विकासन्युज

भारतमा कारको मूल्य बढ्यो, नेपालमा पनि बढ्न सक्ने

काठमाडाैं । नयाँ वर्ष २०१९ सुरु भएसँगै भारतीय कार निर्माता तथा बिक्रेता कम्पनीहरुले आफ्नो उत्पादनहरुको मूल्य बढाएका छन् । ती कम्पनीहरुले आफ्ना उत्पादनहरुमा २ देखि ५ प्रतिशतसम्म मूल्य बढाएका हुन् । केही समय नै मूल्य बढाउने घोषणा गरेका कम्पनीहरुले आजदेखि मूल्यवृद्धि लागु गर्ने जनाएका छन् । भारतमा टाटा, मारुती, सुजुकी, अशोक लेलैण्ड, महिन्द्रा, आइसर, स्वराज माज्दा, फोर्स, प्रिमियर लगायत डेढ दर्जन भन्दा बढी कार निर्माता कम्पनीहरु छन् भने भारतबाहेकका देशमा बन्ने दर्जनौं कम्पनीहरुका उत्पादन समेत बिक्री हुने गरेको छ । भारतमा बन्ने र बाहिरबाट आउने सबै कारका मूल्यहरु आजदेखि बढ्ने छन् । आफ्नो उत्पादनको मूल्य कति बढाउने भनेर प्रत्येक कम्पनीहरुले छुट्टाछुट्टै रुपमा मुल्यसूची सार्वजनिक गरेका छन् । ती कम्पनीहरुले मूल्य बढाउनुको कारण उत्पादन लागतमा भएको वृद्धि eg]sf छन् । मुद्रास्फीति र उच्च विनिमय असन्तुलनका कारण कारको मूल्य बढाउन बाध्य भएको कार निर्माताको दाबी छ । सुजुकी माारुतीले पनि ४ प्रतिशत मूल्यवृद्धि गरेको छ । उसले मूल्यवृद्धिपछि आफ्ना कारहरु सन् २०१८ को भन्दा १७००० रुपैंयासम्म महँगा हुने बताएको छ । स्कोडाले आफ्ना प्रत्येक उत्पादनहरुमा २ प्रतिशतकोे मूल्य बढ्ने जनाएको छ । होन्डाले कति बढ्छ भनेको छैन, तर आफ्नो उत्पादन लागत ४ प्रतिशत बढेको यसअघि नै जनाएको थियो । महिन्द्राका कारहरुको मूल्य ३ प्रतिशतले बढेको छ । भोल्कस्वागेनले पनि आफ्ना उत्पादनहरु अब उप्रान्त पहिलेभन्दा २०००० रुपैंयासम्म महँगो पर्ने जनाइसकेको छ । टाटा कम्पनीले पनि जनवरीदेखि प्यासेन्जर भेहिकलहरुमा ४०००० भारु सम्म मूल्यवृद्धि गरेको छ । उसले गत अगस्टमा पनि प्रत्येक उत्पादनको मूल्य २.२ प्रतिशतले बढाएको थियो । नेपालमा पनि बढ्न सक्ने भारतसँगको स्थिर विनिमय र अत्यfधिक व्यापार निर्भरताका कारण भारतीय कार निर्माताहरुको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा समेत तत्काल देखिन] सम्भावना छ । नेपालमा गुड्ने कारहरु अधिकांश भरतबाटै आउने र भारतइतरका देशहरुमा बन्ने कारहरुको मूल्य समेत भारतमा बढेको अवस्थामा नेपालमा त्यसको सीधा प्रभाव पर्ने सम्भावना देखिएको हो । -एजेन्सीकाे सहयाेगमा

अङ्ग्रेजी नयाँ वर्षमा सौराहाका होटल पर्यटकले भरिभराउ

चितवन । पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक रहेका छन् । सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका बजार क्षेत्रका होटलमा समेत पर्यटक बस्न थालेका छन् । नारायणगढ–मुग्लिन सडक सहज भएसँगै काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट आन्तरिक पर्यटक नयाँ वर्ष मनाउन यहाँ आएका छन् । सङ्घका उपाध्यक्ष दीपक भट्टराईका अनुसार सौराहामा सोमबार राति कुटुम्ब ब्याण्डको प्रत्यक्ष प्रस्तुति रहेको थियो भने केही होटलले समेत साङ्गीतिक कार्यक्रम आयोजना गरेका थिए । होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीका अनुसार सोमबारदेखि तीन दिनसम्म होटल पुरै बुकिङ रहेको छ । ठूला अधिकांश होटल पुरै बुकिङ भएको उनले बताए । सौराहाको रेष्टुराँमा विभिन्न खानाका परिकारको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए । राप्ती किनार पर्यटकले भरिएको छ । निकुञ्जसँग जोडिएका सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको व्यवसायीले बताएका छन् । सौराहामा मात्र सानाठूला गरी ११० होटल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । दैनिक दुई हजार पाँच सय पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । साठीभन्दा बढी रेस्टुराँ र एक सय साना पर्यटन व्यवसाय सञ्चालित छ । यहाँ वार्षिक दुई लाख हाराहारी पर्यटक आउँछन् । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । हात्ती चढेर जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहन्छ । रासस

राजश्व तिरेको १ वर्ष भो, २ लाख ३० हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र किन पाएनन् ?

काठमाडौँ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको सङ्ख्या पाँच लाख ५७ हजार नाघेको छ । कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् । दुई लाख तीन हजारको छाप्न बाँकी रहेको कार्यालयले जनाएको छ । एकान्तकुनास्थित कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गर्दा एउटा कार्यालय मात्रैमा यो सेवा थियो । गत वर्षदेखि देशभरका कार्यालयले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेका छन् । कार्यालयका शाखा अधिकृत रमेश पौडेलका अनुसार कार्यालयबाट लिइएको लिखित र ‘ट्रायल’ दुवै पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि राजश्व तिरेका छन् । अहिले काठमाडौँ उपत्यकामा नै अरु तीन ठाउँ र देशभरका सबै कार्यालयले चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण हुनेलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन थालेका छन् । उनले भने, “पहिलेभन्दा अहिले यहाँ सेवाग्राहीको चाप कम भएपनि अन्यत्रभन्दा बढी सेवाग्राही आउँछन् ।” सबै कार्यालयबाट परीक्षा पास भइसकेका सेवाग्राहीको चालक अनुमतिपत्र विभागमा नै छापिन्छ । विभागमा भएको उपकरण पर्याप्त नभएकाले अनुमतिपत्र वितरण गर्न समस्या भएको हो । पौडेलले भने, “राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र नपाएका सेवाग्राही कार्यालयमा आइरहन्छन् ।” एक वर्षभन्दा पहिले परीक्षा पास गरेका सेवाग्राहीले अझैसम्म अनुमतिपत्र पाएका छैनन् । रासस

 छैठौं  नेपाली टोपी दिवसको अवसरमा अहिलेसम्मकै ठूलो टोपी प्रदर्शन

काठमाडौं । ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ छैठौं नेपाली टोपी दिवस भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत राजधानी काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । समापन कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गरेका छन् । कार्यक्रममा उपस्थिती हुनुभएका पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना गर्नु सबैको दायित्व भएको बताए । सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि हामीले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउदै आएका छ । विश्वमा हरेक मुलुकको आ–आफ्ना मौलिक पहिचान छ । त्यसकारण हामी पनि राष्ट्रिय पहिचानको खोज्नु पर्ने बताएका छन्र ।  त्यसका लागि  ५ बर्षदेखि विभिन्न अभियानहरु संचालन गर्दै आईरहेको जागरुक युवा अभियान नेपालले अंग्रेजी नयाँ बर्षका दिनलाई नेपाली टोपी दिवसका रुपमा मनाएकाे छ । विगतदेखि नै नेपालीलाई चिनाउदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गरेको छ ।

नक्कली प्रमाणपत्रधारी तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त

इस्लामावाद । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको जनाइएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाईन्स (पिआइए)ले आफ्ना ५० कर्मचारीको विद्यालय तहको शैक्षिक प्रमणपत्र नक्कली भएको अहिले पत्ता लगाएको हो । पिआइएका प्रवक्ता मसुद ताजवारले यसअघि पनि कम्तीमा छ जना विमान चालकलाई यही कारणले बर्खास्त गरिसकिएको जानकारी दिए । नक्कली प्रमणपत्र ठूलो चुनौतीका रुपमा देखिएको उहाँको भनाई छ । एयरलाईन्सले नक्कली प्रमाणपत्रधारी विमान चालकहरुको चालक अनुमतीपत्र पनि रद्ध गरिदिएको प्रवक्ता ताजवारले बताए । रासस/एएफपी

अपि पावर कम्पनीको खुद मुनाफा ८३ प्रतिशतले वृद्धि

काठमाडौं । अपि पावर कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासको बित्तिय विवरण प्रकाशित गरेको छ । कम्पनीले यस त्रैमासमा रु.३ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षकोे तुलनामा ८३ प्रतिशतले वृद्धि भएको देखिएको छ । विद्युत विक्रीबाट ४७ प्रतिशत बढी आम्दानी अर्जन गर्न सफल भएको हो । अत्तरिया बलाँच १३२ के.भि. ट्रान्समिसन लाईन संचालनमा आएपछि विद्युत विक्रीबाट आम्दानी बढेको कम्पनीले जनाएको छ । कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार प्रति शेयर आम्दानी रु.१०.७२ र नेटवर्थ प्रति शेयर रु.१०८.०८ रहेको छ ।

सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी सरकारीभन्दा निजी क्षेत्रप्रति आकर्षित

काठमाडौं। त्रिभुवन विश्वविद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीले सरकारी सेवाभन्दा निजी क्षेत्रप्रति आकर्षण देखाएका छन् । त्रिविको ४४ औँ दीक्षान्त समारोहमा सर्वोत्कृष्ट अङ्क ल्याएर विभिन्न पदक र पुरस्कार पाएकाले निजी क्षेत्रप्रति आकर्षण देखाएका हुन् । उनीहरुले सरकारी सेवा सीमित हुने भन्दै निजी क्षेत्रमा नै आफ्नो भविष्य देखेका छन् । समारोहमा ‘लोकराज ज्ञवाली स्वर्ण पदक’ प्राप्त गर्नु भएका प्रभा त्रिपाठीले सरकारी सेवाभन्दा निजी क्षेत्रमा सेवा गर्ने बताउनुभयो । नेपाल ल क्याम्पस काठमाडौँबाट कानूनमा स्नातक तह (बीएएलएलबी)मा सर्वोत्कृष्ट अङ्क ल्याउनु भएका त्रिपाठीले सरकारी सेवामा कामप्रति उत्प्ररेणा नजगाउने भएकाले निजी क्षेत्र आफ्नो रोजाई भएको बताए। उहाँले अहिले आफै साथीहरुसँग मिलेर ‘चिन्तन ल एसोसियट फर्म’ सञ्चालन गरेर वकालत गरिरहनु भएको छ । ‘‘सरकारी जागिरमा सेवा गर्ने भावनामात्र हुन्छ, अहिले म सरकारी जागिरमा गए भने मैले रचनात्मक कार्य गर्न सक्दैन’’, उनले भने ‘‘त्यसैले अहिलेको उमेर केही नयाँ गर्ने समय भएकाले आफ्नै फर्म सञ्चालन गरेको हुँ ।’’ त्रिपाठीले बीएएलएलबीमा ७५ दशमलव ८३ प्रतिशत अङ्क ल्याएका छन्। । समारोहमा ‘इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक’ पाउनु भएका स्कुल अफ म्यानेजमेण्ट कीर्तिपुरकी अल्काश्री श्रेष्ठले पनि निजी क्षेत्र नै आफ्नो पहिलो प्राथमिकता भएको बताए। अहिले नबिल बैंकमा कार्यरत रहनु भएका श्रेष्ठले सरकारी सेवामा भन्दा निजी क्षेत्रमा अवसर बढी हुने गरेकाले आफ्नो रोजाई निजी क्षेत्र भएको धारणा व्यक्त गरे। ‘‘म आफै पनि धेरै काम गर्न सक्छु, निजी क्षेत्रमा जति पनि काम गर्न सकिन्छ, तर सरकारी सेवामा निश्चित काम तोकिएको हुन्छ’’,उनले भने, ‘‘त्यसैले सीमित कामभन्दा धेरै काम गर्नका लागि निजी क्षेत्र रोजेको हुँ ।’’ श्रेष्ठले व्यवस्थापन सङ्कायमा स्नातकोत्तर (एमबीए)मा ३ दशमलव ९४ सीजीपीए अङ्क ल्याएका छन्। यसैगरी ‘भ्वाइथ सत्य माँ स्मृति स्वर्ण पुरस्कार’ प्राप्त गर्नु भएका शङ्करदेव क्याम्पसका राजेश पनेरुले पनि सरकारी स्थायी जागिरभन्दा निजी क्षेत्रको जागिर मनपर्ने बताए । निजी क्षेत्रमा आफ्नो ज्ञानको अनुभवअनुसार काम गर्न पाइने भएकाले आफूले निजी क्षेत्र रोजेको उनको भनाई । अहिले उहाँ उद्यमीसँग मिलेर विभिन्न अनुसन्धानात्मक कार्य गरिरहेका छन्। पनेरुले व्यवस्थापन सङ्काय, व्यापार प्रशासन (बीबीए) स्नातक तहमा ३ दशमलव ९५ सीजीपीए अङ्क ल्याएका छन्। यस्तै समारोहमा ‘ललित चन्द पदक’ र ‘वडाकाजी मरिचमान सिंह पदक’ पाउनु भएका निर्देश सिलवाल पनि सरकारी सेवाभन्दा समाज परिवर्तन पेशा रोजेको बताए। साझा विवेकशील नेपाल पार्टीका विदेश विभाग सदस्यसमेत रहनु भएका उहाँले सानैदेखि नै सरकारी सेवाप्रति रुचि नभएकाले समाज परिवर्तनका लागि राजनीतिक गर्न थालेको बताए। सिलवालले त्रिवि केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तहमा राजनीतिक शास्त्रमा ३ दशमलव ८६ सीजीपीए अङ्क ल्याएका छन्। यस्तै ‘नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्ण’ र ‘रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार’ पाउनु भएका दुर्गा अग्रवालले सरकारी सेवामा रुचि भएको बताए। सरकारी सेवामा पछिका लागि राम्रो भएकाले रुचि भएको धारणा व्यक्त गरे। दमक बहुमुखी क्याम्पस, झापाबाट स्नातकोत्तर तहमा एमबीएसमा ७५ प्रतिशत अङ्क ल्याउनु भएका उहाँले बैंकिङ क्षेत्र रोजाई भएको बताए। समारोहमा विभिन्न सङ्कायमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ‘त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक’, ‘इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक’, ‘चान्सलर पदक’, ‘त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक’लगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिएको थियो । समारोहमा विभिन्न सङ्कायमा विद्यावारीधि गर्ने ६७ जनालाई विद्यावारीधिको उपाधि प्रदान गरिएको थियो । रासस

चन्द्रागिरि हिल्सले गर्याे १५ करोडको आईपीओ प्रस्ताव, ३० गते साधारणसभा

काठमाडौं । केवलकार सेवा सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हिल्सले आफ्नो कुल चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ करोड रुपैंया बराबरका १५ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव गर्लै साधारणसभा बोलाएको छ । चन्द्रागिरिको साधारणसभा यही पुस ३० गते बस्नेछ । साधारणसभाको लागि गत मंसिर १९ गतेको सञ्चालक समितिले नै निर्णय गरेको भए पनि करिब १ महिनापछि उक्त प्रस्ताव सार्वजनिक गरिएको हो । उक्त साधारणसभा उक्त दिन थानकोटस्थित चन्द्रागिरि हिल्सको कार्यालयमै बस्ने जनाइएको छ । सञ्चालक समितिको उक्त प्रस्ताव साधारणसभाले पारित गरे कम्पनीले आईपीओ निष्कासनकालागि धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन दिनेछ त्यसपछि आईपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।