजामुखी कार्यक्रम बनेको छ । हाल ग्रामिण क्षेत्रका कतिपय चिया सहकारीले आफ्नै प्रसोधन उद्योग पनि संचालन गरेका छन् । विगत दुई दशकदेखि स्थानीय किसानको हरियो चियापत्ती संकलन गरी धनकुटाको उद्योगमा विक्रि गर्दै आएको तेह्रथुम लसुनेको सिंहदेवी चिया उत्पादक सहकारी ले यो वर्ष आफ्नै प्रसोधन उद्योग शुरु गर्यो । ४० हजार केजी प्रति वर्ष उत्पादन क्षमता भएको यो नयाँ उद्योगले दुई सय १० जना किसानको चिया खरिद गर्छ । व्यवस्थाक शंकर खनालका अनुसार “यो उद्योग बन्नु भन्दा पहिले किसानहरुले धनकुटामा चिया बेच्थे । उनिहरुले एक वर्ष पछि मात्र भुक्तानी पाउथे तर अहिले उनिहरुले गाउँघरमै चियाको पत्ता बेच्न पाएका छन् र मूल्य पनि प्रति केजी ४ रुपैयाँ बढि नै पाएका छन् ।” विगत २० वर्ष देखि चिया विकास अभियानमा लागेका खनालका अनुसार चियाको पत्ता बेच्नु भन्दा प्रसोधन गरेको तयारी चियाबाट ५० प्रतिशत सम्म थप आम्दानी बढाउँन सकिन्छ । त्यसैले गाउँमै प्रसोधन उद्योग भएपछि प्रसोधनमा थपिने नाफा समेत किसानहरुले पाउँने भएका छन् । व्यवस्थापक खनालका अनुसार अर्को वर्ष देखि यो उद्योग पूर्ण क्षमतामा संचालनमा आउने गरी काम भएको छ । यसो भएमा उद्योगले वार्षिक करिब ४ करोड रुपैयाँको बारोबार गर्नेछ । यसबाट सहकारीलाई ४० लाख रुपैयाँ नाफा हुने छ । यो नाफा पनि किसानहरुलाई नै बाँडिनेछ । नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय बजार माग राम्रो छ । तर थोक क्रेताले खोजेको गुणस्तर र परिमाणको चिया समयमै उपलब्ध गराउने सुनिश्चितता नभएका कारण नेपालले चियाको संभाव्य फाइदा गुमाइरहेको छ । नेपालको चियाको करिब ९२ प्रतिशत निर्यात हुन्छ । निर्यात हुने परिमाणमध्ये पनि झण्डै ८० प्रतिशत चिया बिक्रिका लागि भारतीय व्यापारीमा निर्भर हुनु परेको छ । यदि हामीले उत्पादन गर्ने किसान देखि प्रसोधन गर्ने उद्योगसम्मलाई सुधार गरेमा भारतमाथिको बजार निर्भरता घटाउन सकिन्छ भने अहिले भन्दा धेरै नाफा लिन पनि सकिन्छ । यसबाट थप रोजगारी श्रृजना गरी स्थानीय किसानहरुको आर्थिक अवस्थामा सुधार गरी गरिवी घटाउन समेत ठूलो मद्धत पुग्ने सरोकारवालाहरुको भनाइ छ । इलामको मिस्ट भ्याली टि ईण्डष्ट्रिका संचालक रमेश लिम्बु भन्छन्, “उन्नतीसंगको सहकार्य बाट केहि फ्याकट्री र केहि किसानले मात्र लाभ पाएका छैनन् कि नेपालको चिया विकासबाट कसरी राष्ट्रले फाइदा लिन सक्छ भन्ने कुराको एउटा नयाँ सिकाइ भएको छ । यो सिकाइलाई आगामी दिनमा अन्य चिया उद्योग र चिया किसान समक्ष फैलाउदै जाने हो भने नेपालको चियाले दिने आर्थिक लाभलाई धेरै नै बढाउन सकिन्छ ।” हाल नेपालमा झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम चिया क्षेत्र घोषणा गरिएको छ भने १३ जिल्लाको करिब २८ हजार हेक्टरमा चिया खेति हुन्छ । चिया क्षेत्रबाट एक लाख बढीले रोजगारी पाएका छन् । नेपालबाट वार्षिक करिव साढे २ अरब रुपैयाँ मूल्यको १३ हजार मेट्रीक टन भन्दा बढि चिया निर्यात हुन्छ । उद्योगी तथा किसानहरुका अनुसार अहिले पनि चियामा उत्पादन बृद्धिको विधि अपनाउन नसक्नु, गुणस्तरीय प्रसोधन तरिका लागु गर्न नसक्नु र भारतमा निर्भर भएको बजारको विकल्प खोज्न नसक्नु मुख्य समस्याका रुपमा रहेका छन् । यी समस्याको समाधान गर्न सकिएमा नेपालले चियामा आधारित अर्थतन्त्रको हिस्सलाई थप बढाउँन सक्छ ।

शाश्वत धाममा २० लाख दर्शनार्थी, धार्मिक पर्यटककाे लागि नयाँ गन्तव्य

काठमाडौं । नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा २० लाख भक्तजनले दर्शन एवं अवलोकन गरेका छन् । संचालनमा आएको २० महिनाको अवधिमा २० लाख भक्तजन एवं धार्मिक पर्यटक शाश्वत धाम पुगेका हुन् । सरकारले वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा शाश्वत धामलाई अवार्ड दिइसकेको छ । नेपालमा पछिल्लो समयमा शाश्वत धाम सर्वाधिक लोकप्रिय गन्तव्य बनेको छ । शाश्वत धाममा स्वदेशी एवं विदेशी पर्यटकहरूको ओइरो नै लागेको छ । मंसिर २१ गते विहान ११ बजे हेटौडा नगरपालिका वडा नम्बर ४ पारिजात पथकी ७६ बर्षिया बृद्धा लोकलक्ष्मी आचार्य २०औं लाख दर्शनार्थीका रुपमा शाश्वत धाम प्रवेश गरेकी छिन् । उनलाई शाश्वत धामको विशेष दर्शन एवं परिक्रमाका साथ व्यवस्थापनले विशेष सम्मान गरेको छ । उनी लगायतका शुक्रबार शाश्वत धाम पुग्ने दर्शनार्थीलाई पञ्चेवाजा, स्वस्ती वाचन, भजन किर्तनले स्वागत गरिएको छ । ‘यो मेरो जीवनकै विर्सिन नसक्ने क्षण बनेको छ’ आचार्यले भनिन्, ‘शाश्वत धामको महत्व सुनेकी थिएँ । आज यस भगवानको मन्दिरमा मलाई प्राप्त भएको सम्मान मेरो हृदयमा सदा सदाका लागि रहनेछ ।’ पूर्व–पश्चिम राजमार्गस्थित सिजिआइपीसँगै रहेको यस धामको निर्माण ख्यातीप्राप्त उद्योगपति एवं नेपालकै एकमात्र डलर अर्बपति विनोद चौधरीले झण्डै डेढ दशक लगाएर गरेका हुन् । नेपाली कला, सँस्कृति एवं सनातन धर्मको प्रवर्धन गर्न शाश्वत धाम निर्माण गरिएको हो । शाश्वत धाममार्फत् आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षित गरि नेपालको पर्यटन उद्योगमा योगदान पु¥याउनु अर्को महत्वपूर्ण लक्ष रहेको छ । ‘हामी शाश्वत धाममा धेरैभन्दा धेरै दर्शनार्थी एवं पर्यटकलाई स्वागत गर्न चाहान्छौँ’ चौधरी ग्रुपका अध्यक्ष एवं शाश्वत धामका फाउण्डर ट्रस्टी विनोद चौधरीले भने, ‘सनातन धर्मप्रति आस्थावान सम्पूर्ण नेपालीहरूको भावनालाई सम्मान गर्दै हामी शाश्वत धाममा थप सम्पदाहरू विस्तार गर्न प्रतिवद्ध छौँ ।’ अध्यक्ष चौधरीले स्वदेशी एवं विदेशी पर्यटकहरूका लागि शाश्वत धाम नेपालकै सर्वाधिक आकर्षक गन्तव्यस्थलमध्येको एक बन्ने विश्वास पनि व्यक्त गरे । केही दिन अघि मात्रै शाश्वत धाममा बुद्ध चैत्य र बुद्धिस्ट सेन्टर समेत स्थापना गरिएको छ । यहाँ बुद्ध धर्मको इतिहास झल्काउने संग्राहलय रहेको छ । यसअघि नै यहाँ हिन्दू धर्मका बारेमा विस्तृत जानकारी दिने धार्मिक संग्राहलय स्थापना गरिएको थियो । शाश्वत धाम सनतन धर्मको रिसर्च सेन्टरका रुपमा समेत विकास भएको छ । पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातीको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् । मन्दिर अगाडि शिवप्रति भक्तिभावको मुद्रासहितको लुंकरणदास चौधरीको शालिक समेत निर्माण गरिएको छ । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जोकोही रोमाञ्चक अनुभूति गर्न सक्दछन् ।

तयार भयो ब्रोकर–ग्राहक सम्झौतापत्र, कालोसूचिमा नपरेको प्रमाणपत्र बुझाउनु नपर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले युजरनेम र पासवर्ड लिएर कारोबारअघि ब्रोकर र ग्राहकबीच अनिवार्य रुपमा हुनुपर्ने सम्झौतापत्रलाई अन्तिम रुप दिएको छ । आइतबारदेखि ग्राहकले कारोबार प्रयोजनार्थ युजरनेम र पासवर्ड दिने भएपछि नेप्सेले उक्त सम्झौतापत्र तयार गरेको हो । उक्त सम्झौतापत्रमा यसअघि ब्रोकरले तयार पारेको ३० बुँदामध्ये २९ बुँदा समेटिएका छन् । ब्रोकरले दिएको नमूनामा रहेको अधिकांश बुँदा समेटिएको सम्झौतापत्रमा ग्राहकले बैंक तथा वित्तीय संस्थाको कालोसूचिमा परेको प्रमाणपत्र बुझाउनुपर्ने भन्ने प्रावधान हटाइएको छ । यस्ताे छ सम्झाैतापत्र